काठमाडौं- नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले सरकारको नियत संसद विघटन गरेर निर्वाचनमा जाने देखाएको बताएका छन्।
मन्त्रिपरिषद्को सिफरिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधानको धारा ७६ अन्तर्गतको उपधारा ५ बमोजिम बहुमतको सरकार बनाउन आह्वान गरेपछि गुरुङले सरकारको निर्णयप्रति आपत्ति प्रकट गरेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत विश्वासको मत लिनुपर्ने उनकाे भनाइ छ।
‘प्रधानमन्त्रीले संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत विश्वासको मत लिनुपर्ने थियो। विश्वासको मत प्राप्त हुन नसकेपछि राजीनामा दिएर उपधारा ५ को लागि आह्वान गर्नुपर्ने हो, ’ उनले भने, ‘संविधानको धारा ७६ को उपधारा ५ को लागि २४ घण्टाभन्दा कम समय दिइएको छ। त्यो समय नपुग्नेगरी दिएको छ। बहुमत पुर्याउन नसकुन भन्नका लागि खाली औपचारिका लागि समय दिएको देखिन्छ।’
तर, संसद विघटन नहोस् भन्नका लागि विभिन्न विकल्प प्रयोग गर्न दलहरुसँग छलफल गर्ने गुरुङले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।