Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

सर्वोच्चले निषेधाज्ञाबीच कर लिन भनेको हो कि नलिन? तत्काल कर असुली हुन्छ कि हुँदैन?

64x64
नेपाल लाइभ बुधबार, असार २, २०७८  ०७:२५
1140x725

काठमाडौं– कोरोना महामारी नियन्त्रणका लागि जारी निषेधाज्ञाका बीच करदाताले कर बुझाउने विषयमा सर्वोच्च अदालतमा दायर भएको निवेदनमा दुई न्यायाधीशले मंगलबार जारी गरेको आदेशले कर  तत्काल बुझाउन भनिएको हो कि नबुझाउन भन्ने अन्योल देखिएको छ। 

निषेधाज्ञामा सरकारले कर उठाउन खोजेपछि अधिवक्ता सिर्जना अधिकारीले जेठ २ गते अर्थ मन्त्रालयलाई विपक्षी बनाएर रिट दायर गरेकी थिइन्। उक्त रिटमा जेठ ५ गते न्यायाधीश मिरा खड्काको एकल इजलासले निषेधाज्ञा अन्त्य भएको ३० दिनभित्र कर बुझाउन समय उपलव्ध गराउन भनेको थियो। उक्त आदेशमा आर्थिक ऐन २०७७ को दफा १९ मा भएको व्यवस्था अनुसार कर असुलीका लागि सरकारले वाधा अड्काउ फुकाउन सक्ने भनिएको थियो। 

सर्वोच्चको उक्त आदेशले कर असुल गर्न समस्या भएपछि अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभाग भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेका थिए। सरकारको भ्याकेटको निवेदन र अधिवक्ता अधिकारीको रिटलाई एकै ठाउँमा राख्दै मंगलवार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले जारी गरेको आदेशले कर तत्काल तिर्नुे पर्ने हो कि निषेधाज्ञा खुलेपछि भन्ने प्रश्न एउटा उब्जाएको छ। साथै, कर नतिरेमा जरिवाना लाग्छ कि लाग्दैन भन्ने प्रश्न पनि उठेको छ। त्यस्तै आदेशमा भनिएको आर्थिक ऐनको दफा १९ को व्यवस्थाले कहिलेसम्म सुविधा दिन्छ भन्ने प्रश्न उठेको छ। 

के भनिएको छ आदेशमा ?
यी प्रश्नहरुको उत्तरका लागि दुई न्यायाधीशको संयुक्त इजलासले गरेको आदेश केलाउन जरुरी हुन्छ। जेठ ५ गते न्यायाधीश खड्काको इजलासले स्पष्ट रुपमा निषेधाज्ञा जारी रहेको अवस्थामा कर बुझाउन आउन नसक्ने भएकाले खुलेको ३० दिनभित्र बुझाउने आवश्यक व्यवस्था गर्न र उक्त अवधिसम्मका लागि जरिवाना नलिन भनेको थियो। तर, मंगलवार संयुक्त इजलासले यो अवधि तोक्ने काम अदालतको नभएको र आर्थिक ऐनले नै त्यसो गर्ने भन्दै त्यसको अधिकार अर्थ मन्त्रालयलाई दिएको छ। 

‘एक न्यायाधीशको इजलासबाट ‘कर वितरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु/नगराउनु, बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि बाटाको म्यादबाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्नेगरी आवश्यक व्यवस्था मिलाउनु’ भनी भएको आदेश परिवर्तन गरी विपक्षी अर्थ मन्त्रालयले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम निर्णय गरी प्रकाशित गर्ने सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु, नगराउनु भनी सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४९ (२) (३) बमोजिम यो आदेश गरिएको छ,’ मंगलबारको आदेशमा भनिएको छ। 

यो आदेशले जेठ ५ गते तोकेको ३० दिनको म्याद तोक्ने काम अदालतको नभई आर्थिक ऐनमार्फत अर्थ मन्त्रालयले नै गर्न सक्ने भएकाले परिर्वतन गर्ने भनेको छ। सर्वोच्चले यसअघि एकल इजलासले जारी गरेको यो अवधि अब ऐनको व्यवस्था अनुसार मन्त्रालयले सूचना प्रकाशित गरेर तोक्नुपर्ने भनेको छ।  

के छ आर्थिक ऐनको दफा १९ मा ?
आर्थिक ऐनको दफामा १९ मा कर बुझाउने प्रक्रिया सरलीकरण गर्न सक्ने व्यवस्था रहेको छ। ‘मूल्य अभिवृद्धि कर ऐन २०५२, अन्तःशुल्क ऐन २०५८, आयकर ऐन २०५८, भन्सार ऐन २०६४ तथा यस ऐनको कार्यान्वयनको क्रममा सार्वजनिक शान्ति र व्यवस्थामा गम्भीर खलल पुगेको वा सार्वजनिक आवागमनमा अवरोध भएको वा विपद्को कारणले उल्लिखित ऐनले प्रदान गरेको कुनै सुविधा उपभोग गर्न नपाउने अवस्था सिर्जना भएमा, कुनै जटिलता देखिएमा वा उल्लिखित ऐन तथा यस ऐनको कार्यान्वयनमा कुनै बाधा अड्काउ पर्न गएमा नेपाल सरकार, अर्थ मन्त्रालयले आवश्यकता अनुसार अवधि थप गर्न, प्रक्रिया सरलीकरण गर्न वा कार्यान्वयनमा देखिएको बाधा अड्काउ फुकुवा गर्न सक्नेछ’, सो दफामा भनिएको छ। सर्वोच्चले यो व्यवस्था ऐनमै भएकाले अदालतवाट समय तोक्ने भन्दा सरकारले सुचना जारी गरेर कर असुल गर्नू भनेको हो। 

निषेधाज्ञामा कसरी कर तिर्न जाने ?
अहिले देशभरका अधिकांश स्थानमा निषेधाज्ञा जारी छ। यो अवधिमा सरकारले अत्यावश्यक काम र आवतजावत गर्नसक्ने मानिस र तिनको कार्यका बारेमा जिल्ला प्रशासन कार्यालयको सूचनामार्फत् स्पष्ट उल्लेख गरेको छ। जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक र अरु कामका बारेमा तोकेको अवधिमा कर तिर्नकै लागि कर कार्यालयमा सवै नागरिक पुग्न सक्ने देखिँदैन। सोही कुरालाई ख्याल गर्दै अर्थ मन्त्रालयले सुचना जारी गर्नेछ। 

Ncell 2
Ncell 2
nimb
nimb

मन्त्रालयले जारी गरेको सूचनालाई आधार मान्दै नागरिकले कर बुझाउने छन्। कर बुझाउनका लागि सहज हिँडडुल पहिलो शर्त हुने देखिन्छ। मन्त्रालयले यसरी आर्थिक ऐनअनुसार निकालेको सूचनाले तोकेको अवधिको जरिवाना मन्त्रालयले लिन पाउनेछैन। सर्वोच्चको संयुक्त इजलासले यसलाई स्पष्ट रुपमा भनेको छ। यसरी हेर्दा यो आदेशले अहिले नै कर बुझाउने वा नवुझाएमा जरिवाना हुने वाटो खोलेको हैन। सर्वोच्चले कहिलेदेखि कर उठाउने हो त्यसको निर्णय सरकारलाई सूचनामार्फत् गर्ने वाटो मात्र दिएको देखिन्छ। 

कति दिनको सूचना जारी हुन्छ त? 
सर्वोच्चको आदेशपछि सरकारले अब कर बुझाउनका लागि आर्थिक ऐनअनुसार समय तोकेर सूचना जारी गर्नेछ। सर्वोच्चको आदेशमा कहिले सूचना जारी गर्ने र त्यो कहिलेसम्मको अवधिका लागि हुने भन्ने स्पष्ट छैन। यो अर्थ मन्त्रालय र राजस्व संकलन गर्ने निकायको सल्लाहमा सरकारले आवश्यक  समयमा गर्न सक्नेछ। सर्वोच्चको आदेशअनुसार अब अर्थ मन्त्रालयले कर उठाउन आर्थिक ऐनको यही दफामा टेकेर कर बुझाउने अवधि तोक्ने सूचना जारी गर्नेछ। त्यसरी तोकेको अवधिमा कर बुझाउनुपर्नेछ। त्यो अवधिमा कर नबुझाउनेलाई जरिवाना समेत गर्न सक्नेछ।  

सरकारले सूचना जारी नगरेमा के हुन्छ त भन्ने प्रश्न अब फेरि अदालतवाटै निरुपण गर्नुपर्ने  हुनसक्छ। सर्वोच्चले सुचना जारी नगरी कर नलिनू भनेर वाध्यता नपारेकाले कर उठाउन सक्ने र जरिवाना गर्न सक्छ कि भन्ने आशंका उठेपछि यसो भएमा फेरि यो विवाद अदालत पुग्ने देखिन्छ। सरकारले कोरोना महामारीलाई देखाएर आवतजावतमै रोक लगाउने, अनि कर नवुझाएको भनेर जरिवाना गरेमा यो प्राकृतिक न्यायको सिद्धान्तभन्दा बाहिर हुने देखिन्छ। कर वुझाउन जान सक्ने अवस्थासम्म सिर्जना नभएसम्म सरकारले कसैलाई पनि वाध्य पार्न नसक्ने देखिन्छ। कम्तीमा निषेधाज्ञा कायम रहँदासम्म त्यसो गर्न सम्भव देखिँदैन। 

सरकारवाटै निषेधाज्ञा जारी छ 
‘हाल नयाँ भेरियण्ट सहितको कोभिड १९ को दोस्रो लहरको महामारीका कारण सरकारबाट नै निषेधाज्ञा जारी भएको र सो अवधि हालसम्म पनि कायम भैरहेको पाइँदा उक्त दफा १९ बमोजिमको निर्णय हनुपर्ने अवस्था सृजना भएको तथ्यमा विवाद भएन’, मंगलवारको आदेशमा भनिएको छ, ‘यस अदालतबाट समेत सो बमोजिमको निर्णय गर्नु भनी सर्वोच्च अदालत नियमावली बमोजिम आदेश समेत भैरहेको यस स्थितिमा विपक्षी नेपाल सरकार, अर्थ मन्त्रालयले आर्थिक ऐन, २०७४ को दफा १९ बमोजिम निर्णय गरी कर बुझाउने अवधि थप गर्न र प्रकृया सरलिकरण गर्न सक्ने नै देखिएको छ।’ 

Xtrem

Xtrem

‘कर विवरण बुझाउने अवधि थप गर्ने र प्रकृया सरलीकृत गर्ने लगायतका विषयमा दफा १९ बमोजिम हुने उक्त निर्णय प्रकाशित सूचना बमोजिम हुने हँदा यस अदालत, एक न्यायाधीशको इजलासबाट ‘कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउन, बन्दाबन्दी पूर्ण रुपमा खुलेपछि बाटोको म्याद बाहेक ३० दिनभित्र विवरण र कर बुझाउन सक्ने गरी आवश्यक व्यवस्था मिलाउनु’ भनी भएको आदेश परिवर्तन गरी विपक्षी अर्थ मन्त्रालयलाई अधिकार दिइएको’ सर्वोच्चको आदेशमा उल्लेख छ। 

‘सूचनामा उल्लेख भएको अवधिसम्मको लागि मात्र कर विवरण र कर दाखिला नगरेमा जरिवाना असुल नगर्नु नगराउनु’, सर्वोच्चको आदेशमा भनिएको छ, ‘सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ४९(२)(३) बमोजिम यो आदेश गरिएको छ। यो आदेशको जानकारी विपक्षीहरूलाई दिनु ।’ 

आदेशमा सर्वोच्च अदालत नियमावलीको ४९ अनुसार यो आदेश जारी गरिएको भनिएको छ। सर्वोच्चको नियमावलीको ४९ मा अन्तरिम आदेश सम्वन्धी व्यवस्था छ। यो नियमावलीको नियम ४९ को उपनियम २ मा अन्तरिम आदेश माग गरेमा पक्षलाई अपूरणीय क्षति हुने अवस्था देखेमा अदालतले अन्तरिम आदेश अवधि तोकेर वा मुद्दाको फैसला नभएसम्का लागि दिन सक्ने भनेको छ। उपनियम ३ मा अन्य उपयुक्त आदेश पनि जारी गर्न सक्ने भनेको छ। अन्तरिम खारेज गरि कर असुलीको तत्कालीन वाटो खोल्नका लागि सर्वोच्चले नियमवालीको ५० मा अन्तरिम आदेश खारेज वा रद्द गर्नसक्ने व्यवस्था उल्लेख गर्नुपर्ने थियो। तर, सर्वोच्चले त्यसो भनेको छैन। 

आन्तरिक राजस्वका महानिर्देशक र सरकारी वकिल के भन्छन्?
सरकारका तर्फपाट यो मुद्दामा वहस गरेका सहन्यायाधिवक्ता हरिशंकर ज्ञवालीले यो अन्तरिम खारेज नै हो भन्न नमिल्ने बताए। सर्वोच्चले अवधि तोक्ने भन्दा पनि आर्थिक ऐनअनुसार सुचना निकाल्न सक्ने भएकाले सोही प्रक्रियामा जान भनेको उनले बताए। तत्काल कर असुल गर्न मिल्छ कि मिल्दैन र जरिवाना लाग्छ कि लाग्दैन त भन्ने प्रश्नम उनले यो अब अर्थ मन्त्रालयको जिम्मेवारीभित्र पुगेको प्रतिक्रिया दिए। ‘सरकारले कसरी कर उठाउने भन्ने कुरामा आवश्यक सुचना जारी गर्ला वा स्पष्ट नीति लिनसक्ने कानुनी आधार मंगवबारको सर्वोच्चको आदेशले खोलेको हो’, उनले भने, ‘अब सुचना जारी गर्ने वा नगर्ने सरकारको कुरा हो र कसरी कर उठाउने उसैको कुरा हो।’ 

आन्तरिक राजश्व विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले सर्वोच्चको आदेशपछि व्यवसायी र सरकारलाई सहज हुने गरी व्यवस्था गरिने बताए। सर्वोच्चको यसअघिको अन्तरिम आदेशविरुद्ध भ्याकेट निवेदन दिनेमध्येका एक उनले सरकारलाई कर उठाउन सजिलो हुने र व्यवसायीलाई पनि मर्का नपर्ने गरी व्यवस्था गर्ने र यो आपसी छलफलमा निर्धारण हुने बताए। अव अर्थ मन्त्रालय र व्यवसायीसँग पनि छलफल हुने उनको भनाई छ। सरकारले नै निषेधाज्ञा जारी गरेर घरभित्रै बस भनेको अवस्थामा कर तिर्न आऊ नत्र जरिवाना हुन्छ भन्न नसकिने भएकाले यो आपसी छलफलमै निर्धारण गरिने र सर्वोच्चको मंगलवारको आदेशले कानुनी व्यवस्था गर्न सरकारलाई सहजमात्र भएको उनको बुझाइ छ।  

प्रकाशित मिति: बुधबार, असार २, २०७८  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
विद्युत् महसुल काउन्टरमै तिर्ने ७३ प्रतिशत, सञ्चालन खर्च वार्षिक ६० करोडनजिक
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च
सम्बन्धित सामग्री
कालीमाटीमा रातो आलु ५५ रुपैयाँ, सिताके च्याउ ८०० कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ। बिहीबार, असोज २२, २०८३
आज यस्तो छ विदेशी मुद्राको विनिमयदर नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५४ रुपैय... बिहीबार, असोज २२, २०८३
१७ अर्ब नाघ्यो प्रधानमन्त्री राहत कोषमा मौज्दात प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार  कोषका विभिन्न खातामा आज राति ८:०० बजेसम्म मौज्दात रकम रु. १७ अर्ब ६ करोड ८० लाख... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
विद्युत् महसुल काउन्टरमै तिर्ने ७३ प्रतिशत, सञ्चालन खर्च वार्षिक ६० करोडनजिक बिहीबार, असोज २२, २०८३
परराष्ट्रमन्त्री खनाल र अस्ट्रेलियाकी विदेशमन्त्री वङबीच भेटवार्ता बिहीबार, असोज २२, २०८३
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्