• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज १४, २०८३ Wed, Sep 30, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अनुसन्धान

धर्मशालाका वृद्धलाई ‘जग्गाधनी’ बनाएर ८ करोडको जग्गा कब्जा

जनप्रतिनिधि र मालपोत अधिकृत नै मतियार
64x64
नारायण अधिकारी बिहीबार, वैशाख ९, २०७८  १७:३२
1140x725

काठमाडौं- जननिर्वाचित वडाध्यक्षदेखि मालपोत अधिकृतसम्मको मिलेमतोमा नक्कली जग्गाधनी खडा गरेर जग्गा किनबेच भएको पाइएको छ।अदालतदेखि मालपोत कार्यालय र वडा कार्यालयसम्मका व्यक्तिलाई प्रभावमा पारेर भूमाफियाले झापाको बिर्तामोड नगरपालिका-१ स्थित अदुवा पुल नजिकको जग्गा हत्याएका पाइएको हो।  यो प्रकरणमा संलग्नमध्ये अहिलेसम्म १० जनालाई प्रहरीले पक्राउ गरेको छ। अझै आधा दर्जन व्यक्ति फरार छन्।

टुंगबहादुर बस्नेतको कित्ता नम्बर ४१८३ को १ कट्ठा १३.७५ धुर जग्गा बिर्तामोड-१ को पूर्व-पश्चिम राजमार्गमा जोडिएको थियो। जग्गाधनी टुंगबहादुरको निधन भयो। उनको निधन भएको सुइँको भूमाफियाको गिरोहले थाहा पाइसकेको थियो।

त्यसपछि माफियाको गिरोहले संगठित योजना बनाई चलनचल्तीको हालको भाउले करिब ८ करोड मूल्य बराबरको यो जग्गा हत्याउने योजना बनायो। विगत तीन वर्षदेखि योजना बनाएर भूमाफियाको समूह यो जग्गा हत्याउन सफल भएको जिल्ला प्रहरी कार्यालय झापाका एसपी सानुराम भट्टराई बताउँछन्। 

मृत्यु भइसकेका टुंगबहादुरको नागरिकतामा भएको विवरण समावेश गरी भूमाफियाले नक्कली टुंगबहादुर खडा गरे। नक्कली टुंगबहादुर खडा गरेर नक्कली नागरिकता बनाउन सफल भएपछि यो समूहले गत भदौ २८ गते काठमाडौं जिल्ला अदालतबाट झापा बाह्रदशी गाउँपालिका-३ घर भइ हाल बिर्तामोड नगरपालिका-२ चैतबारी बस्ने मंगलसिंह राजवंशीका नाममा वारिसनामा बनाउन सफल भयो।

अब यो जग्गा मंगलसिंहले बेच्न मिल्ने भूमाफियाले बनाइसकेका थिए। भूमाफियाको समूहले मंगलसिंहको वारिसनामामार्फत् झापाको बिर्तामोड नगरपालिका-४ बस्ने रञ्जु राईको नाममा गत माघ २१ गते राजीनामा पास गरी यो जग्गा हत्याएको  अनुसन्धानबाट खुलेको छ। 

टुंगबहादुरको मृत्यु भएपनि उनको परिवारका सदस्यले आफ्नो जग्गा अर्कैको नाममा ल्याइसकको थाहा पाएपछि इलाका प्रहरी कार्यालय अनारमणीमा यसबारे उजुरी गरेका थिए। त्यसपछि अनुसन्धानमा खटिएको प्रहरीले उक्त प्रकरणमा मालपोत अधिकृतदेखि वडाध्यक्षसम्मको संलग्नता भएको तथ्य फेला पार्‍यो। 

यो प्रकरणमा संलग्न १० जनालाई प्रहरीले विभिन्न ठाउँबाट पक्राउ गरेको छ। उनीहरुलाई ठगी, सरकारी छाप दस्तखत किर्ते, आपराधिक लाभ तथा संगठित अपराधमा म्याद लिइ अनुसन्धान गरी रहेको छ। उनीहरुमध्ये अधिकांश जग्गाको कारोबारमा संलग्न रहेका पाइएको छ।

 

Ncell 2
Ncell 2
nimb
nimb

विद्युत प्राधिकरणदेखि नापी कार्यालयसम्मका कर्मचारी पक्राउ 

यो प्रकरणमा संलग्न भएको आरोपमा अहिलेसम्म १० जना पक्राउ परेका छन्। झापाको बाह्रदशी गाउँपालिका-३ का ३९ वर्षीय मंगलसिंह राजवंशी, नापी कार्यालयका पूर्वकर्मचारी तथा नमस्ते होटल चन्द्रगढीका सञ्चालक भद्रपुर-७ का ५२ वर्षीय नवीन कोइराला, बाह्रदशी-५ कै जग्गा कारोबारी ५० वर्षीय लिलाधर राजवंशी, तिवारीभन्ज्याङ-२ भोजपुरका ३७ वर्षीय सुशील भनिने बलराम विश्वकर्मा पक्राउ परेका छन्। 

शिवसताक्षी नगरपालिका-८ का नेपाल विद्युत प्राधिकरण फिक्कल शाखाका कर्मचारी ४२ वर्षीय भुपवेद कटुवाल, बिर्तामोडमा ट्रयाक्टर सोरुम सञ्चालन गर्ने तथा जग्गाको कारोबार गर्ने झापाको अर्जुनधारा नगरपालिका-५ का ५३ वर्षीय लेखनाथ खनाल पनि अहिले प्रहरी हिरासतमा छन्। 

त्यस्तै, दोभान कन्स्ट्रक्सन कम्पनी बिर्तामोडका सञ्चालक ३४ वर्षीय मिलन भनिने गोविन्द वान्तवा, बिर्तामोड-१० का ७१ वर्षीय देवीप्रसाद पाण्डे, बिर्तामोड-४ की ३३ वर्षीया रञ्जु राई, उर्लाबारी-४ मोरङका ४८ वर्षीय राजन विश्वकर्मा पक्राउ परेका छन्।

Xtrem

Xtrem

 

धर्मशालामा बसेका वृद्धलाई यसरी बनाइयो नक्कली जग्गाधनी, कसको भूमिका के ?

जग्गा हत्याउने योजनाका योजनाकारमध्ये एक हुन् मंगलसिंह राजवंशी। मंगलसिंहले बलराम र लिलाधरसँगै गएर शुरुंगाको कोटीहोमा गइ धर्मशालामा बसोबास गर्ने वृद्धसम्मलाई ५ लाखको प्रलोभन देखाएर नक्कली जग्गाधनी टुंगबहादुर बस्नेत बन्न लगाएका थिए। यसबापत उनीहरुले वृद्ध देवीप्रसादलाई ५ लाख रुपैयाँ दिने प्रलोभन देखाएको पाइएको झापाका एसपी सानुराम भट्टराईले नेपाल लाइभलाई जानकारी दिए।

वृद्ध देवीप्रसादलाई टुंगबहादुर बनाएपछि उनको धर्मपुत्रको रुपमा मंगलसिंहले भूमिका खेलेका थिए। उनै नक्कली टुंगबहादुर बनेका वृद्ध देवीप्रसादबाट काठमाडौं जिल्ला अदालतबाट बिर्तामोडको उक्त जग्गाको अधिकृत वारिसनामा लिइ रञ्जु राईको नाममा मालपोत कार्यालय भद्रपुरबाट राजीनामा पास गराइएको थियो।

नापी कार्यालयका पूर्वकर्मचारी समेत रहेका नवीन कोइराला पनि जग्गा हत्याउने योजना निर्माण कार्यमा शुरुदेखि नै सहभागी भएका व्यक्ति हुन्। पूर्व-पश्चिम राजमार्गमा जोडिएको महँगो जग्गाको जग्गाधनी पत्ता लगाउनेदेखि उनको नागरिकताको विवरणसमेत इलामसम्म पुगेर ल्याउने उनै कोइराला भएको अनुसन्धाबाट खुलेको छ। भूमाफियाको गिरोहलाई सहयोग गरेबापत उनले गोविन्द बान्तवाबाट १४ लाख रुपैयाँ लिएको पाइएको एसपी भट्टराईले बताए।

लिधार राजवंशीले नै नक्कली टुंगबहादुर बनेका देवीप्रसाद पाण्डे बस्ने ठाउँ पत्ता लगाएर यीनै व्यक्ति उपयुक्त हुन्छन्, वृद्ध भएकाले सहजै विश्वासमा पनि पार्न सकिन्छ भनेर भूमिका खेलेका थिए।

देवीप्रसादलाई वारिसनामा बनाउन काठमाडौं जाने बेला मोटरसाइकलमा चढाएर चारपानेसम्म पुर्‍याउने काम लिलधारले गरेका पाइएको छ। त्यसपछि राजन विश्कर्माले चलाउने गरेको स्कर्पियोमा उनलाई चढाइएको थियो।

बलराम विश्वकर्मा पनि जग्गा हत्याउने प्रकरणका योजनाकार हुन्। उनले नक्कली टुंबहादुर बनेका देवीप्रसादलाई ५ लाख दिने प्रलोभनमा मंगलसिंह राजवंशी र झापाको गौरादह नगरपालिका-७ का वडाध्यक्ष बलराम खरेलमार्फत् काठमाडौंसम्मका लागि वारिसनामा बनाउने कार्यमा मुख्य भूमिका खेलेका थिए। वडाध्यक्ष खरेल भने अहिलेसम्म फरार छन्। उनै बलरामले भुपदेव कटुवालसँग मिलेर टुंगबहादुरको नागरिकतामा भएको विवरण समावेश गरी देवीप्रसाद पाण्डेको फोटो टाँस गरी नक्कली नागरिकता समेत बनाएका थिए।

जग्गा पास गर्ने बेलामा समेत उनी लिखत साक्षी बसेका थिए। मालपोत कार्यालयबाट जग्गा पास गर्नको लागि आवश्यक हुने घरबाटो सिफारिस, तिरो तिरेको रसिद, गौरादह-७ का वडाध्यक्ष बलराम खरेलसँग मिली कीर्ते गरी नक्कली डकुमेन्टहरु समेत उनैले बनाएका थिए। 

भुपदेव कटुवालले नक्कली नागरिकता बनाउनेदेखि जग्गा पास गर्ने बेलासम्म सहयोगी भूमिका निभाएको पाइएको छ। 

लेखनाथ खनालले दोभान कन्स्ट्रक्सन कम्पनीका संचालक गोबिन्द बान्तवालाई आफ्नो योजनामा सरिक गराउन सफल भएका थिए। यस कार्यको लागि आवश्यक पर्ने रकमको बन्दोबस्त गर्ने काममा मध्यस्थताको भूमिकामा रही गोबिन्द बान्तवाले गिरोहलाई पैसा समेत सहयोग गरेका पाइएको छ। 

उता गोविन्द वान्तवाले टुंगबहादुर बस्नेतको जग्गा मंगलसिंह राजवंशीको अधिकृत वारिसनामा मार्फत आफ्नी श्रीमती रञ्जुको नाममा पास गराएका थिए। 

वडाध्यक्षदेखि मालपोत अधिकृतसम्म फरार

नक्कली जग्गाधनी खडा गरेर जग्गा हत्याउने प्रकरणमा जोडिएका वडाध्यक्षदेखि मालपोत अधिकृतसम्म ६ जना फरार छन्। 

कीर्ते कागजात बनाउन सहयोगी भूमिका निभाउने वडाध्यक्ष बलराम खरेल, भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरका अधिकृत चेतन अधिकारी फरार छन्। उनै अधिकारीले बैंकिङ कारोबार लगायतका प्रक्रिया नपुग्दै राजीनामा पास गर्नको लागि लिखत पारित गरिदिएको अनुसन्धानबाट खुलेको छ।

त्यसैगरी भूमिसुधार तथा मालपोत कार्यालय भद्रपुरकै तत्कालीन नायव सुब्बा हरि तिवारी पनि फरार छन्। उनले टुंगबहादुरको जग्गधानी पूर्जामा भएको फोटो र नक्कली टुंगबहादुरको फोटो भएको धनीपूर्जा मिलेमतोमा रुजु नै नगरी मोठ भिडाउने काम गरेको झापा प्रहरीका प्रवक्ता राकेश थापाले बताए।

फरार रहेका अर्का पात्र हुन्, ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-७ का ५६ वर्षीय बेगप्रसाद कोइराला। काठमाडौं जिल्ला अदालतमा अधिकृत वारिसनामा कार्यमा साक्षी बस्ने खोटाङको हलेसी तुवाचुङ्ग नगरपालिका-११ का ३२ वर्षीय देवबहादुर विष्ट पनि फरार छन्। उनले कानुन व्यवसायीको बन्दोबस्त गर्ने कामका साथै लिखत साक्षी बसेका थिए।

भद्रपुर ७ का ५३ वर्षीय प्रकाश कार्की पनि फरार रहेका छन्। उनले     जग्गाधनी टुंगबहादुरको श्रेस्तामा कायम रहेका जग्गासम्बन्धी सूचना संकलन गरी गिरोहलाई दिने काम गरेका थिए।

प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८  १७:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
`सेटिङ´ दाबी गर्ने मल्ल पक्राउ, अडियोमा जोडिएका चौधरी किन पक्राउ परेनन्? मल्ल पक्राउ पर्नुअघि सार्वजनिक भएको एउटा अडियोले उनको नाम फेरि चर्चामा ल्याएको थियो। केही दिनअघि जनआस्थाले सार्वजनिक गरेको उक्त अडिय... सोमबार, असोज १२, २०८३
गरिमा चौधरी हत्याको अनुसन्धानमा कुनै कसर बाँकी राखेको छैन : नेपाल प्रहरी गरिमालाई न्याय दिलाउनुपर्ने माग गर्दै विभिन्न आन्दोलनहरु भइरहेको सन्दर्भमा प्रहरीले अनुसन्धानमा कुनै कसर बाँकी नराखेको जनाएको हो । शनिबार, भदौ ६, २०८३
आईजीपी र सांसद सुनारबीच किन चर्किदैछ विवाद ? विगत लामो समयदेखि अख्तियारले पोशाक खरिदमा भएको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा सोझै भ्रष्टाचार भएको भन्दा पनि घुमा... बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
देउवा पक्षले बिहीबारदेखि छुट्टै वडा अधिवेशन गर्दै बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्