• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, वैशाख ३, २०८३ Thu, Apr 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधानविद्हरुको प्रश्न- कुन नियतले संविधान मिचेर सरकार गठनको आह्वान गरियो?

64x64
नेपाल लाइभ बिहीबार, जेठ ६, २०७८  २१:२९
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ वैकल्पिक सरकार गठनका लागि गरेको आह्वान विवादमा परेको छ। संवैधानिक कानुनका जानकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नगरी राष्ट्रपतिले अर्को सरकार गठनका लागि आह्वान गर्न नमिल्ने टिप्पणी गरेका छन्। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने भएकाले मन्त्रिपरिषद्ले वैकल्पिक सरकारको सिफारिस गर्न नमिल्ने बताए। २१ घन्टामा सरकार गठन गर्न समय दिनु भनेको राष्ट्रपतिको अपरिपक्व निर्णय भएको टिप्पणी उनले गरे। सरकार गठनका लागि सरकार नभएको वा रिक्त भएको हुनपर्ने, तर संविधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार कायमै रहेको अवस्थामा त्यही सरकारले फेरी अर्को सरकार गठनको सिफारिस गर्नु गलत कदम भएको उनको प्रतिक्रिया छ। 

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर बिहीबार साँझ आह्वान गरेकी हुन्। धारा ७६ को उपधारा ५ अनुसारको सरकार बन्नका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने वा संसदबाट विश्वासको मत नपाएको अवस्था हुनुपर्ने उनको जिकिर छ।

वरिष्ठ अधिवक्ता एवं संवैधानिक कानुनविज्ञ विपीन अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई अर्को सरकार गठनको आह्वान गर्न नमिल्ने बताए। ‘अर्को सरकार गठनको प्रक्रिया प्रधानमन्त्रीको सिफारिसमा हुने होइन, राजीनामा गरेपछि हुने हो’, अधिकारीले भने,  ‘राष्ट्रपतिको विज्ञप्तिमा प्रधानमन्त्रीले राजीनामा गरेको देखिँदैन, प्रधानमन्त्री यथास्थितिमा रहेर अर्को सरकार गठनको आह्वान गर्नु संविधानसम्मत होइन।’ 

यो पनि पढ्नुहोस्

'राष्ट्रपतिबाटै अनुचित काम भो, संविधानमाथि नै बेइमानी भयो'बिहीबार, जेठ ६, २०७८

सरकार गठनका लागि दिइएको समय पनि कम भएको बताउँदै उनले सरकार निर्माणको कुरामा विश्वासको मत नदिनेले पहिलो प्राथमिकता पाउने र उनीहरुले शुरु गर्ने भएकाले समय कम दिनु गलत भएको उल्लेख गरे। ‘विश्वासको मत लिनु भएको छैन, राजीनामा पनि दिनु भएको छैन अनि सरकारमा बसेर कसरी सरकार बनाउने प्रावधान हुनसक्छ?’, उनले भने, ‘संविधानको प्रक्रिया अबलम्बन गर्नुपर्छ, समय पनि पुग्दो दिइनुपर्छ। अघिल्लो पटक तीन दिनको समय दिइएको थियो नि।’ 

nimb
nimb
Ncell 2
Ncell 2

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा पदमुक्त हुने अनिमात्र संविधानको धारा  ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गर्न मिल्ने बताए। ‘अहिले न राजीनामा गरेर प्रधानमन्त्री पदमुक्त छन् न त विश्वासको मत नपाएर पद रिक्त भएको छ’, उनले भने,  ‘पद रिक्त नभई गरेको आह्वान संविधानको भावना विपरित छ। संसदले अरुलाई चिन्दैन। संसदले अझै पनि ३० दिनभित्र केपी शर्मा ओलीले विश्वासको मत लिने दिन पर्खेको छ।’ 

प्रधानमन्त्री ओलीले भागेर जस्केलाबाट पद लिने प्रयत्न गरेको र यो विल्कुलै गलत अभ्यास भएको उनले टिप्पणी गरे।  

‘ प्रारम्भिक रुपमा संविधानको सरकार गठन सम्वन्धी प्रक्रियाको ठाडो उल्लंघन  भएको छ’, उनले भने,  ‘सवैधानिक इजलासले फागुन ११ गते जसरी ब्याख्या गरेको थियो, त्यो कुरा पनि यहाँ अपव्याख्या भएको देखियो। यो कदम सर्वोच्चको फैसला र संविधानको भावना विपरित छ। धारा ७६ को प्रक्रियामै गम्भीर त्रुटि गरिएको छ।’ 

यो प्रक्रियाले संविधानको मौजुदा धारा नै संशोधन भएको अर्थ लाग्ने उनको टिप्पणी छ। ‘प्रधानमन्त्रीको बदनियतका साथ यो आह्वान भएको देखिन्छ’, उनले भने, ‘मुल कानुनमा जनताको अधिकार क्षतविछत गराउने कार्य भएको देखिन्छ।’

अधिवक्ता भिमार्जुन आचार्यले विश्वासको मत नलिइकनै नयाँ सरकार गठनको आह्वान गर्न नमिल्ने बताए। ‘सरकार गठनको प्रक्रिया शुरु गर्नका लागि पहिला त खाली हुनुपर्छ’, आचार्यले भने,  ‘पदमै रहिराख्ने अनि सरकार गठन आह्वानको सिफारिस गर्ने, त्यही आधारमा राष्ट्रपतिले तत्कालै आह्वान गर्ने कसरी गर्न मिल्छ?’ अधिवक्ता सुनिल पोखरेलले पनि यो प्रक्रिया गलत र गैरसंवैधानिक भएको टिप्पणी गरे।  कि त राजीनामा दिनुपर्छ कि विश्वासको मत लिन गएर असफल हुनुपर्छ’, उनले भने,  ‘यो पूर्णतः असंवैधानिक छ, जे मन लाग्यो त्यही गरेको देखिन्छ। २१ घन्टाको समय दिएर सरकार बन्छ?’ 

यसअघि तीन दिन दिएको तर अहिले कम समय दिनुमा नियतमै प्रश्न उठेको उनले बताए।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति
सम्बन्धित सामग्री
प्रधानमन्त्री बालेनद्वारा समानुपातिक सांसदहरूसँग छलफल सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा करिब पाँच घण्टासम्म चलेको उक्त बैठकमा सांसदहरूले आफ्ना क्षेत्रगत तथा समू... बुधबार, वैशाख २, २०८३
गृहमन्त्री गुरुङ र जापानी राजदूतबिच शिष्टाचार भेटवार्ता भेटमा राजदूत तोरुले गृहमन्त्री गुरुङलाई नयाँ कार्यकालको बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन् । बुधबार, वैशाख २, २०८३
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसिरहेको हो । बुधबार, वैशाख २, २०८३
ताजा समाचारसबै
पेट्रोलियम पदार्थको मूल्यवृद्धि बिहीबार, वैशाख ३, २०८३
पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना बिहीबार, वैशाख ३, २०८३
अमेरिकासँग पाकिस्तानी मध्यस्थतामा सन्देश आदानप्रदान जारी : इरान बुधबार, वैशाख २, २०८३
काँग्रेसद्वारा आगामी निर्वाचन तयारीलाई केन्द्रमा राख्दै विभिन्न कार्यसमिति गठन बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
स्थानीय तहलाई गैरदलीय बनाउन सर्वोच्चद्वारा अस्वीकार बुधबार, वैशाख २, २०८३
सुरक्षा निकायमाथि अनुसन्धान गर्न सरकारले बनायाे समिति बुधबार, वैशाख २, २०८३
गण्डकीका मुख्यमन्त्री पाण्डेद्वारा मन्त्रिपरिषद् हेरफेर, नयाँ मन्त्रीहरूले लिए शपथ बुधबार, वैशाख २, २०८३
०६२ यताका उच्चपदस्थ कर्मचारी र राजनीतिक पदाधिकारीको सम्पत्ति जाँचबुझ गर्न आयोग गठन बुधबार, वैशाख २, २०८३
पूर्वमन्त्री दीपक खड्कालाई थुनामै राख्न सर्वोच्चको आदेश बुधबार, वैशाख २, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
पोखरामा एक महिलाको विभत्स हत्या बिहीबार, चैत २६, २०८२
सरकारको सर्वोच्चलाई जवाफ: स्थानीय तहलाई गैरदलीय बनाउने कुरा संविधानसँग मिल्दैन सोमबार, चैत ३०, २०८२
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक, कसको कति ? आइतबार, चैत २९, २०८२
प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री मेहतालाई सचेत बिहीबार, चैत २६, २०८२
कानुनमन्त्री सोविता गौतमसँग कति छ सम्पत्ति ? आइतबार, चैत २९, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्