• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, फागुन ४, २०८२ Mon, Feb 16, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

सरकार-जसपा संवाद परिणामतर्फ : संविधान ‘रिभ्यू’ गर्न आयोग गठनको तयारी

रेशम चौधरी मुद्दामा ‘सर्वोच्चको फैसलाको सम्मान’ 
64x64
नेपाल लाइभ आइतबार, वैशाख ५, २०७८  १९:०५
1140x725

काठमाडौं- कुनै बेला केपी शर्मा ओलीका प्रमुख आलोचक रहेका जनता समाजवादी पार्टी (जसपा)का केही नेताहरू अहिले ओलीसँग निकट संवादमा छन्। त्यसबाट सिर्जित सुखद् सम्भावनाले हुनुपर्छ, जसपाका कतिपय नेताहरू ओलीको प्रशंसामै उत्रिन थालेका छन्। सार्वजनिक कार्यक्रमबाट ओलीलाई धन्यवाद दिन थालेका छन्। परिणामतः ओलीको सत्ता निरन्तरताको भरोसा नै यही पार्टी भइरहेको छ।

विगतमा मधेशकेन्द्रित दलका तर्फबाट उठाइएका मागहरूलाई सुन्न पनि नचाहेका प्रधानमन्त्री ओली अहिले आफ्नो सत्ता टिकाउनका लागि लचक भएका छन्। आफूसँग संवादमा रहेका जसपाको एक पक्षलाई उनले मागहरूको सम्बोधन हुन्छ भन्ने विश्वास दिलाएका छन्। जसबाट सरकारसँगको छलफल सहमति उन्मुख हुँदै गएको संवादमा संलग्न जसपा नेताहरूको दाबी छ।

विभिन्न समयका २२ वटा मुद्दामा जसपाका २१० जना कार्यकर्ता जोडिएका छन्। उनीहरूलाई लगाइएको मुद्दा फिर्ताको काम धेरै अगाडि बढिसकेको जसपाका नेता लक्ष्मणलाल कर्णले नेपाल लाइभलाई बताए। जिल्ला-जिल्लाबाट फाइल माग भइरहेको र प्रस्ताव अघि बढिरहेको उनले बताए।

'सरकारले कुनै पनि काम गर्दाखेरी संविधान र कानुनलाई हेर्नैपर्ने हुन्छ। त्यसलाई छाडेर सरकारले काम गर्दैन। मुद्दा फिर्ता लिने पनि सरकारको आफ्नो प्रक्रिया हुन्छ। त्यो प्रक्रिया अगाडि बढिसकेको छ', कर्णले भने, 'दुई/चार दिनमै मुद्दा फिर्ता हुन्छ। क्याबिनेटले तत्कालै गर्छ।'

संविधान संशोधन गर्न तीन वर्षे आयोग
जसपाको अर्को प्रमुख माग हो, संविधान संशोधन। २०७२ सालमा संविधान जारी हुनुअघि त्यसको प्रक्रियामा असन्तुष्टि जनाएका तत्कालीन मधेशकेन्द्रित दलहरूले संविधान घोषणापछि त्यसलाई संशोधन गर्नुपर्ने माग उठाउँदै आएका छन्। अहिले सरकार पक्षसँग संवाद चलिरहँदा पनि उसले ती माग उठाइरहेको छ। आयोग बनाएर अघि बढ्ने विषयमा दुई पक्षबीच मोटामोटी समझदारी भइसकेको छ। तर, त्यसको अन्तिम ढाँचा तयार भइसकेको छैन। सर्वोच्च अदालतको न्यायाधीशको अध्यक्षतामा आयोग गठन गर्ने र त्यसलाई तीन वर्ष समय दिने विषयमा छलफल अन्तिम चरणमा पुगेको कर्णले बताए।

'सरकारले संविधान रिभ्युका लागि तीन वर्ष समयावधि दिएर काम गर्नेगरी आयोग बनाएर अघि बढौं भन्ने प्रस्ताव राखेको छ। त्यसले संविधानमा जहाँजहाँ त्रुटीहरू छन्, त्यसलाई सच्याउन सिफारिस गर्नेछ। त्यस्तै, मधेश, थरुहट, जनजाति आन्दोलनले माग गरेका अधिकारहरू कहाँकहाँ पूर्ती गर्नुपर्ने हो, त्यसका सन्दर्भमा पनि सिफारिस गर्नेछ। अन्तिम समझदारीमा पुगेपछि मन्त्रिपरिषद्ले निर्णय गरेर आयोग बनाउँछ', उनले भने।

जसपाको अर्को माग लाल आयोगको प्रतिवेदन सार्वजनिकको विषयलाई भने यसपटक प्राथमिकतामा राखिएको छैन। मुद्दा फिर्ता र क्षतिपूर्ती जस्ता विषय अघि बढिसकेको स्थितिमा त्यो त्यति महत्वको विषय नरहने कर्णको भनाइ छ। बरु प्रतिवेदनको केही अंश मात्रै सार्वजनिक गर्ने समझदारी बनेको छ।

रेशम चौधरी मुद्दामा 'सर्वोच्चको फैसलाको सम्मान' 
जेलमा रहेका कैलालीबाट निर्वाचित प्रतिनिधि सभा सदस्य रेशम चौधरीको हकमा जसपा उनको अन्तिम फैसलालाई कुर्ने र सम्मान गर्ने निष्कर्षमा पुगेको छ। कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलबाट दोषी ठहर भएका चौधरीको मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ। उनी जेल जीवन बिताइरहेका छन्।

Ncell 2
Ncell 2

'सर्वोच्च अदातलले जे फैसला गर्छ, त्यसलाई सबैले मान्नुपर्छ। फैसला नभइकन सरकारले पनि केही गर्न सक्दैन। त्यसकारण हामीले प्रक्रियागत कामहरू छिटो होस्, फैसला छिटो होस् र जे फैसला आउँछ हामी मान्छौं भनेका छौं', कर्ण भन्छन्, 'जेसुकै होस्, अदालत अदालत हो। अदालतको फैसला मानिएन भने लोकतन्त्र त सकिइहाल्यो नि। बाँकी के रह्यो र?'

नागरिकता विधेयक अघि नबढ्दा साढे ५ लाखभन्दा बढी व्यक्तिहरू नागरिकताविहीन रहेको कर्णले बताए। त्यसैले आफूहरू त्यसलाई अघि बढाइहाल्नुपर्ने पक्षमा रहेको उनले बताए। शनिबार बालुवाटारमा बसेको सर्वदलीय बैठकमा पनि जसपाका नेताले यो विषयलाई प्राथमिकताका साथ उठाएका थिए।

त्यस्तै, सजाय भुक्तान गरिसकेका जसपा कार्यकर्तालाई क्षतिपूर्ति दिने र सजाय भोगिरहेकाहरूलाई माफी दिने विषयमा पनि समझदारी बनेको नेताहरूको भनाइ छ। त्यसका लागि कति क्षतिपूर्ती तिर्नुपर्छ, मुद्दाको स्थिति के छ, लगायतका विषयमा लगत तयार भइसकेको बताइएको छ।

सरकारसँगको छलफल निकै सकारात्मक भइरहेको कर्णले बताए। 'केही दिनमै निष्कर्ष आउला', उनले भने।

यसपटक लिखित सम्झौता गर्ने पक्षमा आफूहरू नरहेको कर्णले बताए। सरकारले गर्ने कामको आफूहरूले परिणाम हेर्ने बताए। सरकारमा जाने वा नजाने विषयमा पनि त्यसपछि नै निर्णय हुने उनले बताए। 

जसपासँग संवादमा रहेका ओलीनिकट नेता सुवास नेम्वाङले पनि वार्ता सकारात्मक रूपमा चलिरहेको बताए। उनले सहमति हुने सम्भावना पनि बढ्दै गएको बताए।

'वार्ता, छलफल चलिरहेको छ। सञ्चारमाध्यमले लेखिरहेका छन्। सहमतिको विकल्प छैन। आजै हुन्छ वा भोलि नै हुन्छ भनेर भन्न सक्दिनँ। छलफल सकारात्मक रूपमा अघि बढेको छ। यति भन्छु- सहमति हुने सम्भावना बढ्दै गएको छ', उनले भने।

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  १९:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी
सम्बन्धित सामग्री
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली अध्यक्ष ओलीले औद्योगिक क्षेत्र स्थापना, सामुदायिक भवन र रंगशाला निर्माण जस्ता विकास पहललाई पनि विभिन्न बाह्य र आन्तरिक शक्तिहरूले अव... सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी पूर्व मेयरसमेत रहेका साहले महानगरपालिकाको नेतृत्व गर्नु र प्रधानमन्त्री पदमा रहनु चुनौतीपूर्ण कार्य भएको उल्लेख गर्दै व्यवस्थापन प्र... सोमबार, फागुन ४, २०८२
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य भिडियो सन्देशमार्फत प्रस्तुत उक्त अवधारणामा सीमित नीतिगत सुधार र संस्थागत समन्वयबाटै उल्लेखनीय आर्थिक तथा रोजगारी परिणाम हासिल गर्न... सोमबार, फागुन ४, २०८२
ताजा समाचारसबै
म्यानमारलाई नेपालले दियो साढे तीन लाख डलर सोमबार, फागुन ४, २०८२
‘एक कार्यकाल पूरा गर्न चार पटक प्रधानमन्त्री हुनुपर्छ’ : ओली सोमबार, फागुन ४, २०८२
काठमाडौं महानगरमा अन्तर्राष्ट्रिय चलखेल हुने गरेको बालेनको दाबी सोमबार, फागुन ४, २०८२
अफगानिस्तानमा करिब २३ लाख नागरिकलाई मानविय सहयोग आवश्यक : युनिसेफ सोमबार, फागुन ४, २०८२
गगन थापाद्वारा पाँच वर्षे डिजिटल रूपान्तरण मार्गचित्र सार्वजनिक, ४ खर्ब आइटी निर्यात र २ लाख रोजगारी लक्ष्य सोमबार, फागुन ४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
गोली प्रहारबाट सर्लाही पूर्वाधार विकास कार्यालयका सब-इन्जिनियर प्रमोद यादवको मृत्यु सोमबार, फागुन ४, २०८२
सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, फागुन ४, २०८२
सुनको मूल्य बढ्यो आइतबार, फागुन ३, २०८२
टी–ट्वेन्टी विश्वकप क्रिकेटमा आज पनि तीन खेल हुँदै सोमबार, फागुन ४, २०८२
पशुपति क्षेत्रबाट उच्छृंखल गतिविधिमा संलग्न १३८ जना नियन्त्रणमा आइतबार, फागुन ३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
सुनचाँदीको मूल्य बढ्यो सोमबार, माघ २६, २०८२
बंगलादेश: बीएनपीले ल्यायो बहुमत, को हुन् नयाँ प्रधानमन्त्री बन्न लागेका तारिक रहमान ? शुक्रबार, फागुन १, २०८२
रवि लामिछानेको आज हुने चुनावलक्षित कार्यक्रममा नवलपरासी प्रशासनले लगायो रोक मंगलबार, माघ २७, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
अख्तियार प्रमुखसहित १० उच्च पदस्थलाई धम्क्याउने पाठकलाई ल्याइयो नेपाल बुधबार, माघ २८, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्