• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

कारण पहिल्याएनौं भने मेलम्चीले भोगेको विपत्ति धेरैतिर दोहोरिन सक्छ

64x64
ङमिन्द्र दाहाल, पीएचडी  बिहीबार, असार ३, २०७८  २१:२७
1140x725

मंगलबार साँझदेखि सिन्धुपाल्चोकको मेलम्ची क्षेत्रले भोगेको भीषण बाढीसिर्जित विपत्तिबारे हरेक मान्छेले हरेकथरी तर्क गरिरहेका छन्। त्यसक्रममा सतही टिप्पणीसमेत भइरहेको सुनिन्छ। म किन यसो भनियो भन्नेतिर त जान चाहन्न। तर, हामीले यति ठूलो विपत्तिलाई हल्काफुल्का टिप्पणी गरेर बिर्सिदियौं भने अरु धेरैतिर यस्तो विपत्ति दोहोरिने जोखिम हुन्छ। त्यसकारण मेलम्ची क्षेत्रमा भएको के हो? र, किन यति ठूलो विपत्ति निम्तियो भन्ने कारण पहिल्याउनुपर्छ। त्यो कारण तथ्यसंगत होस्, विज्ञानसम्मत होस्। 

के भएको हो मेलम्चीमा? 
जल तथा मौसम विज्ञानको क्षेत्रमा मेरो लामो अनुभवले मेलम्ची क्षेत्रमा के भएको हो भन्नेबारे विभिन्न कोणबाट हेर्ने प्रयास गरिरहेको छु। ज्ञान र अनुभवका आधारमा त्यहाँ के भएको हुनसक्छ भनेर केलाउने प्रयास भइरहेको छ। सामान्यत: धेरै पानी परेपछि (वर्षा भएपछि) बाढी हुन्छ। ‘धेरै वर्षा’को अर्थ कि त लामो समय पानी परिरहनु हो कि थोरै समयमा तीब्र वर्षा हुनु हो। लगातार पानी पर्‍यो भने जमीनले सोस्न छोड्छ र सवै वगेर जाँदा ठूलो बाढी सिर्जना हुन्छ। कहिलेकाहीँ त्यस्तै बाढी ४०–५० वर्षपछि आउने भीषण बाढी भइदिन्छ। यसबाहेक ‘क्लाउड बर्ष्ट’ भयो भने पनि ठूलो बाढी आउँछ। मेलम्ची क्षेत्रमा ‘क्लाउड बर्ष्ट’ भएको थियो कि थिएन भन्ने एकिन छैन। 

उच्च पहाडी क्षेत्रमा हिमताल विष्फोट भएर पनि यस्तो खालका बाढी आउँछन्। हाम्रोजस्तो पहाडी मुलुकमा चाहिँ प्रायः ‘क्लाउड बर्ष्ट’ भएपछि पहिरो गएर केही घण्टा वा दिन साँघुरो खोचमा नदी थुनिने र अन्तिममा त्यो फुटेर ठूलो बाढी आउने हुन्छ। अहिलेसम्म हामीले बुझेको पनि यही हो। यी कुराहरुलाई हेर्दा मेलम्ची क्षेत्रको घटनामा पानी परेको (वर्षा भएको) रेकर्ड हेर्दा ‘क्लाउड बर्ष्ट’ भएको देखिँदैन। पहिलेका आँकडाहरु हेर्दा पनि त्यही क्षेत्रमा त्यो भन्दा निकै ठूलो वर्षा भएको पाइन्छ। तर, त्यसबेला पनि त्यति ठूलो बाढी आएको छैन। अनि त्यस्तो खालको लेदोसहितको बाढी पनि आएको छैन। त्यसकारण मेलम्ची क्षेत्रमा के भएको हो भन्नेबारे गहन अध्ययन हुनुपर्छ। 

हामी सामान्यतया नजानेका कुरा कारण पत्ता नलगाई त्यसै छाडिदिन्छौं। तर, कतिपयले आफ्नो अनुभवका आधारमा यही भएको हो भनेर ठोकुवा गरि दिन्छन्। त्यो तथ्यसँग मेल खान्छ या खाँदैन भनेर हेर्दैनन्। डोजर चलाइएको, खोलाकिनारमा बस्ती बसाइएकोले यस्तो भएको भनेर अहिले आइरहेका टिप्पणी त्यसका उदाहरण हुन्। विज्ञानको धर्म पछ्याउने हो भने त्यसो गर्नु अनैतिक हुन्छ। जुन कुराको चित्त बुझ्दो प्रमाण छैन, त्यसलाई यसै होला भन्नु अनैतिक हुन्छ। एउटाले ‘क्लाउड बर्ष्ट’ भयो भन्ने, अर्कोले ठूलो पोखरी बन्यो भन्ने कुरा गर्ने गर्नुभन्दा बहुविधागत अध्ययन टोली बनाएर अध्ययन गरी त्यसको निर्क्योल गर्नेमा जोड दिनुपर्छ। 

के कारणले यति ठूलो बाढी गयो? बर्षा भयो भने कति ठूलो वर्षा भयो? कति लामो अवधिसम्म वर्षा भयो? त्यहाँको भौगोलिक धरातल, भिरालोपन, भूउपयोग जस्ता कुराको प्याटर्न हेर्नुपर्छ। आँकडाको कमी वा ज्ञानको कमी हो भने त्यसलाई पुर्ताल गर्ने प्रयासमा लाग्नुपर्छ। विना ठूलो वर्षा मेलम्चीमा ५० वर्षपछि यति ठूलो बाढी आयो भनिएको छ, त्यसो हो भने यो त अरु ठाउँमा पनि आउन सक्छ। त्यसकारण वैज्ञानिक अध्ययन टोलीले स्थलगत रुपमासमेत यसको अध्ययन गर्नुपर्छ जुन नेपालको लागि मात्र होइन विश्वकै चासोको विषय हुन सक्दछ। यदि ठूलो पानी नपरेरै पनि यत्रो बाढी आउन थालेको हो भने देशभरिकै बस्तीहरुको, तिनको जोखिमको बारेमा पनि पुनर्विचार गर्नुपर्ने हुन्छ। त्यसकारण पनि गहिरो अध्ययन गरेर कारण निर्क्योल गरिनुपर्छ। 

Ncell 2
Ncell 2
nimb
nimb

तर, यस्तोमा एउटै फ्याक्टर नै निर्णायक हुँदैन। मेलम्ची क्षेत्रको विपत्तिबारे एउटा निचोडमा पुग्ने हो भने पनि त्यहाँ कुन चाहिँ कारण कति जिम्मेवार थियो भनेर पनि हेर्नुपर्छ। मानौं, वर्षाले कमजोर भिरपाखोमा सानो पहिरो उत्पन्न भयो तर ठाडो भिरको पहिरो वेगले वग्दै खोचमा झरेर नदी थुनिदिएको खण्डमा त्यहाँ उत्पन्न हुने अस्थायी ताल विष्फोट हुँदा भयंकर बाढी उत्पन्न गर्दछ। भिरालो एरियाको पहिरो आफैमा एउटा ठूलो जोखिमको कारण हुन्छ। त्यसले आधा घण्टा मात्र पनि नदीलाई थुनिदियो भने ताल बन्छ। अनि त्यो फुट्दा वा खुल्दा त्यसले जुन बाढी ल्याउँछ, त्यसले सँगै वरपरका रुख, ढुंगा, माटो सबै बगाएर ल्याउँछ। 

भिरालो भएकाले त्यसले सामान्यभन्दा कैयौं गुणा बढी बेगको बाढी उत्पन्न गर्छ। भन्नुको मतलब माथि बाढी सानै थियो भने पनि स्लोपको कारणले गर्दा सोचेको भन्दा निकै बढी शक्तिशाली हुन्छ। अनि त्यहीअनुसार क्षति पनि निकै बढी हुन्छ। मेलम्चीको अर्को फ्याक्टर, मेलम्ची बजार पनि त बगरमा बसेको हो। अहिले नहोला, कुनै न कुनै बेला त त्यो नदी हिडेकै क्षेत्र भएर तटीय क्षेत्र भनिएको हो। त्यही बगरमा बस्ती फिजिइसकेको हुनाले बजारलाई बढी क्षति गर्यो। 

तर, यी कुरामा कुन कुरा कति जिम्मेवार हुन्, कति पर्सेन्ट कारण यही हुन् भन्ने पाटोमा अध्ययन नगरी यहीकारण भयो भन्न मिल्दैन, हुँदैन। 

Xtrem
Xtrem

२०५० सालमा धादिङको गजुरी क्षेत्रमा आएको बाढीको स्वरुप जस्तो थियो, मेलम्चीमा लगभग त्यस्तै देखिन्छ। नेपालमा आएकामध्येको त्यो ठूलो बाढी थियो। त्यसबेला पृथ्वी राजमार्गका धेरै पुल भत्केका थिए। कुलेखानी जलविद्युत आयोजनाको ड्याम फुटेको थियो। त्यो बागमतीमा मिसिएपछि सर्लाहीतिर ठूलो जनधनको क्षति भएको थियो। माथि त्यो सानो बाढी थियो। तर, क्लाउड बस्र्ट भएर पहिरो गएकाले तल आउँदा भीषण बाढी बन्यो। त्यसमा पानी मात्र थिएन, ठूल्ठूला ढुंगा, रुखसहितको गेग्रान थियो। 

हामीकहाँ धेरैजसो नदीनाला हिमाली क्षेत्रबाट आउँछन् र भिरालो ठाउँमा बग्छन्। त्यहीकारण ती ठाउँमा यति पानी पर्दा यति ठूलो बाढी आउन सक्छ भनेर गर्ने अनुमान सही नहुन सक्छ। अरु ठाउँमा यति पानी पर्दा यति बाढी आउँछ भनेर जुन वैज्ञानिक आकलन गरिएको हुन्छ, त्यो नेपालका नदीनालाका हकमा लागु हुँदैन। समथर भूमिमा बग्ने नदीनालामा त्यो मिल्छ, तर भिरालो ठाउँमा मिल्दैन। किनभने त्यसले ढुंगा कति बगाउँछ, माटो कति कटान गर्छ भन्ने आकलन गर्न सकिन्न। स्लोपमा बग्दा त्यसको शक्ति सामान्य अवस्थाभन्दा तीन गुणा बढी हुन्छ। भिरालो क्षेत्र, त्यसमाथि भल पहिरो मिसियो भने तल्लो तटमा त्यसले ठूलो क्षति निम्त्याउँछ। 

(जल तथा मौसमविज्ञ दाहालसँगको कुराकानीमा आधारित)
 

प्रकाशित मिति: बिहीबार, असार ३, २०७८  २१:२७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
ङमिन्द्र दाहाल, पीएचडी 
लेखकबाट थप
कारण पहिल्याएनौं भने मेलम्चीले भोगेको विपत्ति धेरैतिर दोहोरिन सक्छ
सम्बन्धित सामग्री
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच अन्तर्राष्ट्रिय खोजमूलक सञ्चार माध्यमद्वारा हालै सार्वजनिक गरिएको प्रतिवेदनले नेपालको राजनीति, नागरिक समाज र समग्र राज्य संयन्त्रभित... बुधबार, भदौ ३१, २०८३
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्