• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, कात्तिक २, २०८३ Mon, Oct 19, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

राजदूतहरु भन्छन्- अन्तर्राष्ट्रिय पर्यटक आगमनका लागि नेपाल तयार रहनुपर्छ

64x64
रासस बुधबार, असार २३, २०७८  २०:२०
1140x725
फाइल तस्बिर

काठमाडाैं- विभिन्न देशका नेपाली राजदूतले विश्वमा कोभिडविरुद्धको खोपको प्रभावकारितासँगै अन्तर्राष्ट्रिय पर्यटन चलायमान भएको भन्दै अन्तर्राष्ट्रिय पर्यटक आगमनका लागि नेपाल तयार रहनुपर्ने बताएका छन्।

कोभिड-१९ महामारीका कारण लामो समयदेखि विश्वव्यापीरुपमा पर्यटकीय गतिविधि बन्द रहेको अवस्थामा कोभिडविरुद्धको खोपको प्रभावकारिताले पर्यटकीय गतिविधिमा उत्साह थपिएको र त्यसलाई नेपालले पनि अपनाउनुपर्ने उनीहरुको धारणा छ।

नेपाल पर्यटन बोर्डले आगामी वर्षको बजेट सँगसँगै विश्वव्यापीरुपमा गर्न सकिने पर्यटकीय गतिविधि तथा विश्व परिवेशका सन्दर्भमा अमेरिका, क्यानडा र ब्राजिलका राजदूतसँग आज गरेको 'भर्चुअल' अन्तरक्रिया कार्यक्रममा राजदूतले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर विस्तारै पर्यटनलाई चलायमान बनाउन सकिने बताए।

बोर्डले यसअघि कोभिड महामारीबीच पनि नेपालको पर्यटन प्रवर्द्धनका लागि के कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित रहेर मध्यपूर्व, उत्तरपूर्वी एसिया र युरोपका विभिन्न देशका राजदूतसँग पनि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिसकेको छ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदूत युवराज खतिवडाले छिमेकी मुलुक भारत र चीनबाहेकका मुलुकका लागि पनि पर्यटन बोर्डले छुट्टै प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गर्नुपर्ने बताए। पूर्वअर्थमन्त्रीसमेत रहेका खतिवडाले सङ्‍घीय सरकार, प्रदेश तथा स्थानीय सरकारहरूसँग समन्वय गरी बजेटको अभावलाई परिपूर्ति गरी कार्यक्रम गर्न सुझाव दिए। 'अहिले पर्यटकीय गतिविधि शून्य प्रायः रहेकाले बजेट अभाव हुनु स्वाभाविक हो। तर, प्रदेश र स्थानीय सरकारसँग पर्यटनका लागि बजेट छ। त्यसलाई प्रयोग गर्नसके बजेटको अभावलाई चिर्दै पर्यटनका थप काम गर्न सकिन्छ,' उनले भने।

Ncell 2
Ncell 2
nimb
nimb

यस्तै उनले नेपालमा स्वास्थ्य र सिने पर्यटनको पर्याप्त सम्भावना रहेको भन्दै सिने पर्यटनका लागि हलिउडसँग पहल गरिरहेको जानकारी दिए। यस्तै क्यानडाका लागि नेपाली राजदूत भृगु ढुङ्‍गानाले कोभिडको प्रभाव कम भएसँगै क्यानडाबाट पनि पर्यटक भ्रमणमा निस्किरहेको भन्दै नेपालले स्वास्थ्य सुरक्षाको ध्यान दिँदै बाह्य पर्यटकलाई आकर्षित गर्नुपर्ने बताए।

उनले पर्यटक आगमन मात्र नभएर पर्यटनमा वैदेशिक लगानी भित्र्याउने गरी दूतावासले पहल गरिरहेको र यसमा विभिन्न सरोकारवालासँग समन्वय र सम्पर्क भइरहेको जानकारी दिए। यस्तै ब्राजिलका लागि नेपाली राजदूतावासका डेपुटी चिफ अफ मिसन भरत  खनालले नेपालको पर्यटनको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि विभिन्न भाषाका प्रचार सामग्री आवश्यक भएको बताए। उनले डिजिटल तथा परम्परागत दुवै खालका प्रवर्द्धनात्मक सामग्रीको उत्पादन र प्रचार गर्न बोर्डलाई सुझाव दिए।

यस्तै न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासका कार्यकारी कन्सुलर जनरल विष्णुप्रसाद गौतमले न्युयोर्कबाट नेपाल जाने पर्यटकको सङ्ख्या विगतका वर्षमा बढ्दै गइरहको सन्दर्भमा नेपालका बारेमा सही सूचना प्रवाह गर्नसके यसलाई निरन्तरता दिन सकिने बताए। पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले पर्यटनलाई चलायमान बनाउन नीतिगत सुधारदेखि अन्तरनिकाय समन्वय र बजेटको सीमिततालाई ध्यान दिँदै बोर्डले काम गरिरहेको जानकारी दिए।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

उनले नेपाललाई सबै उमेर समूह र सबै सिजनको पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न नयाँ ढंगले गन्तव्य विस्तार आवश्यक भएको भन्दै त्यसका लागि बोर्डले हिमाल पहाड र तराईलाई समेट्ने गरी पर्यटकीय गन्तव्यको विकासमा लागेको जानकारी दिए। उनले कोभिडले गर्दा पहिले जस्तो अवस्था नभए पनि पुनरुत्थानका कार्यक्रका साथ अघि बढ्नुको विकल्प नभएको बताए। 

'अहिले अवस्था सजिलो पक्कै छैन सबैलाई जानकारी नै छ। तर कोभिडको दोस्रो चरणको सङ्क्रमण र तेस्रो भेरियन्टको चर्चा हुँदै गर्दा स्वास्थ्य मापदण्डलाई ध्यान दिँदै सतर्कताका साथ अघि बढ्नुपर्ने अवस्था छ। त्यसका लागि राजदूत र दूतावासको सहयोग आवश्यक छ,' कार्यकारी प्रमुख रेग्मीले भने।

बोर्डले कोभिड महामारीको परिवेशमा पनि के कस्ता नयाँ तरिका, प्रविधि र शैली अपनाइ नेपालको पर्यटकीय छविलाई अन्तर्राष्ट्रिय क्षेत्रमा कायम राखी प्रवर्द्धनात्मक कार्य सञ्चालन गर्न सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित गरेको थियो। यस्तै राजदूतहरुले यस विषम परिस्थितिमा परम्परागत शैलीका अतिरिक्त विद्युतीय माध्यमबाट नेपाल पर्यटन बोर्डले प्रवर्द्धनात्मक सामग्री उपलब्ध गराई त्यहीँबाट उत्पादन गर्दा अझ बढी प्रभावकारी हुने धारणा राखेका थिए।

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  २०:२०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
एसीसीको घोषणा: नेपालको ओडीआई मान्यता जोगियो सोमबार, कात्तिक २, २०८३
शीर्ष ६ मा रहँदै नेपालले टुङ्ग्यायो लीग २ क्रिकेट, के हुन्छ नेपालको ओडिआई मान्यता ? सोमबार, कात्तिक २, २०८३
रोहित, दीपेन्द्र र देवको अर्धशतकमा ओमानमाथि नेपालको रोमाञ्चक जित सोमबार, कात्तिक २, २०८३
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
जुम्लामा युद्धकालीन बम पड्किँदा दुई जना घाइते सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सरकारले भारतीय फिल्म ‘उड्ता तीर’ को प्रदर्शनमा लगायो प्रतिबन्ध सोमबार, कात्तिक २, २०८३
टाइगर श्राफमाथि गोली चलाउने अभियुक्त नेपाल भाग्ने तयारीमा, रेलवे स्टेसनबाट पक्राउ सोमबार, कात्तिक २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
फरार अभियुक्तसँग गृहमन्त्रीको सेल्फी सोमबार, कात्तिक २, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्