• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, भदौ ८, २०८३ Mon, Aug 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर

नेपाल सुपर लिग : धनगढीको रोचक फाइनल यात्रा

64x64
दीप सुवेदी बुधबार, वैशाख २९, २०७८  २०:५८
1140x725

काठमाडाैं- केही उत्कृष्ट गोल, केही सनसनीपूर्ण खेल प्रदशर्नबीच देशको पहिलो फ्रेन्चाइज फुटबल, नेपाल सुपर लिग (एनएसएल)को फाइनल पुग्ने पहिलो टोलीको टुङ्गो लागेको छ।

मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा काठमाडौं रेजर्सलाई २-१ ले हराउँदै धनगढी उपाधिनजिक पुगेको हो।

तर, फाइनलमा पुग्न धनगढीलाई त्यति सहज भने थिएन। धनगढीले हराएको त्यो त्यही टिम हो जसले सर्वाधिक ४ खेलमा जित हासिल गर्दै १३ अंक बनाएर लिगको शीर्षस्थान ओगटेको थियो। काठमाडौंले ६ मध्ये एक खेल बराबरी खेल्दा एक मात्र हार ब्यहोरेको थियो। त्यो हार धनगढीविरुद्ध नै थियो।

राष्ट्रिय टिमका नम्बर दुई गोलकिपर विकेश कुथुको कप्तानीमा खेलेको काठमाडौंले उद्घाटन खेलमै ललितपुर सिटीलाई १-० ले पराजित गर्दै उपाधिको दाबेदारी प्रस्तुत गरिसकेको थियो।

यता विकेशबाहेक तेज तामाङ र राष्ट्रिय टिमबाट खेलेका सन्जोग राई, उमेर समूहको राष्ट्रिय टिममा खेलेका विश्वास श्रेष्ठलगायत उत्कृष्ट खेलाडी थिए काठमाडौंमा।

काठमाडौंले विदेशी खेलाडीको समेत राम्रो साथ पाएको थियो। ओलोमोउसँगै स्टेफेन विनोङ र फ्लोरा जस्ता खेलाडी काठमाडौं टिममा थिए। 

यद्यपि, काठमाडौंले दोस्रो खेलमा भने धनगढीसँग ३-० को फराकिलो हार ब्यहोर्‍यो। 

उसको ब्याडलक यतिमै रोकिएन। तेस्रो खेलमा पोखरा थण्डर्ससँग गोलरहित बराबरीमा रोकियो काठमाडौं।

nimb
nimb
Ncell 2
Ncell 2

तर, पटक पटक चुकेको काठमाडौंलाई सम्हालेर खेलाडीलाई मैदान उतारेका थिए गत चैतमा नेपाललाई थ्री नेशन्स कपको उपाधि दिलाएका प्रशिक्षक बालगोपाल महर्जनले।

‘हारलाई विश्लेषण गरेर खेलाडी उतार्ने गर्छौं। आफ्नो टिमलाई कुनै हालतमा जित निकाल्न लक्ष्यसहित मैदानमा उतार्ने गरेका छौं,’ तेस्रो खेलपछि उनले भनेका थिए। 

भयो पनि त्यस्तै। राष्ट्रिय टोलीमा लामो समय बिताइसकेका उनलाई खेलाडीहरुको क्षमता र फर्मको त्यति ज्ञान नभएको भने होइन। त्यसैको फाइदास्वरुप हुनसक्छ, त्यसयता काठमाडौंले लोभलाग्दो खेल प्रस्तुत गर्‍यो। 

काठमाडौंले चौथो खेलमा बुटवल लुम्बिनी एफसीमाथि १-० को जित निकाल्यो भने अर्को खेलमा विराटनगर सिटीमाथि ५-४ सनसनीपूर्ण जित निकाल्दै फाइनलको यात्रा तय गरेको थियो। त्यस्तै लिग चरणको अन्तिम खेलमा एफसी चितवनलाई २-१ गोलअन्तरले हराएको थियो।

अर्कोतर्फ धनगढी एफसी लिगमा केही डगमगाएको थियो। भारतमा आयोजना हुने आइलिग खेलिसकेका, राष्ट्रिय टिमका कप्तान तथा नेपालका नम्बर वान गोलकिपर किरण चेम्जोङको साथ धनगढीले पाएको थियो।

उनलाई पनि काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनको योजना र अन्य खेलाडीको खेल राम्ररी थाहा थियो। त्यसमाथि नेपाली लिगमा जमिसकेका नाइजेरियन खेलाडी, नेपालकै सहिद स्मारक ए डिभिजन लिग खेलेको अनुभव बटुलिसकेका ओलावाले ओलाडिपो अफिज र विदेशी प्रशिक्षक फुजा तोपेको साथ धनगढीले पाउँदा लिग रोमाञ्चक हुने आकलन गरिएको थियो।

तर, धनगढीलाई पहिलो गाँसमै ढुङ्गा लाग्यो। त्यो काम गर्‍यो, विराटनगर सिटीले।

पहिलो खेलमै ३-० ले पराजित भएको धनगढीले त्यसपछि दोस्रो खेलमा काठमाडौं रेजर्सलाई ३-० ले हरायो।

त्यस्तै तेस्रो खेलमा ललितपुर सिटीसँग १-१ को बराबरी, चौथो खेलमा एफसी चितवनमाथि ३-० को जित, पाँचौं खेलमा पोखरा थण्डर्समाथि १-० को जित निकालेको धनगढीले अन्तिम खेलमा बुटवल लुम्बिनी एफसीसँग १-० को हार ब्यहोरे पनि प्लेअफमा पुग्यो।

तर, आक्रमणमा राम्रो देखिएको सन्तुलित टोली धनगढीका भरपर्दा खेलाडी,सर्वाधिक गालकर्ता ओलावा र केही खेलाडी टाइट सेड्युअलका कारण फिट देखिएका थिएनन्। बुटवलसँगको अन्तिम खेलमा मुख्य प्रशिक्षक फुजाले खेलाडी खेल्न नसक्ने स्थितिमा पुगेको संकेत गरेका थिए।

‘प्लेअफमा छनोट हुन नसकेपनि मन लगाएर खेल्नु भनेको थिएँ। तर, खेलाडी चोटग्रस्त भएकाले हामीले राम्रो खेल्न सकेनौं,’ उनले त्यसबेला भनेका थिए।

हुन पनि बुटवलविरुद्धको अन्तिम लिग खेलमा ओलावा खेलेनन्। 

त्यसअघिको खेलमा पनि उनले आधा घण्टापछि नै घाइते हुँदै मैदान छाडेका थिए। त्यसैले धनगढीलाई धक्का लाग्ने आकलन गरिएको थियो।

तर, मंगलबारको प्लेअफ अगाडि भएको प्रि-म्याच कन्फ्रेन्समा भने ढुक्क देखिन्थ्यो धनगढी। प्रशिक्षक फुजाले काठमाडौंविरुद्धको खेल अगाडि ओलावा पूर्णरुपमा फिट भएको र प्लेअफको खेलमा मैदानमा उत्रिन तयार रहेको बताएका थिए। 

‘काठमाडौंविरुद्धको खेल निकै प्रतिस्पर्धात्मक हुने र धनगढी आक्रामक शैलीमा खेल्नेछ। साथै स्ट्राइकर ओलावा पूर्णरुपमा फिट भइसेका छन् र प्लेअफको खेलमा मैदानमा उत्रिने छन्,’ उनले भनेका थिए। 

तर, मंगलबार ओलावा मैदानमा उत्रिएपनि फिट देखिएनन्। उनी मैदानबाट बाहिरिएपछि उनको स्थानमा रमेश दंगाललाई ल्इायो।

तर, मुख्य हतियार ओलावाले मैदान छाड्दा धनगढी केही कमजोर देखिन्थ्यो। आखिर फिट नहुँदा नहुँदै प्रशिक्षक फुजाले किन मैदान उतारे त ओलावालाई ? 

यसको अन्तरकथा पनि बेग्लै छ प्रशिक्षक फुजासँग। खासमा ओलावालाई खेलाउनु आफ्नो रणनीति भएको उनी बताउँछन्।

‘आज कठिन खेल थियो। यद्यपि, हामीले खेल्ने जितकै लागि हो, यसमा दुविधा थिएन। तर, एउटा तथ्य के निश्चित थियो भने यो खेल माथिल्लोस्तरको हुनेथियो। विपक्षी डिफेन्डरलाई दबाब दिन चोटको बाबजुद ओलावालाई खेलाएका हौं,’ उनले भने।

यो रणनीतिले भने डिफेन्डरलाई खुबै व्यस्त बनाएको उनी बताउँछन्।

‘चोटका बाबजुद उनलाई हामीले अन्तिमसम्म खेलाउने कोशिश गरेका थियौं। तर, खेल्नै नसक्ने भएपछि बाहिर निकालेका हौं,’  प्रशिक्षक फुजाले भने।

उनले त्यो बेला ओलावालाई मैदान बाहिर निकालेका थिए जुनबेला खेल बराबरीको अवस्थामा थियो। अन्तिम १५ मिनेट गोल नभएको भए खेलको छिनोफानो पेनाल्टी शूटआउटबाट हुन्थ्यो। 

त्यसैले प्रशिक्षक फुजाले ओलावा जस्तै अनुभवी र भरपर्दा खेलाडीलाई मैदान पठाउन सक्थे। तर, उनले डिफेन्डर रमेश दंगाललाई मैदान पठाए। हुन त उनी नराम्रा खेलाडी होइनन्।

एपीएफबाट खेल्ने गरेका दंगाल बिशेषगरी एयर बलमा सिपालु मानिन्छन्। डिफेन्डरको काम पनि बल क्लियर गर्ने हो। उनलाई नै किन मैदान उतारियो त भन्ने प्रश्नमा प्रशिक्षक फुजा भन्छन्, ‘खेलाडीले चोट बोकेपनि डिफेन्डरलाई पनि परीक्षण गर्यौं। राम्रै भयो। दंगालले खेल्न सक्छ भने फरवार्डमा खेलाएका थियौं। सफल पनि भयौं।’

अब धनगढीसँग पराजित काठमाडौंले ललितपुरसँग पुनः फाइनल प्रवेशका लागि बिहीबार खेल्नेछ। फाइनल प्रवेश गर्ने टोलीले उपाधिका लागि धनगढीसँग जेठ १ गते खेल्नेछ।

धनगढीसँग तयार हुनको लागि मात्र तीन दिनको समय छ। एपाधि जित्न महत्वपूर्ण भूमिका निर्वाह गर्नसक्ने ओलावालाई यो समयभित्र फिट पार्नुपर्ने जिम्मेवारी छ प्रशिक्षक फुजालाई।

‘हो हामीलाई अब मौका छैन। हामी उपाधिको रक्षाको लागि एक मौका पाउने छाैं। त्यो मौकालाई सदुपयोग गर्नसके हामीले उपलब्धी हासिल गर्नेछौं। त्यसैले अबको खेलमा कुनै जोखिम उठाउन चाहँदिन,’ उनी भन्छन्।

प्रकाशित मिति: बुधबार, वैशाख २९, २०७८  २०:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
जनकपुरधाममा जनकपुर बोल्ट्सको ट्रफी परेड निर्माणाधिन रामजानकी बहुउदेश्यीय रंगशालाबाट निकालिएको ट्रफी परेड थापा चोक हुँदै पिडारीचोक, रामानन्दचोक, बजरंगचोक, भ्रमरपुराचोक, जिरो... शुक्रबार, पुस १२, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अ... आइतबार, पुस ७, २०८१
जसका दुवै सन्तान ‘एनपिएलका’ विजेता र उपविजेता बने ! काठमाडौँको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार भएको फाइनल खेलमा समा प्रवीनको कोखबाट जन्मिएक... आइतबार, पुस ७, २०८१
ताजा समाचारसबै
२७ सहसचिवको सरुवा : को कहाँ पुगे ? सोमबार, भदौ ८, २०८३
ट्रम्पको आर्थिक युद्ध घोषणासँगै विश्व बजारमा तेलको मूल्य घट्यो सोमबार, भदौ ८, २०८३
एचआइभी परीक्षण गर्दा भेरी अस्पतालमा ८३ नयाँ संक्रमित भेटिए सोमबार, भदौ ८, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
आज पनि बढ्यो सुनको मूल्य सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सम्पत्तिको विवादले लियो दुई वर्षीया बालिकाको ज्यान, सौतेनी आमा पक्राउ आइतबार, भदौ ७, २०८३
सप्तरीमा हराएकी २ वर्षीया बालिका घरपछाडि झाडीमा मृत भेटिइन् आइतबार, भदौ ७, २०८३
इमरान खानको उपचारका लागि पाकिस्तान सरकारलाई पूर्व क्रिकेटरको दोस्रो पत्र, यी हुन् पत्र लेख्ने २१ पूर्व क्रिकेट कप्तान [सूची] आइतबार, भदौ ७, २०८३
होस्टलमा युवक हत्या प्रकरण : सञ्चालकसहित तीन जना पक्राउ आइतबार, भदौ ७, २०८३
गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप १ जना पक्राउ सोमबार, भदौ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्