फाइल तस्वीर मकवानपुर– सडक डिभिजन कार्यालय हेटौंडाले गत आर्थिक वर्ष २०७७\७८ मा बारा, पर्सा र मकवानपुर जिल्लामा आठ पक्की पुल निर्माण गरेको छ।
ती जिल्लाको सवारी वारपार गर्न समस्या भएका स्थानमा पुल निर्माण गरेर सञ्चालनमा ल्याएको कार्यालय प्रमुख खड्गलाल श्रेष्ठले बताए।
संघीय सरकारअन्तर्गत रहेको उक्त कार्यालयले गत आवमा नै ३२ किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ भने १९ किमी सडक ग्राभेलसमेत गरेकोे छ।
कार्यालयको गत आव २०७७/७८ मा संशोधित बजेट एक अर्ब ७० करोड रुपैयाँ रहेकामा एक अर्ब १६ करोड रुपैयाँ पूर्वाधार विकास निर्माणमा खर्च भएको जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।