• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बुधबार, असार ११, २०८२ Wed, Jun 25, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च
जुर्मुरायो शिल्पी, के अब जाग्छन् त थिएटर?
64x64
पुष्पा थपलिया सोमबार, साउन १८, २०७८  ०७:०१
1140x725
शिल्पीमा नाटक प्रदर्शनका लागि सेट निर्माण गरिँदै।

मनोरञ्जन क्षेत्र सुनसान बनेको झण्डै १६ महिना भइसकेको छ। अहिले यो क्षेत्र केही म्युजिक भिडियो निर्माणमा नै सीमित छ। मनोरञ्जन क्षेत्रअन्तर्गतको थिएटरमा उज्यालो नबलेको पनि उति नै समय भएको छ। 

सर्वनाम थिएटरको गेटमा लागेको ताल्चामा खिया लागिसकेको देख्न सकिन्छ। मानिसको आवतजावत नहुँदा गेट आसपास झार उम्रेको छ। यो थिएटर अब फेरि कहिले खुल्छ, अनिश्चित छ।

सर्वनाममा कलाकारहरुको तालिम पनि हुन्थ्यो। नयाँ कलाकारले नाटकबाटै अभ्यास गर्थे। तर, महामारीका कारण कक्षा सन्चालन हुन सकेको छैन। कलाकार छिन्नभिन्न छन्। कहिलेकाहीँ पुस्तक विमोचन र अन्य कार्यक्रम हुन्छन्।

कतिपय थिएटर त घरभाडा तिर्न नसकेर समस्यामा छन्। महामारीले थिएटरहरुलाई संकटमा धकेलेर बन्द हुने अवस्थामा पुर्‍याएको कुञ्ज थिएटरका सन्चालक कमल ढकाल बताउँछन्। कुञ्जमा पनि अचेल आक्कलझुक्कल पुस्तक विमोचनका कार्यक्रम मात्र हुन्छन्। नाटक नभएको करिब डेढ वर्ष नै भइसक्यो। 

तर, अब थिएटरहरु पनि बिस्तारै सक्रिय हुने संकेत देखिएको छ। बत्तीसपुतलीस्थित शिल्पीमा अहिले चहलपहल बढेको छ। थिएटरको क्याफेमा गफिन र छलफल गर्न जानेहरु भेटिन थालेका छन्। शिल्पी परिसरमा नयाँ नाटकको पोष्टरहरु टाँसिएको छ। शिल्पीको गोठाले नाटकघरमा रिहर्सल चलिरहेको छ। 

कोरोना संक्रमण रोक्न लगाइएको निषेधाज्ञापछि शिल्पी थिएटरले पहिलोपटक नाटक देखाउने तयारी गरेको छ। १८ देखि २० साउनसम्म नाटक ‘अनुपस्थित तीन’ मञ्चन हुँदैछ। यो नाटक फ्रान्सेली नाटककार झाँ–पल सात्र्रले लेखेका हुन्। यसको नेपाली अनुवाद अवतार पाठकले गरेका छन्। नाटकमा उषा रजक, विपिन कार्की, पवित्रा खड्कालगायत कलाकारको अभिनय छ। नाटकको निर्देशन युवराज घिमिरेले गरेका छन्।

चार दिन चल्ने नाटकमा ४० जनालाई मात्र प्रवेश दिइने शिल्पी थिएटरले जनाएको छ। त्यसैगरी १६ वर्षभन्दा माथिका दर्शकले मात्र प्रवेश पाउने छन्। यो नाटक चार दिन नै शिल्पी थिएटरको फेसबुक र युट्युबबाट पनि लाइभ हुनेछ।

बन्द थिएटरलाई सक्रिय बनाउन सुरु गरेको शिल्पीका निर्देशक घिमिरे युवराज र यसका कलाकार महामारीमा पनि चुप थिएनन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक प्रतिनिधि सभा विघटन गर्दा त्यसविरुद्ध भएको आन्दोलनमा घिमिरेले सडकमै नाटकहरु प्रदर्शन गरेका थिए। ओलीको कदमलाई ‘प्रतिगमन’ भन्दै त्यसविरुद्ध गरिएका आन्दोलनमा उनले विभिन्न कलात्मक प्रस्तुति दिएका थिए।

Ncell 2
Ncell 2

चार दिन चल्ने नाटकमा ४० जनालाई मात्र प्रवेश दिइने शिल्पी थिएटरले जनाएको छ। त्यसैगरी १६ वर्षभन्दा माथिका दर्शकले मात्र प्रवेश पाउने छन्। यो नाटक चार दिन नै शिल्पी थिएटरको फेसबुक र युट्युबबाट पनि लाइभ हुनेछ।

पहिलो चरणको लकडाउन केही खुकुलो भएपछि पनि शिल्पी थिएटर सक्रिय भएको थियो। शिल्पीले भौतिक रुपमा नै नाटक देखायो, ६ पात्रको एकालाप। नाटक हेर्न नपाएका दर्शकलाई त्यसले राहत दिएको थियो।

केही थिएटरले भर्चुअल नाटक महोत्सव पनि गरे। तर, त्यसले थिएटरको स्वाद भने दिन सकेन। भौतिक रुपमा नै भिड जम्मा गरेर नाटक देखाउने अवस्था थिएन।

त्यहीबेला मन्डला थिएटरमा कचहरी नाटक मञ्चन भयो। तर, नाटक मञ्चनले निरन्तरता भने पाउन सकेन। घोषणा भइसकेका नाटक पनि मञ्चन गरिएनन्। बरु मन्डलाले ‘डिजिटल नाटक’ भन्दै रेकर्ड गरिएका नाटक सामाजिक सञ्चालबाट सार्वजनिक गर्‍यो।

त्यसपछि फेरि निषेधाज्ञा लाग्यो। शिल्पी थिएटरले भने त्यसबेला पनि सामाजिक सन्जालमार्फत लाइभ नाटक देखाएको थियो। शिल्पीका कलाकारले बन्द कोठामा क्यामराअघि अभिनय गरेका थिए। एकै समयमा तीन वटा कोठालाई एउटै मानेर उनीहरुले अभिनय गरेका थिए। निषेधाज्ञामा बाहिर निस्कन नपाएपछि उनीहरुले नाटकका दर्शकका लागि यो नौलो प्रयोग गरेका थिए। शिल्पीले अहिले प्रदर्शन गर्न लागेको नाटक ‘अनुपस्थित तीन’ पनि लकडाउनमा भर्चुअल माध्यमबाट देखाइएको थियो।

शिल्पीमा प्रदर्शन गरिने नाटक ‘अनुपस्थित तीन’ को सेट।

नाटककार तथा शिल्पीका निर्देशक घिमिरे युवराज अप्ठ्यारो समयमा काम गर्नु नै शिल्पी थिएटरको विशेषता भएको बताउँछन्। उनले भने, ‘सजिलो समयमा त सबैले काम गर्छन्, अरुसामु नोटिसमा पर्न अप्ठ्यारो समयमा नै काम गर्ने हो।’

‘त्यसो भए अरु थिएटर किन मौन त?’ घिमिरे युवराज सबै थिएटरले केही न केही काम गरिरहेको बताउँछन्। ‘कोही देखिने गरेर काम गरिरहेका छन्, कोही भित्रभित्रै नयाँ काममा व्यस्त छन्। बाहिर देखिएजस्तो मौन र चुप कोही पनि छैन,’ उनी भन्छन्। ‘थिएटरभित्रका कुर्सीमा च्याउ उम्रिएको’ भनेर आउने समाचारप्रति उनले असन्तुष्टि पनि जनाए। सबै काम प्रचार गरेर र देखाउनकै लागि नहुने उनको भनाइ छ।

प्रकाशित मिति: सोमबार, साउन १८, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
 नोरा फतेही नेपाल आउँदै जेठ ३ मा हायात ग्राउण्ड, बौद्ध टुसालमा आयोजना हुने ‘नोरा फतेही लाइभ इन नेपाल’ मार्फत नोरा नेपाली दर्शकहरूलाई नचाउन आउन लागेकी हुन्। शनिबार, चैत २३, २०८१
जनकपुरधाममा आज पनि होलीको रौनक यस्तै, होली पर्वको अवसरमा जनकपुरको मिथिला नाट्य कला परिषद् (मिनाप) ले आयोजना गरेको महामुर्ख सम्मेलनको उपाधि मधेस प्रदेशका मुख्यमन्त्... शनिबार, चैत २, २०८१
ताजा समाचारसबै
माधव नेपाललाई ३५ लाख धरौटीमा छाड्ने आदेश बुधबार, असार ११, २०८२
चार स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि ५५ जनाको आवेदन (सूचीसहित) बुधबार, असार ११, २०८२
इरानबाट ६ नेपाली दिल्ली हुँदै नेपाल फर्किए बुधबार, असार ११, २०८२
विन्दा पाण्डे र उषाकिरण तिम्सेनाको निलम्बन फुकुवा बुधबार, असार ११, २०८२
लुम्बिनीमा रोहितसहित ६ खेलाडी रिटेन बुधबार, असार ११, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) मंगलबार, असार १०, २०८२
प्रतिनिधि सभा बैठक (लाइभ)
प्रतिनिधि सभा बैठक (लाइभ) सोमबार, असार ९, २०८२
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ  :  गगन थापा, महामन्त्री नेपाली कांग्रेस
२०४६ पछि वडादेखि केन्द्रसम्म सत्तामा बसेकाको सम्पती छानविन गर्ने प्रस्ताव पार्टीबाटै पारित गर्नुपर्छ : गगन थापा, महामन्त्री नेपाली कांग्रेस आइतबार, असार ८, २०८२
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की
म हुँदा सबै ठीक, म नहुँदा सबै बेठीक भन्ने सन्देश प्रवाह गरेर देशको विकास हुन सक्दैन : ज्ञानेन्द्र बहादुर कार्की आइतबार, असार ८, २०८२
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो)
सांसद अमरेशकुमारले नेपालका ७२ जिल्लालाई लिजमा दिऊँ भनेपछि संसदमा लफडा (भिडियो) आइतबार, असार ८, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इजरायल–इरान संघर्ष : युद्धविराम घोषणा दुई घण्टा पनि टिकेन, दुवै तर्फबाट आक्रमण जारी मंगलबार, असार १०, २०८२
आइसीसी टि २० आई वरियतामा सन्दीप र ललितको छलाङ बुधबार, असार ११, २०८२
युद्धविरामको प्रस्तावलाई इजरायलले पनि दियो सहमति मंगलबार, असार १०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
इरानमा प्रयोग गरिएको बङ्कर–बस्टर बम के हो ? आइतबार, असार ८, २०८२
विश्व बैङ्कबाट २० अर्ब ७९ करोड ऋण स्वीकारसहित यी हुन् मन्त्रिपरिषद् बैठकका १९ निर्णय (सूचीसहित) बुधबार, असार ४, २०८२
इजरायलको बीर्शेबामा इरानको अर्को आक्रमण, इजरायलविरुद्ध इरानमा भएको प्रदर्शनमा हिजबुल्लाह पनि संलग्न शुक्रबार, असार ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्