• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज ३०, २०८३ Fri, Oct 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

बालबालिकाको आँखालाई घातक बन्दै ‘भर्चुअल’ जीवनशैली

64x64
पुष्पा थपलिया शुक्रबार, जेठ ७, २०७८  ०७:०१
1140x725

काठमाडौं- कोभिड-१९ को दोस्रो लहरका कारण अधिकांश कामहरू अहिले ‘भर्चुअल’ भइरहेका छन्। बालबालिकाको पढाइदेखि गृहकार्य र खेल्ने स्थानसमेत यतिबेला भर्चुअल बनेको छ। त्यसैले उनीहरू धेरै समय ग्याजेटमै बिताइरहेका छन्।

कोभिड नहुँदै आफ्ना बालबालिका ग्याजेटमा रमाएको देखेर अताल्लिएका अभिभावक यतिखेर आफैंले उनीहरूलाई ग्याजेटमा बस्न आग्रह गर्नुपरेको छ। यसले बालबालिका ग्याजेटको लतमा फसेका छन् नै, साथमा आँखाको बिरामी बन्‍ने जोखिमसमेत बढाइदिएको छ।

गत सोमबार बिहान करिब ९ बजे टेकु पचली बस्ने सुकुमारी थापा छोराको एउटा खुट्टा भाँच्चिएको चस्मा बोकेर त्रिपुरेश्वरस्थित सोनिया अप्टिकल पुगिन्। प्रहरीको आँखा छलेर चस्मा पसल पुगेकी उनले लामो सास फेर्दै भनिन्, ‘चस्माको फ्रेम फेर्दिनपर्‍यो, समय पो कति लाग्छ?’

सुकुमारीले आफ्नो आठ वर्षीय छोरालाई दुई महिनाअघि मात्रै आँखा जँचाएर नयाँ चस्मा लगाइदिएकी हुन्। आँखाको पावर प्लस १.७५ छ। चस्मा नलगाए छोराले नजिकको देख्दैन। स्कूलको पढाइ अनलाइनबाट भइरहेको छ। यस्तो अवस्थामा छोराले चकचक गर्ने क्रममा चस्माको एउटा डण्डी नै भाँच्यो।

तीन दिनअघि चस्माको खुट्टा भाँच्चिए पनि निषेधाज्ञाका कारण उनी बाहिर जान सकिनन्। छोरालाई निकै समस्या भएपछि भने उनी बागमतीको किनारैकिनार हुँदै चस्मा पसलसम्म पुगिन्।

सुुकुमारी थापाजस्तै चस्मा किन्‍न पुगेका नरेन्द्रकुमार जोशी पनि सोनिया अप्टिकलमा भेटिए। उनी छोरीका लागि मोबाइल, ल्यापटपको प्रकाश सीधा आँखाभित्र छिर्नबाट रोक्ने ‘ब्लु कट लेन्स’ भएको चस्मा किन्‍न पुगेका थिए।

नरेन्द्रसँग भने मेगा बैंकको कार्ड भएकाले सजिलै चस्मा पसलसम्म आए। उनले हाँस्दै भने, ‘छोरीले पिंक कलर भएको चस्मा किन्‍न भनेकी छ, त्यही भएर फ्रेम पिंक दिनुस् है।’ एक हजार रूपैयाँ तिरेर उनले ‘ब्लु कट लेन्स’ भएको चस्मा किने।

Ncell 2
Ncell 2
nimb
nimb

बालबालिकाले प्रयोग गर्ने चस्माको माग बढ्दो
निषेधाज्ञाको समयमा अन्य समयको तुलनामा बच्चाहरूको चस्मा धेरै बिक्री भएको बताउँछन् सोनिया अप्टिकलका सञ्चालक गोपाल अग्रवाल। उनले भने, ‘बालबालिका जतिखेरै ग्याजेटमा व्यस्त हुने भएकाले उनीहरूका आँखा बिग्रने डरले ब्लु कट लेन्सको खपत बढेको छ।’ 

कतिपय स्कूलले नै बच्चालाई अनिवार्य चस्मा लगाइदिन भनेकाले पनि अभिभावक चस्मा किन्‍न आइरहेको उनको भनाइ छ। ‘हामीले एक महिनाअघि मात्रै पाँच हजार पिस मगाएका थियौं, सबै सकिएर फेरि नयाँ मगाउनुपर्ने बेला भएको छ,’ अग्रवालले भने।

सोनिया अप्टिकलभन्दा वरपरका अन्य चस्मा पसल बन्द छन्। त्यसैले ग्राहकहरू त्यहीँ आउने गरेका छन्। अग्रवालले भने, ‘हामी ८ बजेदेखि २ बजेसम्म मात्रै पसल खोल्छौं। यत्ति अवधिमै पनि कम बिक्री भएको दिन बच्चाको चस्मा २० देखि ३५ वटासम्म जान्छ।’

आँखा अस्पतालमा 'इमर्जेन्सी' सेवा मात्र
त्रिपुरेश्वर चोकमा सोनिया अप्टिकलनजिकै छ, नेपाल आँखा अस्पताल। त्यहाँ भने सम्पूर्ण सेवा बन्द छ। गेटमा भेटिएका सुरक्षागार्डले इर्मर्जेन्सीबाहेक अन्य नियमित सेवा बन्द भएको जानकारी दिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

त्यही समयमा एक महिलाले उनका १२ वर्षीय छोराको आँखामा देखिएको समस्या बताइन्। उनले छोराको आँखाको नियमित जाँच गर्नुपर्ने समय भएको बताइन्। 

सानै उमेरमा उनको छोराको आँखामा ‘एम्वायोपिया’ अर्थात् ‘लेजी आई’ समस्या भयोे। सुरूमा यसबारे उनीहरूलाई थाहा भएन। उपचार गराउँदा ढिला भइसकेको रहेछ। एउटा आँखाले राम्रो देख्ने, अर्कोले धमिलो देख्ने भएकाले आँखाको थेरापी चलिरहेको छ। चिकित्सकले दिएको मितिमा चेकअप गर्न उनी त्यहाँ छोरा लिएर आएकी थिइन्। उनको समस्या इमर्जेन्सीमा नपर्ने भन्दै सुरक्षागार्डले गेटबाटै फर्काइदिए। आँखामा चोट लागेको समस्यालाई मात्रै इमर्जेन्सीमा राखिएको सुरक्षागार्डले बताएका थिए।

बालबालिकाको आँखाको हेरचाह कसरी गर्ने?
सरकारी अस्पताल बन्द भएकैले त्यताका चिकित्सकले निजी क्लिनिकमा काम गर्न पाएका छन्। विभिन्‍न अस्पतालमा सेवा दिएका आँखाका चिकित्सक डा. निराजन शरन पनि यतिबेला निजी क्लिनिकहरूबाटै बिरामीलाई सेवा दिइरहेका छन्। उनका अनुसार अहिले बालबालिका घरबाहिरका क्रियाकलापमा भन्दा भित्रका क्रियाकलापमा धेरै समय बिताइरहेकाले उनीहरूको आँखामा पावर घटबढको समस्या देखिन थालेको छ। धेरै बालबालिकामा आँखाको समस्या बढिरहेको उनको भनाइ छ। डा. शरनले भने, ‘अघिल्लो वर्ष कुनै बच्चाले माइनस २ पावरको चस्मा लगाउँथ्यो भने, यो वर्ष उसले माइनस ४ पावरको चस्मा लगाउनुपर्ने भएको छ।’

यस्तो ‘इन्क्रिजिङ मायोपिया’को कुनै मेडिकल उपाय नभएको उनले बताए। यसको एउटै उपाय भनेको बालबालिकालाई यस्ता इलेक्ट्रोनिक डिभाइसबाट टाढा राख्नु नै हो। तर, अहिले भने यो उपाय पनि सम्भव छैन। अधिकांश बालबालिका अनलाइनबाटै पढिरहेका छन्।

डा. शरनले सुझाएका दुई उपाय

१) खाना खाने समयमा डिभाइस चलाउन नदिनुहोस्
कतिपय बालबालिका मोबाइल या टेलिभिजन नहेरी खाना नखाने स्वभावका हुन्छन्। अहिले ग्याजेट पढाइका लागि अनिवार्य भएकाले उनीहरूलाई स्क्रिनमा पढ्न मात्रै दिनुहोस्। उनीहरूले खेल्ने र मनोरञ्जन लिने समयमा स्क्रिनबाट टाढा राख्नुहोस्। त्यस्तै, हरेक पिरियड सकिएपछि केही समय आँखालाई डिभाइसभन्दा पर लैजाने, हरियाली वातावरण हेर्न लगाउनुहोस्। 

२) ब्लु लाइटबाट टाढा राख्नुहोस्
बालबालिकाको आँखाका लागि मोबाइल, ल्यापटपलगायत डिभाइसबाट आउने ‘ब्लु लाइट’ सबैभन्दा हानिकारक हो। त्यसैले उनीहरूको आँखामा ब्लु लाइट पर्न नदिने उपाय अपनाउनुपर्छ। जसका लागि अहिले चल्तीमा आएका ‘ब्लु कट लेन्स’ भएका चस्मा राम्रो विकल्प बन्‍नसक्छ। यस्ता लेन्स भएका चस्माले बालबालिकाको आँखामा असर गर्ने हानिकारक ब्लु लाइट छिर्न पाउँदैन। यसले केही हदसम्म बालबालिकाको आँखा जोगाउन मद्दत गर्छ।

प्रकाशित मिति: शुक्रबार, जेठ ७, २०७८  ०७:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य शुक्रबार, असोज ३०, २०८३
भोटेकोशी बाढीले विदुरको खानेपानी योजना ध्वस्त, ३० हजारभन्दा बढी प्रभावित शुक्रबार, असोज ३०, २०८३
गण्डकीबाट कांग्रेस केन्द्रीय सदस्यमा किरणबाबु श्रेष्ठसहित तीन जना निर्वाचित शुक्रबार, असोज ३०, २०८३
जलवायु सङ्कटबाट प्रभावित नेपाललाई थप वित्तीय सहयोग गर्न कार्कीले अन्तर्राष्ट्रिय समुदायसँग गरे आग्रह शुक्रबार, असोज ३०, २०८३
दशैं मनाउन गाउँ फर्किने यात्रुको चाप बढेसँगै बनेपा–काभ्रे सडकखण्डमा जाम (तस्बिर) शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
जब ट्रक घरभित्र पस्यो... बिहीबार, असोज २९, २०८३
कांग्रेसकाे पेशागत केन्द्रीय सदस्य घिमिरे र अधिकारी निर्वाचित बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्