काठमाडौं- नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले काठमाडौंमा पनि समानान्तर जिल्ला कमिटी बनाएको छ। बुधबार बुद्धनगर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा समानान्तर कमिटी घोषणा गरिएको हो।
नेपाल र खनालसमेतको उपस्थितिमा समानान्तर कमिटी घोषणा गरिएको हो।
वसन्त मानन्धरको नेतृत्वमा जिल्ला कमिटी घोषणा गरिएको हो। मानन्धर बागमती प्रदेशसभाका सदस्य हुन्।
एमाले ब्युँतिएपछि अध्यक्ष केपी शर्मा ओलीले नेपाल-खनाल पक्षका नेताहरुलाई कारबाही गर्न थालेपछि उनीहरुले विभिन्न जिल्ला तथा भ्रातृ संगठनका कमिटीमा समानान्तर कमिटी घोषणा गर्दै आएका छन्।
ओली पक्षका काठमाडौं जिल्ला कमिटी अध्यक्षमा कृष्ण राई छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।