काठमाडाैं- माओवादी केन्द्रका नेता वर्षमान पुनले प्रधानमन्त्री र राष्ट्रपतिले संविधान, लोकतन्त्र र जनमतमाथि गर्नुसम्मको अपमान गरेकाे टिप्पणी गरेका छन्।
मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गरेपछि पुनले यस्तो प्रतिक्रिया दिएका हुन् ।
बिश्वास लिन नचाहने प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्नेमा संविधानमाथि नै मजाक गरिएकाे भन्दै उनले यसकाे जवाफ इतिहास र जनताले खोज्ने पनि बताएका छन्।
'राष्ट्रपतिको संविधानमाथिको यो हदसम्मको मजाक अब त अतिभयो। केपी ओली र राष्ट्रपतिले संविधान,लोकतन्त्र र जनमतमाथि गर्नुसम्मको अपमान गरे। इतिहास र जनताले यसको जवाफ खोज्नेछ,' उनले सामाजिक सञ्जालमा लेखेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।