काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को सचिवालयले २४ घन्टा पनि समय नदिई प्रधानमन्त्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु संविधान विपरित भएको टिप्पणी गरेको छ।
प्रधानमन्त्रीले संविधानत ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा त्यसो नगरि संविधान विपरितको काम भएको प्रचण्डको सचिवालयको भनाइ छ।
सचिवालयको नेतृत्व गर्दै आएकी प्रचण्डपुत्री गंगा दाहालले देश कोरोनाले आक्रान्त भएको बेला सरकारको ध्यान भने कुर्सीमा मात्र हुनु नेपाली नजताको निम्ति बिडम्बनाको कुरा भएको उल्लेख गरेकी छिन्।
उनले लेखेकी छिन्,'नाटकीय ढंगमा २४ घण्टा पनि समय नदिई प्रधानमन्त्री बन्ने भए आऊ भनेर राष्ट्रपतिले भन्नु विल्कुल संबिधान विपरित छ। जब कि प्रधानमन्त्रीले संविधानत ३० दिन भित्र विश्वासको मत लिनुपर्ने थियो । देश कोरोनाले अक्रान्त भएको बेला सरकारको ध्यान भने कुर्सीमा मात्र हुनु नेपाली जनताको निम्ति बिडम्बनाको कुरा हो !'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।