• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

निषेधाज्ञा खुकुलो भएसँगै आशावादी बने पर्यटन व्यवसायी

64x64
रासस आइतबार, साउन १०, २०७८  १८:२०
1140x725

चितवन- कोरोना सङ्क्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका यहाँका पर्यटन व्यवसायी र मजदुरमा आशा जागेको छ। कोरोनाको दोस्रो लहरसँगै निरास बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन्।

गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ। बीचका केही महिना आन्तरिक पर्यटकले केही सहज भएको भए पनि पछिल्ला दिन कष्टकर बनिरहेका छन्। होटल, रेस्टुराँलगायतका व्यवसायीले बैंक लगायतको ऋण तिर्न सकेका छैनन् भने मजदुरको अवस्था थप जटिल बनेको छ।

कोरोनाको दोस्रो लहर घटेसँगै क्रमशः होटल आंशिकरुपमा खुल्न थालेका छन्। जङ्‍गल सफारीलगायतका केही गतिविधि सुरु भएका छन्। क्षेत्रीय होटल सङ्‍घ सौराहाका अध्यक्ष दीपक भट्टराईले आन्तरिक पर्यटक आउन थालेको बताए। दैनिक १०० हाराहारी पर्यटक सौराहा क्षेत्रका होटलमा आएको उनको भनाइ छ। कतिपय घुमेर फर्कने गरेका छन्। पर्यटन मजदुरलाई कोरोनाविरुद्धको खोप लगाउनसकेमा पर्यटकको सङ्ख्या बढ्ने र मजदुर सुरक्षित हुने व्यवसायीको भनाइ छ।

भट्टराईले भने, 'अब कोरोना नबढे क्रमशः पर्यटक बढ्ने थिए।' वर्षातको समय पर्यटनका लागि राम्रो समय मानिँदैन। यो पर्यटनका हिसाबले 'अफ सिजन' हो। दसैंअघिबाट पुनः पर्यटक आउन थाल्दछन्। वर्षातको समयमा सौराहामा बाढी आउने भएकाले समस्या हुने गर्दछ। निकुञ्‍जभित्रका गतिविधि वर्षातको समयमा सधैँ बन्द गर्ने गरिन्छ।

सामुदायिक वनमा हात्ती सफारीलगायतका गतिविधि खुला हुने गर्दछन्। रेस्टुराँ एण्ड बार एसोसियसन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार पारिवारिकरुपमा घुम्‍न आउनेक्रम सुरु भएको छ। सौराहामा १२० होटल र ५६ रेस्टुराँ दर्ता भएर सञ्चालनमा छन्। उनले भने, 'कोरोना घटेसँगै केही उत्साह थपिएको छ।' आउँदो सिजनबाट व्यवसाय पूर्ववत् अवस्थामा फर्कने आशामा आफूहरु रहेको खतिवडा बताउँछन्।

हाल होटल, रेस्टुराँ आंशिकरुपमा खुलेका हुन्। होटलमा ३३ प्रतिशत पाहुना राख्‍न पाइन्छ भने रेस्टुराँ साँझ ७ बजेपछि सञ्चालन गर्न पाइँदैन। सौराहाको जङ्‍गल सफारी लजका कार्यकारी निर्देशकसमेत रहेका क्षेत्रीय होटल सङ्‍घका पूर्वअध्यक्ष सुमन घिमिरे होटलका बारेमा बुझ्‍नेको टेलिफोन निकै आएको बताउँछन्। उनले भने, 'यस वर्ष मेरोमा ३०० भन्दा बढी कोठा अग्रिम बुकिङ भइसकेका छन्।' कोरोना नबढे यस वर्ष धेरै राम्रो हुने उनको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्‍न घुम्‍न आउने पर्यटकमध्ये ८० प्रतिशत सौराहा आउने गर्दछन्। सौराहा आएकामध्ये ७० प्रतिशतले पर्यटकीय गतिविधिमा सहभागिता जनाउने गरेको घिमिरे बताउँछन्। घरमा लामो समय बस्दा पट्यार लागेर घुम्‍न जान खोज्‍ने धेरै भए पनि अब कोरोना के हुन्छ भन्ने अन्योल कायमै रहेको उनले बताए। घिमिरेले थपे, 'कोरोना नियन्त्रणमा आयो भने पर्यटन क्षेत्र धेरै राम्रो हुन्छ।'

पश्चिम चितवनको पटिहानीमा रहेको जङ्‍गलभित्रका सञ्चालक गणेश पौडेल पर्यटक आउनेक्रम सुरु भएको बताउँछन्। उनले भने, 'तालिमलगायतका कार्यक्रमका लागि फोन आइरहेका छन्।' कोरोना बढेन भने व्यवसाय पूर्ववत् अवस्थामा फर्कने उनको भनाइ छ। पटिहानी क्षेत्रमा १७ साना ठूला होटल छन्।

Ncell 2
Ncell 2
nimb
nimb

साराङ वाइल्ड लाइफ मेघौली र सेन्ट्रल पाम नारायणगढका सञ्चालक सुवोध प्रधान विस्तारै पर्यटक आउन थालेको बताउँछन्। क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीको भएको प्रधानले बताए। सौराहाका होटलमा मात्र पाँच हजार ५०० मजदुर कार्यरत छन्। तीसँगै हात्तीका १५०, डुङ्‍गाका २००, जीपका १०० र नेचर गाइड ३०० हाराहारी कोरोनाकै कारण पर्यटन व्यवसाय बन्द हुँदा प्रभावित भएका छन्।

नेचर गाइड एसोसियशन सौराहाका सदस्य नारायण रिजाल गत वर्षको चैतयता बीचमा एक महिना सामान्य काम भए पनि अरु समय पर्यटकको पर्खाइमा बितेको गुनासो गर्छन्। कोरोना सङ्क्रमणका कारण आफूजस्ता ३०० हाराहारी बेरोजगार हुनुपरेको उनको गुनासो छ। बाहिरबाट यहाँ बसोबास गर्ने गाइड संकटमा परेको रिजालले बताए। कोरोना बढेन भने पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कला भन्ने आशामा आफूहरु रहेको उनको भनाइ छ।

नेपाल र भारतमा कोरोनाविरुद्धको खोप नलगाएसम्म विदेशी पर्यटक नआउने भन्दै उनले छिटो  खोप पाए सहज हुने बताए। सन् २००८ बाट यो पेसा थालेका रिजाल विगतमा अहिलेसम्म यो अवस्था नआएको बताउँछन्।

गत वर्ष कोरोना सङ्क्रमणपछि यसको प्रभावका बारेमा अध्ययन गरिएको थियो। अध्ययन गर्ने टोलीमध्येका अगुवा पर्यटनविद् डा. विश्वराज सुवेदी कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएको बताउँछन्। सौराहाका होटलमा मात्र बन्द हुँदा दैनिक ५६ लाख रुपैयाँ र रेस्टुराँमा ५२ लाख रुपैयाँ नोक्सानी हुने उनको भनाइ छ। सौराहाका होटलमा १५ अर्ब रुपैयाँभन्दा बढी लगानी छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

जिल्लाका सात पालिकामा होटल तथा रेस्टुराँ एक हजार १०० भन्दा बढी छन्। तिनीहरुमा १० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको भन्दै सुवेदी १२ हजार ५५० ले आंशिक रोजगारी पाएको जानकारी दिए। त्यसमा बन्द हुँदा दैनिक दुई करोड २० लाख रुपैयाँ नोक्सान भएको सुवेदीको भनाइ छ।

मेघौलीमा पर्यटन क्षेत्रमा एक अर्ब रुपैयाँ लगानी भएको बताइन्छ। सोह्र उच्चस्तरका होटल रहेको मेघौलीमा ४५० मजदुरले काम गर्ने गरेको उल्लेख गर्दै उनले सिजनका समयमा दैनिक आठ लाख ५० हजार रुपैयाँ हाराहारी व्यापार हुने गरेको जानकारी दिए। चार अर्ब रुपैयाँभन्दा बढी लगानी भएको पटिहानीमा ७०० जनाले रोजगारी पाएका छन्। होटल राम्रो चल्दा दैनिक ११ लाख रुपैयाँको व्यापार हुने तथ्यांक छ। जिल्लामा रिसोर्ट, होटल, जीप, डुङ्‍गा, हात्ती, टाँगामा ३० अर्ब रुपैयाँभन्दा बढीको लगानी छ। सुवेदीको भनाइमा जिल्लाका २२५ पर्यटकस्तरीय होटलमा दैनिक एक करोड ५० लाख रुपैयाँ र अन्यमा एक करोड ५० लाख रुपैयाँ हाराहारी नै व्यापार हुने गरेकामा कोरोनाबाट प्रभावित बनेको हो।

जिल्लामा आउने पर्यटकको पहिलो रोजाइ जङ्‍गल सफारी हो। आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३९१ पर्यटक यहाँ घुमेका थिए। सोमध्ये नेपाली ३० हजार ५९२, सार्क मुलुकका छ हजार ६०६, तेस्रो मुलुकका ५० हजार १९३ रहेका थिए। अघिल्लो वर्ष भूकम्प गएकाले त्यस वर्ष पर्यटकको सङ्ख्या निकै घटेको थियो। आर्थिक वर्ष २०७३/७४ मा यो सङ्ख्या एक लाख ३९ हजार ९७८ रहेको थियो। त्यसमा ३६ हजार ५३ नेपाली, १५ हजार ९०६ सार्क मुलुक र ८८ हजार १९ तेस्रो मुलुकका थिए।

आव २०७४/७५ मा क्रमश: सङ्ख्या बढेर एक लाख ५२ हजार ६७१ पुगेको थियो। त्यसमा ३४ हजार ५० नेपाली, ९८ हजार ९२५ तेस्रो मुलुक र १९ हजार ६९६ सार्कका रहेका थिए। त्यसको पछिल्लो वर्ष २०७५/७६ मा यो सङ्ख्या बढेर एक लाख ८७ हजार १०९ पुगेको थियो। त्यस वर्ष ४४ हजार ६२३ नेपाली, सार्क मुलुकका २४ हजार ७७९ र तेस्रो मुलुकका एक लाख १७ हजार ७०७ रहेका थिए। आव २०७६/७७ मा मुख्य सिजन कोरोनाबाट प्रभावित नभएकाले पर्यटकको सङ्ख्या एक लाख ८२ हजार ४३५ पुगेको थियो। नेपाली ८९ हजार ४४१, सार्क मुलुकका १४ हजार २३९ र विदेशी ७८ हजार ७५५ रहेका थिए। चैतको पहिलो सातासम्म पर्यटक आएकाले तुलनात्मक हिसाबले सङ्ख्या राम्रो भएको निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

गत वर्ष आव २०७२/७३ कै हाराहारीमा ९२ हजार २०९ पर्यटक मात्र यहाँ घुम्‍न आएको तथ्यांक छ। त्यसमा ८९ हजार ६०१ नेपाली, एक हजार ३६४ सार्क मुलुक र एक हजार २४४ तेस्रो मुलुकका छन्।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
‎सप्तरीका दुई शक्तिपीठमा नेपाली सेनाले पुष्पवृष्टि गर्ने सोमबार, कात्तिक २, २०८३
काठमाडौँ उपत्यकामा सशस्त्र प्रहरीद्वारा नि:शुल्क बस सेवा सञ्चालन सोमबार, कात्तिक २, २०८३
क्यानडाको सैन्य शिविरमा आगलागी, चार सैनिकको मृत्यु सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्