काठमाडाैं–लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा प्रति विपक्षी दल नेपाली कांग्रेसले आश्चर्यता व्यक्त गरेको छ।
अविश्वासको प्रस्ताव संसद्मा टेबुल हुने संसदको पहिलो बैठक सुरु नहुँदै पोखरेलले राजीनामा दिएका छन्। राजीनामा पछिको रणनीति बनाउन विपक्षी दलको बैठक बस्ने कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनोडियाले जानकारी दिए।
'विकल्पहरू सोच्दै छौं। छलफल गरी अघि बढ्छौं, ' कनोडियाले भने, 'यही गठबन्धन अघि बढाउने हो।' पार्टी भित्रको आन्तरिक विवादले फ्लोर क्रस आशंकाले पनि पोखरेलले राजीनामा दिएको उनको आकलन छ।
विवादलाई मत्थर गर्न सेफ ल्याण्डिङको बाटो रोजे पनि अविश्वासको प्रस्तावको फेस फेरि पनि गर्नुपर्ने कनोडियाले बताए। उनले भने, टाइम बाइपास गर्ने मात्रै हो। ठूलो दलको नेताको हैसियतमा फेरि मुख्य मन्त्री हुन खोजेको पनि हुनसक्छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।