• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, भदौ ९, २०८३ Tue, Aug 25, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सूचना-प्रविधि

‘डिजिटल अपराध’मा बालबालिका, जोगाउने जिम्मा अभिभावकको

64x64
पुष्पा थपलिया बुधबार, जेठ ५, २०७८  ०७:०५
1140x725

काठमाडौं- केही समयअघि नेपालका केही कलाकारहरूको फेसबुक पेज ह्याक भयो। फेसबुक ह्याक हुनेमा दीपाश्री निरौला, सरोज खनाल, चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम पाण्डेलगायत थिए।

ह्याकरले फेसबुक ह्याक गरेर मेसेन्जरमार्फत पैसा मागेका थिए। यो घटनाले कलाकारहरूमाझ खैलाबैला मच्चियो। विभिन्‍न सञ्‍चारमाध्यमले कलाकारको सामाजिक सञ्जाल ह्याक हुनुलाई ठूलो अपराधको रूपमासमेत व्याख्या गरे।

कलाकारको उजुरी परेसँगै प्रहरीले ह्याकरलाई समात्यो। ह्याकर थिए रूपन्देहीका १४ वर्षीय बालक। ती बालकले पब्जी खेल्नका लागि पैसा आवश्यक परेकाले कलाकारको फेसबुक ह्याक गरेको बताएका थिए।

अभिभावकसँग पैसा माग्दा अनेकथरी प्रश्नको सामना गर्नुपर्ने सोचेर ती बालकले उपाय लगाएका रहेछन्। उनले गुगलमा ‘हाउ टु ह्याक फेसबुक’ भनेर सर्च गरे। त्यहाँ अनगिन्ती उपाय फेला पारे। उनले सबैभन्दा सजिलो विधि अपनाए, फिसिङ। फिसिङ अर्थात् जालमा पारेर फेसबुक ह्याक गर्ने।

ती बालकले सुरूमा अन्य केही मानिसको फेसबुक ह्याक गरे। ती फेसबुकबाट इमेल आईडी ह्याक गरे। यही क्रममा उनले नायिका तथा निर्देशक दीपाश्रीका विश्वासिलो मानिसको फेसबुक ह्याक गर्न सफल भए। उनले दीपाश्रीलाई त्यही चिनेका मान्छेको आईडीबाट म्यासेज पठाए- तपाईंको इमेलमा कुनै कोड आउन सक्छ, तुरुन्तै सेन्ड गर्नुस् है।

त्यसपछि ती बालकले दीपाश्रीको आईडीबाट ‘फरगेट पासवर्ड’ मा क्लिक गरे। नयाँ पासवर्ड हालेपछि दीपाले उनको इमेलमा आएको कोड पठाइदिइन्। अनि उनको फेसबुक आईडी ह्याक भयो। 

कलाकारको फेसबुक ह्याक गर्ने बालक प्रतिनिधि मात्रै हुन्। विभिन्‍न एपहरू ह्याक गरेर व्यक्तिगत डेटा बाहिर ल्याइदिने, गोप्य सामग्रीहरू सामाजिक सञ्जालमा भाइरल गराउने, ओटीटी प्लाटफर्महरूबाट फिल्म चोर्ने लगायतका काममा बालबालिका अग्रपंक्तिमा छन्।

'इथिकल ह्याकर' बन्‍ने चक्कर
कालिमाटी बस्ने नौ वर्षीय भुवन श्रेष्ठ कम्प्युटर सफ्टवेरमा रूचि राख्छन्। ठूलो भएपछि ह्याकर बन्‍ने उनको चाहना छ। सानै भए पनि ह्याकर बन्‍नसके फेसबुक, इन्स्टाग्राम, गुगलले पैसा दिन्छ भन्‍ने उनले सुनेका छन्।

nimb
nimb
Ncell 2
Ncell 2

‘नेपालमा कति धेरै ह्याकरहरू छन्, जसले डलरमा पैसा कमाइरहेका छन्,’ उनले इन्स्टाग्रामको बग पत्ता लगाउने ह्याकर सौगात पोखरेलको उदाहरण दिँदै भने, ‘घरमै बसीबसी पैसा कमाइन्छ, रहर पनि यसैमा छ। ह्याकर बन्‍ने हो।’

‘ह्याक’ गर्ने भनेको त अपराध हो नि? भन्‍ने जिज्ञासामा उनले पढाए, ‘इथिकल ह्याकर र अनइथिकल ह्याकर भन्‍ने हुन्छ। म इथिकल ह्याकर बन्‍ने हो।’

भुवनले भनेको कुरामा सतप्रतिशत सहमति जनाउँछन् साइबर कानुनका विज्ञ एवं डेल्टा ल फर्मका मुख्य कार्यकारी अधिकृत बाबुराम अर्याल। उनले भने, ‘ह्याकिङ इथिकल र अनइथिकल हुन्छ, बालबालिका इथिकल ह्याकर बन्‍ने चक्करमा अनइथिकलको खाल्डोमा पर्ने सम्भावना धेरै हुन्छ।’

बाबुराम अर्याल, साइबर कानुनविज्ञ

हाम्रो समाजमा प्रायः ह्याकिङ भन्‍नेबित्तिकै नकारात्मक रूपमा सोच्ने भए पनि कतिपय अवस्थामा यसले साइबर सुरक्षाका लागि सहयोग पुग्ने अर्याल बताउँछन्। नयाँ पुस्तामा यसबारे बढी चासो हुनुलाई उनी स्वाभाविक ठान्छन्।

‘बालबालिका लर्निङ इनोभेसनको प्रोसेसमा हुन्छन्, यसलाई रोक्नु हुँदैन,’ अर्यालले भने, ‘बालबालिकालाई नगर भन्‍नेभन्दा के गरे कस्तो परिणाम आउँछ भन्‍ने कुरा सिकाउन जरूरी छ।’

इन्टरनेट आफैंमा मानसिक रूपमा कब्जा गर्ने साधन भएको उनको भनाइ छ। आफ्ना बालबालिकाको दिमाग इन्टरनेटले कब्जा गर्नुभन्दा अगाडि नै अभिभावकले ध्यान दिनुपर्ने उनको सुझाव छ। अहिले दूरसञ्‍चार प्राधिकरणले जारी गरेको ‘अनलाइन बाल सुरक्षा निर्देशिका’मा समेत बालबालिकालाई एक्लै इन्टरनेटको पहुँचमा नछाड्न भनेको अर्याल बताउँछन्।

‘स्कूल, कजेजमा इथिकल ह्याकिङ र अनइथिकल ह्याकिङको बारेमा पढाउनुपर्छ,’ अर्यालले भने, ‘यदि अभिभावक र स्कूलले यसबारे शिक्षा दिएन भने उनीहरू थाहै नपाइ अपराधी बन्‍न सक्छन्।’

रमाइलो गर्दागर्दै अपराधमा फस्दै बालबालिका
साइबर कानुनविज्ञ अर्यालकै कुरामा साथ दिन्छन् नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरी। बालबालिका थाहै नपाइ अपराधी बनिरहेको भन्दै उनले यो दुःखको कुरा भएको बताए।

पूर्वडीआईजी ठकुरीले पुरानो कुरा स्मरण गर्दै भने, ‘मेरो पालामा राष्ट्रपति कार्यालयको आधिकारिक वेबसाइट नै ह्याक भयो। खोज्दै जाँदा खेल खेल्ने क्रममा सानो बालकले पो ह्याक गरेको रहेछ।’ पोखराबाट ती बालकलाई समाएको उनले बताए।

हेमन्त मल्ल ठकुरी, पूर्वडीआईजी

रमाइलोकै लागि गरेका कतिपय डिजिटल कामहरू अपराध बनिरहेको उनको भनाइ छ। ‘सबै कुरा डिजिटाइज भइरहेका छन्, भविष्य डरलाग्दो देखेको छु,’ पूर्वडीआईजी ठकुरीले भने।

यस्तो समस्या कम गर्न अनलाइन व्यवसाय सञ्‍चालन गर्नेहरूले ‘साइबर सेक्युरिटी’मासमेत लगानी गर्नुपर्ने उनको सुझाव छ। उनी भन्छन्, ‘खानादेखि नानासम्मका कुरा अनलाइनमै गर्ने भएपछि त्यसको सुरक्षामा पनि लगानी गर्नुपर्‍यो।’

हाम्रा व्यक्तिगत डेटा सबै चोरी भइसकेको भन्दै उनले अब लुक्नसमेत असम्भव बनेको बताए। ‘हामी एक्लै छौं भन्‍ने सोचिरहेका छौं तर हामीले चलाएका एपहरूको माध्यमबाट संसारले हेरिरहेको छ,’ उनले भने। 

यसमा बालबालिकाको हेरचाह गर्ने जिम्मेवारी अभिभावककै भएको पूर्वडीआईजी ठकुरीले बताए। उनले भने, ‘प्रहरी हरेकको घरमा बालबालिकाले के हेरिरहेको छ, इन्टरनेटमा के गरिरहेको छ भनेर हेर्न जान सक्दैन। त्यो काम प्रहरीको पनि हैन। त्यसैले अभिभावक स्वयं यसमा सचेत हुन जरूरी छ।’

प्रकाशित मिति: बुधबार, जेठ ५, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
सिँजा उपत्यकामा पुग्यो नेपाल टेलिकमको फोर–जी सेवा कनकासुन्दरी गाउँपालिकाअन्तर्गत गुठीज्युला बजार क्षेत्रमा आजदेखि ४जी सेवा सुरु भएको हो। शुक्रबार, भदौ ५, २०८३
एक दशकपछि इन्स्टाग्रामको लोगोमा परिवर्तन सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्रामले १० वर्षपछि आफ्नो वर्डमार्क लोगोमा परिवर्तन गरेको छ। मेटाको स्वामित्वमा रहेको इन्स्टाग्रामले... शनिबार, साउन ३०, २०८३
चीनका कार्यस्थलमा ह्युमानोइड रोबोटको प्रवेश, उत्पादन क्षेत्रमा माग बढ्दो इन्धन भर्ने रोबोट ग्यास स्टेसनमा पठाउनुअघि अन्तिम चरणको परीक्षण गरिरहेको छ । फोशानको एउटा सेवा केन्द्रमा यस्तै एउटा रोबोटले यसअघि नै... सोमबार, साउन २५, २०८३
ताजा समाचारसबै
भीडभाडबाट सुनसान बनेको हिमाली बजार सल्लेरी मंगलबार, भदौ ९, २०८३
हेर्नुहोस् तस्बिरमा बडीमालिका मंगलबार, भदौ ९, २०८३
सीमा क्रोएसियाको जेडएनके स्प्लिट क्बलमा अनुबन्ध मंगलबार, भदौ ९, २०८३
नीशम जनकपुर बोल्ट्समा फर्किए मंगलबार, भदौ ९, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य मंगलबार, भदौ ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
राप्रपाका बागमतीका तीन सांसद पदमुक्त सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
नाबालिका हत्या अभियुक्तको बयान भिडियो सार्वजनिक भएपछि सांसद संग्रौलाको आपत्ति सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि ११ सांसदको नाम दर्ता, क–कसले सोध्दैछन् प्रश्न? सोमबार, भदौ ८, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
पार्टी निर्णयविपरीत गतिविधि गरेको भन्दै उद्धव थापा पदमुक्त सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्