• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
रंगमञ्च

भर्चुअल थियटर : थरीथरीका नाटकको चक्करमा दर्शक

64x64
पुष्पा थपलिया बिहीबार, असार १०, २०७८  ०७:०२
1140x725

काठमाडौं- काट्न ठिक्क पारिएको रूखमा पूजा गर्दैगर्दाको दृश्यबाट पर्दा उघारिन्छ। खिर्राको रूखसँग कुनै समयमा मित लगाएकाले त्यसलाई काट्दा पूजा गरिएको हुन्छ। रंगमञ्चमा देखिन्छन्, बुढेशकालमा पुगेका दुई मित। उनीहरू ढालिएको रूखलाई तानिरहेका छन्। जवानी सम्झँदै काटिएको रूखबाट च्याबु्रङ (एक प्रकारको बाजा) र डुंगा बनाउने कुरा पनि सुनाउँछन्।

यही दृश्य सात वर्षअघि मण्डला थियटरमा करिब एक महिना मञ्चन भएको थियो। केही परिमार्जनसहित डिजिटल रूपमा प्रदर्शन गरिएको ‘मितज्यू’ नाटक अहिले मण्डलाको अफिसियल युट्युब च्यानलमा निःशुल्क हेर्न सकिन्छ।

डिजिटल नाटक नाम दिइएको यो नाटक रंगमञ्चमा नै तयार पारिएको हो। एकाध दृश्यबाहेक प्रायः दृश्य एकै सटमा खिचिएको यसका निर्देशक तथा कलाकार दयाहाङ राईले जानकारी दिए। उनले भने, ‘हामीले रंगमञ्चमा देखाइने नाटक नै देखाएका हौं, फरक माध्यम मात्रै हो। रंगमञ्चमा प्रत्यक्ष देखाइने नाटकलाई रेकर्ड र केही एडिट गरेर युट्युबबाट प्रसारण गरिएको हो।’

यसरी रेकर्ड गरेर प्रसारण गरिएको नाटकलाई ‘डिजिटल नाटक’ भनिने मितज्यूका निर्देशकसमेत रहेका राईले बताए। उनी भन्छन्, ‘पहिलो लकडाउनमा केही थियटर मिलेर यसको प्रयास गरिसकेका छन्। त्यसैलाई निरन्तरता दिने काम मैले गरेको हुँ।’

नाटक थियटरमै मञ्चन गर्ने उद्देश्यले तयार पारिएको भए पनि कोभिडको दोस्रो लहरले साथ दिएन। त्यसैले दर्शक भएको ठाउँसम्म पुग्न आफूले डिजिटल प्लाटफर्मको उपयोग गरेको राईको भनाइ छ।

०००

तीनवटा कुर्सी राखिएको कोठा छ। उज्यालो, सेतो, चित्र र मूर्ति भएको। त्यहाँ भकभक तातिरहेकोे कराइ छैन। न झिर छ, न जल्लाद नै। आजादको नर्कको कल्पना फेल खान्छ। त्यसैमाथि स्वच्छन्द प्रेमको परिभाषासहित अभिलाषा र आफूलाई स्वघोषित सुन्दरी बताउने इच्छाको आगमनले नर्क, नर्कजस्तो देखिँदैन। तर, यी तीन पात्र फिर्ता हुने ढोका नभएको कोठा अर्थात् नर्कमा छन्।

‘भर्चुअल’ माध्यमबाट मञ्चन भएको नाटक ‘नो एक्जिट’ अर्थात् ‘अनुपस्थित तीन’ नाटकको दृश्य हो यो। नाटकलाई निर्देशक घिमिरे युवराजले निर्देशन गरेका हुन्। शिल्पी थियटरका कलाकारको अभिनय रहेको यो ‘भर्चुअल’ नाटकले बाहिरी आवरणको चमकधमकले भित्रको कर्तुत छोप्न प्रयास गरिरहेका तीन पात्रको कथा भनेको छ।

Ncell 2
Ncell 2
nimb
nimb
‘मितज्यू’ नाटकको एक दृश्य।

‘अनुपस्थित तीन’ नाटक कोभिड-१९ का कारण घरमा थुनिएका कलाकारले आ-आफ्नै घरको कोठामा क्यामरा लगाएर अभिनय गरेका हुन्। उनीहरूको अभिनय प्रत्यक्ष थियो, हेर्ने दर्शकले घरघरबाटै प्रत्यक्ष नाटकको मज्जा लिए। 

युट्युब, फेसबुकलगायत विभिन्न भर्चुअल माध्यमबाट प्रत्यक्ष प्रसारण भएकाले यो नाटकलाई ‘भर्चुअल नाटक’ भनिएको नाट्य निर्देशक घिमिरे युवराज बताउँछन्।

हुन त, डिजिटल माध्यममा रेकर्ड गरिएका कुरालाई पनि प्रत्यक्ष प्रसारण गरेजस्तै प्रसारण गर्न मिल्छ। तर, भर्चुअल नाटक भने रेकर्ड नगरेरै प्रत्यक्ष प्रसारण गरिन्छ। दर्शकले नाटक हेरिरहेकै समयमा कलाकारले अभिनय गरिरहेका हुन्छन्।

उनले भने, ‘हामीले धेरै दिन भर्चुअल माध्यमबाटै अध्यास गरेर नाटक प्रत्यक्ष देखाएका हौं।’

कमजोर इन्टरनेटका कारण नाटक हेर्दा केही खल्लो भए पनि प्रतिक्रिया सकारात्मक आएको उनले बताए। केही दर्शकले भने रंगमञ्चमा मञ्चन भएको नाटकसँग तुलना गरेको पनि उनले सुनाए। ‘नाटक एकै भए पनि माध्यम फरक हो। कुनै माध्यम प्रयोग गरेकै कारण अर्को माध्यमलाई असर पार्दैन भन्ने कुरा बुझाउन दर्शकलाई गाह्रो भयो,’ घिमिरेले भने।

किन अल्मलिए दर्शक?
थरीथरी माध्यमसँग नाटकको नाम जोडिँदा केही दर्शक अलमलमा परेका देखिन्छन्। रंगमञ्चमा मञ्चन भइसकेको नाटकलाई पुन: अर्को माध्यमबाट प्रदर्शन गर्दा दर्शकमा केही अलमल देखिएको हो। तर, फरक-फरक माध्यमबाट नाटक मञ्चन गर्दा दर्शकका लागि झन् धेरै अवसर हुने नाट्यकर्मीहरु बताउँछन्।

समय इन्टरनेटको युगमा प्रवेश गरेसँगै हामी पनि नयाँ माध्यमको खोजीमा छौं। पहिलो प्रयास धेरै हदसम्म सफल भएको छ। हामी अरू नयाँ तरिका र माध्यमको प्रयोग गरेर नाटक दर्शकको हातहातमा पुर्‍याउने अभियानमा छौं।

‘भर्चुअल नाटक, डिजिटल नाटक, रंगमञ्चमा मञ्चन भएका नाटक, सडकमा देखाइने नाटक, किताबमा लेखिएको नाटक सबै एकै हुन्, माध्यम मात्रै फरक हो,’ नाट्य निर्देशक घिमिरेले भने, ‘सबै माध्यमबाट बनेका नाटकको मज्जा बेग्ला-बेग्लै हुन्छ।’

नेपालमा नाटक मञ्चन भन्नेबित्तिकै नाटकघरको अँध्यारो कोठा मात्र बुझ्ने धेरै दर्शक भएकाले अन्य माध्यमबाट मञ्चन भएका नाटक स्वीकार गर्न समस्या परेको उनको ठम्याइ छ।

उनले भने, ‘एउटै नाटकलाई हामी विभिन्न माध्यमबाट मञ्चन गर्न सक्छौं। दयाहाङ राईले नाटकघरमै प्रत्यक्ष मञ्चन भएको नाटकलाई रेकर्ड र एडिट गरेर डिजिटल बनाएर प्रसारण गरे, यसले नाटकघरमा मञ्चन हुने नाटकलाई केही असर गर्दैन।’

घिमिरे भन्छन्, ‘मैले इन्टरनेटको प्रयोग गरेर, छुट्टा-छुट्टै ठाउँबाट प्रत्यक्ष नाटक देखाएँ। यसलाई भर्चुअल नाटक भनिन्छ। यसले नाटकघरमा मञ्चन हुने नाटकलाई केही असर गर्दैन।’

घिमिरेका अनुसार हामी नयाँ कुरा सजिलै स्वीकार्न सक्दैनौं। पुरानो कुरा सम्झँदै उनले भने, ‘पत्रपत्रिका मात्रै हुँदा रेडियो आयो। सबैले रेडियोले पत्रपत्रिकाको अस्तित्व ध्वस्त बनाउने कल्पना गरे। पछि टेलिभिजन आयो सुन्ने र देख्ने दुवै एकै ठाउँमा आयो। अब रेडियो हराउँछ भन्ने कल्पना गरे। अहिले इन्टरनेटमा पढ्न, सुन्न र हेर्न पाइन्छ तर पत्रिका, रेडियो र टेलिभिजनको अस्तित्व समाप्त भएको छैन, नाटक पनि त्यस्तै हो।’

कसैलाई रेडियो सुन्न मनपर्छ, कसैलाई टेलिभिजन हेर्न। यसरी विभिन्न कुराको भेराइटी हुँदा ‘अप्सन’ धेरै हुने र छानीछानी हरेक माध्यमको मज्जा लिन सकिने उनको भनाइ छ। ‘हामी रोजीछाडी नाटक हेर्न पाइने भयो भन्ने भन्दा एउटा नाटकले अर्को नाटकको अस्तित्व धरापमा परेको भनेर चिन्ता गरिरहेका छौं,’ उनले भने।

‘भर्चुअल’ र ‘डिजिटल’ नाटक नेपालमा लकडाउनले जन्माएका माध्यम हुन्। यी माध्यम अन्य देशका लागि भने नौलो हैन। घिमिरे भन्छन्, ‘समय इन्टरनेटको युगमा प्रवेश गरेसँगै हामी पनि नयाँ माध्यमको खोजीमा छौं। पहिलो प्रयास धेरै हदसम्म सफल भएको छ। हामी अरू नयाँ तरिका र माध्यमको प्रयोग गरेर नाटक दर्शकको हातहातमा पुर्‍याउने अभियानमा छौं।’

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
यस वर्षको मिस नेपाल बनिन् लुना लुइँटेल उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिएकी थिइन्। यस्तै,  मिस अर्थ सोनी घले भइन् भने मिस नेपाल इन्टरनेसनको ताज उरूशा भण्... शनिबार, भदौ १४, २०८२
‘ताराहरूलाई रङ्गमञ्चमा नै सीमित राख्न मन लागेन’ बुधबार साँझ नयाँ बानेश्वरस्थित एक चलचित्र भवनमा गरिएको प्रदर्शनीमा चलचित्रकर्मी तथा कलाकर्मीको उपस्थिति रहेको थियो। बिहीबार, भदौ ५, २०८२
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
ताजा समाचारसबै
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
जापानमा टाइफुन डुजुआनको कहर, ९ जनाको मृत्यु, ४ जना बेपत्ता बुधबार, असोज ७, २०८३
इन्द्रजात्रा सुरु, हनुमानढोकामा ठड्याइयो लिङ्गो बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्