• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण, क्षेत्रीय शान्तिमा पुन: खतरा

64x64
रासस शनिबार, चैत १४, २०७७  १७:५८
1140x725

काठमाडाैं- उत्तर कोरियाले केही दिनको अन्तरालमा दुई पटक क्षेप्यास्त्र परीक्षण गरेर फेरि छिमेकी मुलुक र पश्चिमा जगतलाई झस्काएको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धहरुको स्वाभाविक रुपमा उल्लङ्घन गर्दैै उत्तर कोरियाले विकास गरेका यी क्षेप्यास्त्र नियन्त्रित र निकै उन्नत रहेको भनाई सार्वजनिक भएको छ।

एक वर्षको अवधिमा गरिएको यो पहिलो प्रक्षेपक (ब्यालिस्टिक) क्षेप्यास्त्र परीक्षण हो। अझ संयुक्तराज्य अमेरिकामा राष्ट्रपति जो बाइडेनले सपथ लिएपछि 'हामी यहाँ छौं' को शैलीमा उत्तर कोरियाले एकपछि अर्को क्षेप्यास्त्र परीक्षण गरेर आफूलाई नजरअन्दाज नगर्न साङ्केतिक चेतावनी पनि दिएको छ। बाइडेन प्रशासनले तत्कालै चेतावनी पनि दिएको छ, हामी कोरियाली द्वीप क्षेत्रमा उत्तर कोरियाले तनावको वातावरण सिर्जना गर्नेक्रम नरोके त्यसको उचित सम्बोधन गरिने छ।

उत्तर कोरिया मामिलालाई एक मुख्य कार्यसूची बनाएर बाइडेन प्रशासनका दुई प्रमुख व्यक्तिहरु अर्थात् विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिनले गत साता जापान र दक्षिण कोरियाको संयुक्त भ्रमण गरिसकेका छन्। यो उनीहरुको पहिलो विदेश भ्रमण पनि हो। चीनको बढ्दो सामरिक प्रभाव र उत्तर कोरिया मामिलालाई सम्बोधन गर्न अमेरिकाका परम्परागत गठबन्धनलाई अझ बलियो बनाउनेतर्फ यो भ्रमण केन्द्रित रहेको थियो।

यहीबीच दक्षिण कोरिया र अमेरिकी सेनाले सीमित किसिमको सिमुलेसन विधिबाट संयुक्त सैन्य अभ्यास पनि गरेका छन् भने दक्षिण कोरियामा अमेरिकाले गर्ने सैन्य खर्चको विषयमा पनि सहमति जुटेको छ। अर्थात् बाइडेन प्रशासनले उत्तर कोरिया मामिलामा वार्ता वा थप दबाब के गर्ने भन्ने स्पष्ट सन्देश नदिएसँगै उत्तर कोरियाले थप क्षेप्यास्त्र परीक्षण र आधुनिक हातहतियार देखाउन थालेको छ। यद्यपी न्यूयोर्क टाइम्सका पत्रकार चो साङ–हुनले अमेरिकाले आणविक अस्त्र कार्यक्रम त्याग्न उत्तर कोरियामाथि प्रतिबन्ध र संवादका दुबै प्रयत्नलाई निरन्तरता दिन सक्ने बताएका छन्। 

उत्तर कोरियाका हतियार विकास प्रमुख रि प्योङ–चोलले शनिबार 'संयुक्तराज्य अमेरिकाले आफ्नो मुलुकमाथि सम्भावित परिणामको बेवास्ता गर्दै मूर्खतापूर्ण टिप्पणी गरिरहे त्यसको परिणाम भिन्न हुने चेतावनी' दिएका छन्। उत्तर कोरियाली अधिकारीबाट आएको यो चेतावनी नयाँ र नौलो भने होइन। दक्षिण कोरिया र अमेरिकाबीचको संयुक्त सैन्य अभ्यासको पूर्वसन्ध्यामा उत्तर कोरियाली नेता किम जङ–अनकी बहिनी किम यो–जोङले आणविक अस्त्रको विषयमा 'दुर्गन्ध नफैल्याउन' अमेरिकालाई चेतावनी दिएका थिए। 

चेतावनीले केही भएन

उत्तर कोरिया र संयुक्तराज्य अमेरिका एवं दक्षिण कोरियाबीच भएका धाकधम्की, प्रतिबन्ध र एक्ल्याउने जस्ता वर्षौंदेखिका कुनै पनि नीतिहरु सफल भएका देखिन्नन्। बरु, देशभित्र उत्पन्न आर्थिक, भोकमरि, बेरोजगारी समेतका अनेक चुनौतीबीच उत्तर कोरियाले नेता किम जङ–अनको नेतृत्वमा अझ बढी शक्तिशाली, आधुनिक र समुन्नत क्षेप्यास्त्र प्रणाली तिब्र गतिमा विकास र विस्तार गरिरहेको छ।

अन्तर महादेशीय क्षेप्यास्त्र प्रणाली विकास गरेर सफल परीक्षण गरेको दाबी गरेलगत्तै यसबाट संयुक्तराज्य अमेरिका र छिमेकी मुलुकहरु खासगरी दक्षिण कोरिया र जापानमा ठूलै तनावको वातावरण सिर्जना गरेको छ। यी क्षेप्यास्त्रले आणविक हातहतियार बोक्न सक्ने र निश्चित विन्दुमा अचूक निशाना लगाउन सक्ने उत्तरको दाबी छ। 

Ncell 2
Ncell 2
nimb
nimb

न्यूयोर्क टाइम्स अखबारका अनुसार, उत्तर कोरियाले सन् २००६ देखि २०१७ को बीचका झण्डै ११ वर्षको अवधिमा छ पटक आणविक परीक्षण सफलतापूर्वक सम्पन्न गरिसकेको छ। यीमध्ये पछिल्ला चार वटा परीक्षण नेता किम जङ–अनकै शासनकालमा भएका छन्। सन् २०१७ को सेप्टेम्बरमा अन्तिम पटक आणविक परीक्षण गरिएको र यो सर्वाधिक शक्तिशाली रहेको अनुमान गरिएको थियो। वैज्ञानिक अनुसन्धानमा यस पटकको परीक्षणमा ५० देखि ३०० किलोटनको बिस्फोटक क्षमता थियो। अर्थात् १०० किलोटन बिस्फोटकको क्षमता हिरोशिमामा सन् १९४५ मा खसालिएको आणविक बमभन्दा छ गुणा बढी शक्तिशाली मानिन्छ।

आम्र्स कन्ट्रोल एसोसिएसनका अनुसार, सन् २०२० जनवरीसम्ममा उत्तर कोरियासँग ३० देखि ४० वटा आणविक 'वारहेड' थिए र आफ्ना आणविक केन्द्रबाट वर्षमा छ वा सात वटा बम निर्माण गर्न सक्ने क्षमता थियो। तर आणविक हातहतियारमा मात्र केन्द्रित भएको विश्व जगतले उत्तर कोरियासँग रासायनिक र जैविक हतियार बनाउन आवश्यक पर्ने एजेन्टको ठूलो भण्डार गरिसकेको कुरालाई बेवास्ता गरिरहेका छन्।

उत्तर कोरियाले आणविक, रासायनिक र जैविक हतियारहरु विकास र भण्डार मात्र गरिरहेको छैन। यसले लामो दूरीसम्म निशाना लगाउन सक्ने क्षेप्यास्त्रहरु विकास गरेर आफ्नो क्षमता देखाइरहेको छ। सन् २०१७ मा उत्तर कोरियाले गरेको एउटा परीक्षणले विश्वलाई नै सोचमग्न बनाएको थियो।

त्यस वर्ष परीक्षण गरिएको मध्यम क्षमताको ब्यालिस्टिक क्षेप्यास्त्र जापानको आकाशमा उडेको थियो भने यसले अमेरिकाको सामरिक महत्वको स्थान गुआमलाई सहजै लक्षित गर्न सक्ने बताइएको थियो। त्यसै वर्ष उत्तरले ह्वासाङ शृंखलाका अन्तर महादेशीय क्षेप्यास्त्रहरुको परीक्षण गरेको थियो। उत्तर कोरियाली नेता किमले आफूहरुले अब संयुक्तराज्य अमेरिकासम्म आणविक हतियार प्रहार गर्न सक्ने क्षमता विकास गरेको दाबी गरेका थिए। 

Xtrem

Xtrem

तर सन् २०१७ देखि एकाएक उत्तर कोरियाली नेता किमले लामो दूरीका क्षेप्यास्त्र परीक्षण रोकेर तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग वार्तामा बसे। दुई नेताबीच सिंगापुर र भियतनाममा वार्ता भए पनि ठोस प्रगति हुन सकेन।

उत्तर कोरियाले भित्रभित्रै नयाँ, आधुनिक र शक्तिशाली क्षेप्यास्त्र र अस्त्रहरु निर्माण गरेको अमेरिकी आरोप थियो। अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनका अनुसार, अमेरिकी राष्ट्रपति बाइडेनले शपथको तयारी गरिरहेकै अवस्थामा गत जनवरीमा किमले आणविक हतियार निर्माणको विस्तृत योजना बनाएको घोषणा गरेका थिए जसमा 'बहु वारहेड' आणविक क्षेप्यास्त्र, 'हाइपरसोनिक' क्षेप्यास्त्र, जमिन र पनडुब्बीबाट प्रहार गर्नसक्ने अन्तर महादेशीय क्षेप्यास्त्र र अतिआधुनिक आणविक अस्त्र समावेश थिए।    

जनवरीमै आयोजित पार्टी कंग्रेसको बैठकमा नेता किमले कुटनीतिक प्रयासलाई हतियार कार्यक्रमले कहिल्यै बाधा नगर्ने बताएका थिए, तर यसका लागि उनको भनाइमा यस्तो कुटनीतिक प्रयास 'सफल हुने प्रत्याभूति' जरुरी हुन्छ। केसिएनएका अनुसार, नेता किमले अमेरिकी प्रशासनले आफूहरुलाई चित्तबुझ्दो प्रस्ताव अघि नसारे वार्ता र संवादमा आफूहरु सहभागी नहुने बताएका थिए। विज्ञहरुका अनुसार, पछिल्ला परीक्षणहरुले किमको त्यही प्रतिबद्धतालाई प्रतिबिम्बित गरेका छन्।

सियोलस्थित उत्तर कोरियाली अध्ययन प्रतिष्ठानका प्राध्यापक किम डोङ–युब उत्तर कोरियाले बाइडेन प्रशासनसमक्ष आफ्ना तर्फबाट शुरुमै कुनै प्रस्ताव वा कुनै कार्यक्रम रोक्नेजस्ता योजना अघि बढाउने सम्भावना नदेखिएको बताउँछन्। हो, उत्तर कोरियाली मामिलामा उत्पन्न गतिरोधको समाधान वार्ता बाहेक अर्को देखिन्न, तर त्यसको पूर्वशर्तका रुपमा आफूमाथि लागेको आर्थिक प्रतिबन्ध फुकुवा गर्ने उत्तर कोरियाली आग्रहलाई सम्बोधन गर्न सकिए गतिरोध अन्त्यमा केही सहयोग पुग्ने विश्वास गर्न सकिन्छ।

उत्तर कोरियालाई विश्वबाट एक्ल्याउने वा आर्थिक प्रतिबन्धहरुको जालोमा पारिराख्नेजस्ता पुराना शैली आजको परिवर्तित विश्वमा असफल भइसकेको अवस्थामा एक पटक उत्तर कोरियालाई पनि शंकाको लाभ दिनु नै बुद्धिमानी हुनेछ।   

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  १७:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
शिक्षकलाई सवारी किन्न सरकारले ब्याज तिरिदिने, मावि प्रथमलाई ५० लाख र द्वितीयलाई ४० लाखसम्म शुक्रबार, असोज २३, २०८३
गगनले मतदातालाई भने– मेरो नाम जोडिएका उम्मेदवारको सूचीबाट भ्रममा नपरौं शुक्रबार, असोज २३, २०८३
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा शुक्रबार, असोज २३, २०८३
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६८२ जनालाई कारबाही शुक्रबार, असोज २३, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५७ जनाको शव फेला शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
साउदीका दुई विमानस्थलमा आक्रमण, तीन जनाको मृत्यु बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्