• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

जसका विरही भाकामा टिकटक बनिरहेका छन्

64x64
पुष्पा थपलिया मंगलबार, वैशाख ७, २०७८  ०७:३६
1140x725

काठमाडाैं- संगीतको परख गर्न चाहनेहरु माझ मात्रै होइन, नृत्य र अभिनयको तीर्खा मेटाउनेहरुको प्रिय थलो टिकटक भएको छ। अभिनय पारखीमाझ दुईटा गीत हिट छन्, ‘हातैका पौंजाले’ र ‘सनिसार’।

शब्दमा पश्चिमी लवज समातेका यी दुई विरही भाकाका सर्जक र गायक एउटै हुन्, कुशल बेलबासे। पिरतीमा असफलता बेहोरेकाहरुको मनको व्यथा गीतमार्फत् प्रस्तुत गर्ने क्रममा ‘सनिसार’मा यस्ता शब्द छन्: 
केटा: लाकुरी छेउमा एक नाम्ले पैयाँ पैयाँमा चिल बस्यो
छोडेर गाकी उइ मेरी मैयाँ, मैयाँमा दिल बस्यो 
हो चरन, जमाना अनिसार, यै मायाले जलायो सनिसार 
केटीः यो पिरतीले तातेको छाति पानीले सेलाउँ छ र
फल्नाका छोरी बहुलाइ रे भन्छन्, बहुला’सी के लाउँछ र ? 

शब्दमा स्थानीय स्वाद
अर्घाखाँचीमा जन्मेहुर्केका गायले गीतमा त्यहीँ प्रचलित सनिसार (संसार), अनिसार (अनुसार)जस्ता स्थानीय लवजमा सुनिने थुप्रै शब्द प्रयोग गरेका छन्। अरु नेपालीभाषीले सुन्दा फरक लाग्ने स्थानीय शब्द यसअघि ‘हातैका पौंजाले’मा पनि प्रयोग गरेका थिए। हत्केला वा पञ्जालाई आफ्नै गाउँले लवजमा प्रस्तुत गर्दा रुचाएपछि अहिले पनि निरन्तरता दिए। 

लोकगीत भनेकै लोकको सुगन्धसहितको गीत हो। तर, अहिले लोक भनिएको गीत त्योभन्दा धेरै वर आइपुगेका बेला कुशलले प्रस्तुत गरेको कुशलता दर्शकस्रोताले रुचाएका छन्। 

उनलाई लाग्छ, ‘आफू जन्मेको माटो र त्यसको सुगन्धसँगै लडिबुडी खेल्न मन लाग्यो। त्यसैले त्यहाँ सुनेका शब्दहरु गीतमा प्रयोग गरें।’ कति शब्द सुने, अर्थ कसैलाई कहिल्यै सौध्ने मौका पाएनन्। जस्तो: चरन। त्यसको अर्थ के ? उनलाई थाहा छैन। तर, गाउँमा प्रयोग भएको उनले सुनेका हुन्। उनको अर्थ्याइ छ, ‘रैथाने शब्दहरुलाई त्यहीँको भावमा प्रस्तुत गर्ने क्रममा दिमागमा आएका शब्द गीतमा उतारें।’

समाजको आफ्नो शब्दकोष हुन्छ। त्यो वृहत नेपाली शब्दकोष भन्दा वृहत हुन्छ। उनलाई लाग्छ, ‘धेरै शब्दको अर्थ शब्दकोषमा खोजेर पाइँदैन। ती कहीँ प्रयोग हुँदा भाव बुझाइदिन्छन्।’ 

उनले भनेजस्तै धेरैले गीतको भाव बुझे। ‘आफ्नो गाउँका शब्द अरुले नबुझ्लान् कि?’ उनलाई यस्तो पनि लागेको हो। आफैंले सम्झाए, ‘देउडा बुझिन्छ त। गडवाली पनि ध्यान दिएर सुन्दा मीठै सुनिन्छ। ९ वटा शब्दमा ८ वटा बुझिन्छ भने एउटाको भाव झल्किन्छ।’

Ncell 2
Ncell 2
nimb
nimb

भोगेकै व्यथा, देखेकै कथा
गीत मन पर्नका लागि श्रवणीय संगीत र स्वर त हुनुपर्छ नै। विरही भाकामा त्यतिले पुग्दैन। शब्दमा पनि मनेको गहिराइमा पुग्ने वजन हुनुपर्छ। दुवै गीतमा प्रेमलाई संयोगान्त बनाउन नसक्ने दिलको भित्ता खलबल्याउने क्षमता राख्ने शब्द छन्। कतिले गीत सुनेर रुँदै उनलाई फोन गरेका छन्। 

केही दिनअघि एकजनाले उनलाई फोनमा भने, ‘कस्तो मेरै जीवनको कथा उतारिदिनुभयो। उनले रुन्चे स्वरमा थपे– तपाईंको फोटो राखेर छातिमा ट्याटु खोप्छु अनुमति दिनुहुन्छ?’

कलाकारको सवैभन्दा ठूलो सम्पत्ति प्रशंसक हो। सिर्जनाका कारण प्राप्त हुने यस्ता प्रशंसक सफलताका  मानक हुन्। त्यो फोनको आएको दिन कुशल निकै भावुक बने। उनलाई निकैबेर लागिरह्यो, ‘जीवनमा मैले जस्तै आँशु अरुको पनि बगेको रहेछ, मेरो जस्तै भावना अरुसँग पनि रहेछ।’ उनको एउटा प्रेमकहानी यिनै गीतको छेउछाउ हुँदै गुज्रेको छ। तर, त्यसलाई सार्वजनिक त उनी कहिल्यै गर्ने छैनन्। गुम्सिएका भावना यसैगरी गीतमार्फत् पोखिनेछन्। 

Xtrem

Xtrem

सम्झिदा अहिले पनि भावुकचाहिँ हुन्छन्। ‘वर्ग, जात र धर्मका नाममा प्रेम छुट्ने क्रम अहिले पनि चलिरहेकै छ। मैले पनि एक समय समाज वा परिवारलाई मनाउन सकिनँ होला,’ भावुक हुँदै यत्ति भने। पाँच वर्षको प्रेममा पूर्णविराम लागेपछि परेको चोट संगीतका रुपमा बाहिरिएको हो भनेर बुझ्न मुश्किल परेन। 

त्यो खराब संगत, यो कुशल संगीत
शब्दमा गहिराइ नाप्न उनले कति प्रेमजीवन यसैगरी टाढिएको देखिएका छन्। संगीतमा उनकै जीवनको संघर्षको केही हिस्सा मिसिएको छ। सफलताको यो खुड्किलोसम्म पुग्न उनले समयले दिएका थुप्रै चोट सहेका छन्। उन्नत जीवनको खोजमा झन् धेरै हन्डर खेपेका छन्। 

अर्घखाँचीमा १२ कक्षासम्मको पढाइ सक्काएर काठमाडौं आएका उनी ताहचल क्याम्पसमा भर्ना भए। पढाइ त एउटा बहाना थियो, चाहना त गायक बन्ने।  सँगै आफ्नो जीवन धान्नु त छँदै थियो। 

गाउने रहर पूरा हुने र गुजारा पनि चल्ने एकै थलो थियो दोहोरी साँझ। बानेश्वरमा रहेको एउटा दोहोरीमा उनको प्रवेश भयो। दोहोरी साँझ कति फेरिए, कति। तर, जीवनको लय खाश फेरिरहेको थिएन। यही क्रममा एउटा पात्र भेटियो दोहोरी साँझको ग्राहक टेबलमा। नियमित आइरहने। नियमित ग्राहकसँग उनको चिनजान भयो। ती ग्राहक किन विशेष थिए भने टिप्स नै चालिस हजारसम्म दिन्थे। 

उनलाई सम्झना छ, ‘दोहारीमा सय रुपैयाँ टिप्स पाउँदा खुशिले बुरुक्क उफ्रिने समय थियो। तीसदेखि चालिस हजारसम्म टिप्स पाउँदा खुशी नहुने कुरा नै भएन।’

ती मनकारी मान्छेसँग संगत गर्न मन लाग्यो उनलाई । ती  मान्छेले नजानेको केही छैन जस्तो लाग्थ्यो उनलाई । किनभने देशदुनियाँका कुरा मात्रै गर्ने होइन, भाषा नै २६ वटा जानेको भन्दै कुरा गर्थे। 

नियमित कुरा गर्ने क्रममा उनलाई दुःखबाट दूर लैजाने गफ दिए ती व्यक्तिले। ‘डेनमार्क जाने सल्लाह दिए, साथै सहयोग गर्ने बाचा पनि गरे। काम अंगुर टिप्ने मात्रै, बोकेर लाने पनि अर्कै आउँछ। पैसा महिनाको तीन लाख पाइन्छ,’ कुशललाई विश्वस्त तुल्याए। 

कुरा सुनेकै दिन उडिहालौं जस्तो भयो कुशललाई। त्यसका लागि खर्च १० ला रुपैयाँ लाग्ने हिसाव निकाले ती व्यक्तिले। वर्षमा ३६ लाख कमाइने भएपछि १० लाख तिर्न ठूलो समस्या ठानेनन् उनले। तर, जोहो कसरी गर्ने? प्रश्न स्वभाविक रुपमा आइलाग्यो।

त्यो डुबेको १० लाखको हिसाब मिलान गरे,  ‘६ लाख ऋण, दुई लाख कमाइ र दुई लाख फाइनान्सबाट निकालेर बुझाएँ। करिब ११ बर्षअघिको कुरा हो यो।’ ती मान्छेले कुशलका साथै त्यस्तै १० जना युवा जम्मा गरेका रहेछन्। हरेकसँग १० लाख रुपैयाँ लिएका उनले महेन्द्रनगर हुँदै भारत पुर्‍याइए। सुरुमा  पाँच तारे होटल बसाइयो। विस्तारै पैसा सकिँदै गएपछि हामीलाई सुकुम्बासी बस्तीमा पुर्‍ययो। 

‘पाँचतारे होटलदेखि नालीसम्म सुतायो त्यो मान्छेले,’ उनले सम्झिए,  ‘यसरी घरबाट विदेश हिँडेको ४ महिना बित्यो। त्यसपछि मलाई लाग्यो, पक्कै गडबड छ। अझै पैसा आउँछ भनेर म नेपाल फर्कें। मसँगै अरु केटाहरु पनि आए। नेपाल आएपछि अरुका आफन्तहरु आए र त्यो मानिसलाई पक्रेर पुलिसकोमा लगे।’

रुमालले गराएको एउटा दुर्घटना
अंगुरको बोटमा पैसा टिप्ने सपना यहीँ चकनाचुर भयो। संगतबाट धोका खाएका उनी संगीततिर डुब्न थाले। उही दोहोरीको रातविरात यात्रा जारी रह्यो।

यही क्रममा घटेको एउटा घट्नाले उनलाई अहिले पनि झसंग बनाउँछ। बालाजुको साइडमा भएको एउटा दोहोरीमा काम गर्थे। मोबाइलमा रिचार्ज सकिएकाले राति उनी बाहिर निस्के र किनेर फर्किदै थिए। बाइकमा आएको एकजनाले उनलाई जर्बजस्ति गरेर बाइकमा बसायो। कतै लैजान खोज्यो।

सुरुमा अकमकिएर पछाडि बसेका उनले केही पर पुगेपछि उसको कम्मरमा खुकुरी देखे। त्यसपछि उनको दिमागमा आफू अपहरणमा परेको महशुस भयो।  उनले बाइक अनकन्ट्रोल गराएर ढाले सडकमै। भएको ताकतले मुक्का प्रहार गरे। घाइते भएपछि प्रहरीलाई फोन गरेर पक्राए। 

उनी त्यसरी अपहरणमा पर्नुको कारण रहेछ, खल्तीको रुमाल। रातो रुमाल खल्तिमा राख्ने उनको बानी छ। त्यो रुमाल हेर्दा पैसाको बिटो जस्तो देखिएछ। नियमित पैसासहित हिँड्ने गरेको लागेको रहेछ, त्यो टोले गुण्डालाई।

बेदनाले भरिएका गीत सिर्जना गर्दैगर्दा, त्यसैमा संगीत भर्दै गर्दा जीवनमा घटेका यिनै घटना सम्झिन्छन्।  यसरी बनेका गीत धेरैको जीवनको साझा  कथा र व्यथा भइदिन्छन्। बनिदिन्छन् टिकटक। हेरिइन्छन् युट्युबमा। 

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८  ०७:३६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
पुष्पा थपलिया
थपलिया कला बिटमा रिपोर्टिङ गर्छिन्।
लेखकबाट थप
लोक गीतमा दुर्गेशले उब्जाएका प्रश्न
साउने हाइकमा जुका र झाडीसँग पौँठेजोरी [फोटोफिचर]
ठूलोबाट सानो पर्दामा झर्‍यो फिल्म, गुणस्तरको चिन्ता
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
दसैं यात्रामा मनपरी भाडा र भीड रोक्न सरकारलाई निर्देशन सोमबार, असोज १२, २०८३
नेशनल मेडिकल कलेजका चिकित्सकको आन्दोलनप्रति चिकित्सक संघको ध्यानाकर्षण, प्रधानमन्त्रीलाई पत्र सोमबार, असोज १२, २०८३
बाढीपहिरोका कारण कांग्रेस महाधिवेशनको मिति धकेलिँदै, १९ कि २१ गतेबाट गर्ने भन्नेमा छलफल सोमबार, असोज १२, २०८३
कांग्रेसको महाधिवेशनमा युवाको दबदबा, ४४ हजारले पाए पद र झण्डै एक लाख बने प्रतिस्पर्धी सोमबार, असोज १२, २०८३
खाद्य आयातको अनुमति मिलाइदिने भन्दै २८ लाख असुल, विभागका अधिकृतसहित चार जनाविरुद्ध मुद्दा सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ परेपछि बास्कोटाको प्रश्न– कतै सत्ताभित्रै खिचडी त पाकिरहेको छैन? आइतबार, असोज ११, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्