• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, साउन २१, २०८३ Thu, Aug 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

अफगानिस्तानको दुःखान्तको जिम्मेवार को हो? रुस, अमेरिका वा पाकिस्तान?

परवेज हुडभोय शनिबार, साउन २३, २०७८  १९:०४
1140x725
Credit: AFP Photo

पिबिएस न्यूज आवरमा दिएको पछिल्लो अन्तर्वाता पाकिस्तानका प्रधानमन्त्री इमरान खानले संयुक्त राज्य अमेरिकालाई लक्षित गर्दै भने, ‘साँच्चै नै अफगानिस्तानमा भद्रगोल छ।’ सोही अन्तर्वार्तामा उनले अफगानिस्तानमा आक्रमण गर्नु पछाडि अमेरिकाको असली नियत के थियो भन्ने प्रश्न पनि उठाए। 

त्यस्तै अफगानी मिडियालाई दिएको अर्कोे अन्तर्वार्तामा उनले तालिवानले पाकिस्तानलाई समर्थन गर्छ भन्ने आरोप पनि अस्वीकार गरे। सतही दृष्टिबाट यो सत्य नै हो। तर, नैतिकताको कोणबाट हेर्ने हो भने अफगानिस्तानमा भएको भद्रगोलको एकमात्र कारक अमेरिका होइन। अफगानिस्तानको वर्तमान दुःखान्त सिर्जना हुनुमा अरु देशहरु, खासगरी पाकिस्तानले पनि सघाएका छन्।  

एकपटक सोभियत संघले अफगानिस्तानमा आक्रमण गर्दाताका फर्कौं। जतिबेला उसले ‘पर्सियन खाडीको न्यानो पानीमा’ आँखा गाडिरहेछ भनिन्थ्यो। सन् १९७० को दशकमा यो भनाई निकै प्रख्यात थियो। सन् १९७९ डिसेम्बरमा सोभियत संघले अफगानिस्तान कब्जा गरेपछि पाकिस्तान दोस्रो निशाना हो भनिन्थ्यो। रोनाल्ड रेगनको भाषामा शैतानी साम्राज्य र उसको इश्वरविहीन नास्तिक साम्यवादीहरु गतिवान थिए; उनीहरुलाई रोक्नै पथ्र्यो। रेगनको विचारमा सहमत पाकिस्तानका पूर्वराष्ट्रपति जनरल मुहम्मद जिया–उल–हकले भनेकै थिए– ‘पाकिस्तान र इस्लाम नैतिक रुपले नै खतरामा पर्‍यो।’

परवेज हुडभोय

खासमा त्यतिबेला पाकिस्तान खतरामा छ भन्नु एउटा काल्पनिकी मात्र थियो। आफ्नो खस्कँदै गरेको अर्थतन्त्रका कारण सोभियत संघसँग पर्सियाली खाडीको किनारतर्फ थप आठ सय किलोमिटर बढ्ने क्षमता पनि थिएन। बरु अर्को परिहास मञ्चन भयो, पाकिस्तानले अरब सागर किनारमा रहेको शहर ग्वादरबाट बडो उत्साहका साथ रातो कार्पेट बिछ्याएरै चिनियाँहरुलाई स्वागत गर्‍यो। सोभियत संघभन्दा थोरै फरक यी ईश्वरविहीन कम्युनिष्टहरु पवित्र जलसम्म पुग्दा पनि स्वर्ग खसेन। उल्टो जनरल जियाले कम्युनिष्टहरुबाट इस्लाम सुरक्षित रहने घोषणा गरे जबकि उइगुर मुसलमान सुरक्षित थिएनन्।  

गुप्त गतिविधि  
अफगानिस्तानमा सोभियत आक्रमणपछि के भयो भन्ने जगजाहेर छ। इस्लामावादमा रहेको अमेरिकी दुतावासले अरब जगतबाट भर्ती गरिएका तालिमप्राप्त लडाकुको सहयोगले संसारकै सबैभन्दा लामो गुप्त गतिविधि थाल्यो। प्रशस्त पैसा र रसदपानीले पुष्ट पाकिस्तानका गुप्तचर संस्थाहरुले संसारकै पहिलो अन्तर्राष्ट्रिय जेहाद छेड्न अमेरिकी जासुसी संस्था ‘सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी’ (सीआईए) लाई सघाए।

नभन्दै सोभियत आक्रमणको एक दशकपछि पाकिस्तानको गुप्तचर संस्था ‘इन्टर–सर्भिसेज् इन्टेलिजेन्स’ (आईएसआई) का तत्कालीन प्रमुख जनरल हामिद गुलले पत्रकारहरुसामु बडो दम्भका साथ आफू र आफ्ना मानिसले सोभियत संघलाई घुँडा टेकाएको घोषणा गरेका थिए। 

यसो सोचौं त, त्यतिबेला अमेरिकाले आफ्नो शीतयुद्धकालीन प्रतिद्वन्द्वीविरुद्ध उक्साउँदा पाकिस्तानले अस्वीकार गरेको भए के हुन्थ्यो? पाकिस्तानले सोभियत संघको आक्रमणको प्रतिरोधमा सैन्य शक्ति निर्माण, सुदृढ र परिचालन गर्नुको साटो खुला छोडिदिएको भए के हुन्थ्यो होला? अफगानिस्तानमाथि विध्वंस खसेको यो समयमा यस्ता ‘के हुन्थ्यो होला’ भन्ने खालका प्रश्नको वर्षा गर्ने हुटहुटी रोक्नैै सकिँदैन। 

त्यतिबेला पाकिस्तानले अमेरिकालाई सोभियत संघविरुद्ध नसघाएको भए एउटा सम्भावित घटना हुनसक्थ्यो। अफगानी कम्युनिष्टहरु र सन् १९७८ अप्रिलमा भएको ‘सउर क्रान्ति’ दुई, तीन वर्षमा आफै पतन भएर जान्थ्यो (सोभियत संघको सहयोगमा अफगानिस्तानको वामपन्थी दल ‘जनप्रजातान्त्रिक पार्टी’ले राष्ट्रपति दाउद खानविरुद्ध सन् १९७८ अप्रिल २७ र २८ मा गरेको ‘कू’लाई सउर वा अप्रिल क्रान्ति भनिन्छ)। त्यतिबेला बढीमा सबैतर्फ केही हजार मानिस मर्नेथिए। कम्तिमा अहिलेजस्तो दशदेखि बीस लाख मानिस मर्दैनथे, न त देश नै क्षतविक्षत हुन्थ्यो। 

nimb
nimb
Ncell 2
Ncell 2

त्यतिबेला अफगानिस्तानका दुईवटा कम्युनिष्ट पार्टीहरु ‘खल्क’ र ‘पर्चम’सँग निकै कम जनसमर्थन थियो। देशका अधिकांश सेना र प्रहरी राष्ट्रपति दाउदविरुद्ध गरिएको ‘कू’को विरोधमा थिए। त्यसमाथि यी दुई समूह नै एकअर्कासँग जुधिरहेथे। पर्चमका प्रभावशाली नेता बनेका हाफिजुल्ला अमिन एक सन्काहा हत्यारा थिए। र, उनको शासन तीन महीनामात्र टिक्यो। 
तथापी, निसन्देह अफगानिस्तान यो युद्धमा एक्लै रहने थिएन। खल्क र पर्चमबीचको द्वन्द्व नियन्त्रणबाहिर हुन थालेपछि अधोगतिउन्मुख क्रान्ति जोगाउन पर्चमका नेता बाब्रक कर्मललाई नेताको रुपमा स्थापित गरेर सोभियत संघले हस्तक्षेप गरेको थियो। 

सोभियत संघको यो हस्तक्षेप अमेरिकाका लागि खतराको सूचक हुनपुग्यो। अमेरिकाले अफगानिस्तान डोमिनो भएको दाबी गर्‍यो जसको पतनले लहर सिर्जना गर्नसक्थ्यो (लहरै राखिएका सामानमध्ये शुरुको ढलेपछि सबै लहरै ढल्नथाल्छन्, यस्तो क्रियालाई डोमिनो इफेक्ट भन्ने गरिन्छ)। वास्तवमा अमेरिकाले त्यो घटनालाई रुसको कमजोर विन्दु उजागर भएको अवसरको रुपमा लिएको थियो। अनि त युद्ध शुरु भइहाल्यो। 

१९८५ सम्ममा, थकित सोभियतहरु अफगानिस्तान छोड्न तयार भए। रेगनको सरकारमा रिचर्ड पर्लेजस्ता ‘रक्तपिपाशुहरु’ सहायक रक्षा सल्लाहकारको रुपमा थिए। उनी अफगानिस्तान रुसलाई पाठ पढाउने थलो हो भन्ठान्थे। सोभियत संघको पराजयसँगै उनीहरु वासिंगटनमा प्रभावशाली हुनपुगे। र, अफगानिस्तान रुसको अप्ठ्यारो समस्या हो भन्ने कथा दोहोरिन थाल्यो। 

ठीक त्यतिबेला पाकिस्तान भने अफगानिस्तानले बढाइदिएको आफ्नो महत्व र जहाजभरि ओसारिएको पैसामा मख्ख थियो। कतिसम्म भने जनरल जियाले सोभियत संघले गरेको अफगान परित्यागको सहजीकरणको प्रस्ताव पनि ठाडै लत्याइदिए। 
सोभियत संघपछिको तालिवान 

आफ्नो शीतयुद्धकालीन प्रतिद्वन्द्वी पछि हटेपछि विजयी अमेरिका पनि त्यो विध्वंश भएको स्थानबाट पाखा लाग्यो। रेगनले ह्वाइट हाउसमा न्यानो स्वागत गरेको मुजाहिद्दिन ‘डेल्टा भेरिएन्ट’को रुपमा विकास होला भन्ने उसले कल्पना पनि गरेको थिएन। 

त्यो उत्परिवर्तित भाइरसले ‘विश्व व्यापार केन्द्र’ ध्वस्त पारिदिएपछि अफगानिस्तानलाई सभ्य बनाउने र सोभियत संघविरुद्ध प्रयोग गरेको अतिवादी समूहलाई ध्वस्त पार्ने वाचाका साथ अमेरिका अफगानिस्तान फर्कियो। त्यसको २० वर्षपछि क्षतविक्षत लडाकु भावना र जिर्ण अभिमान लिएर अमेरिका एउटा खुट्टा खोच्याउँदै पर्किरहेछ। ठीकै भयो– धेरेले भन्नेछन्। पक्कै पनि न्याय भएको छ तर अपुरो–अधुरो।

अमेरिकाले हतारमै छोडेर हिँड्दा अफगानिस्तान नर्कको यात्रा गर्न बाध्य भएको छ। तालिवानले एकपछि अर्को गरी देशको ठूलो हिस्सा कब्जा गर्दै जाँदा शान्तिका लागि प्रयत्न हुने आशा पनि हराउँदै गएको छ। एकपटक काबुल शहर कब्जा भयो भने सन् १९९६ का दृश्य फेरी दोहोरिनेछन् जतिबेला काबुलका सडकबत्तीहरुमा लास झुन्डिएका थिए। पुरुषहरु दाह्री पाल्न र दैनिक नमाज पढ्न बाध्य भएका थिए। महिलाहरुलाई पढ्न प्रतिबन्ध लगाइएको थियो र बुर्कामा कैद गरिएको थियो। 

अफगानिस्तानको यो दुखान्तका लागि मुख्यतः रुस र अमेरिका नै जिम्मेवार छन्। आम प्रचलित भनाई जस्तै साँढेको जुधाईमा बाच्छाको मिचाई भयो। तर, पाकिस्तान पनि दोषमुक्त छैन। जनरल मिर्जा असलम बेग मुख्य योजनाकार रहेको पाकिस्तानको अफगानिस्तान नीतिको एउटै ध्येय भारतविरोधी रणनीति मात्र हुनपुग्यो। त्यसैले नै दशकौंदेखि तालिवानी नेता, लडाकु र तिनका परिवारले आवास, स्वास्थ्य सेवा र पाकिस्तानबाट संरक्षण पाइरहे। हामीले (पाकिस्तानले) जतिसुकै यो तथ्य इन्कार गरे पनि कसैले विश्वास गर्दैन । 

अफगानिस्तान सभ्य मुलुक हुनका लागि इस्लामका आधारभुत मान्यताका साथै वाक् स्वतन्त्रता, आवधिक निर्वाचन, शक्ति पृथकीकरण र मानव अधिकार सुनिश्चित भएको संविधानबाट शासन हुन जरुरी छ। संवेदनाहीन मानिसले शक्ति हत्याएर गर्ने शासनले देशलाई एउटा विध्वंशबाट अर्कोमा पुर्‍याउनेछ। 

सन् २०१४ को डिसेम्बरमा ‘आर्मी पब्लिक स्कुल’मा बच्चाहरुको हत्या गर्ने पाकिस्तानी तालिवान र अफगानी तालिवान सैद्धान्तिक रुपमा दाजुभाई हुन्। पछिल्लोले काबुल कब्जा गर्न चाहन्छ (सम्भवतः सफल हुनेछ) र पहिलो पनि इस्लामावाद कब्जा गर्न चाहन्छ तर आफ्नै आतंकवादी गतिविधिमा सन्तोष गरेर बस्नेछ। 

त्यसैले पनि दोस्रो तालिवानी सरकारको साटो अफगानिस्तानमा संविधानप्रदत्त प्रजातन्त्र लागु हुँदा मात्रै पाकिस्तानको दीर्घकालिन हित सम्भव छ।
 

(पाकिस्तानी सञ्चारमाध्यम ‘डन’मा प्रकाशित पाकिस्तानका परमाणु वैज्ञानिक परवेज हुडभोयको यो लेख शंकर भण्डारीले अनुवाद गरेका हुन्।)

प्रकाशित मिति: शनिबार, साउन २३, २०७८  १९:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिने
रौतहटमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी
मनसुन सक्रिय: कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा?
सम्बन्धित सामग्री
इराक र टर्कीबीच सेहान बन्दरगाह हुँदै तेल निर्यात गर्ने सम्झौता इराकको तेल मन्त्रालयले शनिबार यसबारे जानकारी दिएको हो । आइतबार, साउन १७, २०८३
नाइजेरियामा सैन्य कारबाहीमा १०२ आतंककारी मारिए, ३४५ जना पक्राउ उक्त कारबाहीमा वरिष्ठ कमान्डरहरूसहित ३ सय ४५ जनालाई पक्राउ गरिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । आइतबार, साउन १७, २०८३
इरानमाथिको आक्रमण स्थगित गरेको ट्रम्पको दाबी ट्रम्पले इरानमाथि हमला रोक्दै इरान र मध्यपूर्वका अन्य देशले सम्झौताको प्रस्ताव राखेकाले आक्रमण नगरेको दाबी गरेका छन् । आइतबार, साउन १७, २०८३
ताजा समाचारसबै
राष्ट्रियसभाको बैठक बस्दै, गृहमन्त्रीले जवाफ दिने बिहीबार, साउन २१, २०८३
रौतहटमा पेट्रोल बोकेको ट्यांकरमा आगलागी बिहीबार, साउन २१, २०८३
मनसुन सक्रिय: कुन-कुन प्रदेशमा हुँदैछ भारी वर्षा? बिहीबार, साउन २१, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
डिप्लोमा इन्जिनियरहरूको छुट्टै परिषद् बन्दै बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू बुधबार, साउन २०, २०८३
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी त्रिभुवन विमानस्थलबाट पक्राउ बुधबार, साउन २०, २०८३
निम्स दाइसहितको शव सङ्कलन गरी बेसक्याम्पमा ल्याइयो बुधबार, साउन २०, २०८३
हर्मुज खोल्न ट्रम्पको चेतावनी बुधबार, साउन २०, २०८३
लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा याङ्की उक्याब नियुक्त बुधबार, साउन २०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कश्मीरको कुलगाममा नाम सोधेर हिन्दू पाइएपछि भीडबाट अलग गराएर आतंकवादीद्वारा दुई युवकको हत्या शनिबार, साउन १६, २०८३
सिरहाको गोलबजारमा गोली लागेर एक युवकको मृत्यु, प्रहरीले गोली नचलाएको दाबी बिहीबार, साउन १४, २०८३
प्रदर्शन नियन्त्रणका लागि धनुषाका सिडियोले दिए सेनालाई गोली हान्ने अधिकार बिहीबार, साउन १४, २०८३
बूढानीलकण्ठमा प्रहरीले चलायो गोली, एक जना पक्राउ आइतबार, साउन १७, २०८३
सिरहामा दुई पक्षबीच झडप, दुई जना घाइते, प्रहरीले गोली चलायो, कर्फ्यु आदेश बिहीबार, साउन १४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्