काठमाडाैं- एमाले नेतृ रामकुमारी झाँक्रीले एउटा प्रधानमन्त्री हुँदाहुँदै अर्को सरकारको आह्वान गर्नु राष्ट्रपतिले पदिय मर्यादा कायम गर्न नसक्नु हो भएको टिप्पणी गरेका छन्।
मन्त्रिपरिषदको सिफारिस अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गरेपछि उनले यो कदम नै संविधानको उल्लंघन भएको बताएकी छिन्।
‘संविधानको धारा ७६९३० को प्रधानमन्त्रीले ३० दिन भित्र अनिवार्य ७६ (४) अनुसार विश्वासको मत लिनुपर्छ। यदि प्रधानमन्त्रीलाई संसदले विश्वासको मत दिन्न भन्ने लाग्छ भने प्रधानमन्त्री पदबाट राजिनामा दिनुपर्छ। र बल्ल अर्को सरकार बन्ने आधार बन्छ। एउटा प्रधानमन्त्री हुँदाहुँदै अर्को सरकारको आह्वान गर्नु राष्ट्रपतिले पदिय मर्यादा कायम गर्न नसक्नु हो, संविधानको उल्लंघन हो,’ उनले लेखेकी छिन्।
संविधानको व्यवस्था कुल्चने अधिकार राष्ट्रपतिलाई र प्रधानमन्त्रीलाई नभएको भन्दै उनले देशको राष्ट्रप्रमुख संविधानको संरक्षक र कानुनको परिपालक हुनुपर्ने बताएकी छिन्।
यस्तै उनले संसद विघटन र मध्यावधि चुनाव गर्न चाहाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम यो महामारीमा उचित नभएको समेत बताएकी छिन्
‘खोप, अस्पताल, औषधि, बेड, अक्सिजन, आईसीयू, भेन्टिलेटर, नपाएका जनताको पीडा कहाँ जोडिन्छ? महामारीमा मध्यावधि चुनाव गर्ने हो कि? जनताको स्वास्थ्यमा ध्यान दिने होरु जवाफ देही हुनुपर्दैन?,’ उनले प्रश्न गरेकी छिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।