काठमाडौं- नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रधानमन्त्री र राष्ट्रपतिले संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।
शुक्रबार साँझ ५ बजेसम्मको लागि राष्ट्रपतिले संसदको कुनै सदस्यले बहुमत पुर्याई सरकार बनाउन आह्वान गर्ने समयसीमा तोकेपछि नेता कोइरालाले यस्तो प्रतिक्रिया दिएका हुन्।
संविधानको धारा ७६ (३) अनुसार बनेका प्रधानमन्त्रीले विश्वासको मत नलिईकन वा राजीनामा नगरी अर्को धारामा जान नसक्ने कोइरालाले बताए। ‘धारा ७६(५) लागू गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउने’ कार्य भएको कोइरालाको ठहर छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।