काठमाडौं– राष्ट्रपति र प्रधानमन्त्रीले मिलेर संविधानको खिल्ली उडाएको नेपाल विद्यार्थी संघले बताएको छ।
प्रधानमन्त्रीले प्रतिनिधि सभामा विश्वासको मतका नलिई वा म विश्वासको मत लिन सक्दिन भनेर राजीनामा नगर्दासम्म धारा ७६(५) अनुसारको सरकारको प्रक्रिया शुरू हुन नसक्ने अवस्थामा राष्ट्रपतिबाट यसको आह्वान हुनु संविधानकै खिल्ली भएको नेवि संघको ठहर छ।
राष्ट्रपतिले संसदको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न नमिल्ने भन्दै संघले राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि नै ‘कु’ गरेको आरोप लगाएको छ।
राष्ट्रपतिको यो कदम अलोकतान्त्रिक, असंवैधानिक, अधिनायकवादी, अनैतिक र प्रतिगामी रहेको संघले बताएको छ।
राष्ट्रपति र प्रधानमन्त्रीले संविधानमाथि पटकपटक हुने हस्तक्षेप रोक्न तत्काल पदमुक्तबाहेक अरु कुनै बाटो बाँकी नरहेको संघको ठहर छ। समयमै नयाँ सरकार बनाएर केपी ओली र महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गर्न ढिला गर्न नहुने पनि संघको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।