• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, पुस २६, २०८२ Sat, Jan 10, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

संविधानविद्हरुको प्रश्न- कुन नियतले संविधान मिचेर सरकार गठनको आह्वान गरियो?

64x64
नेपाल लाइभ बिहीबार, जेठ ६, २०७८  २१:२९
1140x725

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ वैकल्पिक सरकार गठनका लागि गरेको आह्वान विवादमा परेको छ। संवैधानिक कानुनका जानकारहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा नगरी राष्ट्रपतिले अर्को सरकार गठनका लागि आह्वान गर्न नमिल्ने टिप्पणी गरेका छन्। 

सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलराम केसीले नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आह्वान गर्ने भएकाले मन्त्रिपरिषद्ले वैकल्पिक सरकारको सिफारिस गर्न नमिल्ने बताए। २१ घन्टामा सरकार गठन गर्न समय दिनु भनेको राष्ट्रपतिको अपरिपक्व निर्णय भएको टिप्पणी उनले गरे। सरकार गठनका लागि सरकार नभएको वा रिक्त भएको हुनपर्ने, तर संविधानको धारा ७६ को उपधारा ३ अनुसारको सरकार कायमै रहेको अवस्थामा त्यही सरकारले फेरी अर्को सरकार गठनको सिफारिस गर्नु गलत कदम भएको उनको प्रतिक्रिया छ। 

राष्ट्रपतिले संविधानको धारा ७६ को उपधारा ५ बमोजिमको सरकार गठनका लागि शुक्रबार साँझ ५ बजेसम्मको समय दिएर बिहीबार साँझ आह्वान गरेकी हुन्। धारा ७६ को उपधारा ५ अनुसारको सरकार बन्नका लागि प्रधानमन्त्री ओलीले राजीनामा दिनुपर्ने वा संसदबाट विश्वासको मत नपाएको अवस्था हुनुपर्ने उनको जिकिर छ।

वरिष्ठ अधिवक्ता एवं संवैधानिक कानुनविज्ञ विपीन अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिई अर्को सरकार गठनको आह्वान गर्न नमिल्ने बताए। ‘अर्को सरकार गठनको प्रक्रिया प्रधानमन्त्रीको सिफारिसमा हुने होइन, राजीनामा गरेपछि हुने हो’, अधिकारीले भने,  ‘राष्ट्रपतिको विज्ञप्तिमा प्रधानमन्त्रीले राजीनामा गरेको देखिँदैन, प्रधानमन्त्री यथास्थितिमा रहेर अर्को सरकार गठनको आह्वान गर्नु संविधानसम्मत होइन।’ 

यो पनि पढ्नुहोस्

'राष्ट्रपतिबाटै अनुचित काम भो, संविधानमाथि नै बेइमानी भयो'बिहीबार, जेठ ६, २०७८

सरकार गठनका लागि दिइएको समय पनि कम भएको बताउँदै उनले सरकार निर्माणको कुरामा विश्वासको मत नदिनेले पहिलो प्राथमिकता पाउने र उनीहरुले शुरु गर्ने भएकाले समय कम दिनु गलत भएको उल्लेख गरे। ‘विश्वासको मत लिनु भएको छैन, राजीनामा पनि दिनु भएको छैन अनि सरकारमा बसेर कसरी सरकार बनाउने प्रावधान हुनसक्छ?’, उनले भने, ‘संविधानको प्रक्रिया अबलम्बन गर्नुपर्छ, समय पनि पुग्दो दिइनुपर्छ। अघिल्लो पटक तीन दिनको समय दिइएको थियो नि।’ 

Ncell 2
Ncell 2

वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवालीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने प्रधानमन्त्रीले विश्वासको मत लिन नसकेमा पदमुक्त हुने अनिमात्र संविधानको धारा  ७६ को उपधारा ५ अनुसारको सरकार गठनका लागि आह्वान गर्न मिल्ने बताए। ‘अहिले न राजीनामा गरेर प्रधानमन्त्री पदमुक्त छन् न त विश्वासको मत नपाएर पद रिक्त भएको छ’, उनले भने,  ‘पद रिक्त नभई गरेको आह्वान संविधानको भावना विपरित छ। संसदले अरुलाई चिन्दैन। संसदले अझै पनि ३० दिनभित्र केपी शर्मा ओलीले विश्वासको मत लिने दिन पर्खेको छ।’ 

प्रधानमन्त्री ओलीले भागेर जस्केलाबाट पद लिने प्रयत्न गरेको र यो विल्कुलै गलत अभ्यास भएको उनले टिप्पणी गरे।  

‘ प्रारम्भिक रुपमा संविधानको सरकार गठन सम्वन्धी प्रक्रियाको ठाडो उल्लंघन  भएको छ’, उनले भने,  ‘सवैधानिक इजलासले फागुन ११ गते जसरी ब्याख्या गरेको थियो, त्यो कुरा पनि यहाँ अपव्याख्या भएको देखियो। यो कदम सर्वोच्चको फैसला र संविधानको भावना विपरित छ। धारा ७६ को प्रक्रियामै गम्भीर त्रुटि गरिएको छ।’ 

यो प्रक्रियाले संविधानको मौजुदा धारा नै संशोधन भएको अर्थ लाग्ने उनको टिप्पणी छ। ‘प्रधानमन्त्रीको बदनियतका साथ यो आह्वान भएको देखिन्छ’, उनले भने, ‘मुल कानुनमा जनताको अधिकार क्षतविछत गराउने कार्य भएको देखिन्छ।’

अधिवक्ता भिमार्जुन आचार्यले विश्वासको मत नलिइकनै नयाँ सरकार गठनको आह्वान गर्न नमिल्ने बताए। ‘सरकार गठनको प्रक्रिया शुरु गर्नका लागि पहिला त खाली हुनुपर्छ’, आचार्यले भने,  ‘पदमै रहिराख्ने अनि सरकार गठन आह्वानको सिफारिस गर्ने, त्यही आधारमा राष्ट्रपतिले तत्कालै आह्वान गर्ने कसरी गर्न मिल्छ?’ अधिवक्ता सुनिल पोखरेलले पनि यो प्रक्रिया गलत र गैरसंवैधानिक भएको टिप्पणी गरे।  कि त राजीनामा दिनुपर्छ कि विश्वासको मत लिन गएर असफल हुनुपर्छ’, उनले भने,  ‘यो पूर्णतः असंवैधानिक छ, जे मन लाग्यो त्यही गरेको देखिन्छ। २१ घन्टाको समय दिएर सरकार बन्छ?’ 

यसअघि तीन दिन दिएको तर अहिले कम समय दिनुमा नियतमै प्रश्न उठेको उनले बताए।

प्रकाशित मिति: बिहीबार, जेठ ६, २०७८  २१:२९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जग्गा कब्जा आरोप: धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ)
सम्बन्धित सामग्री
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक बैठक आजै दिउँसो सवा ३ बजे बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्नेछ । शनिबार, पुस २६, २०८२
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) बैठकको सुरुमा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् । उनले पछिल्लो समसामयिक राजनीति, पार्टीको आन्तरिक जीवन र निर्वाचनसँग सम्बन्... शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो पार्टीको समानुपातिक उम्मेदवार सूची सार्वजनिक भएपछि असन्तुष्ट बनेका महिला नेतृहरूले सूचीप्रति आपत्ति जनाउँदै पार्टी कार्यालयमै आमरण अ... शनिबार, पुस २६, २०८२
ताजा समाचारसबै
जग्गा कब्जा आरोप: धनुषा झडपमा १६ सेल अश्रुग्यास प्रहार, ८ जना घाइते शनिबार, पुस २६, २०८२
रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक शनिबार, पुस २६, २०८२
रवि र बालेन लक्षित ओलीको टिप्पणी : पपुलिजमले अवतारी नायकको तुवाँलो फैलाउँदैछ, विध्वंस मच्चाउनेहरु एक ठाउँमा उभिँदैछन् (पूर्णपाठ) शनिबार, पुस २६, २०८२
अनसनमा बसेका महिला नेतृहरूलाई राप्रपा कार्यालयमै थुनियो शनिबार, पुस २६, २०८२
विशेष महाधिवेशनबाट संकल्प प्रस्ताव मात्रै पारित गर्नुपर्छ : चन्द्र भण्डारी शनिबार, पुस २६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
कांग्रेस विशेष महाधिवेशन पक्षधरको पदयात्रा कार्यक्रम स्थगित शनिबार, पुस २६, २०८२
संगठनको विशेष महाधिवेशनको विपक्षमा कांग्रेसका १७ भ्रातृ वक्तव्य, चुनावमा केन्द्रित हुन आह्वान शुक्रबार, पुस २५, २०८२
कांग्रेसभित्रको विवाद उत्कर्षमा: संस्थापन पक्षले आज पत्रकार सम्मेलन गर्दै शुक्रबार, पुस २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
कांग्रेसका पूर्वमन्त्री खड्कासहित गण्डकी एमालेका नेता रास्वपा प्रवेश शनिबार, पुस १९, २०८२
शेखर नआउने भएपछि कांग्रेसको पत्रकार सम्मेलन स्थगित शुक्रबार, पुस २५, २०८२
काठमाडौं बस दुर्घटनामा मृतकको संख्या ५ पुग्यो बिहीबार, पुस २४, २०८२
चौतर्फी दबाबपछि मेडिकल काउन्सिलले गर्‍यो डा. यशोदा रिजाललाई निलम्बन शुक्रबार, पुस २५, २०८२
यी हुन् राष्ट्रिय सभामा गठबन्धनका १८ उम्मेदवार बुधबार, पुस २३, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्