काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन्। आकस्मिक रूपमा बोलाइएको नेकपा (एमाले) को स्थायी कमिटी बैठक सकेर प्रधानमन्त्री एवं एमाले अध्यक्ष ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका हुन्।
आइतबार दिउँसो बालुवाटारमा बसेको बैठककमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले लुम्बिनी प्रदेशमा विकसित घटनाबारे ब्रिफिङ गरेका थिए। आजै ४ बजे मन्त्रिपरिषद् बैठक पनि बोलाइएको छ। मन्त्रिपरिषद् बैठकअघि ओली राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।
ओलीका विश्वासपात्र लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएपछि उनले बहुमतको आधारमा सरकार बनाउने तयारी गरेका थिए। तर, बीचमै एक सांसद विमला खत्री सम्पर्कविहीन भएपछि उनी अप्ठारोमा परेका थिए। ओलीले आफू माओवादी केन्द्रमा सक्रिय भएको सूचना प्रदेश सभा सचिवालयमा बुझाएकी छन्।
उनी नेकपाबाट दाङ क्षेत्र नम्बर ३ को प्रदेशमा सभा-२ बाट प्रत्यक्ष निर्वाचित हुन्। उनी माओवादी केन्द्रमा लागेसँगै एमालेका सांसद ४० मात्र हुने भएका छन्। जुन संख्या मुख्यमन्त्रीका लागि पोरखेललाई एक मत अपुग हो।
पोखरेलले आजै प्रदेश सभाको बहुमतप्राप्त पहिलो दलका रूपमा मुख्यमन्त्री हुने तयारी गरेका थिए। त्यसअघि उनले आजै राजीनामा दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।