• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

'दिगो पूर्वाधार विकासमा समावेशिता र सुशासनको मुद्दा चुनौतीपूर्ण'

64x64
नेपाल लाइभ सोमबार, जेठ ३१, २०७८  २१:०४
1140x725
फाइल तस्बिर: निर्माणाधीन काठमाडाैं-तराई द्रूतमार्ग।

काठमाडौं- विज्ञहरूले दिगो पूर्वाधार विकासका लागि समावेशिता र सुशासनका मुद्दा चुनौतीपूर्ण भएको बताएका छन्। ती मुद्दालाई कम प्राथमिकता दिइएका कारण यस्तो समस्या देखिएको उनीहरूको भनाइ छ।

नेपालको पूर्वाधार विकास गर्दा पूर्वतयारीदेखि निर्माण र सञ्चालनको बेला सुशासन र समावेशिताका मुद्दालाई गम्भीरताका साथ नलिनु मुख्य समस्या भएको उनीहरूले बताए। यसका लागि पहुँच, उपयोग र प्रतिफलसमेतमा समावेशी बनाउनुपर्ने र सुरूदेखि नै सुशासनको पक्षलाई भुल्न नहुनेमा विज्ञहरूले जोड दिएका छन्। 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र पीईआईले  सोमबार आयोजना गरेको ‘दिगो पूर्वाधार : समावेशीकरण र शासनका प्रश्नहरू’ विषयक ‘भर्चुअल’ कार्यक्रममा वक्ताहरूले आयोजना तर्जुमादेखि नै पूर्वाधार आयोजनाहरूमा समस्या रहेको बताए। नेपालमा लागत र समयभन्दा अगावै बनेका कुनै पनि पूर्वाधार आयोजनाहरू नरहेको भन्दै पूर्वाधार विकासको मोडललाई समावेशी बनाउनुपर्ने उनीहरुले बताए।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष गोविन्दराज पोखरेलले पर्याप्त पूर्वतयारीविनै भौतिक पूर्वाधार आयोजना कार्यान्वयनमा लैजाँदा लागत र समय दुवै बढ्ने गरेको बताए। सरकारी संयन्त्रले पूर्वतयारीविनै आयोजनाको ठेक्का सम्झौता गर्दा समय र लागत मात्रै नभइ जनताले उचित प्रतिफलसमेत प्राप्त गर्न नसकेको उनको भनाइ थियो। 

‘आयोजनाको छनोट, डिजाइन, मुआब्जा र क्षतिपूर्तिको टुंगो नलगाइकनै आयोजना कार्यान्वयन गर्ने परिपाटी रहँदै आएको छ,’ उनले भने, ‘यसले न त आयोजना समयमै सकिन्छ, न त आयोजनाको लक्षित वर्गले समयमै प्रतिफल प्राप्त गर्न सक्छन्।’

पूर्वउपाध्यक्ष पोखरेलले सरकारले आयोजनाको लागतभन्दा अत्यधिक कम बजेट विनियोजन गर्दा पनि आयोजना तोकिएको समयमै सम्पन्न नहुने समस्या देखिँदै आइरहेको औंल्याए। ‘कुनै परियोजना निर्माण सम्पन्न गर्न वार्षिक एक अर्बभन्दा धेरै आवश्यक पर्छ। तर, सरकारले वार्षिक तीन करोडमात्रै बजेट विनियोजन गर्ने परिपाटी छ,’ उनले भने, ‘यस्तो पाराले कहिले आयोजना सम्पन्न होला र!’

पूर्वउपाध्यक्ष पोखरेलले आयोजनाको लागत केही बढी परे पनि आयोजना समावेशीकरण गरेर नै लैजाउनुपर्नेमा जोड दिए। ‘आयोजना निर्माणमा मात्रै समावेशीकरणको कुरा उठाउने होइन,’ उनले भने, ‘आयोजनाबाट आउने प्रतिफलमासमेत समावेशीकरण र लैंगिक समानतालाई ख्याल गर्नुपर्ने हुन्छ।’

पूर्वसचिव तीर्थराज ढकाल राष्ट्रिय योजना आयोगले पूर्वाधार आयोजनाको ‘प्रोजेक्ट गाइडलाइन’ नबनाइकनै आयोजना कार्यान्वयन गर्दा धेरै खालका जटिलता आउने गरेको बताउँछन्। ‘धेरैजसो मुलुकमा प्रोजेक्ट गाइडलाइन तयार पारेर मात्रै आयोजना कार्यान्वयनमा लगिन्छ। तर, हाम्रोमा अहिलेसम्म आयोजनाको समेत गाइडलाइन बन्न सकेको छैन,’ उनले भने, ‘व्यापक मात्रामा पूर्वतयारी गरेर आयोजना सञ्चालन गरेमा मात्रै तोकिएको समय र लागतभित्रै आयोजना निर्माण सम्पन्न गर्न सकिन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

पूर्वाधारविज्ञ कमल पाण्डेले ‘दिगो पूर्वाधार समावेशीकरण र सुशासनका प्रश्न विषयक’ कार्यपत्र प्रस्तुत गर्दै पूर्वाधार निर्माणमा समावेशीकरण र लैंगिक सहभागिता हुनुपर्ने बताए। उनले सरकारले सन् २०३० भित्र सहश्राब्दी लक्ष्यअनुसार पूर्वाधार क्षेत्रको लक्ष्य प्राप्त गर्न धेरै मेहनत गर्नुपर्ने अवस्था रहेको बताए। ‘सहश्राब्दी (एसडीजी) लक्ष्यअनुसार नेपालले सन् २०३० सालसम्म सडकको घनत्व १.३ किलोमिटर वर्गकिलोमिटर निर्माण गनुपर्ने हुन्छ। तर, अहिले नेपालको सडकको घनत्व भने ०.६  किलोमिटर मात्रै रहेको छ। त्यसैले अबको नौ वर्षको अवधिमा आधाभन्दा धेरै सडक तयार पार्नुपर्ने अवस्था छ।’

विज्ञ सरु जोशी पूर्वाधार निर्माणको योजना तर्जुमा गर्दा समावेशीकरणको कुरा समेट्ने परिपाटी विस्तारै आउन थालेको बताइन्। ‘पूर्वाधार निर्माणमा अहिले रीत पुर्‍याउनको लागि मात्रै भए पनि केही सदस्य राख्न थालिएको छ। तर, अहिलेसम्म पर्याप्त समावेशीकरणको मुद्दा भने आउन सकेको छैन,’ उनले भने, ‘यो विषय व्यापकरूपमा कार्यान्वयन गर्दै लैजाउनुपर्ने अहिलेको आवश्यकता भइसक्यो।’ 

उनले पूर्वाधार निर्माणमासमेत बहिष्करणमा परेका समुदायलाई जतिसक्दो धेरै समावेश गर्न आवश्यक भएको बताइन्। विज्ञ जोशीले श्रम क्षेत्रमा पुरुष र महिलाबीच ३० प्रतिशत ज्यालामा विभेदसमेत अन्त्य गर्न जरुरी भएको बताइन्। 

सहरी विकासविज्ञ पदमसुन्दर जोशी सरकारका नीति तथा कार्यक्रममा समावेशीका मुद्दा समावेश भएर आए पनि कार्यान्वयन भएको छ कि छैन भनेर फेरि अध्ययन गर्नुपर्ने बेला भइसकेको बताउँछन्। ‘रिङरोड र फास्टट्र्याक निर्माणमासमेत वातावरणीय तथा सामाजिक पक्षलाई वास्ता गरिएको छैन,’ उनले भने, ‘फास्टट्र्याकको वातावरणीय प्रभाव अध्ययनमा अन्य क्षेत्रको एक-एक रूखको ध्यान दिइएको छ। तर, बुङ्मती क्षेत्रको भने वास्ता गरिएको छैन। त्यस्तै यस्ता असमान खालका कुरा समेट्नु एकदमै गलत हो।’

एसडीजी नेटवर्कका दयासागर श्रेष्ठ नेपालको पूर्वाधार योजना छनोट र प्रथामिकीकरणमा भोटको राजनीतिको कारणले समस्या हुने बताउँछन्। ‘भोटको राजनीति हेरेर अधिकांश पूर्वाधारका योजना छनोट गरिन्छ,’ उनले भने, ‘ठूला आयोजना सैनिकलाई दिने कि सिभिलियनले गर्ने भन्नेमा ठूलो प्रश्न उब्जाएको छ।’  

उनले पूर्वाधार निर्माणमा राजनीतिज्ञ नेता र ठेकेदार कम्पनीको सेटिङ र मिलेमतोमा हुने समस्याको अन्त्य गर्न आवश्यक भएको बताए। ‘हाम्रो पूर्वाधारमा थोरै मात्रै बजेट थप गरिदिने हो भने अपांगता र ज्येष्ठ नागरिकमैत्री पूर्वाधार निर्माण गर्न सकिन्थ्यो। तर, त्यस्ता पूर्वाधार निर्माण गर्न सकिएको छैन,’ श्रेष्ठले भने, ‘वातावरणीय प्रभाव मूल्यांकन केवल देखाउनकै लागिमात्रै गर्ने गलत प्रवृत्तिको अन्त्य गर्न जरुरी भइसकेको छ।’

गैरसरकारी महासंघका एसडीजी फोकल पर्सन अर्जुन भट्टराई स्थानीय निकायले पूर्वाधार निर्माणमा अपांगता र ज्येष्ठ नागरिकमैत्री संरचना निर्माण गर्न ध्यान दिनुपर्ने बताउँछन्। ‘अहिले हरेक निकायको प्रथामिकतामा पूर्वाधार मात्रै देखिएको छ। तर, सेवा प्रवाहमा गुणस्तरीयता भने दिन सकेका छैनन,’ उनले भने, ‘अपांगतामैत्री र ज्येष्ठ नागरिकमैत्री पूर्वाधारका संरचना तयार पार्नुपर्ने भइसकेको छ।’

इसिमोडका मणि नेपालले पूर्वाधार निर्माणमा ‘इकोनोमिक बायो डाइभर्सिटी’लाई ख्याल गर्नुपर्ने टड्कारो अवस्था भएको बताए। ‘प्रकृतिको संरक्षण गर्दै विकास निर्माणको कार्य गर्न सकेमा धेरै उचित हुने थियो,’ उनले भने, ‘अहिले मान्छेको सबैभन्दा धेरै आवश्यकता बाटो नै छ। बाटो बनाउन दिगो हुने गरी बनाएका छौ कि छैनौ भन्ने मूल प्रश्न हो।’ 

इन्स्टिच्यूट अफ सस्टेनेवल एण्ड इन्भारमेन्टल ट्रान्जिसनका अजय दीक्षित पूर्वाधार निर्माणको डिजाइनदेखि निर्माणमा निकै संवेदनशील हुनुपर्ने बताउँछन्। ‘हाम्रोमा प्रोजेक्ट म्यानेजमेन्टको निकै ठूलो समस्या छ। पूर्वाधार निर्माणमा सामाजिक र वातावरणीय पक्षलाई जतिसक्दो धेरै खाल गर्नुपर्ने हुन्छ। तर, सो पक्षलाई ख्याल गरेको देखिँदैन,’ उनले भने, ‘राज्यले प्रतिबद्धता गरेको कुरा पनि कार्यान्वयन गर्दैन। त्यसैले प्रोजेक्ट व्यवस्थापनमा समस्या आएको हो।’

यूएनडीपीका विजय सिंह नेपालमा पूर्वाधार निर्माण आवश्यकताको आधारमा भन्दा पनि राजनीतिक दबाबकै कारण निर्माण हुने बताउँछन्। ‘एकाध केही अस्पताल गुणस्तरीय निर्माण भएका छन्। तर, उनीहरूको सेवा प्रवाह भने निकै नाजुक देखिन्छ,’ उनले भने, ‘पूर्वाधार निर्माण गर्दा ठूला भवनमात्रै होइन। जनताको के आवश्यकता छ भन्ने कुरालाई पनि सम्बोधन गर्न जरुरी छ।’

सहरी विकास मन्त्रालयका सहसचिव पदम मैनाली संघीय सरकारले स्थानीय तथा प्रदेश सरकारलाई अनुदानबापत रकम उपलब्ध गराएको रकम पूर्वाधार क्षेत्रमा खर्च भए पनि सो खर्च पुँजीगत खर्चको रूपमा नभइ अनुदानमा मात्रै खर्च भएको मात्रै देखिएको कुरा सुधार गर्नुपर्ने बेला भइसकेको बताए।

प्रकाशित मिति: सोमबार, जेठ ३१, २०७८  २१:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ
सम्बन्धित सामग्री
रसुवा-नुवाकोटका सडक सम्पर्क पुनर्स्थापित गर्न भारतद्वारा तीन बेलिब्रिज सहयोग भारत सरकारको सहयोगमा प्राप्त प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज शनिबार सडक डिभिजन कार्यालय हेटौंडालाई हस्तान्तरण गरिएको हो। भारतीय दूतावा... शनिबार, भदौ २७, २०८३
भदौभित्रै कृष्णभीरमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र कृष्णभीरमा पहाड काटेर करिब २५० मिटर नयाँ ट्रयाक निर्माण गर्न १० वटा मेसिन र ३० जना कर्मचारी खटाइएको छ। बिहीबार, भदौ २५, २०८३
भोटेकोशी बाढीपछि पुनर्निर्माणमा सवा ७ खर्ब लाग्ने, ऊर्जामै ३ खर्ब ९० अर्ब राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुत क्ष... बिहीबार, भदौ २५, २०८३
ताजा समाचारसबै
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना आइतबार, असोज ४, २०८३
रास्वपाले ‘राइट टु रिकल’को दस्तावेज बनाउने, चार विषयगत उपसमिति गठन आइतबार, असोज ४, २०८३
खेल मिलेमतो र अनियमितताको आरोपमा एन्फा कोषाध्यक्ष र लेखा अधिकृत पक्राउ आइतबार, असोज ४, २०८३
भाटभटेनीको टंगाल स्टोर सोमबारदेखि खुल्दै, १२ मध्ये १० स्टोर सञ्चालनमा आइतबार, असोज ४, २०८३
भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्