• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025 २१ : ५५ : २०
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा
निषेधाज्ञाको मारमा चलचित्र प्राविधिक, सरकारले बेवास्ता गरेपछि कलाकार आफैं सहयोगमा जुटे
64x64
पुष्पा थपलिया सोमबार, असार ७, २०७८  ०७:०४
1140x725

काठमाडौं- चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई फोन आयो-  फिल्मका प्राविधिकलाई सहयोग गर्न म पनि तयार छु।

फोन साजन बस्ताकोटी क्षेत्रीको थियो, जो आफै ‘स्पट व्वाइ’ हुन्।

पर्दा पछाडि बसेर काम गर्ने प्राविधिक आर्थिक अभावमा परेको खबर मात्रै सुनिरहेका अध्यक्ष लामालाई स्पट व्वाइ साजनको कुराले हौसला दियो। उनले हाँस्दै भने, ‘सुरूमा त ए भाइ तिमीसँगै छैन के सहयोग गर्छौ? भनेँ। तर, उनले हाम्रो विपद् व्यवस्थापन कोषका लागि १० हजार रूपैयाँ सहयोग गरे,’ लामाले भने, ‘करोड भएका मानिसले लाखौं दिन्छु भन्नु र हुँदै नभएको मान्छेले हजार दिन्छु भन्नुमा हजार ठूलो हुँदोरहेछ।’

यसरी कोभिड-१९ को महामारीकै लागि स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा अहिले पाँच लाख रूपैयाँ हाराहारीको रकम जम्मा भएको छ। जम्मा भएका रकममा अधिकांश विदेश बस्ने नेपाली कलाकारले दिएका छन्।

कलाकार निर्मल शर्माले २५ हजार रूपैयाँ सहयोग गरेर सुरू भएको कोषमा नेपालमा भएका कलाकारलेभन्दा पहिले नेपाली फिल्ममा काम गरेर विदेश पलायन भएका कलाकारको सहयोग बढी आइरहेको लामाले बताए। उनले भने, ‘नेपालमा बस्ने कलाकारले खाद्यान्न सहयोग गरिरहेका छन्। विदेश बस्नेले दीर्घकालीन सहयोगस्वरूप कोषमा सहयोग गरिरहेका छन्।’

अमेरिकाबाट जीवन लुइँटेल, राजवल्लभ कोइरालालगायतले एकमुष्ट रकम जम्मा गरेर पठाएको लामाको भनाइ छ। उनीहरूले एक लाख ७४ हजार रूपैयाँ विपद् व्यवस्थापन कोषमा प्राविधिकका लागि भनेर जम्मा गराएका छन्।

त्यस्तै विदेशमा रहेका अन्य कलाकार रमेश उप्रेति, प्रज्वल गिरी, गणेश उप्रेति, प्रोडक्सन डिजाइनर कृष्ण कोइराला, पवन गौतमलगायतले पनि कोषमा रकम जम्मा गरेका छन्। कोषमा रकम घोषणा गर्ने र जम्मा गर्ने क्रम जारी छ।

प्राविधिकलाई खाद्यान्न बाँडियो
प्राविधिकका लागि नेपालमा रहेका कलाकारहरूले चामल, नून, तेललगायतका खाद्यान्न वितरण गरेका छन्। पहिलो चरणको लकडाउनमा प्राविधिक समस्यामा परेको खबर बाहिरिए पनि केही कलाकारले मात्रै सहयोग गरेका थिए। तर, यो पटक भने केही कलाकारले संयुक्तरूपमा अभियान नै चलाएर प्राविधिकहरूलाई सहयोग गरेका छन्।

Ncell 2
Ncell 2

सुरूमा कलाकार तथा क्याप्टेन विजय लामाले ५० परिवारका लागि खाद्यान्न वितरण गरेका थिए। पछि लामो समयदेखि फिल्म क्षेत्रबाट हराएकी नायिका सुमिना घिमिरे र उनका श्रीमानले ४० परिवार प्राविधिकका लागि खाद्यान्न वितरण गरे।

त्यसपछि नायिका करिष्मा मानन्धरको टोलीले ३० परिवारका लागि खाद्यान्न र ग्यास किन्न प्रतिपरिवार १५ सय रूपैयाँ सहयोग गरिन्। कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीको रजतपट कोसेली भन्दै विभिन्न कलाकारले देश विदेशबाट पठाएको रकम संकलन गर्दै ३० घरपरिवारका प्राविधिकलाई खाद्यान्न वितरण गरेका थिए।

त्यस्तै, फिल्म ‘लप्पन छप्पन’को टोलीले २५० बोरा चामल प्राविधिकका लागि सहयोग गरेको छ। हालै नायिका स्वस्तिमा खड्काको संयोजकत्वमा विभिन्न दातृ संस्थाको सहयोग प्राविधिकलाई हस्तान्तरण गरिएको छ। उनले करिब चार लाख ५० हजार रूपैयाँ रकम संकलन गर्दै त्यसबाट ५५ जना स्पटमा काम गर्ने प्राविधिकलाई खाद्यान्न सहयोग गरेकी हुन्। उनले खाद्यान्नसँगै ५५ जनालाई छ हजार रूपैयाँका दरले नगदसमेत वितरण गरेकी थिइन्।

योसँगै अब प्रायः सबै प्राविधिकको घरमा एक महिनाका लागि खाद्यान्नको जोहो भएको अध्यक्ष लामाले बताए। उनले भने, ‘हामीले प्राविधिकको भोक केही समयका लागि शान्त बनाउन सक्यौं तर, कोठा भाडा, बालबालिकाको स्कूल फी लगायतको समस्या छ।’

shivam cement

shivam cement

फिल्म क्षेत्र शून्य भएसँगै सयौं प्राविधिक बेरोजगार बन्नुपरेको भन्दै लामाले भने, ‘हामीले उनीहरूलाई जोगाउन सकेनौं भने फिल्म फेरि शून्यमा जान्छ।’

नेपाली फिल्मको सुरुआतमा छिमेकी देशबाट सम्पूर्ण प्राविधिक नेपाल झिकाएर फिल्म खिचिएको थियो। लामाले भने, ‘यदि पर्दा पछाडि काम गरिरहेकाहरूले बाध्यतामा परेर अर्को पेसा अँगाले भने, हामी फेरि सुरुआती चरणमा जानेछौं।’

पलायन हुन थाले प्राविधिक
निषेधाज्ञाकै कारण लामो समयदेखि काम गर्दै आएका केही कुशल प्राविधिक पेसाबाट पलायन भएको अध्यक्ष लामाले बताए। उनले भने, ‘फिल्म क्षेत्र नचलेपछि नेपालमा गर्ने काम केही छैन, त्यसैले प्राविधिकहरू खाडी मुलुक गइरहेका छन्।’

पहिलो लकडाउनदेखि अहिलेसम्म केही प्राविधिक गुमाइसकेको भन्दै उनले भने, ‘लकडाउनकै कारण फिल्म प्राविधिक तारा थापा दुबई गएकी छन्। लामो समयदेखि लाइट म्यानका रूपमा काम गर्दै आएका नवीन कार्की पनि यो क्षेत्रबाट पलायन भएर गाउँमा खेती गरेर बसेका छन्।’

लामाका अनुसार नेपाली फिल्मको सुरुआती चरणदेखि भेषभूषा साजसज्जामा काम गर्दै आएका प्राविधिक लकडाउनकै कारण उनको गृहजिल्ला वैतडी गए। पछि उनी बिरामी परेर उपचारका लागि काठमाडौं आए पनि दोस्रो लहरको कोरोनाका कारण ग्यास सिलिण्डरसमेत लिएर फेरि गृहजिल्ला फर्किएका छन्। कतिपय प्राविधिक सम्पर्कमै नआएको पनि उनको भनाइ छ।

राज्यले नहेरेको गुनासो
प्राविधिक संघका अध्यक्ष लामाले आफूहरू अलपत्र पर्दा पनि राज्यले नहेरेको गुनासो गरे। ‘हामी यतिधेरै अलपत्र छौं तर सरकारले वास्ता गरेको छैन,’ उनले भने, ‘सरकारले बजेट ल्यायो, फिल्मका लागि केही रकम त छुट्याएको रहेछ तर प्राविधिकलाई हेरेन।’

सरकारको यस्तो व्यवहारले आफूहरू अनाथजस्तो हुनुपरेको उनको भनाइ छ। ‘हामी बिचल्लीमा छौं/थियौं, केही चलचित्रकर्मीले सहयोग गरेका छन्, आभारी छु,’ लामाले भने।

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘हेल्लो काँशीराम’को अर्को गीत ‘खैजेडीको घेरो’सार्वजनिक (भिडियोसहित) दमदार लोकभावनामा आधारित यो गीतमा चर्चित गायक राजु परियारको आवाज सुन्न सकिन्छ। चलचित्रका गीतमा खासै आवाज नदिने गायक परियारले काँशीराम... सोमबार, वैशाख २९, २०८२
कान्स मार्केटमा स्टल राख्ने पहिलो नेपाली फिल्म बन्दै ‘एक्लो’ यस वर्ष कान्स फेस्टिभलको प्रतिस्पर्धामा कुनै नेपाली फिल्म छनोट नभए पनि नेपालको प्रतिनिधित्व गर्दै प्रदीप शाही निर्देशित फिल्म ‘एक्लो... आइतबार, वैशाख २८, २०८२
चलचित्र ‘राजकुमारी’को निर्माण घोषणा चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गर्दै छन्। निर्देशक विश्वकर्माले यस चलचित्रलाई ‘ड्रिम प्रोजेक्ट’को रूपमा लिएको बताए । शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
सत्य निरुपण र बेपत्ता आयोगका पदाधिकारी नियुक्त बुधबार, वैशाख ३१, २०८२
बेरूजु निरन्तर बढ्दो, राजस्व छुटको तथ्याङ्क संसद्मा पेस गरेर पारदर्शिता कायम गर्न सुझाव बुधबार, वैशाख ३१, २०८२
विद्यालयमा हाजिरीविनै दिवा खाजामा २७ करोड खर्च बुधबार, वैशाख ३१, २०८२
पोखरामा माइक्रो दुर्घटना, ३ जनाको मृत्यु बुधबार, वैशाख ३१, २०८२
कांग्रेस सांसद माया राईलाई १० लाख धरौटीमा छाड्न आदेश बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
महिला टी–२० एसिया क्वालिफायरमा हङकङसँग नेपाल पराजित मंगलबार, वैशाख ३०, २०८२
महाप्रसाद अधिकारीविरुद्धको रिटमा सर्वोच्चद्वारा कारण देखाऊ आदेश जारी , छलफलमा झिकायो मंगलबार, वैशाख ३०, २०८२
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोवार ? मंगलबार, वैशाख ३०, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
नौ महिना अन्तरिक्षमा बिताउँदाको स्वास्थ्य प्रभाव: पृथ्वीमा फर्किएपछि शरीरमा हुने परिवर्तन   नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारतीय आक्रमणमा जैस-ए-मोहम्मदका कमाण्डरको परिवारका १० जना मारिए बुधबार, वैशाख २४, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
सबै हेर्नुहोस
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

nepallivenews@gmail.com
nepallivemarketing@gmail.com

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

healthnewspaper@gmail.com
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्