काठमाडाैं–लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमत नभएको भन्दै विपक्षी दलले माओवादी केन्द्रका सांसद कुलप्रसाद केसीलाई मुख्यमन्त्रीका रुपमा प्रस्तुत गर्ने भएका छन्।
मुख्यमन्त्रीमा निरन्तरता खोजेका शंकर पोखरेलको संख्यामा बहुमत नपुगेको भन्दै विपक्षी दलले आफ्नो पक्षमा बहुमत देखाउन संसद सचिवालय पुग्ने भएका हुन्।
दाङ ३ ‘ख’बाट निर्वाचित विमला वली माओवादी केन्द्रमा रहेपछि पोखरेलको बहुमत नपुग्ने भएको हो। पोखरेलको पक्षमा बहुमत नभएको आधार सहित संसद सचिवालयलाई जानकारी गराउन जान लागेको माओवादी केन्द्रकी सांसद दामाकुमारी शर्माले जानकारी दिइन्।
‘विगतमा चुनाव लड्दा उहाँ नेकपाबाट लड्नुभएको थियो। अदालतले दुई पार्टी बनाईदियो,’ शर्माले नेपाललाइभसँग भनिन्, ‘तपाई कता लाग्ने क्लियर गर्नुस् हामीले भन्दै आएका थियौं। माओवादी केन्द्रमा रहनुभयो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।