• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

मेलम्चीमा किन आयो यत्रो बाढी ? यो हो कारण र यस्ता छन् थप जोखिम

64x64
रविनराज निरौला, पीएचडी शनिबार, असार ५, २०७८  २१:३२
1140x725

माथि तपाईंले देख्नुभएको तस्बिर मेलम्ची घ्याङबाट खिचेको हो। यो क्षेत्र धेरै परबाट ‘जुम’ गरेर यहाँ लिइएको छ। यो पहिरो हेलम्बुभन्दा धेरै माथि रहेको भ्रेमाथाङबाट सुरू भएको देखिन्छ। असार १ गतेदेखि सुरू भएको पहिरोका बारेमा धेरै प्रकारमा भ्रम र अड्कलबाजी गरियो तर, अनुसन्धानले उक्त क्षेत्रबाट पहिरो गएको देखिन्छ। मुख्य रूपमा यही पहिरोको लेदो नै बाढीको कारण हो। सहायक रूपमा अन्य क्षेत्रमा गएको पहिरो हो।

समथर क्षेत्रमा किन गयो पहिरो? 
भ्रेमाथाङ दुई किलोमिटर लम्बाइ र दुई किलोमिटर चौडाइ भएको समथर चरण क्षेत्र हो। यो हिमाली पाटन समथर रहेको छ। यो भीर वा भिरालो क्षेत्र होइन। अहिलेसम्मको अध्ययनमा त्यहाँभन्दा माथिबाट आएको देखिँदैन। यसका लागि अझै धेरै अध्ययन गर्नुपर्ने हुन्छ।

असार १ गते मंगलबार बिहानैदेखि हेलम्बु क्षेत्रमा वर्षा भयो। यो अघिपछिको भन्दा अलि धेरै नै भएको हुनसक्ने देखिन्छ। धेरैले मेलम्ची घ्याङ्मा गएको पहिरोले पानी थुनिँदा र त्यो फुटेपछि बाढी आएको ठाने पनि यसमा सत्यता देखिएन। सुरूमा हामी पनि अन्योलमै थियौं। कतिले मेलम्ची खानेपानी आयोजनाको ड्याम खोलेर पनि बाढी बढाएको अनुमान गरेको हामीले सुन्यौं। मेलम्ची खानेपानी आयोजना काठमाडौं लैजानुअघि पनि खोलामा बगेका कारण यसमा मात्र विश्वास गर्ने आधार थिएन।

तर, खोलामा जुन किसिमको पाँगो माटोको लेदो बगेर आएको थियो त्यसले धेरैलाई सोच्न बाध्य बनाएको थियो। आखिर यस्तो माटो कहाँबाट बगेर आयो? कारण खोजी सुरू भयो। यो पहिरोको अध्ययन गर्दै जाँदा शुक्रबार हेलम्बु गाउँपालिकाको सबैभन्दा उँचो भागमा गएको पहिरो देखियो। यो भीषण पहिरो थियो। चौरबाट सुरू भएको यो पहिरो डाँडो वा भीर आएझैं थिएन। यो धेरै भाग लडेको देखिन्छ। 

कहिले रोकिन्छ पहिरो?
यो पहिरो कहिले रोकिन्छ केही भन्‍न सकिँदैन। अझ भनौं, यो रोकिँदैन। यदि यो रोकियो भने हामी भाग्यमानी रहेछौं भन्‍नुपर्छ। मेलम्ची किनारामा बस्ने सबैले आफूलाई भाग्यमानी मान्‍नुपर्छ। तर, यो जति पानी पर्दै गयो उति खोलिँदै र बगाउँदै आउँछ। यो खस्दैन भन्‍ने अबस्था देखिँदैन, यदि रोकियो भने त्यो हाम्रो भाग्यले मात्र हुनेछ।

रविनराज निरौला, पीएचडी

यो अहिले नखसे पनि दुई–तीन वर्षमा त खस्छ खस्छ। मैले लिएको तस्बिरमा देख्न सकिन्छ यो पाटनको पहिरोभित्र खोला निस्केका छन्। विभिन्‍न खोलाहरू पहिरोभित्र देखिन्छ। यसरी समथर स्थानमा पहिरो जानु र पहिरोभित्र खोला निस्कनु भनेको त्यो रोकिँदैन भन्‍ने नै हो। यसमा सामान्य रूपमा बगाउँछ भन्‍ने बुझिन्छ। अब यसबाट के निष्कर्ष निकाल्नुपर्छ भने मेलम्चीमा अझै ठूलो बाढी आउने सम्भावना बाँकी नै छ। शुक्रबार बेलुका पनि ठूलो बाढी आयो। हेलम्बुका धेरै क्षेत्रमा यसले ठूलो क्षति पुर्‍यायो। अहिलेको अबस्था हेर्ने हो भने यो ‘डिजास्टर’ (विपद्) को सुरूआत मात्र हो। ठूलो डिजास्टरको मात्रा बाँकी नै छ। पानी अझै ठूलो पर्ने सम्भावना बाँकी नै छ। भर्खर मनसुनको सुरूआत भएको छ। मनसुन बढ्दै जाँदा पानी पर्ने क्रम बढ्दै जाने हुनाले यो मात्रा अझै बढ्नेछ।

कस्तो क्षेत्र हो यो? 
भ्रेमथाङ लामटाङ राष्ट्रिय निकुञ्जको हेलम्बु क्षेत्रमा रहेको छ। यो उपत्यका जस्तै चार वर्गमिटरमा फैलिएको छ। यहाँ केही साना ताल पनि छन्। यो भूभाग समुद्री सतहदेखि तीन हजार ५०० मिटर उचाइमा रहेको छ।

धेरै अघि हेलम्बुका बासिन्दा अन्य क्षेत्रमाझैं यहाँ पनि तीर्थाटनका लागि जाने गरेको सुन्‍नमा पाइन्छ। पछिल्लो समय भने त्यहाँ तीर्थ जाने कुरा सुनिएको छैन। यही हिमाली पाटनबाट आएको कालोमाटो अहिले मेलम्चीलगायतका क्षेत्रमा थुप्रिएको हो। कतिले हिमपहिरो अर्थात् ‘ग्लासियर’ फुट्यो पनि भनेका छन्। मेलम्चीको शीरमा ग्लासियर छैन, त्यसैले यसो भन्‍न उपयुक्त देखिँदैन।

Ncell 2
Ncell 2
nimb
nimb

अझै ठूलो ‘डिजास्टर’को तयारी गरौं
अब हामीले के गर्ने भन्‍ने प्रश्न अगाडि आएको छ। अब यो तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरूले गर्नुपर्ने तयारी हो। यो चेतावनीको रूपमा हामीले सन्देश पाएकाले अब अहिले नै तयारी गर्न जरुरी छ। ठूलो ‘डिजास्टर’को तयारी अब गर्नैपर्छ। यसरी तयारी गर्दा गएन भने भाग्यमानी ठानौं। तर, भाग्यमानी भनेर चुप लागेर बस्ने अवस्था छैन। मेलम्चीभन्दा तलका क्षेत्रमा धेरै असर अहिले देखिएको छैन। जति असर परेको छ मेलम्ची र हेलम्बु क्षेत्रमा परेको छ। तल नजाने भन्‍ने होइन, जान्छ। इन्द्रावतीले जति क्षति गरेको छ त्योभन्दा बढी मेलम्चीको क्षति छ।

किन भयो धेरै क्षति?
अहिले एकैपटक धेरै क्षति हुनुको कारण भ्रेमथाङबाट आएका पहिरो मेलम्ची घ्याङबाट आएको पहिरोले थुनिएर एकैपटक आउनु हो। माथिबाट आएको यही पहिरोले पहिरो लडाएको थियो अनि थुनिएको थियो। अब आउने पहिरो पनि सलल आउँछ भन्‍न सकिँदैन। फेरि पनि यो थुनिएर आउँछ। त्यस्तो भयो भने अझै डरलाग्दो हुन्छ।

यो पनि पढ्नुहोस्

कारण पहिल्याएनौं भने मेलम्चीले भोगेको विपत्ति धेरैतिर दोहोरिन सक्छबिहीबार, असार ३, २०७८

अहिले यो बुझौं, अनुमान नगरौं, तयारी गरौं। जोखिम अहिले घटेको छैन। बाढी आयो–गयो, तर जोखिम घटेको छैन। अब हामीले तयारी गरेर जोखिम क्षेत्रमा बस्न दिन हुँदैन। त्यस्ता क्षेत्रमा रहेका बस्तीहरू सुरक्षित स्थानमा सार्नैपर्छ। हामी पनि सुरक्षित स्थानको पहिचान गरिरहेका छौं। ठाउँको नक्सांकन गरिरहेका छौं। हाम्रो प्रारम्भिक अनुमानमा भूकम्पपछि बनेका विद्यालयहरू अलि सुरक्षित छन्। तिनीहरू अलि अग्लो र सुरक्षित स्थानमा छन्। यो बर्खाभरि स्थानीयवासीलाई उक्त स्थानमा लगेर व्यवस्थापन गर्नुपर्छ।

Xtrem

Xtrem

तत्कालै के गर्ने?
तिम्बुमा अझै क्षति हुन्छ, किउल, ग्यालथुम, चनौटे हुँदै मेलम्चीसम्म आउँदा झन् धेरै क्षति हुन्छ। हेलम्बु र मेलम्चीको बीचमा अब सम्पर्क पनि टुट्न सक्छ। सडक सञ्जालमा अहिले नै क्षति पुग्न थालेको छ। यो झनै बढ्ने निश्चित छ। अब के भयो भने खोलाको कुनै बाटो छैन। यसअघि जुन धारमा बगेको थियो त्यो अब पुरिएको छ। किनाराहरू माटो र बालुवाले भरिएका छन्। खोला अब कहाँ बग्ने भन्‍ने निश्चित छैन। अहिले नै खोला वारी र पारी भइरहेको छ। अझै एक/दुई झरी पानी पर्न थालेपछि जता पनि जानसक्छ, जुन खेत पनि बगाउन सक्छ, जुन घर वा बजारमा पनि यसले आक्रमण गर्न सक्छ।

अबको तीन/चार महिना गम्भीर जोखिम रहेको छ। अब स्थानीय सरकारहरूले तलका बस्तीहरूलाई सकिन्छ स्थायी रूपमा बस्ती सार्नुपर्छ, सकिँदैन यो मनसुनभरि भए पनि सार्नैपर्छ।

अब सुरक्षित हुने भनेको तटीय क्षेत्रमा बसोबास गर्न नदिने नै हो। तटीय क्षेत्रमा रहेका मानिसहरूलाई पहिलो त सारिहाल्नुपर्छ। अब खोलाको बाटो बनाउन सके राम्रो हुने देखिन्छ। अहिले खोलामा डोजर लगाउने कुनै सम्भावना छैन। यदि, सम्भव भयो र खोलालाई मध्यभागमा गहिरो बनाएर राख्न सकियो भने केही क्षति कम गर्न सकिन्छ। भोलि त्यसले अझै खोलेर उसको बाटो बनाउन यसले मद्दत गर्छ, तर अहिले यो सम्भावना न्यून भएको कुरा हो। यसरी हेर्दा खोला अब जुनसुकै कुनामा घुम्नसक्छ।

हामीले २०७२ सालको भूकम्पपछि लगातार त्यहाँ गएर हेर्दा धेरै जमिनहरू चिराचिरा परेको देखेका थियौं। सोही समयमा हामीले गरेको अध्ययनको प्रतिवेदन सम्बन्धित स्थानीय तहहरूलाई पनि दिएका थियौं। हामीले सोही समयमा गरेको अध्ययनमा मनसुन सुरू भएपछि यो चिराचिरा परेको स्थानमा पानी पसेर बाढी जाने चेतावनी दिएका थियौं। हामीले त्यो बेलाका केही जोखिमका बस्तीहरू सार्नुपर्छ भनेका थियौं।

1140x725

हेलम्बुको नाकोटेको बस्ती एकदमै जोखिममा रहेकाले सार्नुपर्छ भनेका थियौं। हामीले उक्त समयमा गफ त गर्‍यौं तर कार्यान्वयन हुन सकेन। त्यस्तै मेलम्चीमा पनि खोला छेउमा घर बनाउन नदिने भनियो। नगरपालिकाले नक्सामा पनि कडाइ गर्‍यो। तर, वर्षौंदेखि बस्दै आएका स्थानीयहरू उक्त क्षेत्रबाट हट्ने सम्भावना नभएपछि नगरले नक्साको स्वीकृति दिएको देखिन्छ। उक्त कुरा कार्यान्वयन हुन सकेन अहिले क्षति बढेको छ। अबको तीन/चार महिना गम्भीर जोखिम रहेको छ। अब स्थानीय सरकारहरूले तलका बस्तीहरूलाई सकिन्छ स्थायी रूपमा सार्नुपर्छ, सकिँदैन यो मनसुनभरि भए पनि सार्नैपर्छ। 

पहिरो रोक्ने उपाय 
यो हामीले रोक्न सक्दैनौं। यो नियमित भौगोलिक प्रक्रियाजस्तो देखिन्छ। भूकम्पले चिरा पारेको उक्त स्थानहरूमा पानी छिर्‍यो। अब उक्त समथर क्षेत्रमा रोकथामको कुनै उपाय छैन। चाैरजस्तो ठाउँ फुटेर पहिरो आउँछ भनेर अनुमान गरिँदैन। चाैरमा पानी छिरेर पहिरो गएकाले यसलाई रोक्ने उपाय नगन्य देखिएको हो। 'क्लाउड बर्ष्ट'का कुरा पनि आएका छन्। यो पनि भएको छ। भिरालो जमिनमा रहेको माटो यसरी बग्नसक्छ। तर, अहिलेको समस्या भनेको भ्रेमथाङको उपत्यका नै बगाएको छ। उपत्यका नै बगाएको अवस्थामा हामी रोक्न सक्दैनौं।

(२०७२ सालको भूकम्पपछि हिमाली क्षेत्रको अध्ययन गरेका वातावरणविद् निरौलासँग दुर्गा दुलालले गरेको कुराकानीमा आधारित)

प्रकाशित मिति: शनिबार, असार ५, २०७८  २१:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रविनराज निरौला, पीएचडी
लेखकबाट थप
मेलम्चीमा किन आयो यत्रो बाढी ? यो हो कारण र यस्ता छन् थप जोखिम
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्