• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ १, २०८२ Thu, May 15, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार
ठेक्कामा बदनाम पप्पु कन्ष्ट्रक्सन : विशेषदेखि सर्वोच्चसम्म मुद्दैमुद्दा  शुक्रबार पप्पुका मालिक सुमित भ्रष्टाचार मुद्दामा सुटुक्क हाजिर हुँदै छुटे 
64x64
नेपाल लाइभ आइतबार, वैशाख ५, २०७८  ०९:३३
1140x725

काठमाडौं–विकास निर्माणको आयोजनामध्ये विशेषगरी पुल निर्माणमा बदनाम भएको पप्पु कन्ष्ट्रक्सनका मालिक सुमित रौनियार शुक्रवार ११ बजे विशेष अदालत हाजिर भए। २०७७ पुस १६ गते दर्ता भएको टेकुको पुल निर्माणको भ्रष्टाचार मुद्दामा उनी हाजिर भएका थिए। विशेष अदालतका अध्यक्ष प्रेमराज कार्की, शान्ति सिंह थापा र चन्द्रबहादुर सारुको इजलासले उनीसँग तीन घन्टा बयान लियो। बयानपछि भएको थुनछेक बहसले उनलाई २५ लाख धरौटीमा रिहा गर्ने आदेश गर्‍याे।

विशेषको आदेश अनुसार तोकिएको धरौटी बुझाएर उनी छुटे। यो उनको विशेषमा रहेको दोस्रो भ्रष्टाचार मुद्दा हो। यसअघि २०७५ सालमा उनीसहित निलम्वित सांसद एवं उनका पिता हरिनारायण रौनियारसहितले भ्रष्टाचार मुद्दा खेपेका थिए। उक्त समयमा  पनि उनीहरू दुवै धरौटीमा छुटेका थिए।

निर्वाचित सांसद भएपनि भ्रष्टाचार मुद्दामा कारण रौनियार निलम्वनमा परेका थिए। उक्त मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ। उक्त मुद्दा फैसला नहुँदा जनता समाजवादी दलले एक सांसद गुमाइरहेको छ। 

टेकुको पुल निर्माण गर्ने क्रममा भ्रष्टाचार भएको भन्दै तत्कालीन निमित्त आयोजना प्रमुखसहित ५ जनाविरुद्ध मुद्दा दायर भएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त प्रमुख बेलबहादुर नेपालीसमेत ५ जनाविरुद्ध १ करोड १४ लाख ७६ हजार रुपैयाँ बिगो कायम गरी २०७७ पुस १६ गते विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो। 

काठमाडौं दिगो सहरी यातायात आयोजनाअन्तर्गत काठमाडौंको टेकुमा निर्माण व्यवसायी जेडआइइसी–पप्पु जेभीद्वारा निर्माणाधीन पुल सम्झौता बमोजिमको सर्त र मापदण्ड, स्वीकृत डिजाइन तथा स्पेसिफिकेसन बमोजिम नभएको अख्तियारको आरोप पत्रमा उल्लेख छ। यो सांसद हरिनारायण रौनियारको कम्पनी विरुद्ध विशेषमा दर्ता भएको दोस्रो भ्रष्टाचार मुद्दा थियो। 

तत्कालीन आयोजना कार्यान्वयन इकाइका निमित्त आयोजना प्रमुख नेपालीले उक्त ठेक्काअन्तर्गतको कार्यसम्पादन जमानत नवीकरण नगरी म्याद सकिसकेको अवस्थामा समेत आयोजना इकाइका तर्फबाट आफैंले टिप्पणी उठाई ठेक्काको तेस्रो पटक लागि म्याद थप सिफारिस गरेको अख्तियारको आरोप पत्रमा उल्लेख छ।
सोही सिफारिसका आधारमा कार्यसम्पादन जमानत बराबरको हुने रकम फुकुवा हुन गई सरकारलाई हानिनोक्सानी हुन गएकाले उनीविरुद्ध १ करोड १४ लाख ७६ हजार बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार असुलउपर हुने माग दाबी गरिएको छ।

त्यस्तै, तत्कालीन लेखा अधिकृत नारायणबहादुर थापाले ठेक्काको म्याद थप गर्ने सिलसिलामा गलत टिप्पणी उठाई सिफारिस गरेको देखिएको र उनले उठाएको टिप्पणीका कारण सरकारलाई १ करोड १४ लाख ७६ हजार क्षति भएको अख्तियारको जिकिर छ। क्षति भएको उक्त रकम उसुल मागदाबी गरिएको हो।  

लेखापाल गिरिप्रसाद श्रेष्ठले ठेक्का तोड्ने र कालोसूचीमा राख्ने जस्तो महत्त्वपूर्ण कारबाहीको सुरु टिप्पणीमा १ करोड ७२ लाख १४ हजारको कार्यसम्पादन जमानतको रकम र सोको म्याद मात्र उल्लेख गरेको देखिएको तर सोही ठेक्काको कार्यसम्पादन जमानतको सम्बन्धमा भने केही उल्लेख नगरेको कारण उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार १ करोड १४ लाख ७६ हजार बिगो कायम गरी विशेष अदालतमा मुद्दा दायर भएको हो। 

Ncell 2
Ncell 2

त्यस्तै तत्कालीन लेखा अधिकृत श्यामबहादुर खत्रीले समेत कानुन बमोजिम कार्य नगरेकाले १ करोड १४ लाख ७६ हजार रुपैयाँ नै बिगो कायम गरी अख्तियारले मुद्दा दायर गरेको हो। 

जेडआइइसीका प्रतिनिधि जेन जुङयान र उक्त ठेक्काको अख्तियारनामा प्राप्त सुमित रौनियारसमेतले ठेक्का म्याद थप माग गर्दा कार्य सम्पादन जमानत नवीकरण गरी ल्याउनुपर्नेमा सोअनुसार नल्याई काम गरेकाले भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार उनीहरू दुवैलाई १ करोड १४ लाख ७६ हजार रुपैयाँ बराबरको बिगो तथा बिगोबमोजिमको जरिवानासमेत असुलउपर गर्न माग गरिएको छ।  यो ठेक्का प्राप्त गर्दाको समयमा रौनियार सांसद भएकाले निर्माण कम्पनी छोरा सुमितको नाममा गराएका थिए।

बबईमा पप्पुको बदमासी 

पप्पुले खेपेको पहिलो भ्रष्टाचार मुद्दा बबई नदीमा बनाएको कमसल पुल थियो। बर्दियाको गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने बबई पुल पप्पु कन्स्ट्रक्सनले बनाएको थियो। पुल गुणस्तरहीन बनाएको भन्दै सर्वत्र विरोध भएको थियो। गुणस्तरहीन भएको गुनासो आएपछि अख्तियारले अनुसन्धान थालेको थियो।

shivam cement

shivam cement

संघीय समाजवादी फोरमका प्रतिनिधिसभा सांसद हरिनारायण रौनियार पप्पु कन्स्ट्रक्सनका संस्थापक हुन्। उनी पर्सा क्षेत्र नम्बर ३ बाट निर्वाचित सांसद हुन्। मुद्दा दर्ता भएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परिसकेको छ।

पप्पु कन्स्ट्रक्सनबाट बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई पुल निर्माणमा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदादेखि नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।

आयोगबाट अनुसन्धान हुँदा डिभिजन सडक कार्यालय नेपालगन्ज र पप्पु कन्स्ट्रक्सन, पोखरियाबीच पुल निर्माणका लागि २०६८ असार २२ गते सम्झौता भएपछि बबई पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीबाट त्रुटि भएको अख्तियारको भनाइ छ।

गुणस्तर प्रमाणित नभईकन नै भुक्तानी सिफारिस गरेको, डिजाइन बमोजिम नभएको अख्तियारको दाबी थियो। डिजाइन बमोजिम निर्माण नगरेको तथा निर्माण भएकोमा समेत गुणस्तरहीन भएकाले लोड लिन नसकी पुल भास्सिएको प्रविधिक परीक्षण तथा विश्लेषणबाट समेत पुष्टि हुन आएको आरोपपत्रमा उल्लेख छ।

सर्वोच्च पुगेपनि सांसद पद फुकुवा गर्न असफल 

विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएपछि २०७५ असोज १९ गते संसद सचिवालयले निलम्वनमा राखेको थियो । यसरी निलम्वनमा राखेपछि उनले सांसद पद फुकवाका लागि धेरै प्रयास गरेका थिए । पार्टीभित्र  र राजनीतिक दलभित्र मिलाउने प्रयास गरेपनि त्यो असफल भएपछि उनी सर्वोच्चसम्म पुगेका थिए। पप्पु कन्ट्रक्सनका मालिकसमेत रहेका सांसद रौनियारको सांसद पद फुकुवाको आदेश जारी गर्न सर्वोच्च अदालतले रिट दायर गरेपनि यसमा सर्वोच्चले उनको पक्षमा आदेश जारी गर्न अस्वीकार गरेको थियो।

यो पनि पढ्नुहोस्

सांसद पद फुकुवा हुनुपर्ने माग गर्दै पप्पु कन्स्ट्रक्सनका अध्यक्ष रौनियार पुगे सर्वाेच्चबिहीबार, असोज २२, २०७७

सांसद पद फुकुवाका लागि रौनियारले दिएको निवेदनमाथि सुनुवाइ गर्दै  न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठको एकल इजलासले २०७७ असोज २२ मुद्दालाई अग्रााधिकार दिँदै कारण देखाउ आदेशमात्र जारी गरेको थियो। तर, सर्वोच्चले सांसद पद फुकुवा गर्ने अन्तरिम आदेश दुवै पक्षको छलफलपछि निर्णय दिने भन्दै अन्तरिम दिन अस्वीकार गरेको थियो। यो मुद्दा सर्वोच्चमा विचाराधीन छ। 

देशभरका पुल निर्माण अलपत्र पारेको पप्पुका अध्यक्षसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको थियो। २०७५ असोज १९ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध मुद्दा दायर गरेको थियो। मुद्दा दायर गरेलगत्तै उनी निलम्वनमा परेका थिए। करिब २ वर्ष निलम्वनमा परेपछि उनी सर्वोच्च आएका थिए। उनको निवेदनमा सर्वोच्चले रौनियारको पद निलम्बनमा राख्नुको कारण भने पेश गर्न सरकार, संघीय संसद र अख्तियारको नाममा कारण देखाऊ आदेश भने जारी गरेको थियो। 

 कालोसूची र मुद्दैमुद्दा 

पप्पुले आयोजना ठेक्का कुनै पनि रुपमा लिने तर काम नगर्ने गरेको भनी बदनामीका साथै पटकपटक सरकारी निकायले कालोसूचीमा पनि राख्ने गरेको छ। कालोसूचीमा राख्ने र फेरि खुल्ने अनि ठेक्का पाउने चक्र निरन्तर चलेको देखिन्छ। हालसम्म विशेष अदालतमा भ्रष्टाचारका दुई वटा मुद्दा दायर भएका छन् भने पप्पुले दर्जनौं आयोजनमा आफैले सर्वोच्चमा मुद्दा दायर गरेको छ। 

यो पनि पढ्नुहोस्

पप्पु कन्स्ट्रक्सनसहित ४ ठेकेदार कम्पनी कालोसूचीमाशनिबार, साउन १७, २०७७

ठेक्का नपरेकोदेखि सरकारी निकायले गरेका निर्णयलाई चुनौती दिँदै उसले सर्वोच्चमा पनि रिट दायर गरेको हो। पछिल्लो पटक सरकारले पप्पुलाई २०७७ पुस १७ गते कालो सूचीमा राखेको थियो। सार्वजनिक खरिद अनुगमन कार्यालयले २ वर्षका लागि कालोसूचीमा राखेको हो। 

कालोसूचीमा राखिएको अवधिभर यी ठेकेदार कम्पनीले सार्वजनिक निकायको कुनैपनि खरिद प्रक्रियामा भाग लिन पाउने छैनन्। पप्पु–नेपाल प्रगति जेभीले पुष्पलाल (मध्यपहाडी) राजमार्गमा काम गर्न नसकेपछि राजमार्ग योजना कार्यालय काभ्रेपलाञ्चोकले उक्त कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरिद अनुगमन कार्यालयलाई लेखिपठाएको थियो
 


 

प्रकाशित मिति: आइतबार, वैशाख ५, २०७८  ०९:३३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’
यस्ता छन् मन्त्रिपरिषद्का २ बैठकका ३० निर्णय (सूचीसहित)
दुई-चार दिनमै नयाँ गभर्नर पाउँछौं,अब तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरुङ
सम्बन्धित सामग्री
प्रतिनिधिमण्डलमार्फत् पुटिनलाई ओलीको आग्रह : रुसी सेनामा नेपालीलाई भर्ना नगरिदिनु प्रधानमन्त्री निवास, बालुुवाटारमा भएको भेटका अवसरमा नेपाल र रुसबीचको  मित्रवत सम्बन्धका विविध आयामबारे छलफल भएको छ। बिहीबार, जेठ १, २०८२
प्रतिनिधिसभामा दुई संसदीय समितिका प्रतिवेदन पेस बैठकमा अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति र कानुन, न्याय तथा मानव अधिकार समितिका वार्षिक प्रतिवेदन पेस भएका हुन्। बिहीबार, जेठ १, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन अख्तियारले टेरामक्स प्रकरणमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेसँगै उनी स्वत: निलम्बित भएका हुन्। बिहीबार, जेठ १, २०८२
ताजा समाचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ बिहीबार, जेठ १, २०८२
यस्ता छन् मन्त्रिपरिषद्का २ बैठकका ३० निर्णय (सूचीसहित) बिहीबार, जेठ १, २०८२
दुई-चार दिनमै नयाँ गभर्नर पाउँछौं,अब तलमाथि हुँदैन : सञ्चारमन्त्री गुरुङ बिहीबार, जेठ १, २०८२
संयुक्त लोकतान्त्रिक मोर्चाको सचिवालय गठन बिहीबार, जेठ १, २०८२
किर्ते गरी नक्कली कागजात बनाउने तीन जना पक्राउ बिहीबार, जेठ १, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
मोहन बस्नेतको सांसद् पद निलम्बन बिहीबार, जेठ १, २०८२
महिलाको हत्या गरी फरार भएका पन्त पक्राउ बुधबार, वैशाख ३१, २०८२
रविन्द्र मिश्रसहित इजलासमा उपस्थित हुन सर्वोच्चको आदेश बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
विश्वकप लिग २ : स्कटल्याण्डमा हुने सिरिजका लागि नेपाली टोलीको घोषणा, दीपेन्द्रलाई उपकप्तानको जिम्मेवारी शनिबार, वैशाख २७, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
भारत–पाकिस्तान ड्रोन र मिसाइल हानाहान पछि भारतले बन्द गर्‍यो दुई दर्जन बढि विमानस्थल शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले ३-४ सय ड्रोनमार्फत सैन्य पूर्वाधारलाई निशाना बनाएको भारतको दाबी शुक्रबार, वैशाख २६, २०८२
पाकिस्तानले घोषणा गर्यो भारतविरुद्ध अपरेशन ‘बुन्यान उल मर्सूस’ शनिबार, वैशाख २७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्