• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, जेठ १८, २०८३ Mon, Jun 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

निषेधाज्ञाको मारमा चलचित्र प्राविधिक, सरकारले बेवास्ता गरेपछि कलाकार आफैं सहयोगमा जुटे

64x64
पुष्पा थपलिया सोमबार, असार ७, २०७८  ०७:०४
1140x725

काठमाडौं- चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामालाई फोन आयो-  फिल्मका प्राविधिकलाई सहयोग गर्न म पनि तयार छु।

फोन साजन बस्ताकोटी क्षेत्रीको थियो, जो आफै ‘स्पट व्वाइ’ हुन्।

पर्दा पछाडि बसेर काम गर्ने प्राविधिक आर्थिक अभावमा परेको खबर मात्रै सुनिरहेका अध्यक्ष लामालाई स्पट व्वाइ साजनको कुराले हौसला दियो। उनले हाँस्दै भने, ‘सुरूमा त ए भाइ तिमीसँगै छैन के सहयोग गर्छौ? भनेँ। तर, उनले हाम्रो विपद् व्यवस्थापन कोषका लागि १० हजार रूपैयाँ सहयोग गरे,’ लामाले भने, ‘करोड भएका मानिसले लाखौं दिन्छु भन्नु र हुँदै नभएको मान्छेले हजार दिन्छु भन्नुमा हजार ठूलो हुँदोरहेछ।’

यसरी कोभिड-१९ को महामारीकै लागि स्थापना गरिएको विपद् व्यवस्थापन कोषमा अहिले पाँच लाख रूपैयाँ हाराहारीको रकम जम्मा भएको छ। जम्मा भएका रकममा अधिकांश विदेश बस्ने नेपाली कलाकारले दिएका छन्।

कलाकार निर्मल शर्माले २५ हजार रूपैयाँ सहयोग गरेर सुरू भएको कोषमा नेपालमा भएका कलाकारलेभन्दा पहिले नेपाली फिल्ममा काम गरेर विदेश पलायन भएका कलाकारको सहयोग बढी आइरहेको लामाले बताए। उनले भने, ‘नेपालमा बस्ने कलाकारले खाद्यान्न सहयोग गरिरहेका छन्। विदेश बस्नेले दीर्घकालीन सहयोगस्वरूप कोषमा सहयोग गरिरहेका छन्।’

अमेरिकाबाट जीवन लुइँटेल, राजवल्लभ कोइरालालगायतले एकमुष्ट रकम जम्मा गरेर पठाएको लामाको भनाइ छ। उनीहरूले एक लाख ७४ हजार रूपैयाँ विपद् व्यवस्थापन कोषमा प्राविधिकका लागि भनेर जम्मा गराएका छन्।

त्यस्तै विदेशमा रहेका अन्य कलाकार रमेश उप्रेति, प्रज्वल गिरी, गणेश उप्रेति, प्रोडक्सन डिजाइनर कृष्ण कोइराला, पवन गौतमलगायतले पनि कोषमा रकम जम्मा गरेका छन्। कोषमा रकम घोषणा गर्ने र जम्मा गर्ने क्रम जारी छ।

प्राविधिकलाई खाद्यान्न बाँडियो
प्राविधिकका लागि नेपालमा रहेका कलाकारहरूले चामल, नून, तेललगायतका खाद्यान्न वितरण गरेका छन्। पहिलो चरणको लकडाउनमा प्राविधिक समस्यामा परेको खबर बाहिरिए पनि केही कलाकारले मात्रै सहयोग गरेका थिए। तर, यो पटक भने केही कलाकारले संयुक्तरूपमा अभियान नै चलाएर प्राविधिकहरूलाई सहयोग गरेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

सुरूमा कलाकार तथा क्याप्टेन विजय लामाले ५० परिवारका लागि खाद्यान्न वितरण गरेका थिए। पछि लामो समयदेखि फिल्म क्षेत्रबाट हराएकी नायिका सुमिना घिमिरे र उनका श्रीमानले ४० परिवार प्राविधिकका लागि खाद्यान्न वितरण गरे।

त्यसपछि नायिका करिष्मा मानन्धरको टोलीले ३० परिवारका लागि खाद्यान्न र ग्यास किन्न प्रतिपरिवार १५ सय रूपैयाँ सहयोग गरिन्। कार्यक्रम प्रस्तोता प्रकाश सुवेदीको रजतपट कोसेली भन्दै विभिन्न कलाकारले देश विदेशबाट पठाएको रकम संकलन गर्दै ३० घरपरिवारका प्राविधिकलाई खाद्यान्न वितरण गरेका थिए।

त्यस्तै, फिल्म ‘लप्पन छप्पन’को टोलीले २५० बोरा चामल प्राविधिकका लागि सहयोग गरेको छ। हालै नायिका स्वस्तिमा खड्काको संयोजकत्वमा विभिन्न दातृ संस्थाको सहयोग प्राविधिकलाई हस्तान्तरण गरिएको छ। उनले करिब चार लाख ५० हजार रूपैयाँ रकम संकलन गर्दै त्यसबाट ५५ जना स्पटमा काम गर्ने प्राविधिकलाई खाद्यान्न सहयोग गरेकी हुन्। उनले खाद्यान्नसँगै ५५ जनालाई छ हजार रूपैयाँका दरले नगदसमेत वितरण गरेकी थिइन्।

योसँगै अब प्रायः सबै प्राविधिकको घरमा एक महिनाका लागि खाद्यान्नको जोहो भएको अध्यक्ष लामाले बताए। उनले भने, ‘हामीले प्राविधिकको भोक केही समयका लागि शान्त बनाउन सक्यौं तर, कोठा भाडा, बालबालिकाको स्कूल फी लगायतको समस्या छ।’

फिल्म क्षेत्र शून्य भएसँगै सयौं प्राविधिक बेरोजगार बन्नुपरेको भन्दै लामाले भने, ‘हामीले उनीहरूलाई जोगाउन सकेनौं भने फिल्म फेरि शून्यमा जान्छ।’

नेपाली फिल्मको सुरुआतमा छिमेकी देशबाट सम्पूर्ण प्राविधिक नेपाल झिकाएर फिल्म खिचिएको थियो। लामाले भने, ‘यदि पर्दा पछाडि काम गरिरहेकाहरूले बाध्यतामा परेर अर्को पेसा अँगाले भने, हामी फेरि सुरुआती चरणमा जानेछौं।’

पलायन हुन थाले प्राविधिक
निषेधाज्ञाकै कारण लामो समयदेखि काम गर्दै आएका केही कुशल प्राविधिक पेसाबाट पलायन भएको अध्यक्ष लामाले बताए। उनले भने, ‘फिल्म क्षेत्र नचलेपछि नेपालमा गर्ने काम केही छैन, त्यसैले प्राविधिकहरू खाडी मुलुक गइरहेका छन्।’

पहिलो लकडाउनदेखि अहिलेसम्म केही प्राविधिक गुमाइसकेको भन्दै उनले भने, ‘लकडाउनकै कारण फिल्म प्राविधिक तारा थापा दुबई गएकी छन्। लामो समयदेखि लाइट म्यानका रूपमा काम गर्दै आएका नवीन कार्की पनि यो क्षेत्रबाट पलायन भएर गाउँमा खेती गरेर बसेका छन्।’

लामाका अनुसार नेपाली फिल्मको सुरुआती चरणदेखि भेषभूषा साजसज्जामा काम गर्दै आएका प्राविधिक लकडाउनकै कारण उनको गृहजिल्ला वैतडी गए। पछि उनी बिरामी परेर उपचारका लागि काठमाडौं आए पनि दोस्रो लहरको कोरोनाका कारण ग्यास सिलिण्डरसमेत लिएर फेरि गृहजिल्ला फर्किएका छन्। कतिपय प्राविधिक सम्पर्कमै नआएको पनि उनको भनाइ छ।

राज्यले नहेरेको गुनासो
प्राविधिक संघका अध्यक्ष लामाले आफूहरू अलपत्र पर्दा पनि राज्यले नहेरेको गुनासो गरे। ‘हामी यतिधेरै अलपत्र छौं तर सरकारले वास्ता गरेको छैन,’ उनले भने, ‘सरकारले बजेट ल्यायो, फिल्मका लागि केही रकम त छुट्याएको रहेछ तर प्राविधिकलाई हेरेन।’

सरकारको यस्तो व्यवहारले आफूहरू अनाथजस्तो हुनुपरेको उनको भनाइ छ। ‘हामी बिचल्लीमा छौं/थियौं, केही चलचित्रकर्मीले सहयोग गरेका छन्, आभारी छु,’ लामाले भने।

प्रकाशित मिति: सोमबार, असार ७, २०७८  ०७:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
लालीबजारलाई प्रदर्शनको बाटो खुल्यो बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय खडानन्द तिवारी र नेत्रप्रसाद आचार्यको संयुक्त इजलासले यसअघि चलचित्र लालीबजार प्रदर्शनमा रोक ल... बुधबार, वैशाख २३, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन तत्कालका लागि रोक्न अदालतको आदेश उच्च अदालत पाटनका न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले यही २२ वैशाखसम्म प्रदर्शन रोक्न आदेश दिएको सूचना अधिकारी गोविन्दप्रसाद कोइर... मंगलबार, वैशाख १५, २०८३
चलचित्र ‘लालीबजार’ को प्रदर्शन रोक्न माग गर्दै उच्च अदालतमा रिट दायर अदालतका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले रिट दर्ता भएको जानकारी दिए । अदालतले मंगलबारलाई यो मुद्दामा पेशी तोकेको छ । सोमबार, वैशाख १४, २०८३
ताजा समाचारसबै
परराष्ट्रको स्पष्टीकरण : प्रधानमन्त्रीको भनाइमा ‘क्रस बोर्डर अकुपेसन’ सँग जोडिएको छ आइतबार, जेठ १७, २०८३
एमालेको आरोप- प्रधानमन्त्रीले विश्वमै नेपालीको शिर झुकाए आइतबार, जेठ १७, २०८३
रास्वपाको सचिवालय बैठक आज, संगठनात्मक र समसामयिक विषयमा छलफल हुने आइतबार, जेठ १७, २०८३
संसदभित्र प्रतिवाद नगरेका वर्षमानले बाहिर निस्किएर भने- प्रधानमन्त्रीले माफी माग्नुपर्छ आइतबार, जेठ १७, २०८३
आफ्नो अधिकार सुरक्षित नभएसम्म अमेरिकासँग कुनै सम्झौता नगर्ने इरानको अडान आइतबार, जेठ १७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन (लाइभ) आइतबार, जेठ १७, २०८३
टिकटकर तुलसा अधिकारी पक्राउ आइतबार, जेठ १७, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
५० युनिटभन्दा बढी विद्युत् खपतमा भ्याट लगाउने निर्णय फिर्ता लिन घिसिङको माग शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कर्मचारीको तलब २१ प्रतिशतले वृद्धि शुक्रबार, जेठ १५, २०८३
एमएमएमा रवीन्द्रको ऐतिहासिक जित, रोड टु यूएफसीको सेमिफाइनलमा बिहीबार, जेठ १४, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
अमेरिकाले इरानलाई पठायो सम्झौताको सुरुवाती ड्राफ्ट बुधबार, जेठ १३, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्