• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

नवगायकको अनुभूति: स्रोताले गायक पनि चिन्न छाडिसके

गीत फिल्म हो र अभिनय गर्न ?  
64x64
पुष्पा थपलिया शनिबार, वैशाख ११, २०७८  १९:२५
1140x725

काठमाडौं– प्रविधिको युग छ। क्यासेटको रिल छाडेर सिडी, डिभिडी, मेमोरी कार्ड हुँदै बिभिन्न एप्लिकेशनमार्फत गीत–सँगीत सुन्ने अवस्था बनिसकेको छ। अहिलेको समयमा गीतका लागि म्यूजिक भिडियो, ज्युँदो मानिसका लागि श्वासजस्तै बनिसकेको छ। 

क्यासेट र सिडिको जमानामा गीतकार, संगीतकार, संगीत संयोजक, बाद्यबादकहरु पर्दा पछाडिका थिए। गीत गायकको मात्रै बन्थ्यो। परिवर्तित समयसँगै अब गीत गायकको हातबाट पनि फुस्किसकेको छ। नवगायक अर्जुन रावल गीत अब गायकको हातबाट म्यूजिक भिडियो अभिनय गर्ने कलाकारको हातमा पुगेको बताउँछन्.।

‘गीतको तौल त भिडियोले घटाएको छ नै, उल्टै श्रोताले गायक–गायिका पनि ठम्याउन छाडिसके,’ रावलले गीत–संगीतबारेको आफ्ना बालापनको स्मरण सुनाउँदै भने, ‘हामी सानो छँदा रेडियोमा सुनेको गीत र आवाजले त्यो मानिस को हो छुट्याउन सक्थ्यौं, तर अहिले गीत हिट भएपनि गायकको नाम सुनिदैन।’

गाडीमा हिँड्दा र रेडियो सुन्दा गीत जति मज्जा लाग्छ, भिडियोसहित हेर्दा अर्जुनलाई त्यति रमाइलो लाग्दैन। ‘गीत भनेको त हरेक श्रोताले आफ्नै ढंगले आफूलाई हिरो–हिरोइन बनाएर कल्पना गर्ने कुरा हो, एउटा निर्देशकको कल्पनामा सबै रमाउन कहाँ सक्छन् र ’, अर्जुन भन्छन्। 

कहिलेकाहिँ गीत र फिल्म छुट्याउन नसक्ने अवस्थामा पुगेको पनि उनी बताउँछन्। भन्छन्, ‘गीतमा पनि संवाद रे, कथा रे के–के हो के–के,’ अहिलेको चलनप्रति ब्यंग्य गर्दै अर्जुन भन्छन्, ‘एउटा गीतको म्यूजिक भिडियो बनाउन लाखौं खर्च हुन्छ, त्यसको सट्टा बरु  १० वटा गतिलो नयाँ गीत रेकर्ड गर्न सकिन्छ।’

भिडियोमा २० लाखसम्म खर्च गर्ने संगीत क्षेत्रले गीतकार, संगीतकार र बाद्यबादकलाई भने निःशुल्क काम लगाउन खोज्ने तितो सत्य पनि उनले सुनाए।

नवगायक अर्जुनले केही समयअघि मात्रै ‘यो माया बस्यो सासैमा’ बोलको गीत सार्वजनिक गरेका छन्। आफूलाई नजिकबाट चिनेका मानिसहरुलाई अचम्ममा पर्दै उनले सार्वजनिक गरेको गीतमा उनी आफैंले अभिनय पनि गरेका छन्। 

पहिलो गीतको अनुभव साँट्दै अर्जुनले भने, ‘म गीत गाउनकै लागि विदेशदेखि नेपाल आएँ।  हुन त विदेशमै बसेर पनि गीत गाउन सकिन्थ्यो, तर आफ्नो देश भनेको आफ्नै हो।’

Ncell 2
Ncell 2
nimb
nimb

उनी जापानमा ६ वर्ष बसे। जीवनको सबैभन्दा ऊर्जावान समय अर्काको देशमा खर्च गर्नुपर्दा उनी दुःखी छन्। त्यसैले बारम्बार जीवनको महत्वपूर्ण समय गुमाएको पछुतो गरिरहन्छन्।

अब भने उनी नेपालमै केही गर्ने उद्देश्यले अर्काको देश नजाने गरी फर्किएका छन्। ‘यहाँ पैसा कमाउने मेसो अरु नै ब्यवसाय रोजे पनि मुख्य ध्येय गीत गाउने नै हो। उनले बिगत सम्झँदै भने,’ ‘यदि १२ वर्ष अघि यो क्षेत्रमा डेब्यू भएको भए उद्देश्य पैसा कमाउने हुन्थ्यो होला, अब भने संगीतको क्षेत्रमा गतिलो गीत दिने मात्रै छ।’

अर्जुनका लागि गीत अब सोख बनेको छ। त्यसैले उनी यो क्षेत्रबाट न पैसा कमाउन चाहन्छन्, न बजारमा चलेजस्तो भाइरल गीत गाएर नाम नै। उनलाई संगीतको दुनियाँमा राम्रो काम गर्नु छ। जोड दिँदै उनले भने, ‘काम बरु थोरै होस्, तर राम्रो होस्।’

पश्चिम नेपालको बर्दियाको भुरीगाउँमा जन्मिएका अर्जुन आफू गीत गाउनकै लागि काठमाडौं आएको बताउँछन्। १२ कक्षा पास गरेलगत्तै गायक बन्ने सपना बोकेर राजधानी छिरेका उनले वर्षौंपछि मात्रै आफ्नो आवाज विश्वलाई सुनाउन सके।

Xtrem

Xtrem

उनलाई वुबा आमाले सपोर्ट गरे। केही कुराको अभाव हुन दिएनन्, तर पनि गीत निकाल्न सकेनन्। त्यो क्षण सम्झँदै उनले भने, ‘४ वर्ष साधना कला केन्द्रमा संगीतको कक्षा लिए पनि एल्बम निकाल्न नसक्दा मेरो कलाको सम्मान भएन जस्तो लाग्थ्यो, रिस उठ्थ्यो,’  उनले हाँस्दै भने, ‘अव भने रिस मत्थर भएको छ।’ कारणबारे प्रष्ट्याउँदै उनले भने, ‘अरु सफल कलाकारको स्ट्रगल सुनेर मैले त केही गरेकै रहेनछु भन्ने थाहा भयो।’

उनले पहिलो गीतको भिडियोमा अभिनय पनि गरेका छन्। चर्चित नायिका नम्रता सापकोटासँगल स्क्रीन शेयर गर्नु उनको बाध्यता थियो। एक त आफूलाई गीतको गायक भनेर चिनाउनु थियो, अर्को गीतमा ‘केटा’को अभिनय गर्ने मानिसको अभाव।  म्यूजिक भिडियो नबनाउँ भनेपनि यो बिना गीत श्रोतामाझ पु¥याउनै सकस।

भिडियोका निर्देशकको सल्लाह बमोजिम उनको अभिनयलाई सबैले मन पराए। नचिन्नेहरुले उनलाई फोन गरेर सोधे रे, ‘मोडलिङ त राम्रो गर्नुहुँदो रहेछ, स्वर चाहिँ कसको हो नि ?’ यस्तो प्रश्नले आफू दंग पर्ने गरेको उनी सुनाउँछन्। ‘हुन त मेरो शरिरमा अभिनयको किरा सानैदेखि थियो,’ अर्जुन आफ्ना अभिनयप्रति सन्तुष्टि जनाउँदै भन्छन्। 

गीत सार्वजनिक हुनेवित्तिकै धेरैको सकारात्मक प्रतिक्रिया पाए। कतिपयले भने भिउज किनिदिने, स्पोन्सर गरिदिने भन्दै फोन गरेको समेत उनले सुनाए। आफू यस्तो कुराको विरोधी भएको अर्जुनको भनाइ छ, ‘राम्रो गीत भए त दर्शक श्रोताले खोजिहाल्छन् नि !’

यही सन्दर्भमा उनले भाइरल गायक गायिकाको प्रसंग पनि कोट्याए। भने, ‘हाम्रो राष्ट्रिय गीत नै छ नि, गाउँछ गीत नेपाली। नेपाली हो, उसले गीत गाउँछ र गाउन पाउनुपर्छ। तर, कस्तो गीत सुन्ने भन्ने कुरा श्रोताले विचार गर्नुपर्छ। त्यो विचारका लागि सञ्चारमाध्यमले पुलको काम गर्नुपर्छ।’ 

मिडिया नै भाइरलको पछि लागेकाले श्रोता राम्रो गीतको पहुँचमा पुग्न नसकेको उनको ठम्याइ छ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  १९:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्