काठमाडाैं- राजनीतिक विश्लेषक एवम् प्राध्यापक कृष्ण पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्थाको धज्जी उठाएको टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा पोखरेलले पदै खाली नगरी राष्ट्रपति भण्डारीले २४ घण्टाभन्दा कम समय तोकी नयाँ सरकार गठनको आह्वान गरेकाेभन्दै आपत्ति जनाएका हुन्।
‘संविधानको कति धज्जी उडाउन सकेका हुन् प्रधानमान्त्री र राष्टपतिले ?, पदै खाली नगरी २४ घण्टाभन्दा कम समय तोकी नयाँ सरकार गठनको आह्वान? ,’ उनले प्रश्न गरेका छन्।
उनले राजनीति घरायसी मामिला नभएकाे समेत बताएका छन्।
‘के यो यिनको घरायसी मामला हो र मनलाग्दी गर्ने? संविधान र अघिल्ला संवैधानिक अभ्यासहरू रद्दीको डालोमा मिल्काउन पाइन्छ? के संविधान यी दुईको विर्ता हो?,’ उनले लेखेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।