काठमाडौं – हङकङमा आजबाट सुरु भएको चारदेशीय टी–२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ ।
पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै उत्कृष्ट सुरुवात गरेको हो ।
कतारले दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा पुरा गरेको हो । नेपालका लागि ओपनर कुशल भुर्तेलले १९ बलमा ३८ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । आसिफ शेखले २१ बलमा ४ छक्कासहित ३३ रनको योगदान दिए ।
कप्तान रोहित २९ बलमा २ चौका र १ छक्कासहित २७ रनमा नटआउट रहे । भने बसीर अहमतले ३३ बलमा २ चौकासहित नटआउट ३० रन जोडे । कतारले २० ओभरमा ५ विकेट गुमाएर १ सय ५१ रन जोडेको थियो । कतारका लागि कप्तान इक्रमउल्लाह खानले सर्वाधिक ५४ रनको योगदान दिए । उनले ५२ बलमा अर्धशतक पूरा गरेका थिए ।
नेपालका लागि करण केसी, ललित राजवंशी, सोमपाल कामी, नन्दन यादव र गुलशन झाले १–१ विकेट लिएका थिए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।