• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, भदौ ६, २०८३ Sat, Aug 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

जुवाको खाल उठे जसरी नेपाली फिल्मको खाल उठेकै हो त!

64x64
पुष्पा थपलिया शुक्रबार, जेठ २८, २०७८  ०८:०४
1140x725

काठमाडौं- कोभिड-१९ महामारीका कारण नेपाली फिल्म क्षेत्र ठप्प छ। आम जनमानसमा फिल्मको भविष्य के होला, कसरी हल व्यवसायी अगाडि बढ्लान् भन्‍ने जिज्ञासा पैदा भएको पाइन्छ।

कतिपय नेपाली फिल्मप्रेमी त निराशसमेत बनेका छन्। उनीहरू अब चलचित्र हैन अलपत्र नाम राख्नुपर्ने बताइरहेका छन्।

कोभिडकै कारण नेपाली फिल्ममा लगानी भएको करोडौं रकम ‘फ्रिज’ भएर बसेको छ। पहिलो लहर केही सामान्य बनेको समयमा ५० प्रतिशत अकुपेन्सीसहित हल खुले पनि राम्रा फिल्मको अभावका कारण दर्शक हलमा गएनन्।

त्यसो त, केही राम्रा व्यानरका बहुप्रतिक्षित फिल्म बनेर हल खुल्ने प्रतीक्षामा बसेका छन्। उनीहरू पूर्णरूपमा फिल्म क्षेत्र चलायमान हुने समय पर्खेर बसेका छन्।

केही पोस्ट प्रोडक्सनमा छन् त केहीले आधा काम सकेर अब त्यसलाई निरन्तरता दिने या नदिने भन्‍ने अन्योलमा छन्। केही निर्माता निर्देशक भने घोषणा गरेका फिल्मको कथा पुरानो हुन लागेको भन्दै नयाँ कथाको खोजीमा छन्।

जति पनि नेपाली फिल्मलाई माया गर्छन् उनीहरू सामाजिक सञ्जालमार्फत् यसबारे विचार विमर्श गर्छन्। सुशील कोइराला मेमोरियल फाउण्डेसनले सामाजिक सञ्जालको प्रयोग गर्दै कोरोना महामारी र नेपाली चलचित्रको विषयमा छलफल गरेको थियो।

कार्यक्रममा निर्माता संघका अध्यक्षसमेत रहेका निर्माता आकाश अधिकारीले हरेक महामारी र द्वन्द्वमा फिल्म प्रभावित हुँदै आएको बताए। उनले भने, ‘फिल्म डिजिटल प्रविधिमा गएसँगै बजारमा राम्रो प्रभुत्व जमाइरहेको थियो। विकासको क्रममा थियो तर केही समयमै २०७२ सालमा भूकम्प गयो। भूकम्पलगत्तै नाकाबन्दी छलेर फेरि फिल्मले पाइला सार्दै थियो, कोरोना महामारीले शून्यमा पुर्‍यायो।’

अधिकारीका अनुसार, फिल्म क्षेत्र चलायमान नहुँदा मुलुकलाई एक वर्षमा एक अर्ब रूपैयाँभन्दा धेरै घाटा लगेको छ। फिल्मकै कारण हजारौं परिवारको रोजीरोटी खोसिएको दुःख उनले पोखे।

nimb
nimb
Ncell 2
Ncell 2

कोरोनाअघि देशभर करिब ३०० चलचित्र घर चल्ने गरेकामा गत वर्षको बन्दाबन्दीपछि केही समय खुलेका बेला ८० चलचित्र घर पनि चल्न नसकेको अधिकारीको भनाइ छ।

अर्बको रकम देशलाई दिने भए पनि आगामी आर्थिक वर्षका लागि ल्याइएको बजेटमा फिल्मलाई उद्योगसम्बन्धी नीतिमा नराखेकोप्रति उनले गुनासो गरे। ‘चलचित्र क्षेत्र पुनरुत्थानका लागि कार्यक्रम बजेटमार्फत् आउनुपर्ने माग राखेका थियौं तर त्यसको खासै सुनुवाइ भएन,’ उनले भने।

कोरोनाअघि देशभर करिब ३०० चलचित्र घर चल्ने गरेकामा गत वर्षको बन्दाबन्दीपछि केही समय खुलेका बेला ८० चलचित्र घर पनि चल्न नसकेको अधिकारीको भनाइ छ।

यता डिजिटल प्रदर्शनका लागिसमेत झण्झट छ। नेट टिभीका सञ्चालकसमेत रहेका मनोज अग्रवालका अनुसार नेपाली फिल्म निर्माताको मागअनुसार पैसा तिरेर किन्‍न सकिँदैन। घाटाको व्यापार कसैले नगर्ने बताउँदै उनले भने, ‘महँगो पैसा लगानी गर्‍यो, त्यसले लगानी नै उठाउँदैन भने किन महँगो पैसा तिरेर फिल्म किन्‍ने?’

नेपालीहरूमा फ्रिमा पाए फिल्म हेर्ने तर इन्टरनेटमा पैसा तिरेर नहेर्ने प्रवृत्ति रहेको उनको गुनासो छ। अग्रवालले भने, ‘केही फिल्म प्रदर्शनका लागि कुरा गर्न आए, तर उहाँहरूको लगानी हामीले उठाउन सक्दैनौं। सेयरिङ बेसमा उहाँहरू तयार हुनुहुन्‍न। हामी पनि घाटा बेहोर्दैनौं, उहाँहरू पनि सस्तोमा दिनुहुन्‍न, समस्या यहीँ छ।’

एउटा फिल्म फ्लप भए पनि अर्को हिट होला भनेर लगानी गरिरहन्छन्। अहिले महामारीले त्यही जुवाको खाल पनि उठाइदियो।

यता अर्का निर्माता माधव वाग्लेले आफूहरू ऋणको चपेटामा रहेको बताए। ‘बैंकबाट करोड ऋण लिएर बनाउन लागेको नयाँ फिल्मको रकम फ्रिज भइरहेको छ। बैंकमा किस्ता बढेको बढ्यै छ, यता फिल्म थन्केको थन्क्यै छ,’ उनले भने, ‘फिल्म प्रदर्शन भए पनि लगानी उठाउने या नउठाउने भने कुरा दर्शकको हातमा हुने हो। तर, पनि फिल्ममा लगानी गर्न बानी लागेकालाई यो जुवा जस्तै हो।’

वाग्लेका अनुसार, फिल्म क्षेत्र भनेको जुवाको खालजस्तै हो। ‘पाँच जना म्यारिज खेल्न बसेको छ भने जित एउटाकै हुन्छ, तर अर्कोपल्ट जित्ने आशमा हारेकाहरूले पनि खेल्न छाड्दैनन्,’ उनले भने, ‘फिल्मका निर्माता पनि त्यस्तै हुन्। एउटा फिल्म फ्लप भए पनि अर्को हिट होला भनेर लगानी गरिरहन्छन्। अहिले महामारीले त्यही जुवाको खाल पनि उठाइदियो।’

यसले जो फिल्म निर्माणबाहेक अन्य व्यवसाय गर्दैनन्, उनीहरू निकै मर्कामा परेको वाग्लेको भनाइ छ। उनले भने, ‘हामीलाई हेर्ने सरकारले नै हो तर सरकारले सौतेलो व्यवहार गरिरहेको छ।’

महामारीभन्दा पहिले नेपाली फिल्म वर्षमा १२५ वटासम्म प्रदर्शन हुने गरेको उनले स्मरण गरे। ‘त्यसमा जम्मा पाँच वटा मात्रै सफल हुन्थे बाँकी नामै नसुनी हराउँथ्यो,’ उनले सुनाए, ‘त्यसमा पनि तीन वटाले लगानी उठाउँथ्यो र दुईवटा फाइदामा जान्थ्यो।’

यस्तो हुँदा पनि कुनै समयमा त फिल्म हिट होला भनेर कुरेका निर्माताहरूको अब भने खाल उठेको उनको भनाइ छ।

प्रकाशित मिति: शुक्रबार, जेठ २८, २०७८  ०८:०४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा ‘इन्डिपेन्डेन्ट मदर्स अफ नेपाल’को प्रदर्शन शनिबार, भदौ ६, २०८३
‘अदालतबाट होइन, पार्टी कार्यालयबाटै संवादमार्फत काँग्रेसलाई एकतावद्ध बनाऊँ’ : विश्वप्रकाश शर्मा शनिबार, भदौ ६, २०८३
गरिमा चौधरीको हत्याबारे कुलमान घिसिङद्वारा दुःख व्यक्त शनिबार, भदौ ६, २०८३
म्युजिक थेरापी: मन, मस्तिष्क र शरीरलाई निको पार्ने एउटा प्रभावकारी माध्यम शनिबार, भदौ ६, २०८३
नीति र नेतृत्वदेखि स्थानीय चुनावसम्म : रास्वपाको कार्यशाला सुरु शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
खबरै नगरी मुस्ताङ जाँदै गरेका प्रधानमन्त्रीको भ्रमणबारे के भन्छन् मुस्ताङका सुरक्षा निकाय? शुक्रबार, भदौ ५, २०८३
प्रधानमन्त्री बालेनको मुस्ताङ यात्रा : शुक्रबार बिहानदेखि साँझसम्म शुक्रबार, भदौ ५, २०८३
ललितपुरका मेयर  र आशिकाबीच चर्काचर्की : मन्त्रीकै अगाडि झन्किएर हिँडिन्, भएको के थियो? शुक्रबार, भदौ ५, २०८३
अर्जेन्टिनी खेलाडीलाई फिफाले चलायो डन्डा, कुन खेलाडीलाई कस्तो कारबाही ? शुक्रबार, भदौ ५, २०८३
गरिमा चौधरी प्रकरणमा गृहमन्त्रीले भने– सरकार मौन छैन, दोषीलाई मृत्युदण्ड दिन सकिँदैन शनिबार, भदौ ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्