• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज १०, २०८३ Sat, Sep 26, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

कोरोनालाई जित्ने ओखती र आत्मबल दुवै बन्नसक्छ नृत्य

64x64
पुष्पा थपलिया शनिबार, जेठ १, २०७८  ०७:०२
1140x725

काठमाडौं- बागलुङका एम्बुलेन्स चालक रमेश खत्री कोभिडका बिरामी ओसार्दा-ओसार्दै आफू पनि संक्रमित हुन पुगे। ताराखोला गाउँपालिकाका एक जना बिरामीलाई अक्सिजनको अभाव देखिएपछि छ घण्टाको दूरी पार गरेर पोखरा लैजाने क्रममा उनी संक्रमित भएका थिए।

आइसोलेसन वार्डमा अन्य बिरामीसँग बस्दा उनीसहित केही कोरोना संक्रमित गीत बजाएर नाच्न थाले। यसरी नाच्दा उनीहरूलाई आफू कोरोना संक्रमित भएको भन्‍ने नै लागेन। यसबाट मनोबल उच्च भएको आभास हुन थाल्यो।

सुरूमा चारदेखि पाँच जनाको संख्यामा उनीहरू आइसोलेसन वार्डमा नाच्थे तर विस्तारै यसमा अन्य संक्रमित र स्वास्थ्यकर्मीले साथ दिए।

रमेशले १२ दिनमा बागलुङ जिल्लामा रहेको कोभिड अस्पतालबाट कोरोनालाई पराजित गरे। अहिले घरमै आफूलाई ‘आइसोलेट’ गरिरहेका उनले कोभिड अस्पतालमा खिचेका भिडियोहरू सामाजिक सञ्‍जाल टिकटकमा पोस्ट गरेका छन्।

त्यस्तै, दुई हप्ताअघि पीपीई किट लगाएर बाटोमा नाचिरहेका एक युवाको भिडियो भाइरल बन्यो। उक्त भिडियो भारतको उत्तराखण्डमा अवस्थित हदुवानी भन्‍ने ठाउँको हो। भिडियोमा नाचेका युवा एम्बुलेन्स चालक हुन्। मनिष नाम गरेका ती युवा शववहान चलाउँछन्। कोभिडले मरेका लासलाई मसानघाट पुर्‍याउने युवाले ब्याण्ड बाजाको ताल सुनेर आफूलाई रोक्न सकेनन् र बाटोमै नाच्न थाले।

जतिबेला पनि लासहरूमाझ रहने ती युवाले नाच्दा खुबै मज्जा आउने प्रतिक्रिया भारतीय सञ्‍चारमाध्यमलाई दिएका छन्। उनी नाचेको भिडियो हेरेर घर बसेकाहरूले पनि रमाइलो माने।

०००

Ncell 2
Ncell 2
nimb
nimb

यी दुई घटना प्रतिनिधि मात्रै हुन्। मानिसहरू यतिखेर कोरोना संक्रमणबाट मुक्त हुन र घरमा समय बिताउन गीत संगीत र नृत्यको सहारा लिन थालेका छन्। यसमा प्रविधिले भरपुर साथ दिएको छ।

अहिले विभिन्‍न एपहरू चल्तीमा छन्। त्यसमध्येकै एक हो, टिकटक।  मनोरञ्‍जनको गज्जबको साधन बनेको एप टिकटक घर बसेका मानिस र कोरोना संक्रमितका लागि दिन काट्ने गतिलो मेलो बनेको छ। 

नृत्य अर्थात् नाच शरीरिक र मानसिक स्वास्थ्य दुवैका लागि फाइदाजनक छ। त्यसैले आजभोलि शरीरलाई तन्दुरुस्त राख्न पनि नृत्य गर्ने गरिन्छ। व्यावसायिक रूपमा खुलेका फिटनेस सेन्टरहरूमा पनि यसको प्रयोग हुँदै आएको छ। तर, यतिबेला भने कोरोना महामारीका कारण सम्पूर्ण मानवजीवन बन्दाबन्दीमा परेकाले फिटनेस सेन्टरहरू बन्द छन्।

शरीरलाई चलायमान राख्‍न घरमै नाचाैं
यस्तो समयमा घरमै गीत बजाएर ‘जुम्बा डान्स’ गर्न सकिने बताउँछिन् कुलेश्वरमा रहेको युनाइटेट डान्स सेन्टरकी सरिता नकर्मी। नकर्मीका अनुसार नृत्यले शारीरिक तथा मानसिक रूपमा फूर्तिलो बनाउँछ। 

Xtrem

Xtrem

‘अक्सिजन फोक्सोलाई मात्रै हैन, हरेक अंगलाई चाहिन्छ,’ नकर्मीले भनिन्, ‘नृत्य गर्दा शरीर चलायमान हुन्छ, रगतमा अक्सिजनको तीव्रता बढ्छ र दिमागमा अक्सिजनको मात्रा पुग्छ।’

यसरी दिमागमा अक्सिजनको मात्रा पूरा भएमा मानसिक थकान कम हुने, रिसाउने, झर्को मान्‍ने काम बन्द गर्ने उनको भनाइ छ। 

‘अहिले मानिसहरू घरमै थुनिएका छन्,’ नकर्मीले भनिन्, ‘यस्तो समयमा झनै शरीर चलायमान हुन जरुरी छ। बाहिर निस्कने समय नभएकाले घरमै नाच्ने र योग गर्ने गर्नुपर्छ।’

कतिपयले नाच्न आउँदैन भनेर नाक खुम्च्याउने गरेको भन्दै उनले भनिन्, ‘संगीत सुन्‍नेबित्तिकै हाम्रो शरीर आफैं नाच्छ, आउनु पर्दैन।’

अरूको देखासिकी गरेर सिक्ने बच्चाले समेत गीत संगीतको तालमा आफैं शरीर हल्लाउने गरेको उनी बताउँछिन्। ‘यदि कठिन स्टेप गर्दै हुनुहुन्छ भने त्यसका लागि जान्‍न जरुरी छ, नाच्नकै लागि त जस्तो आउँछ त्यस्तै ठीक छ।’

मिडिया र मोबाइलमा धेरै समय नबिताऔं
नाचेर मात्रै हैन, हरेक मानिसको मनोरञ्‍जन लिने तौरतरिका फरक-फरक हुन्छ। कोही मानिस राजनीतिक समाचार हेरेर मनोरञ्‍जन लिन सक्छ भने कोही फिल्मका समाचार पढेर। कोही मानिस हाइकिङ गएर मनोरञ्‍जन लिनसक्छन् त कोही किताब पढेर।

त्यसैले आफू मानसिक रूपमा स्वस्थ्य रहन आफ्नो रूचि र मनोरञ्‍जनका क्षेत्र अँगाल्नुपर्ने सुझाव दिन्छन् ट्रान्स कल्चरल साइकोलोजिकल अर्गनाइजेसन (टीपीओ) नेपालका कार्यकारी निर्देशकसमेत रहेका मानसिक रोग विशेषज्ञ डा. कमल गौतम।

डा. कमल गौतम

गाैतमका अनुसार कोरोनाबाट संक्रमित मानिस होस् या घरमै समय बिताइरहेका मानिस दुवैको मानसिक स्वास्थ्य र आत्मबल बढाउन जरुरी छ। त्यसका लागि सुरूमा आफ्ना नियमित कामलाई निरन्तरता दिनुपर्ने उनको सुझाव छ।

‘सामान्य अवस्थामा जे-जस्ता कामहरू घरमा गरिन्थ्यो अहिले पनि तिनै कामलाई निरन्तरता दिनुहोस्। कसरी आफ्नो दिमागको 'स्ट्रेस'लाई व्यवस्थापन गर्न सकिन्छ त्यस्ता कुरामा प्राथमिकता दिनुहोस्,’ डा. गौतमले भने।

गौतमले पनि नकर्मीले जस्तै घरमा बस्दा होस् या कोभिड अस्पतालमा, शारीरिक चहलपहललाई ध्यान दिन आग्रह गरे। उनले कसरत गर्न, योग गर्न र शरीर चलायमान बनाउन सुझाव दिएका छन्। 

मिडिया र मोबाइलमा धेरै समय नबिताउन पनि डा. गौतमको सुझाव छ। उनले अफवाहबाट टाढा रहनुका साथै नकारात्मक समाचारलाई बेवास्ता गर्नुपर्नेमा जोड दिएका छन्।

कोभिड संक्रमित या घरमै समय बिताइरहेका सबैलाई डा. गौतमले समस्या बढे चिकित्सकको सल्लाह लिन आग्रह गरेका छन्। टीओपी नेपालको हेल्पलाइन नम्बर १६६००१०२००५ मा बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म सम्पर्क गरेर थप जानकारी लिन सकिने उनले जानकारी दिए।

प्रकाशित मिति: शनिबार, जेठ १, २०७८  ०७:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
विवाहको आश्वासन दिएर सहमतिमै  गरिने शारीरिक सम्पर्क पनि बलात्कार हो  : सर्वोच्च अदालत शुक्रबार, असोज ९, २०८३
हिउँमा फसेका जुम्लाका भेडापालक सम्पर्कमा, उद्धार टोली पाटनतर्फ शुक्रबार, असोज ९, २०८३
च्यासलमा बाढीको जोखिम बढेपछि अखिल (क्रान्तिकारी) जनचेतना अभियानमा शुक्रबार, असोज ९, २०८३
पाल्पामा भारी वर्षाले पहिरो, एक महिला बेपत्ता शुक्रबार, असोज ९, २०८३
कुलेखानीको पानी सुरक्षित तहमा, ‘बाँध फुट्यो’ भन्दै फैलाइएका भिडियोप्रति प्राधिकरणको चेतावनी शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
धमाधम किन राजीनामा दिँदैछन् सिडियो ? झापा र दोलखा पछि कपिलवस्तुका सिडियो गौतमले पनि दिए राजीनामा शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्