• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, साउन १३, २०८३ Wed, Jul 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

भर्चुअल थियटर : थरीथरीका नाटकको चक्करमा दर्शक

64x64
पुष्पा थपलिया बिहीबार, असार १०, २०७८  ०७:०२
1140x725

काठमाडौं- काट्न ठिक्क पारिएको रूखमा पूजा गर्दैगर्दाको दृश्यबाट पर्दा उघारिन्छ। खिर्राको रूखसँग कुनै समयमा मित लगाएकाले त्यसलाई काट्दा पूजा गरिएको हुन्छ। रंगमञ्चमा देखिन्छन्, बुढेशकालमा पुगेका दुई मित। उनीहरू ढालिएको रूखलाई तानिरहेका छन्। जवानी सम्झँदै काटिएको रूखबाट च्याबु्रङ (एक प्रकारको बाजा) र डुंगा बनाउने कुरा पनि सुनाउँछन्।

यही दृश्य सात वर्षअघि मण्डला थियटरमा करिब एक महिना मञ्चन भएको थियो। केही परिमार्जनसहित डिजिटल रूपमा प्रदर्शन गरिएको ‘मितज्यू’ नाटक अहिले मण्डलाको अफिसियल युट्युब च्यानलमा निःशुल्क हेर्न सकिन्छ।

डिजिटल नाटक नाम दिइएको यो नाटक रंगमञ्चमा नै तयार पारिएको हो। एकाध दृश्यबाहेक प्रायः दृश्य एकै सटमा खिचिएको यसका निर्देशक तथा कलाकार दयाहाङ राईले जानकारी दिए। उनले भने, ‘हामीले रंगमञ्चमा देखाइने नाटक नै देखाएका हौं, फरक माध्यम मात्रै हो। रंगमञ्चमा प्रत्यक्ष देखाइने नाटकलाई रेकर्ड र केही एडिट गरेर युट्युबबाट प्रसारण गरिएको हो।’

यसरी रेकर्ड गरेर प्रसारण गरिएको नाटकलाई ‘डिजिटल नाटक’ भनिने मितज्यूका निर्देशकसमेत रहेका राईले बताए। उनी भन्छन्, ‘पहिलो लकडाउनमा केही थियटर मिलेर यसको प्रयास गरिसकेका छन्। त्यसैलाई निरन्तरता दिने काम मैले गरेको हुँ।’

नाटक थियटरमै मञ्चन गर्ने उद्देश्यले तयार पारिएको भए पनि कोभिडको दोस्रो लहरले साथ दिएन। त्यसैले दर्शक भएको ठाउँसम्म पुग्न आफूले डिजिटल प्लाटफर्मको उपयोग गरेको राईको भनाइ छ।

०००

तीनवटा कुर्सी राखिएको कोठा छ। उज्यालो, सेतो, चित्र र मूर्ति भएको। त्यहाँ भकभक तातिरहेकोे कराइ छैन। न झिर छ, न जल्लाद नै। आजादको नर्कको कल्पना फेल खान्छ। त्यसैमाथि स्वच्छन्द प्रेमको परिभाषासहित अभिलाषा र आफूलाई स्वघोषित सुन्दरी बताउने इच्छाको आगमनले नर्क, नर्कजस्तो देखिँदैन। तर, यी तीन पात्र फिर्ता हुने ढोका नभएको कोठा अर्थात् नर्कमा छन्।

‘भर्चुअल’ माध्यमबाट मञ्चन भएको नाटक ‘नो एक्जिट’ अर्थात् ‘अनुपस्थित तीन’ नाटकको दृश्य हो यो। नाटकलाई निर्देशक घिमिरे युवराजले निर्देशन गरेका हुन्। शिल्पी थियटरका कलाकारको अभिनय रहेको यो ‘भर्चुअल’ नाटकले बाहिरी आवरणको चमकधमकले भित्रको कर्तुत छोप्न प्रयास गरिरहेका तीन पात्रको कथा भनेको छ।

nimb
nimb
Ncell 2
Ncell 2
‘मितज्यू’ नाटकको एक दृश्य।

‘अनुपस्थित तीन’ नाटक कोभिड-१९ का कारण घरमा थुनिएका कलाकारले आ-आफ्नै घरको कोठामा क्यामरा लगाएर अभिनय गरेका हुन्। उनीहरूको अभिनय प्रत्यक्ष थियो, हेर्ने दर्शकले घरघरबाटै प्रत्यक्ष नाटकको मज्जा लिए। 

युट्युब, फेसबुकलगायत विभिन्न भर्चुअल माध्यमबाट प्रत्यक्ष प्रसारण भएकाले यो नाटकलाई ‘भर्चुअल नाटक’ भनिएको नाट्य निर्देशक घिमिरे युवराज बताउँछन्।

हुन त, डिजिटल माध्यममा रेकर्ड गरिएका कुरालाई पनि प्रत्यक्ष प्रसारण गरेजस्तै प्रसारण गर्न मिल्छ। तर, भर्चुअल नाटक भने रेकर्ड नगरेरै प्रत्यक्ष प्रसारण गरिन्छ। दर्शकले नाटक हेरिरहेकै समयमा कलाकारले अभिनय गरिरहेका हुन्छन्।

उनले भने, ‘हामीले धेरै दिन भर्चुअल माध्यमबाटै अध्यास गरेर नाटक प्रत्यक्ष देखाएका हौं।’

कमजोर इन्टरनेटका कारण नाटक हेर्दा केही खल्लो भए पनि प्रतिक्रिया सकारात्मक आएको उनले बताए। केही दर्शकले भने रंगमञ्चमा मञ्चन भएको नाटकसँग तुलना गरेको पनि उनले सुनाए। ‘नाटक एकै भए पनि माध्यम फरक हो। कुनै माध्यम प्रयोग गरेकै कारण अर्को माध्यमलाई असर पार्दैन भन्ने कुरा बुझाउन दर्शकलाई गाह्रो भयो,’ घिमिरेले भने।

किन अल्मलिए दर्शक?
थरीथरी माध्यमसँग नाटकको नाम जोडिँदा केही दर्शक अलमलमा परेका देखिन्छन्। रंगमञ्चमा मञ्चन भइसकेको नाटकलाई पुन: अर्को माध्यमबाट प्रदर्शन गर्दा दर्शकमा केही अलमल देखिएको हो। तर, फरक-फरक माध्यमबाट नाटक मञ्चन गर्दा दर्शकका लागि झन् धेरै अवसर हुने नाट्यकर्मीहरु बताउँछन्।

समय इन्टरनेटको युगमा प्रवेश गरेसँगै हामी पनि नयाँ माध्यमको खोजीमा छौं। पहिलो प्रयास धेरै हदसम्म सफल भएको छ। हामी अरू नयाँ तरिका र माध्यमको प्रयोग गरेर नाटक दर्शकको हातहातमा पुर्‍याउने अभियानमा छौं।

‘भर्चुअल नाटक, डिजिटल नाटक, रंगमञ्चमा मञ्चन भएका नाटक, सडकमा देखाइने नाटक, किताबमा लेखिएको नाटक सबै एकै हुन्, माध्यम मात्रै फरक हो,’ नाट्य निर्देशक घिमिरेले भने, ‘सबै माध्यमबाट बनेका नाटकको मज्जा बेग्ला-बेग्लै हुन्छ।’

नेपालमा नाटक मञ्चन भन्नेबित्तिकै नाटकघरको अँध्यारो कोठा मात्र बुझ्ने धेरै दर्शक भएकाले अन्य माध्यमबाट मञ्चन भएका नाटक स्वीकार गर्न समस्या परेको उनको ठम्याइ छ।

उनले भने, ‘एउटै नाटकलाई हामी विभिन्न माध्यमबाट मञ्चन गर्न सक्छौं। दयाहाङ राईले नाटकघरमै प्रत्यक्ष मञ्चन भएको नाटकलाई रेकर्ड र एडिट गरेर डिजिटल बनाएर प्रसारण गरे, यसले नाटकघरमा मञ्चन हुने नाटकलाई केही असर गर्दैन।’

घिमिरे भन्छन्, ‘मैले इन्टरनेटको प्रयोग गरेर, छुट्टा-छुट्टै ठाउँबाट प्रत्यक्ष नाटक देखाएँ। यसलाई भर्चुअल नाटक भनिन्छ। यसले नाटकघरमा मञ्चन हुने नाटकलाई केही असर गर्दैन।’

घिमिरेका अनुसार हामी नयाँ कुरा सजिलै स्वीकार्न सक्दैनौं। पुरानो कुरा सम्झँदै उनले भने, ‘पत्रपत्रिका मात्रै हुँदा रेडियो आयो। सबैले रेडियोले पत्रपत्रिकाको अस्तित्व ध्वस्त बनाउने कल्पना गरे। पछि टेलिभिजन आयो सुन्ने र देख्ने दुवै एकै ठाउँमा आयो। अब रेडियो हराउँछ भन्ने कल्पना गरे। अहिले इन्टरनेटमा पढ्न, सुन्न र हेर्न पाइन्छ तर पत्रिका, रेडियो र टेलिभिजनको अस्तित्व समाप्त भएको छैन, नाटक पनि त्यस्तै हो।’

कसैलाई रेडियो सुन्न मनपर्छ, कसैलाई टेलिभिजन हेर्न। यसरी विभिन्न कुराको भेराइटी हुँदा ‘अप्सन’ धेरै हुने र छानीछानी हरेक माध्यमको मज्जा लिन सकिने उनको भनाइ छ। ‘हामी रोजीछाडी नाटक हेर्न पाइने भयो भन्ने भन्दा एउटा नाटकले अर्को नाटकको अस्तित्व धरापमा परेको भनेर चिन्ता गरिरहेका छौं,’ उनले भने।

‘भर्चुअल’ र ‘डिजिटल’ नाटक नेपालमा लकडाउनले जन्माएका माध्यम हुन्। यी माध्यम अन्य देशका लागि भने नौलो हैन। घिमिरे भन्छन्, ‘समय इन्टरनेटको युगमा प्रवेश गरेसँगै हामी पनि नयाँ माध्यमको खोजीमा छौं। पहिलो प्रयास धेरै हदसम्म सफल भएको छ। हामी अरू नयाँ तरिका र माध्यमको प्रयोग गरेर नाटक दर्शकको हातहातमा पुर्‍याउने अभियानमा छौं।’

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
देवानगञ्ज बजारमा झडप मंगलबार, साउन १२, २०८३
संयमता अपनाउन सरकारको अपिल मंगलबार, साउन १२, २०८३
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
सुनसरी घटना : सुरक्षा प्रमुखसहरुसहित गृहमन्त्रालयमा छलफल सुरु मंगलबार, साउन १२, २०८३
लुम्बिनी सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा मंगलबार, साउन १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सुनसरी झडपमा घाइते थप एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी गोलीकाण्डबारे सांसद थापाले भने– गोली चलाउनुपर्ने अवस्था थिएन, प्रशासनले स्पष्ट जानकारीसमेत दिएको छैन सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भारतीय लोकतान्त्रिक इतिहासको कालो दिन: अवैध निर्वाचित गान्धीले किन लगाइन् आपतकाल नेपाल लाइभ
रावणका दश शिर र नेपालको शासन प्रणाली: एकल सोचले देश बन्दैन सुरेश गिरी
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
के–के माग राखे कप्तानगन्जमा मारिएका ओमप्रकाशका आफन्तले सरकारसमक्ष मंगलबार, साउन १२, २०८३
कप्तानगन्जको अवस्था नियन्त्रणमा लिन सेना परिचालन सोमबार, साउन ११, २०८३
चोभारमा चलिरहेको कारमा आगलागी, चालक निस्कन पाएनन् मंगलबार, साउन ५, २०८३
सुनसरीमा बोलबम जाँदै गरेको समूहमाथि अर्को समूहद्वारा आक्रमण, विवाद उग्र बनेपछि प्रहरीको गोली लागेर एक जनाको मृत्यु सोमबार, साउन ११, २०८३
सुनसरी घटना : सीडीओदेखि डीआईजीसम्मको जिम्मेवारी खोसियो, डीआईजी खनाललाई पठाइयो सोमबार, साउन ११, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्