• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, भदौ ७, २०८३ Sun, Aug 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

संक्रमितको उपचारमा खटिएका डाक्टर र नर्स : बिरामीका साथी पनि, आफन्त पनि

रिता लम्साल बिहीबार, वैशाख १६, २०७८  २३:०२
1140x725

काठमाडाैं- ‘कस्तो छ अहिले? ठिक छौ नि हैन?’, डा सौरभ श्रेष्ठले आईसीयू बेडमा सुतिरहेकी कोरोना संक्रमित युवतीको टाउको सुमसुमाउदै सोधे।

‘ठिकै छु’, युवतीले डा सौरभलाई हेर्दै मलिन स्वरमा जवाफ दिइन्। ‘आज त बेडबाट खुट्टा झारेर अलिअलि हिड्नुपर्छ है,’ डा सौरभले भने। 

‘सक्छु होला र?’, ती युवतीले कमजोर महसुस गर्दै सोधिन्।

‘किन आत्तिएको। एक्लै हिँड्ने होइन नि, म आइहाल्छु नि! विस्तारै यहीँभित्र मात्र हिँड्ने हो। अब त ठिक हुन लागिसक्यौ’, डा सौरभले सम्झाए।

‘ल अब हाँस त हाहाहा...’ डा सौरभ आफू पनि हाँस्दै ती युवतीलाई हसाउने प्रयासमा लागे।

युवती पनि मुसुक्क मुस्कुराइन्।

‘ल पन्च हान’, डा सौरभले दाहिने हात मुठ्ठि पार्दै युवतीलाई भने। युवतीले पनि आफ्नो हात उठाउदै हाँस्दै डाक्टरको हातमा पन्च हानिन्।’

nimb
nimb
Ncell 2
Ncell 2

युवतीसँग यसरी खुलेर कुरा गर्ने डा सौरभ ती युवतीका दाजु, भाइ, काका, बुबा वा आफन्त होइनन्।

डा सौरभले ती बिरामीलाई हौसला दिन गरेको त्यो व्यवहार भने एउटा परिवारको सदस्यले अर्को सदस्यलाई गर्ने माया, स्याहार र हौसलाभन्दा कम थिएन। 

कोरोना संक्रमणले गम्भीर अवस्थामा पुगेकी ती युवतीलाई आईसीयूमा राखिएकाे छ। डा सौरभका अनुसार स्वास्थ्य अवस्थामा अहिले सुधार भइरहेको छ।

ती युवतीसँग कुरा गरेपछि अर्को आईसीयू बेडमा रहेका वृद्ध पुरुषलाई भेट्न पुगे डा सौरभ।

‘नमस्कार बुबा! ठिक छ हैन?’, दुई हात जोड्दै नमस्कार गरे।

बेडमा सुतिरहेका ती वृद्ध पुरुषले पनि नमस्कार फर्काए।

डा सौरभले बेडमा सुतिरहेका कोरोना संक्रमित वृद्ध पुरुषको हात समातेर ढाडस दिँदै भने, ‘अब त डिस्चार्ज भएर घर जानुपर्छ। जाने कि नजाने?’ 

प्रश्न नसकिदै ती वृद्ध पुरुषले मुन्टो र हात हल्लाउदै नजाने संकेत गरे।

‘हाहा...’, डा सौरभले लामो हाँसो हास्दै सोधे, ‘किन नजाने? ठिक भएपछि त घर जाने हो, यहाँ त बिरामी मात्र बस्ने हो नि।’

‘पुरानो घर जाने’, डा सौरभको हाँसोमा हाँसो मिलाउदै वृद्ध पुरुषले पनि जवाफ दिए।

‘पानी खान्छु’, उनले पानी खाने इसारा गरेपछि डा सौरभ, अर्का एक चिकित्सक र नर्सले बेड उठाए र उनलाई पानी खुवाए।

यी दुई दृश्य बलम्बुमा रहेको सशस्त्र प्रहरी बल अस्पालको कोरोना आईसीयू कक्षको हो।

आईसीयूमा कोरोना संक्रमणको जटिलताले थला परेका बिरामीलाई चिकित्सक तथा नर्स उपचार तथा हेरचाह गर्दै थिए। 

आफ्नो स्वास्थ्य सुरक्षाका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) लगाएर संक्रमितको उपचारमा खटिने चिकित्सक तथा नर्सहरू बिरामीलाई उपचार र स्याहार मात्र होइन, साथी र आफन्तकै जस्तो व्यवहार गरिरहेका भेटिए।

डा सौरभ एपीएफ अस्पतालको कन्सलटेन्ट एनेस्थेसियोलोजिस्ट हुन्। उनी आईसीयू इन्चार्जको रुपमा कार्यरत छन्।

नेपालमा कोरोना संक्रमणको पहिलो लहरदेखि नै कोरोना संक्रमितको उपचार व्यवस्थापनमा खटिँदै आएका डा सौरभले दोस्रो लहरको संक्रमण बढ्दै गएसँगै आईसीयू तथा भेन्टिलेटरमा बिरामीको चाप बढ्दै गएको बताए।

उनले कोरोना संक्रमतिहरू छिट्टै गम्भीर अवस्थामा पुग्न थालेको सुनाए।

‘अहिले २२, २४ वर्षको उमेरदेखि ७५ वर्ष उमेरभन्दा माथिका बिरामीहरू आईसीयूमा आइरहनुभएको छ,’ उनले भने।

उनले आफ्नो आईसीयू प्रोटोकल अनुसार बिरामीको स्वास्थ्य अवस्था हेरेर बिरामीलाई आईसीयू तथा भेन्टिलेटरमा राखेर उपचार गर्ने गरिएको जानकारी दिए।

आईसीयू बेड नजिकै अर्को भवनमा कोरोना आइसोलेसनमा कोरोना संक्रमितहरूलाई राखिएको छ।

एपीएफ अस्पतालका केही चिकित्सक तथा नर्सहरू पनि संक्रमित भएर सोही अस्पतालमा उपचाररत छन्।

अस्पतालकी इन्स्पेक्टर डाक्टर अन्जु गुरुङ कोरोना संक्रमण भएर सोही अस्पतालको आइसोलेसनमा उपचाररत छिन्।

नेपालमा कोरोना संक्रमण देखिएदेखि नै बिरामीको स्वास्थ्य उपचारमा खटिएकी डा अन्जुले स्वास्थ्य सतर्कता अपनाउदा अपनाउदै पनि संक्रमित हुने पुगेको सुनाइन्।

‘कोरोना संक्रमणको सुरुवाति अवस्थादेखि नै म पनि मेडिकल अफिसरको रुपमा खटिएको थिएँ। सावधानी अपनाउँदा अपनाउँदै पनि यो दोस्रो लहरमा म सुरक्षित रहन सकिनँ,’ उनले भनिन्, ‘अहिले ज्वरो आउने, खोकी लाग्ने, छाती दुख्ने समस्या देखिएको छ।’

उनले आफू संक्रमित भएपनि आफ्नो मनोबल कमजोर नभएको बताइन्।

‘हामी स्वास्थ्यकर्मी आफू जोखिममा छौं भनेर बिरामीको उपचार गर्न छाडेर भाग्न मिल्दैन, मेरो मनोबल कम भएको छैन,’ उनले भनिन्, ‘हामी बाध्यताले संक्रमितसँग सम्पर्कमा छौं, तर सर्वसाधारणले सावधानी अपनाउन सम्भव छ।’

कोरोना संक्रमितलाई राखिएको अस्पतालको ब्लक सी–२ मा कोरोना संक्रमित ठूलो बुवासँगै थिइन् डा अंकिता थापा। उनी पनि कोरोना संक्रमित हुन्।

कोरोना संक्रमित आफन्तको काजक्रियामा खटिएको समयमा संक्रमित भएका उनका ठूलो बुवा शुरुमा होम आइसोलेसनमा थिए। फोनबाट चिकित्सकले दिएको परामर्श र औषधि सेवन गरिरहेका थिए। तर, श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई एपीएफ अस्पतालमा ल्याइएको हाे।

तर, अस्पतालहरूमा बेड पाउन भने मुस्किल रहेको उनको भनाइ छ।

‘सबै अस्पतालहरूमा बेड खोजेँ तर, उहाँहरूले व्यवस्थापन गर्ने प्रयास गर्दैछौं मात्र भन्नुभो,’ उनले भनिन्, ‘यहाँ चिनजानको साथी पनि हुनुहुन्थ्यो, यहाँ भनेँ, पालो पाएपछि ठूलो बुबालाई यहाँ लिएर आएँ।’

कोरोना संक्रमणबाट धेरैले परिवार गुमाएको र अस्पतालमा आउँदा पनि दुःख पाउनुपर्ने उनको अनुभव छ।

‘हामीले त बेड पायौं। तर, अहिले बेड पाउन सजिलो छैन,’ उनले भनिन्, ‘म के भन्छु भने, यस्तो दुःखदायी अनुभव कसैलाई भोग्न नपरोस्। अहिलेसम्म संक्रमित नभएकाहरूलाई म कोरोनाबाट जोखिन आग्रह गर्न चाहन्छु।’

कोरोना संक्रमितको उपचार व्यवस्थापनमा ड्युटीमा रहेकी डा स्वेच्छा कार्कीले पीपीई लगाएर बिरामीको सेवामा ७ देखि ८ घण्टासम्म खटिनुपर्ने बताइन्।

चिकित्सक तथा स्वास्थ्यकर्मीले कोरोना संक्रमितको उपचारमा खटिदा पीपीई लगाएर काम गर्नुपर्ने भएकाले खाजा, पानी, खाना नखाई   शौच गर्नसमेत जान नमिल्ने उनी बताउँछिन्।

‘हाम्री डाक्टरहरूको ड्युटी एकसाताको हुन्छ, हरेक दिन ७,८ घण्टा पीपीई लगाएर काम गर्नुपर्छ, पीपीई लगाएर काम गर्दा हामी हाइड्रेटेड हुन्छौं, ड्युटी अवधिभरी पानी पनि नखाइ काम गछौं, जति बिरामी बढ्छन्, त्यति नै हाम्रो ड्युटी बढी हुन्छ,’ उनले भनिन्, ‘जति गाह्रो भएपनि मैले मेरो साथीलाई फेरी राउण्डमा पठाउन नपाए हुन्थ्यो, मैले सबै बिरामी हेरेर सकाइदिन पाए हुन्थ्यो भन्ने लाग्छ।’

तर, कोरोना संक्रमितको उपचारमा खटिदा भने खुसी लाग्ने उनले सुनाइन्।

‘हामीले जसरी काम गर्नुपरे पनि बिरामीलाई निको पार्न पाए हुन्थ्यो भन्ने मोटिभेसनका साथ काम गछौं’, उनले भनिन्, ‘बिहान र बेलुका दुईपटक राउण्डमा जान्छौं। बिरामीलाई आवश्यकता परेको समयमा पनि उहाँहरूलाई हेर्न जान्छौं।’

कोरोना संक्रमण बढ्दै जाँदा बिरामीको चाप बढ्दै गएको र संक्रमितलाई बेड अभाव हुँदा दुःख लाग्ने उनले सुनाइन्।

‘हामीलाई सबै बिरामीलाई उपचार सेवा दिउँ भन्ने हुन्छ, तर, संक्रमित बढ्दै जाँदा अक्सिजन सहितको बेड खोजिरहेका बिरामीलाई बेड छैन भन्नुपर्दा दुःख लाग्छ,’  भावुक हुँदै उनले भनिन्, ‘यसरी नै संक्रमण बढ्दै गए बिरामीले बेड पाउन झनै मुस्किल हुनसक्छ, त्यसैले सबैले आफू र आफ्नो परिवारलाई कोरोनाबाट बचाउन अनुरोध गर्छु।’

एफिएफ अस्पतालमा नर्सिङ स्टाफको रुपमा कोरोना संक्रमितको केयरमा खटिदै आएकी नर्स रोजी गजमेर हरेक १४ दिनको ड्युटी समय हुने सुनाउँछिन्।

कोरोना संक्रमितको उपचारमा खटिदा आफ्नो सुरक्षाका लागि पीपीई लगाएर काम गर्न सामान्य बिरामीको केयर गर्दा जस्तो सहज नहुने उनले सुनाइन्। तर, आफ्नो ध्यान आफ्नो समस्यामा भन्दा पनि बिरामीको केयरमै बढी हुने उनको अनुभव छ।

‘पीपीई लगाएर काम गर्न सहज हुँदैन तर, खाना–पानी खान पाइँदैन, पिसाब फेर्न जान पाइँदैन,’ उनले भनिन्, ‘तर, हामीले आफ्नो समस्याबारे सोच्दैनौं, बिरामीको कसरी हेरचाह गर्ने, कसरी सेवा दिने, बिरामीलाई छिट्टै निको पारेर पठाउनुपर्छ भन्ने सोच मात्र राखेर काम गरिरहेका हुन्छौं।

कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्न उनले आग्रह गरिन्।

अस्पतालका प्रहरी उपरीक्षक, डा प्रवीण नेपालका अनुसार एपीएफ अस्पतालमा कोरोना संक्रमितका लागि १४० शय्या व्यवस्थापन गरिएको छ। जसमा २० बेड आईसीयू, ५० वेड एचसियु र अन्य ७० वेड जनरल बेड छन्।

अस्पतालमा स्वास्थ्य मन्त्रालय, अन्य अस्पताल र चन्द्रागिरी नगरपालिकाबाट सम्पर्क भएर सिफारिस भएका बिरामीलाई अस्पतालको बेड क्षमताको आधारमा भर्ना गरिने उनले बताए।

कोरोना संक्रमितहरू पछिल्लो समय बालबालिकादेखि वृद्धवृद्धासम्म भएको र युवाहरूमा संक्रमण दर र गम्भीर बिरामी हुने दर पनि बढेको उनले सुनाए।

‘पहिलाको भन्दा अहिले युवाहरूमा संक्रमण दर पनि बढेको छ, गम्भीर अवस्था भएका, निमोनिया भएर आईसीयू भेन्टिलेटरमा पुग्ने युवाहरू पनि बढ्दै छन्,’ उनले भने, ‘अहिले बालबालिकादेखि वृद्धवृद्धासम्म संक्रमित छन्। त्यसमा पनि लक्षणसहितको गम्भीर समस्या बढी भएका युवाहरू पनि बढी छन्।

 नेपालमा कोरोना संक्रमणको दर बढेसँगै आईसीयू र भेन्टिलेटर खोज्नेहरूको फोन बढी आइरहेको उनले बताए।

‘बेड चाहियो भन्दै दैनिक ४०–४५ जनाले फोन गर्नुहुन्छ’, उनले भने, ‘तर, हामीसँग भएका बेडहरूमा बिरामी भरिएका छन्, दैनिक १०–१२ जना डिस्चार्ज पनि हुन्छन्, त्यही डिस्चार्ज भएका बेडहरूमा हरेक दिन बिरामी थपिन्छन्।’

नेपालमा कोरोना संक्रमण देखिए यता गत वर्षको जेठ महिनादेखि हालसम्म २ हजार ६५० जना संक्रमितलाई उपचार सेवा दिइएको उनले बताए।

‘हाम्रो अस्पतालमा कोरोना संक्रमणको दर कम हुँदा दुईजना मात्र बिरामी थिए, अब संक्रमण सकिन लाग्यो भन्ने सोचेका थियौं। तर, बिरामीको संख्या शून्यमा नझर्दै फेरि दोस्रो लहर आयो,’ उनले भने, ‘अहिले १४० बेड नै संक्रमितले भरिएको छ।’

डा नेपालले कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेसम्म संक्रमित नभएका तथा यसअघि संक्रमित भइसकेका सबैलाई कोरोना संक्रमण हुनसक्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन आग्रह गरे।

प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८  २३:०२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ
सरकारको कर नीतिविरुद्ध कुलमान उत्रिए मैदानमा, देशभर हस्ताक्षर संकलन
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ आइतबार, भदौ ७, २०८३
सरकारको कर नीतिविरुद्ध कुलमान उत्रिए मैदानमा, देशभर हस्ताक्षर संकलन आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ? आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकार र दुर्गा प्रसाईँ नेतृत्वको महाअभियानबीच १४ बुँदे सहमति शनिबार, भदौ ६, २०८३
गृहमन्त्रीसँगको वार्तामा गरिमाका परिवारले दोषीलाई मृत्युदण्ड दिनुपर्ने माग राखे शनिबार, भदौ ६, २०८३
गरिमाका बुबा-आमासँग तीन बुँदे सहमति : कानुन संशोधनको सुझाव दिन कार्यदल, सिमरामा सालिक निर्माण गरिने आइतबार, भदौ ७, २०८३
काठमाडौंमा छोराको हत्याको खबर सुनेपछि दाङमा आमाको पनि मृत्यु आइतबार, भदौ ७, २०८३
प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान आइतबार, भदौ ७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
संविधानमा गरिनुपर्ने मुलभूत संशोधन र परिमार्जन डा. नारायण घिमिरे
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री र प्रधानन्यायाधीश एकैपटक पोखरा हुँदै मुस्ताङ किन जाँदैछन् ? बिहीबार, भदौ ४, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
जब पत्रकार किशोर श्रेष्ठ इजलासमै रोए... सोमबार, भदौ १, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्