• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २, २०८३ Fri, Sep 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

सरकारले घोषणा गरेको चुनावबारे के भन्छन् कलाकार?

64x64
पुष्पा थपलिया सोमबार, जेठ १०, २०७८  ०७:०५
1140x725

काठमाडौं- करिब डेढ वर्षअघि सुरू भएको कोरोना महामारीले विश्वलाई अझै आक्रान्त बनाइरहेको छ। नेपालमा संक्रमण उच्च विन्दुमा पुगेको छ। यहीबेला नेपाली जनता भने महामारीसँगै राजनीतिक अस्थिरताको भूमरीमा परेका छन्।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यरातमा प्रतिनिधि सभा विघटन गर्दै आगामी कात्तिक २६ र मङ्सिर ३ गतेका लागि निर्वाचन घोषणा गरेकी छन्। चुनाव घोषणासँगै यसको पक्ष र विपक्षमा मत विभाजित बनेका छन्। 

यस सन्दर्भमा कलाकारहरू पनि दुई धारमा विभाजित देखिएका छन्। अधिकांश कलाकारलाई देशको राजनीतिबारे चासो नै देखिँदैन। उनीहरू समाचारले नकारात्मकता फैलाउने भन्दै देशका हरेक खबरबाट टाढा रहन्छन्। राजनीतिक समाचार त झन् उनीहरू पूरै बेवास्ता गर्छन्। राजनीतिक समाचारमा चासो राख्ने केही कलाकारसँग राष्ट्रपतिले घोषणा गरेको चुनावबारे नेपाललाइभले कुराकानी गरेको थियो। त्यही कुराकानीका क्रममा उनीहरूले व्यक्त गरेका विचार यहाँ प्रस्तुत गरिएको छ:

चुनावभन्दा पहिले कोभिडसँग लडौं
हाम्रा नेताहरूले संविधान त बनाए तर यसलाई जसरी पनि व्याख्या गर्न मिल्ने बनाएछन्। आफ्नो सुविधाअनुसार हरेक धारा, उपधाराको व्याख्या गरेर ‘घुमिफिरी रूम्जाटार’को स्थिति सिर्जना गर्ने काम भइरहेको छ।

दीपकराज गिरी, हास्यकलाकार

मैले दिनभरजस्तो प्रधानमन्त्रीको भाषण हेरेर बिताउने गरेको छु। चार घण्टाअघि प्रधानमन्त्रीको कुर्सीदेखि वाक्क भएँ अब छाड्छु भन्छन्, फेरि केही समयमा त्यो हटेर जाँदो रहेछ। यस्तो केटाकेटीपनाले देश त बर्बाद हुन्छ।

यतिखेर सबैभन्दा महत्त्वपूर्ण भूमिका हुने राष्ट्रपतिले समेत गति छाडेको देखेर दु:ख लागेको छ। हाम्रो देशको कार्यपालिका कमजोर बन्यो यसले महामारीको बेलामा देशलाई झनै कमजोर बनाउँछ। यो हाम्रा लागि सुखद् घटना हैन।

एक स्वतन्त्र नागरिकको हिसाबले यो समय कोभिडसँग लड्ने हो, चुनाव लड्ने हैन भन्‍न चाहन्छु। सरकारको यो निर्णयबाट म खुसी छैन। 

राजनीति हैन, ‘लाजनीति’ भयो

Ncell 2
Ncell 2
nimb
nimb
वर्षा शिवाकोटी, नायिका

मलाई त यो सरकारले निर्वाचन घोषणा गरेको पटक्कै मन परेको छैन। मलाई मात्रै हैन सायद नेपाललाई माया गर्ने कुनै पनि नागरिकलाई सरकारको यो घोषणा मन परेको छैन होला।

देश यतिखेर संकटमा छ। विश्वको ध्यान कोभिडलाई कसरी परास्त गर्ने, महामारीविरुद्ध कसरी लड्ने भनेर सोचिरहेका छन् तर हामी भने कुर्सीको खिचातानी र अस्वस्थ राजनीतिमा भुलिरहेका छौं। यो विलकुलै गलत हो। 

मलाई त अझै अहिले भइरहेको हर्कतहरू राजनीतिभन्दा पनि ‘लाजनीति’ जस्तो लाग्छ।

अहिलेको स्थितिमा चुनाव घोषणा गर्नु सरकारको विलकुलै गलत कदम हो। यसलाई सच्याएर अगाडि बढ्नुको विकल्प छैन। 

अहिलेको आवश्यकता चुनाव होइन
हाम्रो देशको राजनीति जालझेलमा मात्रै केन्द्रित भयो। राजनीतिको नाम नै ‘जालझेल नीति’मा परिणत भएजस्तो लाग्छ। यस्तो राजनीतिलाई पछिल्लो पुस्ताले कसरी मूल्यांकन गर्लान्?

दयाहाङ राई, नायक/नाट्य निर्देशक

पछिल्लो पुस्ताले सिक्ने राजनीति पनि यस्तै हुन बेर छैन। त्यसैले दीर्घकालीन भएर हाम्रा नेताहरूले सोच्न जरुरी छ। किनभने, चुनावमा जाने भनेपछि त्यसले पछिल्लो पुस्तालाई पनि प्रभाव पार्छ जस्तो लाग्छ। अहिले धेरै युवाहरू राजनीतिमा चासो राख्ने र बुझ्ने भएका छन्।

यही तरिकाले देशको राजनीति अघि बढे यो एउटा फोहोरी खेलबाहेक अरू बन्दैन। अहिलेको समय चुनाव घोषणा गर्नतिर हैन, स्थायी सरकार बनाउन ध्यान दिनुपर्ने समय हो।

अन्योलतामा बाँचेको अस्थायी सरकारले देशलाई निकास दिँदैन। त्यसैमाथि अहिलेको आवश्यकता चुनाव हुँदै हैन। जनताले दिएको भोटकै आधारमा सांसद सरकारमा पुगेका हुन्। उनीहरूले बनाएको सरकार जनताको भोटले नै बनाएको सरकार हो।

कोभिड महामारीको समयमा यदि चुनाव भयो भने पनि जनताको स्वास्थ्यको सुरक्षा गर्नसक्ने सरकारको हैसियत छैन। त्यसैले चुप लाग्ने, वर्तमान सरकारलाई निरन्तरता दिनुको विकल्प छैन।

चुनाव घोषणा गर्नु सरकारको बाध्यता
गतिला मान्छेलाई भगवानले समेत लखेट्छन् भन्थे, हो रहेछ। त्यसैमाथि नेपाललाई ‘सतीले सरापेको देश’ भन्छन्।

प्रजापति पराजुली, लोक गायक

अहिलेको राजनीति ‘एनि हाउ कुर्सी बचाउ, कुर्सीमै जाउँ’ भन्‍नेजस्तो भएको छ। त्यही कुर्सीको लोभमा काम गर्ने मान्छेलाई बाधा भइरहेको छ। त्यही भएर मेरो विचारमा सरकारले घोषणा गरेको चुनाव बाध्यता हो, नेपालका लागि। यसबाहेक अर्को विकल्प नै छैन।

मेरै कुरा गर्ने हो भने, राष्ट्रिय लोक तथा दोहोरी गीतको संस्थापक अध्यक्ष भएको समयमा अहिलेका प्रधानमन्त्रीलाई जस्तै अप्ठ्यारो पारेका थिए। तर मैले चुनावमा नगइ, युवा भाइहरूलाई पद हस्तान्तरण गरें। त्यसैले त अहिलेसम्म उनीहरू मलाई सम्मान गर्छन्।

हाम्रा प्रधानमन्त्रीलाई भने हस्तान्तरण गर्ने गतिलो युवा नै भएन। हाम्रा युवाहरू तात्‍नुपर्‍यो, यी बूढाखाडालाई निकालेर सरकार चलाउने हिम्मत देखाउनुपर्‍यो। 

हाम्रा प्रधानमन्त्रीले पनि सरकार टिकाउनकै लागि कुर्सी छाडेको भए हुने। उनलाई पनि पाँच वर्षसम्म सरकार चलाएको भनेर इतिहासमा नाम लेखाउन मन लाग्यो होला। मेरो बुझाइमा चुनाव प्रधानमन्त्रीको रहर हैन, बाध्यता हो। कोभिडले आक्रान्त पारेको छ, त्यसैले बाँच्नपर्‍यो, बाँचेपछि जसको बाजामा नाचे पनि हुन्छ।

जनतालाई चुनावभन्दा भ्याक्सिन जरुरी छ
अहिलेको अवस्थामा चुनाव आवश्यक हैन। मलाई मात्रै हैन, सबैले अहिलेको अवस्थामा चुनाव आवश्यक ठान्छ जस्तो लाग्दैन।

प्रविसा अधिकारी, गायिका

मान्छेहरू मरिमराउ भइरहेको छ। बिहान काम गरेर बेलुकी छाक टार्न मुस्किल परिरहेको अवस्थामा चुनावका लागि कसरी खर्च जुटाउनु। चुनाव गर्दा लाग्ने खर्चले बरू जनतालाई गाँस, बास, कपास र भ्याक्सिनको व्यवस्था गरिदिए राम्रो हुन्छ।

मलाई त राजनीति पहिलेदेखि नै ‘डर्टी गेम’ जस्तो लाग्थ्यो। झनै महामारीको समयमा भएका यस्ता हर्कतले राजनीति ‘डर्टी गेम’ नै हो भन्‍ने प्रमाणित गरिदिएको छ।

प्रकाशित मिति: सोमबार, जेठ १०, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ सम्पन्न, २२ प्रतिस्पर्धी अन्तिम चरणमा थापागाउँस्थित बानेश्वर हिल्समा आयोजित समारोहमा देशभर गरिएका अडिसनबाट छनोट भएका २२ जना अन्तिम प्रतिस्पर्धीहरूलाई ट्याग नम्बर र सष्निज... शुक्रबार, असोज २, २०८३
चेक बाउन्स मुद्दामा राजपाल यादवलाई अन्तिम दुई साताको समय, २ करोड बुझाउन आदेश प्रधानन्यायाधीश सूर्यकान्त तथा न्यायाधीशद्वय जयमाल्या बागची र भी. मोहना सम्मिलित इजलासले यादवलाई सर्वोच्च अदालतको रजिस्ट्रीमा २ करोड... मंगलबार, भदौ ३०, २०८३
जापानमा नवीन अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ बिमोचन हुँदै नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । तर, त्यो भन्दा अगाडिदेखि नै नेपाल र जापानबीच खेल मैदानमा सम्बन्ध स... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
भोटेकोशी बाढीको नामकरण गर्दै सरकार, सात सदस्यीय वैज्ञानिक समिति गठन शुक्रबार, असोज २, २०८३
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १८ शव भेटिए, निकाल्ने प्रयास जारी शुक्रबार, असोज २, २०८३
भारत–नेपाल आईजीएससी बैठक सम्पन्न, व्यापार र पारवहन सहकार्य बढाउने प्रतिबद्धता शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम दुरुपयोग गरेर २ करोड ५० लाख ठगी, दुई जना पक्राउ शुक्रबार, असोज २, २०८३
खेल पत्रकार अर्यालको पुस्तक ‘नेपाल–जापान खेल सम्बन्ध’ जापानमा विमोचन शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
महाधिवेशनको तयारी बैठकमा पुगेका कांग्रेस नेता चौलागाईं रकम असुली आरोपमा पक्राउ बिहीबार, असोज १, २०८३
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? शुक्रबार, असोज २, २०८३
आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
विपत्तिको पीडाले फिक्का बनाएको तीज प्रमिला कार्की
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
शिवपुरीको धाप ड्याम फुट्ने त्राससँगै रोकथामको प्रयास जारी शनिबार, भदौ २७, २०८३
शिक्षामन्त्रीमाथि आक्रमणको प्रयास [भिडियोसहित] शनिबार, भदौ २७, २०८३
गगनको प्रतिबद्धतापछि खड्का पक्ष महाधिवेशन प्रक्रियामा सहभागी हुने शनिबार, भदौ २७, २०८३
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्