• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

शीतल निवासमा जब देउवाले धारा ७६ (५) खोजे !

64x64
दुर्गा दुलाल बुधबार, असार ३०, २०७८  ००:१२
1140x725

काठमाडौं– राष्ट्रपति कार्यालय शीतल निवासले 'सर्वोच्च अदालतको परमादेश अनुसार प्रधानमन्त्री नियुक्त गरेको' जानकारी शेरबहादुर देउवालाई मंगलबार दिउँसो दियो। साथै साँझ ६ बजे शपथ हुने पनि जनायो।

राष्ट्रपति कार्यालयले दिउँसो ४ वजे देउवालाई नियुक्त गरिएको जानकारीसहितको विज्ञप्ति पनि जारी गर्‍यो। तर, राष्ट्रपति कार्यालयको विज्ञप्तिमा देउवालाई प्रधानमन्त्री नियुक्त गरिएको धारा उल्लेख थिएन। उनलाई संविधानको धारा ७६(५) अनुसार नियुक्त गरेको सूचना जारी गर्नुपर्ने थियो। राष्ट्रपति कार्यालयले भने ‘सर्वोच्च अदालतको संवैधानिक इजलासको फैसला अनुसार नियुक्त गरेको’ उल्लेख गरेर विज्ञप्ति जारी गरेको थियो। 

राष्ट्रपति कार्यालयको पत्र सार्वजनिक भएपछि त्यसमा रहेका त्रुटिबारे कानुनविद्हरुबीच चर्चा भयो। वरिष्ठ अधिवक्ता तथा राष्ट्रिय सभाका सांसद राधेश्याम अधिकारी र संसद विघटनको मुद्दामा १४६ जना सांसदको पक्षबाट बहस गरेका अधिवक्ता टीकाराम भट्टराईले राष्ट्रपति कार्यालयबाट जारी भएको सूचना त्रुटिपूर्ण रहेको र सोअनुसार शपथ लिन नमिल्ने सल्लाह देउवा निकटका नेतालाई दिए।

वरिष्ठ अधिवक्ता अधिकारी र अधिवक्ता भट्टराईले कांग्रेस महामन्त्री पूर्णबहादुर खड्कासँग भाषा सच्चाएर मात्रै शपथ लिनुपर्ने बताए। खड्काले देउवालाई त्यसबारे जानकारी दिए। देउवाले तत्कालै राष्ट्रपति कार्यालयबाट जारी भएको विज्ञप्तिको भाषा हेरे। त्यसपछि उनले मुख्यसचिव शंकरदास वैरागीलाई फोन गरेर राष्ट्रपति कार्यालयले नियुक्तिको त्रुटिपूर्ण पत्र तयार गरेको भन्दै सच्चाउन भने।

पत्र सच्चिएको आशमा देउवा शपथका लागि शीतल निवास पुगे। तर, राष्ट्रपति विद्यादेवी भण्डारी पत्र नसच्याइ शपथ खुवाउन तयार भएर बसेकी थिइन्। लगत्तै देउवाले नियुक्तिको पत्रमा ‘धारा ७६(५) अनुसारको प्रधानमन्त्री’ भनी भाषा सच्चाउन माग गरे। तर, राष्ट्रपति कार्यालयले तत्काल पत्र नसच्याएपछि विवाद भयो।

Ncell 2
Ncell 2
nimb
nimb

त्यसपछि राष्ट्रपति भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एमाले नेता माधवकुमार नेपाल  र देउवाका बीचमा वार्ता भयो। देउवाले अदालतको फैसला बमोजिम संविधानको धारा ७६(५) उल्लेख गरेर पत्र नसच्याए शपथ नलिने र अदालतको अवहेलनातर्फ जान बाध्य हुनुपर्ने बताएपछि राष्ट्रपति कार्यालय पत्र सच्चाउन तयार भयो। त्यसपछि निर्धारित समयभन्दा झन्डै साढे तीन घन्टा ढिलो राति ९ः२३ बजे राष्ट्रपति भण्डारीले देउवालाई शपथ गराइन्।

लापरबाही कि नियत?
राष्ट्रपति कार्यालयले प्रधानमन्त्रीमा देउवालाई सर्वोच्चको परमादेशानुसार नियुक्त गर्ने विषय पत्रमा नियतबस वा लापरबाहीले परेको भन्ने प्रश्न उठेको छ। संवैधानिक कानुनका जानकारहरुले भने सूचनामा उल्लेख भाषा हेर्दा ‘नियत नै गलत भएको’ टिप्पणी गरेका छन्।

पत्रमा धारा नै उल्लेख नगरी ‘अदालतले प्रधानमन्त्री नियुक्त गरेको’ सन्देश दिनका लागि यस्तो लेखिएको भन्दै केही कानुनविद्ले राष्ट्रपति कार्यालयको नियतमा प्रश्न गरेका छन्। संघीय सरकार गठनको प्रावधान संविधानको धारा ७६ मा मात्रै भएकाले उक्त धारा नै उल्लेख नगरी प्रधानमन्त्री नियुक्त गर्नु गलत सन्देश दिने मनसायले प्रेरित भएको उनीहरुको टिप्पणी छ।  

केही महिनाअघि राष्ट्रपति कार्यालयले केपी शर्मा ओलीलाई दोस्रोपटक संविधानको धारा ७६(३) अनुसार प्रधानमन्त्री नियुक्त गरेको थियो। यसरी दुई व्यक्तिलाई फरक फरक तरिकाले नियुक्ति दिने कार्यले राष्ट्रपतिको नियतमा प्रश्न उठेको वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यको तर्क छ। सर्वोच्च बार एशोसिएशनका अध्यक्ष समेत रहेका शाक्यले भने, ‘राष्ट्रपतिले संविधान अनुसार नभइ सर्वोच्चको फैसला पालना गर्न मात्र देउवालाई प्रधानमन्त्री नियुक्त गरेको, तर आफूले नचाहेको जस्तो सन्देश दिन खोजेको देखियो।’

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले राष्ट्रपतिले नियतबस धारा नखुलाएको बताए । अधिवक्ता टिकाराम भट्टराईले पनि संविधानको धारा ७६(५) बमोजिम  नगर्नु संविधानको अवहेलना  भएको बताए। यही विषय देउवाले उठाएपछि सच्याउन पनि दुई घन्टा लगाउँदा यस्तो अभ्यासले राम्रो सन्देश नदिएको भट्टराईले बताए।  यसरी नियुक्ति दिनु गलत मनसाय र नियत भएको उनको भनाइ छ।

अहिले धारा उल्लेख नगर्दा पछि फेरि उपधारा (५) अनुसारको सरकार गठनको आव्हान गर्न पाइन्छ कि? भन्ने नियत पनि राखेको हुनसक्ने केही कानुनविद्‌को भनाइ छ। अधिवक्ता भीमार्जुन आचार्यले पनि प्रधानमन्त्री पदको नियुक्तिका लागि संविधानको धारा उल्लेख अनिवार्य भएको बताए। ‘यति सरल विषयमा विवाद उत्पन्न गराइ फेरि मुलुकलाई विश्व मञ्चमा बदनाम गराइँदैछ,’ उनले भने, ‘आखिर यस्तो कार्य किन र कसका लागि पटक–पटक गरिन्छ?’

प्रकाशित मिति: बुधबार, असार ३०, २०७८  ००:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा बैठकले पछिल्ला विकसित राजनीतिक घटनाक्रम, महाधिवेशन कार्यतालिकालगायतका विषयमा निर्णय लिनेछ। मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित केन्द्रीय अनुशासन समितिले गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा आधिकारिक उम्मेदवारलाई असहयोग गरेको आरोपमा सिरहाका सात जना नेता–... मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री प्रधानमन्त्री शाह आज साँझ ७ बजे संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन अमेरिकाको न्यूयोर्क प्रस्थान गर्दैछन्। मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
यी हुन् नेकपा केन्द्रीय संयोजन समिति बैठकका ८ एजेन्डा मंगलबार, असोज ६, २०८३
‘कालो चिया सय, मम तीन सय’ भन्दै खगेन्द्र सुनारले संसदमा प्रश्न उठाए, भोलिपल्टै अस्थायी क्यान्टिन बन्द मंगलबार, असोज ६, २०८३
कांग्रेसका सात नेता कार्यकर्ता पार्टीबाट निष्कासित मंगलबार, असोज ६, २०८३
बालेनको अमेरिका भ्रमण : स्वर्णिम वाग्ले बने कार्यवाहक प्रधानमन्त्री मंगलबार, असोज ६, २०८३
बोर्ड अध्यक्ष नियुक्तिका लागि मन्त्रालयले बनायो ३ सदस्यीय समिति मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्