• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन ६, २०८३ Wed, Jul 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

निषेधाज्ञा खुकुलो भएसँगै आशावादी बने पर्यटन व्यवसायी

64x64
रासस आइतबार, साउन १०, २०७८  १८:२०
1140x725

चितवन- कोरोना सङ्क्रमणका कारण एक वर्षभन्दा बढी समयदेखि प्रभावित बनेका यहाँका पर्यटन व्यवसायी र मजदुरमा आशा जागेको छ। कोरोनाको दोस्रो लहरसँगै निरास बनेका व्यावसायी आउँदा दिन सहज बन्ने अपेक्षामा छन्।

गत वर्षको चैतयता विदेशी पर्यटक आउन नसक्दा यहाँको पर्यटन व्यवसाय प्रभावित बनेको छ। बीचका केही महिना आन्तरिक पर्यटकले केही सहज भएको भए पनि पछिल्ला दिन कष्टकर बनिरहेका छन्। होटल, रेस्टुराँलगायतका व्यवसायीले बैंक लगायतको ऋण तिर्न सकेका छैनन् भने मजदुरको अवस्था थप जटिल बनेको छ।

कोरोनाको दोस्रो लहर घटेसँगै क्रमशः होटल आंशिकरुपमा खुल्न थालेका छन्। जङ्‍गल सफारीलगायतका केही गतिविधि सुरु भएका छन्। क्षेत्रीय होटल सङ्‍घ सौराहाका अध्यक्ष दीपक भट्टराईले आन्तरिक पर्यटक आउन थालेको बताए। दैनिक १०० हाराहारी पर्यटक सौराहा क्षेत्रका होटलमा आएको उनको भनाइ छ। कतिपय घुमेर फर्कने गरेका छन्। पर्यटन मजदुरलाई कोरोनाविरुद्धको खोप लगाउनसकेमा पर्यटकको सङ्ख्या बढ्ने र मजदुर सुरक्षित हुने व्यवसायीको भनाइ छ।

भट्टराईले भने, 'अब कोरोना नबढे क्रमशः पर्यटक बढ्ने थिए।' वर्षातको समय पर्यटनका लागि राम्रो समय मानिँदैन। यो पर्यटनका हिसाबले 'अफ सिजन' हो। दसैंअघिबाट पुनः पर्यटक आउन थाल्दछन्। वर्षातको समयमा सौराहामा बाढी आउने भएकाले समस्या हुने गर्दछ। निकुञ्‍जभित्रका गतिविधि वर्षातको समयमा सधैँ बन्द गर्ने गरिन्छ।

सामुदायिक वनमा हात्ती सफारीलगायतका गतिविधि खुला हुने गर्दछन्। रेस्टुराँ एण्ड बार एसोसियसन सौराहाका अध्यक्ष दीपेन्द्र खतिवडाका अनुसार पारिवारिकरुपमा घुम्‍न आउनेक्रम सुरु भएको छ। सौराहामा १२० होटल र ५६ रेस्टुराँ दर्ता भएर सञ्चालनमा छन्। उनले भने, 'कोरोना घटेसँगै केही उत्साह थपिएको छ।' आउँदो सिजनबाट व्यवसाय पूर्ववत् अवस्थामा फर्कने आशामा आफूहरु रहेको खतिवडा बताउँछन्।

हाल होटल, रेस्टुराँ आंशिकरुपमा खुलेका हुन्। होटलमा ३३ प्रतिशत पाहुना राख्‍न पाइन्छ भने रेस्टुराँ साँझ ७ बजेपछि सञ्चालन गर्न पाइँदैन। सौराहाको जङ्‍गल सफारी लजका कार्यकारी निर्देशकसमेत रहेका क्षेत्रीय होटल सङ्‍घका पूर्वअध्यक्ष सुमन घिमिरे होटलका बारेमा बुझ्‍नेको टेलिफोन निकै आएको बताउँछन्। उनले भने, 'यस वर्ष मेरोमा ३०० भन्दा बढी कोठा अग्रिम बुकिङ भइसकेका छन्।' कोरोना नबढे यस वर्ष धेरै राम्रो हुने उनको भनाइ छ।

चितवन राष्ट्रिय निकुञ्‍न घुम्‍न आउने पर्यटकमध्ये ८० प्रतिशत सौराहा आउने गर्दछन्। सौराहा आएकामध्ये ७० प्रतिशतले पर्यटकीय गतिविधिमा सहभागिता जनाउने गरेको घिमिरे बताउँछन्। घरमा लामो समय बस्दा पट्यार लागेर घुम्‍न जान खोज्‍ने धेरै भए पनि अब कोरोना के हुन्छ भन्ने अन्योल कायमै रहेको उनले बताए। घिमिरेले थपे, 'कोरोना नियन्त्रणमा आयो भने पर्यटन क्षेत्र धेरै राम्रो हुन्छ।'

पश्चिम चितवनको पटिहानीमा रहेको जङ्‍गलभित्रका सञ्चालक गणेश पौडेल पर्यटक आउनेक्रम सुरु भएको बताउँछन्। उनले भने, 'तालिमलगायतका कार्यक्रमका लागि फोन आइरहेका छन्।' कोरोना बढेन भने व्यवसाय पूर्ववत् अवस्थामा फर्कने उनको भनाइ छ। पटिहानी क्षेत्रमा १७ साना ठूला होटल छन्।

nimb
nimb
Ncell 2
Ncell 2

साराङ वाइल्ड लाइफ मेघौली र सेन्ट्रल पाम नारायणगढका सञ्चालक सुवोध प्रधान विस्तारै पर्यटक आउन थालेको बताउँछन्। क्रमशः पर्यटक बढ्दै जाने अपेक्षा व्यवसायीको भएको प्रधानले बताए। सौराहाका होटलमा मात्र पाँच हजार ५०० मजदुर कार्यरत छन्। तीसँगै हात्तीका १५०, डुङ्‍गाका २००, जीपका १०० र नेचर गाइड ३०० हाराहारी कोरोनाकै कारण पर्यटन व्यवसाय बन्द हुँदा प्रभावित भएका छन्।

नेचर गाइड एसोसियशन सौराहाका सदस्य नारायण रिजाल गत वर्षको चैतयता बीचमा एक महिना सामान्य काम भए पनि अरु समय पर्यटकको पर्खाइमा बितेको गुनासो गर्छन्। कोरोना सङ्क्रमणका कारण आफूजस्ता ३०० हाराहारी बेरोजगार हुनुपरेको उनको गुनासो छ। बाहिरबाट यहाँ बसोबास गर्ने गाइड संकटमा परेको रिजालले बताए। कोरोना बढेन भने पर्यटन व्यवसाय पूर्ववत् अवस्थामा फर्कला भन्ने आशामा आफूहरु रहेको उनको भनाइ छ।

नेपाल र भारतमा कोरोनाविरुद्धको खोप नलगाएसम्म विदेशी पर्यटक नआउने भन्दै उनले छिटो  खोप पाए सहज हुने बताए। सन् २००८ बाट यो पेसा थालेका रिजाल विगतमा अहिलेसम्म यो अवस्था नआएको बताउँछन्।

गत वर्ष कोरोना सङ्क्रमणपछि यसको प्रभावका बारेमा अध्ययन गरिएको थियो। अध्ययन गर्ने टोलीमध्येका अगुवा पर्यटनविद् डा. विश्वराज सुवेदी कोरोना सङ्क्रमणले पर्यटन क्षेत्रमा ठूलो नोक्सानी पुर्‍याएको बताउँछन्। सौराहाका होटलमा मात्र बन्द हुँदा दैनिक ५६ लाख रुपैयाँ र रेस्टुराँमा ५२ लाख रुपैयाँ नोक्सानी हुने उनको भनाइ छ। सौराहाका होटलमा १५ अर्ब रुपैयाँभन्दा बढी लगानी छ।

जिल्लाका सात पालिकामा होटल तथा रेस्टुराँ एक हजार १०० भन्दा बढी छन्। तिनीहरुमा १० अर्ब रुपैयाँभन्दा बढी लगानी भएको भन्दै सुवेदी १२ हजार ५५० ले आंशिक रोजगारी पाएको जानकारी दिए। त्यसमा बन्द हुँदा दैनिक दुई करोड २० लाख रुपैयाँ नोक्सान भएको सुवेदीको भनाइ छ।

मेघौलीमा पर्यटन क्षेत्रमा एक अर्ब रुपैयाँ लगानी भएको बताइन्छ। सोह्र उच्चस्तरका होटल रहेको मेघौलीमा ४५० मजदुरले काम गर्ने गरेको उल्लेख गर्दै उनले सिजनका समयमा दैनिक आठ लाख ५० हजार रुपैयाँ हाराहारी व्यापार हुने गरेको जानकारी दिए। चार अर्ब रुपैयाँभन्दा बढी लगानी भएको पटिहानीमा ७०० जनाले रोजगारी पाएका छन्। होटल राम्रो चल्दा दैनिक ११ लाख रुपैयाँको व्यापार हुने तथ्यांक छ। जिल्लामा रिसोर्ट, होटल, जीप, डुङ्‍गा, हात्ती, टाँगामा ३० अर्ब रुपैयाँभन्दा बढीको लगानी छ। सुवेदीको भनाइमा जिल्लाका २२५ पर्यटकस्तरीय होटलमा दैनिक एक करोड ५० लाख रुपैयाँ र अन्यमा एक करोड ५० लाख रुपैयाँ हाराहारी नै व्यापार हुने गरेकामा कोरोनाबाट प्रभावित बनेको हो।

जिल्लामा आउने पर्यटकको पहिलो रोजाइ जङ्‍गल सफारी हो। आर्थिक वर्ष २०७२/७३ मा ८७ हजार ३९१ पर्यटक यहाँ घुमेका थिए। सोमध्ये नेपाली ३० हजार ५९२, सार्क मुलुकका छ हजार ६०६, तेस्रो मुलुकका ५० हजार १९३ रहेका थिए। अघिल्लो वर्ष भूकम्प गएकाले त्यस वर्ष पर्यटकको सङ्ख्या निकै घटेको थियो। आर्थिक वर्ष २०७३/७४ मा यो सङ्ख्या एक लाख ३९ हजार ९७८ रहेको थियो। त्यसमा ३६ हजार ५३ नेपाली, १५ हजार ९०६ सार्क मुलुक र ८८ हजार १९ तेस्रो मुलुकका थिए।

आव २०७४/७५ मा क्रमश: सङ्ख्या बढेर एक लाख ५२ हजार ६७१ पुगेको थियो। त्यसमा ३४ हजार ५० नेपाली, ९८ हजार ९२५ तेस्रो मुलुक र १९ हजार ६९६ सार्कका रहेका थिए। त्यसको पछिल्लो वर्ष २०७५/७६ मा यो सङ्ख्या बढेर एक लाख ८७ हजार १०९ पुगेको थियो। त्यस वर्ष ४४ हजार ६२३ नेपाली, सार्क मुलुकका २४ हजार ७७९ र तेस्रो मुलुकका एक लाख १७ हजार ७०७ रहेका थिए। आव २०७६/७७ मा मुख्य सिजन कोरोनाबाट प्रभावित नभएकाले पर्यटकको सङ्ख्या एक लाख ८२ हजार ४३५ पुगेको थियो। नेपाली ८९ हजार ४४१, सार्क मुलुकका १४ हजार २३९ र विदेशी ७८ हजार ७५५ रहेका थिए। चैतको पहिलो सातासम्म पर्यटक आएकाले तुलनात्मक हिसाबले सङ्ख्या राम्रो भएको निकुञ्‍जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए।

गत वर्ष आव २०७२/७३ कै हाराहारीमा ९२ हजार २०९ पर्यटक मात्र यहाँ घुम्‍न आएको तथ्यांक छ। त्यसमा ८९ हजार ६०१ नेपाली, एक हजार ३६४ सार्क मुलुक र एक हजार २४४ तेस्रो मुलुकका छन्।

प्रकाशित मिति: आइतबार, साउन १०, २०७८  १८:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
ककपिटमा धुवाँ देखिएपछि श्री एयरलाइन्सको जहाज आपतकालीन अवतरण विमानले करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भरेको थियो। विमान उडानका क्रममा ककपिटमा धुवाँ देखिएपछि चालक दलले तत्का... आइतबार, असार १४, २०८३
‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछ’: पर्यटन मन्त्री पौडेल ट्राङ्क्विलिटी स्पाले शुक्रबार रुपन्देहीको भैरहवामा आयोजित गरेको एक कार्यक्रममा उनले यसको लागि सरकारले आवश्यक गृहकार्य गरिरहेको जानक... शनिबार, असार ६, २०८३
७९ देशका ११ सय ८१ जनाले लिए हिमाल आरोहणको अनुमति विभागका सूचना अधिकारी हिमाल गौतमले सबैभन्दा धेरै सगरमाथा आरोहणका लागि अनुमति प्रदान गरिएको जानकारी दिए । मंगलबार, जेठ ५, २०८३
ताजा समाचारसबै
खराब ब्याटिङका कारण नेपाल नामिबियासँग ८ विकेटले पराजित मंगलबार, साउन ५, २०८३
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
नेपालले नामिबियालाई दियो १५८ रनको झिनो लक्ष्य मंगलबार, साउन ५, २०८३
‘मानिस होइन, वस्तु निर्यात गरेर देश समृद्ध बन्छ’ : प्रधानमन्त्री शाह मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
एमालेसँगको सहकार्य अघि बढिसक्यो : प्रचण्ड मंगलबार, साउन ५, २०८३
४०० स्थानीय तहको रोकियो जग्गा कित्ताकाट सोमबार, साउन ४, २०८३
विश्वकप लिग-२: आज नामिबियासँग भिड्दै नेपाल मंगलबार, साउन ५, २०८३
सरकारले हरेक दिन एक जना नेपालीलाई लखपति बनाउने मंगलबार, साउन ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
इंग्ल्यान्डमाथि पुनरागमन जित निकाल्दै अर्जेन्टिना फाइनलमा प्रवेश बिहीबार, असार ३२, २०८३
विश्वकप फुटबलको फाइनल खेल नि:शुल्क प्रसारण आइतबार, साउन ३, २०८३
हारपछि स्पेनिस खेलाडीविरुद्ध हातपात र कुटपिटमा उत्रिए अर्जेन्टिनाका खेलाडी सोमबार, साउन ४, २०८३
सम्पत्ति छानबिन आयोगविरुद्ध अवहेलना मुद्दा, सर्वोच्चले दियो अन्तरिम आदेश बुधबार, असार ३१, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय मंगलबार, असार ३०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्