• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कोरोना अपडेट

'सीमापारीको संक्रमण हेरेर तुरून्त 'एक्सन' लिन नसक्दा स्थिति भयावह'

64x64
नेपाल लाइभ शनिबार, वैशाख ११, २०७८  ०९:५८
1140x725
डा. नितेश कनोडिया

काठमाडौं- कोरोना भाइरस संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपालगञ्‍ज कोरोनाको 'हट स्पट' बनेको छ। त्यहाँका अस्पतालहरु अहिले कोरोनाका बिरामीले भरिएका छन्। अस्पतालमा बेड अभाव भएको छ। थप बिरामी आए भर्ना गर्नसक्ने अवस्थामा अस्पताल छैनन्।

भारतसँगको खुल्ला सीमानाका रहेको जिल्ला भएकाले पनि त्यहाँ कोरोना संक्रमण तीव्र बनेको हो। कोरोना संक्रमण अनियन्त्रित बनेपछि नेपालगञ्‍ज उपमहानगरपालिकाले वैशाख १५ को मध्यरातसम्म उपमहानगर क्षेत्रभित्र लकडाउन लागू गरेको छ।

यही सन्दर्भमा नेपालगञ्‍ज मेडिकल कलेजका उपनिर्देशक डा. नितेश कनोडियाले त्यहाँको अवस्थाबारे नेपाल लाइभलाई दिएको जानकारी उनकै शब्दमा:

कोरोना भाइरस संक्रमणको दोस्रो लहर देखिएपछि ४५ बेडको कोभिड युनिट सुरू गरेका थियौँ।

सुरू गरेको दुई-तीन दिनमै संक्रमितको संख्या बढेपछि अहिले १०० बेडको कोभिड युनिट सञ्‍चालन गरेका छौँ। त्यसमा ३० बेडको आईसीयू सञ्‍चालनमा छ। अहिले गम्भीर बिरामीका लागि थप बेड छैनन्।

त्यो सबै संक्रमितले भरिएको छ। बाँकी क्याबिनहरू समेत गरी १०० बेडको वार्ड सञ्‍चालन गरेका छौँ। १०० वेडको वार्डमा सबै बेडमा अक्सिजन पोर्ट छैन। त्यसले गर्दा अक्सिजन नभएको केही बेड खाली छ।

पछिल्लो समय आउने प्रायः सबै बिरामी गम्भीर र लक्षणसहितका बिरामी भएकाले उनीहरूलाई अक्सिजन पहिलो आवश्यकता छ। अक्सिजन पोर्ट नभएकाबाहेक अरू ६५ बेड सबै भरिएको छ।

यो पनि पढ्नुहोस्

नेपालगञ्‍जकी उपमेयर भन्छिन्- हाम्रा कुरा माथिल्लो सरकारले सुनेन, अहिले विष्फोट भयोशुक्रबार, वैशाख १०, २०७८

अघिल्लोपटक कोभिडका मध्यम लक्षण भएका जस्तो ज्वरो, रूघा भएका बिरामी आउँथे। उनीहरूलाई सामान्य बेडमा राखेर उपचार गर्न मिल्थ्यो। तर, अहिले आउने बिरामीहरू नियोनिया भएर श्वासप्रश्वासमा समस्या भएका, सास फेर्न गाह्रो भएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

यस्ता बिरामीलाई क्रिटिकल म्यानेजमेन्ट नै गर्नुपर्छ। त्यस्ता जटिल अवस्था भएका बिरामीलाई व्यवस्थापन गर्न निकै गाह्रो भएको छ।

बाँकेमा दोस्रो लहरमा संक्रमण देखिनुको कारण समयमा नियन्त्रण गर्न नसकेर हो। संक्रमण सकिएको थिएन, हामीले तयारी सबै छाडेर बस्याँै।

अहिले नेपालगञ्‍ज उपमहानगरपालिका क्षेत्रभित्र गरिएको लकडाउन पनि ढिला भयो। संक्रमण बढ्नुको अर्को मुख्य कारण भारतसँग जोडिएको सीमानाका हो।

महत्त्वपूर्ण कुरा के भने, जब हामीले भारतमा कोरोना संक्रमितको संख्या बढिरहेको छ भन्‍ने रेडियो, टेलिभजनलगायतका सञ्‍चारमाध्यमबाट थाहा पाइरहेका थियाैं, यति बेलादेखि हामीले यता तयारी गर्नुपर्थ्यो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

हाम्रो खुला सीमापारीको संक्रमणको भयावह स्थिति हेरेर यता तुरून्त ‘एक्सन’ लिन सकेनौँ। त्यो कुरालाई गम्भीररूपमा पनि सोचेनौँ।

सीमानाकामा दुई-तीन हप्ता अगाडि नै कडाइ गरेर परीक्षण बढाएर नेपालगञ्‍जको स्थानीय गतिविधि कडाइ गरेको भए सायद यो स्थिति आउँदैनथ्यो होला। अहिले संक्रमितको पनि ‘ओभरलोड’ हुँदैनथ्यो।

हामीले दुई हप्ता अघिदेखि नै यो कुरा यहाँका सरोकारवाला निकायहरूलाई भन्दै आएका थियौँ। कसैले पनि त्यो कुरालाई गम्भीर रूपमा लिएन।

जब हामीसँग बेडहरू खाली थियो, तब यो अवस्था आउँछ भन्‍ने कसैले आकलन गरेन। ‘ठिकै छ हेर्दै जाऔं, पछि बेड पुगेन भने व्यवस्था गरौँला’ भन्‍ने सोच भयो। हामीले जुन समयमा तयारी गर्नुपर्ने त्यो बेला चुप लागेर बस्यौँ। जुन समयमा ‘एक्सन’ लिनुपर्ने त्यो समयमा तयारी गर्न थाल्छौँ। अघिल्लोपटकको संक्रमणबाट पनि हामी नियन्त्रण र व्यवस्थापनबारे केही पाठ सिकेनौँ।

यत्रो महामारीबाट हामीले कम्तीमा पूर्वतयारी र व्यवस्थापनबारे सिक्नुपर्थ्याे। अहिलेसम्म पनि कोभिड व्यवस्थापनका लागि कुनै तालिमसमेत भएको छैन। जस्तो भनौँ न, सरकारको त बिरामी व्यवस्थापनबारे धेरै तालिम हुन्छ। कोभिड म्यानेजमेन्टकै लागि पनि  फिक्स हुन्छ। जस्तो यो भयो भने यो औषधि चलाउने, यति दिनमा भएन भने रेमडिसिभिर चलाउने, भएन भने प्लाज्मा चलाउने भन्‍ने फिक्स ट्रिटमेन्ट छ। त्यसमा अन्य दायाबायाँ नै छैन।

यो कुराहरू हामीले पहिलेको अवस्थाबाट सिकेर योजना बनाउनुपर्थ्यो। तालिम दिनुपर्थ्यो। जनशक्ति त्यसैअनुसार तयार बनाएर राख्नुपर्थ्याे। अहिले अर्को समस्या जनशक्तिको पनि छ।

हाम्रो कोहलपुरको अस्पतालमा कोभिड र ननकोभिड दुवै बिरामीको उपचार चलिरहेको छ। ननकोभिड वार्डमा पनि २५० भन्दा बढी बिरामी भर्ना भई उपचाररत छन्।

मान्छेहरूलाई के लाग्छ भने यति ठूलो मेडिकल कलेज छ, बेड थप्दा  के समस्या हुन्छ? बेड त थप्‍ने तर २५० भर्ना भएका ननकोभिड बिरामीलाई कहाँ पठाउने?

उनीहरू पनि विभिन्‍न समस्या भएरै भर्ना भएका हुन्। उनीहरूको ज्यान पनि  जोखिममा छ। 

अहिले संक्रमित भएर अस्पताल भर्ना भएका सबै स्थानीय  नै हुन्। यसले संक्रमण समुदायमा फैलिसकेको छ भन्‍ने पुष्टि गरेको छ।

बजारभित्र पनि धेरै संक्रमित भएर घरमै बसिरहेका छन्। जब सास फेर्न गाह्रो हुन्छ, र अक्सिजन लेवल घट्न थाल्छ तब उनीहरू  अस्पताल पुग्छन्।

त्यस्तो अवस्थामा अक्सिजनसहितको बेड दिनुपर्‍यो तर अक्सिजन बेड छैन।

संक्रमण नियन्त्रणका लागि अहिले उपमहानगरपालिका क्षेत्र भित्रमात्र लकडाउन गरेर हुँदैन। राँझासम्म बन्द छ। त्यसपछि कोहलपुर सबै खुला छ। कोहलपुर बाँके आउँदैन र? नेपालगञ्‍जमात्र बन्द गरेर संक्रमितको लोड घट्दैन।

समग्र जिल्लाको कुरा गर्ने हो भने नेपालगञ्‍ज बन्द गरेर हुँदैन। नेपालगञ्‍जभित्र भएको लकडाउन पनि कडा छैन।

अस्पतालमा बिरामीले उपचार, बेड पाइरहेका छैनन्। यस्तो अवस्थामा त एकदम कडा लकडाउन हुनुपर्ने हो। तर, यहाँ छैन। बजारमा मानिसहरू घुमिरहेका छन्।

स्थानीय तहमा पनि अक्सिजनसहितको आइसोलेसन बेड बनाउनुपर्छ।

हाम्रो अस्पतालको कोभिड वार्डको जुनजुन बेडमा अक्सिजन पोर्ट छैन, थप गर्न कुरा गरिरहेका छाैं। हामीलाई अक्सिजनको भन्दा पनि बेडसँगै पोर्ट नभएकाले समस्या भएको हो। बेडमा भरिने गरी बिरामी राखेर मात्र भएन, उनीहरूलाई अक्सिजन चाहियो भने समस्या हुन्छ।

अहिले भर्ना भएका बिरामी कलेज जाने विद्यार्थीदेखि वृद्धवृद्धा छन्। हरेक दिन पीसीआर परीक्षणको ७० देखि ८० प्रतिशतलाई पोजिटिभ देखिएको छ भने ९० प्रतिशत लक्षणसहितका बिरामी छन्।

त्यसले तुरून्त यो क्षेत्रमा लकडाउन गर्नुपर्छ। लकडाउन समाधान त होइन तर यसले संक्रमणको साङलो तोड्न सहयोग गर्छ। संक्रमितको लोड घटाउँछ। सीमानाकामा त कडाइ गर्नैपर्छ।

प्रकाशित मिति: शनिबार, वैशाख ११, २०७८  ०९:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त
सम्बन्धित सामग्री
एक साताको अवधिमा ५२ जनामा कोराना संक्रमण पुष्टि इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी) को आँकडा अनुसार गएको हप्ता पाँच प्रदेशमा कोभिड–१९ सङ्क्रमणको केस भेटिएको छ । बिहीबार, असार २६, २०८२
नेपालमा भेटियो कोरोनाका दुई नयाँ भेरियन्ट: ‘केपी वान’ र ‘केपी टु’ राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले र्‍याण्डम स्याम्पलिङ विधिबाट केही महिनायताको कोरोना पोजेटिभ आएका ४० नमूनाको जिन सिक्वेन्सिङ गर्दा... शुक्रबार, जेठ ११, २०८१
कोरोना परीक्षणको दैनिक प्रतिवेदन पठाउन सरकारको निर्देशन  कोरोना भाइरस (कोभिड १९)को नयाँ भेरियन्टका संक्रमितहरु भेटिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस परीक्षणको प्रतिवेदन द... बुधबार, पुस २५, २०८०
ताजा समाचारसबै
भोटेकोशी बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल सञ्चालनमा शुक्रबार, असोज ३०, २०८३
खगेन्द्र सुनार प्रकरणमा सरकारको जवाफ : ‘आवश्यक प्रक्रियाअनुसार अनुसन्धान हुन्छ’ शुक्रबार, असोज ३०, २०८३
नेपालमा भारतले पठायो सचिवस्तरका कूटनीतिज्ञ दलेला, राजदूतमा नियुक्त शुक्रबार, असोज ३०, २०८३
कांग्रेस सभापतिमा निर्वाचित गगन थापाको शपथ तथा पदबहाली फूलपातीको दिन गरिँदै शुक्रबार, असोज ३०, २०८३
स्वीकृतिबिनै इन्टरनेट प्याकेज र शुल्क लागू गर्ने सेवा प्रदायकलाई ५० हजार जरिवाना शुक्रबार, असोज ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
खगेन्द्र सुनारले दिए पार्टीलाई जवाफ, के छ अनुशासन आयोगलाई पठाइएको पत्रमा ? बिहीबार, असोज २९, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारको कति मत? बिहीबार, असोज २९, २०८३
न्यायाधीश बम हत्याका फरार प्रतिवादी थापा पक्राउ, दुई पेस्तोल र १५ राउन्ड गोली बरामद बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्