काठमाडाैं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका प्रति प्रश्न उठाएको छ।
विश्वासको मत नलिइ संविधानको अर्को धारामा जान चाहने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई राष्ट्रपति विद्यादेवी भण्डारीले साथ दिएकाे भन्दै उनकाे भूमिकामा कांग्रेसले प्रश्न उठाएको हाे।
‘राष्ट्रपति भवनमा मेरो देशको राष्ट्रपति बस्नुहुन्छ कि, केवल विद्यादेवी भण्डारी बस्नुहुन्छ?,’ पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले प्रश्न गरे।
प्रधानमन्त्रीको प्रस्ताव परिपक्व हुन समय समयसमेत राष्ट्रपतिले नदिएको उनले टिप्पणी गरेका छन्।
‘संस्था सेरोमोनियल हुनु र खल्तिको हुनु एउटै हो? संविधान छल्ने र संसदलाई प्रयोजनहिन बनाउने संयुक्त षडयन्त्र आपत्तिजनक छ,’ प्रवक्ता शर्माले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।