• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

जुर्मुरायो शिल्पी, के अब जाग्छन् त थिएटर?

64x64
पुष्पा थपलिया सोमबार, साउन १८, २०७८  ०७:०१
1140x725
शिल्पीमा नाटक प्रदर्शनका लागि सेट निर्माण गरिँदै।

मनोरञ्जन क्षेत्र सुनसान बनेको झण्डै १६ महिना भइसकेको छ। अहिले यो क्षेत्र केही म्युजिक भिडियो निर्माणमा नै सीमित छ। मनोरञ्जन क्षेत्रअन्तर्गतको थिएटरमा उज्यालो नबलेको पनि उति नै समय भएको छ। 

सर्वनाम थिएटरको गेटमा लागेको ताल्चामा खिया लागिसकेको देख्न सकिन्छ। मानिसको आवतजावत नहुँदा गेट आसपास झार उम्रेको छ। यो थिएटर अब फेरि कहिले खुल्छ, अनिश्चित छ।

सर्वनाममा कलाकारहरुको तालिम पनि हुन्थ्यो। नयाँ कलाकारले नाटकबाटै अभ्यास गर्थे। तर, महामारीका कारण कक्षा सन्चालन हुन सकेको छैन। कलाकार छिन्नभिन्न छन्। कहिलेकाहीँ पुस्तक विमोचन र अन्य कार्यक्रम हुन्छन्।

कतिपय थिएटर त घरभाडा तिर्न नसकेर समस्यामा छन्। महामारीले थिएटरहरुलाई संकटमा धकेलेर बन्द हुने अवस्थामा पुर्‍याएको कुञ्ज थिएटरका सन्चालक कमल ढकाल बताउँछन्। कुञ्जमा पनि अचेल आक्कलझुक्कल पुस्तक विमोचनका कार्यक्रम मात्र हुन्छन्। नाटक नभएको करिब डेढ वर्ष नै भइसक्यो। 

तर, अब थिएटरहरु पनि बिस्तारै सक्रिय हुने संकेत देखिएको छ। बत्तीसपुतलीस्थित शिल्पीमा अहिले चहलपहल बढेको छ। थिएटरको क्याफेमा गफिन र छलफल गर्न जानेहरु भेटिन थालेका छन्। शिल्पी परिसरमा नयाँ नाटकको पोष्टरहरु टाँसिएको छ। शिल्पीको गोठाले नाटकघरमा रिहर्सल चलिरहेको छ। 

कोरोना संक्रमण रोक्न लगाइएको निषेधाज्ञापछि शिल्पी थिएटरले पहिलोपटक नाटक देखाउने तयारी गरेको छ। १८ देखि २० साउनसम्म नाटक ‘अनुपस्थित तीन’ मञ्चन हुँदैछ। यो नाटक फ्रान्सेली नाटककार झाँ–पल सात्र्रले लेखेका हुन्। यसको नेपाली अनुवाद अवतार पाठकले गरेका छन्। नाटकमा उषा रजक, विपिन कार्की, पवित्रा खड्कालगायत कलाकारको अभिनय छ। नाटकको निर्देशन युवराज घिमिरेले गरेका छन्।

चार दिन चल्ने नाटकमा ४० जनालाई मात्र प्रवेश दिइने शिल्पी थिएटरले जनाएको छ। त्यसैगरी १६ वर्षभन्दा माथिका दर्शकले मात्र प्रवेश पाउने छन्। यो नाटक चार दिन नै शिल्पी थिएटरको फेसबुक र युट्युबबाट पनि लाइभ हुनेछ।

बन्द थिएटरलाई सक्रिय बनाउन सुरु गरेको शिल्पीका निर्देशक घिमिरे युवराज र यसका कलाकार महामारीमा पनि चुप थिएनन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गर्दा त्यसविरुद्ध भएको आन्दोलनमा घिमिरेले सडकमै नाटकहरु प्रदर्शन गरेका थिए। ओलीको कदमलाई ‘प्रतिगमन’ भन्दै त्यसविरुद्ध गरिएका आन्दोलनमा उनले विभिन्न कलात्मक प्रस्तुति दिएका थिए।

Ncell 2
Ncell 2
nimb
nimb

चार दिन चल्ने नाटकमा ४० जनालाई मात्र प्रवेश दिइने शिल्पी थिएटरले जनाएको छ। त्यसैगरी १६ वर्षभन्दा माथिका दर्शकले मात्र प्रवेश पाउने छन्। यो नाटक चार दिन नै शिल्पी थिएटरको फेसबुक र युट्युबबाट पनि लाइभ हुनेछ।

पहिलो चरणको लकडाउन केही खुकुलो भएपछि पनि शिल्पी थिएटर सक्रिय भएको थियो। शिल्पीले भौतिक रुपमा नै नाटक देखायो, ६ पात्रको एकालाप। नाटक हेर्न नपाएका दर्शकलाई त्यसले राहत दिएको थियो।

केही थिएटरले भर्चुअल नाटक महोत्सव पनि गरे। तर, त्यसले थिएटरको स्वाद भने दिन सकेन। भौतिक रुपमा नै भिड जम्मा गरेर नाटक देखाउने अवस्था थिएन।

त्यहीबेला मन्डला थिएटरमा कचहरी नाटक मञ्चन भयो। तर, नाटक मञ्चनले निरन्तरता भने पाउन सकेन। घोषणा भइसकेका नाटक पनि मञ्चन गरिएनन्। बरु मन्डलाले ‘डिजिटल नाटक’ भन्दै रेकर्ड गरिएका नाटक सामाजिक सञ्चालबाट सार्वजनिक गर्‍यो।

त्यसपछि फेरि निषेधाज्ञा लाग्यो। शिल्पी थिएटरले भने त्यसबेला पनि सामाजिक सन्जालमार्फत लाइभ नाटक देखाएको थियो। शिल्पीका कलाकारले बन्द कोठामा क्यामराअघि अभिनय गरेका थिए। एकै समयमा तीन वटा कोठालाई एउटै मानेर उनीहरुले अभिनय गरेका थिए। निषेधाज्ञामा बाहिर निस्कन नपाएपछि उनीहरुले नाटकका दर्शकका लागि यो नौलो प्रयोग गरेका थिए। शिल्पीले अहिले प्रदर्शन गर्न लागेको नाटक ‘अनुपस्थित तीन’ पनि लकडाउनमा भर्चुअल माध्यमबाट देखाइएको थियो।

शिल्पीमा प्रदर्शन गरिने नाटक ‘अनुपस्थित तीन’ को सेट।

नाटककार तथा शिल्पीका निर्देशक घिमिरे युवराज अप्ठ्यारो समयमा काम गर्नु नै शिल्पी थिएटरको विशेषता भएको बताउँछन्। उनले भने, ‘सजिलो समयमा त सबैले काम गर्छन्, अरुसामु नोटिसमा पर्न अप्ठ्यारो समयमा नै काम गर्ने हो।’

‘त्यसो भए अरु थिएटर किन मौन त?’ घिमिरे युवराज सबै थिएटरले केही न केही काम गरिरहेको बताउँछन्। ‘कोही देखिने गरेर काम गरिरहेका छन्, कोही भित्रभित्रै नयाँ काममा व्यस्त छन्। बाहिर देखिएजस्तो मौन र चुप कोही पनि छैन,’ उनी भन्छन्। ‘थिएटरभित्रका कुर्सीमा च्याउ उम्रिएको’ भनेर आउने समाचारप्रति उनले असन्तुष्टि पनि जनाए। सबै काम प्रचार गरेर र देखाउनकै लागि नहुने उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्