तस्बिर: बीबीसी
काठमाडाैं- चीनले प्रत्येक दम्पतीलाई तीन जनासम्म बच्चा जन्माउन अनुमति दिने भएको छ। दुईभन्दा बढी बच्चा जन्माउन नपाउने कडा नीति परिवर्तन गर्दै चीनले यस्तो घोषणा गरेको हो।
राष्ट्रपति सी चिनफिङले परिवर्तित परिवार नीति चिनिया कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकबाट अनुमोदन गरेको सिन्ह्वाले जनाएको छ।
एक दशकपछि गरिएको जनगणनाबाट पछिल्ला दशकहरुमा जनसंख्या वृद्धि अत्यन्त सुस्त बनेको देखाएको थियो। यसले दम्पतीलाई थप बच्चा जन्माउन दिने नीति लिई जनसंख्या घटाउनबाट रोक्नका लागि चिनियाँ सरकारमाथि दबाब सिर्जना गरेको थियो।
यसै महिना (मे) को सुरुआतमा सार्वजनिक जनगणनाको तथ्यांकले गत वर्ष करिब १२ करोड बच्चा जन्मिएको देखाएको थियो, जुन सन् २०१६ को तुलनामा करिब छ करोडले न्यून हो। २०१६ मा १८ करोड बच्चा जन्मिएका थिए। गत वर्षको संख्या सन् १९६० यताकै सबैभन्दा न्यून भएको बताइएको छ।
जनगणनाको उक्त तथ्यांक सार्वजनिक भएसँगै परिवार नीतिमा चीन सरकार लचिलो बन्ने अपेक्षा गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।