काठमाडौं– नेपाली कांग्रेसका नेता गगन थापाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नयाँ सरकार गठनका लागि प्राप्त समयसीमा भित्रै बहुमत पुर्याएर नयाँ सरकार गठन गर्नुपर्ने बताएका छन्।
नयाँ सरकार गठन गरेपछ राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाअभियोग लगाएर बिदा गर्नुपर्ने पनि थापाको सुझाव छ।
‘विश्वासको मत लिन मन नलाग्ने प्रमले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया शुरु गर्ने हो। नेतागण, के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेर गरेको हो,’ नेता थापाले सामाजिक सञ्जालमा भनेका छन्, ‘गनगन गरेर नबसौं, सुझबुझ पुर्याऔं र यीनले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौं, महाअभियोग लगाएर रापलाई बिदा गरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।