• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ २३, २०८३ Sat, Jun 6, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

पेलेरै जाने रणनीतिमा ओली, के गर्छन् माधव नेपाल?

64x64
वीरेन्द्र ओली शुक्रबार, चैत १३, २०७७  २२:३२
1140x725

काठमाडौं- नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली पार्टीकै वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल पक्षलाई पेलेरै अघि बढ्ने ‘मूड’मा पुगेका छन्। शुक्रबार बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा वरिष्ठ नेता खनालसहित घनश्याम भूसाल, योगेश भट्टराई, गोकर्ण विष्ट लगायत नेताहरूले पार्टीका सम्पूर्ण विवाद अन्त्य गर्न २०७५ जेठ २ मा फर्किन अनुरोध गरेका थिए। तर, उनीहरूले राखेको मागलाई ठाडै अस्विकार गर्दै ओलीले पुनर्विचार गर्न नसकिने अडान दोहोर्‍याएका छन्।

पार्टीमा नेपाल–खनाल पक्षले राखेका माग सम्बोधन नगर्ने र उनीहरूलाई पेलेरै जाने रणनीतिमा ओली पुगेका छन्। सहमतिका लागि नेपाल–खनाल पक्ष लचिलो भएपनि त्यसलाई ओली पक्षले कुनै परवाह नगरी एक्लै अघि बढ्न खोजेपछि एमाले अब एक ढिक्का हुने सम्भावना क्षीण हुँदै गएको छ। ओली पक्षबाट आफूहरुलाई हुने व्यवहार हेरेर त्यसैअनुसार रणनीति बनाएर अघि बढ्ने नेपाल–खनाल पक्षका स्थायी कमिटी सदस्य रघुजी पन्तले नेपाल लाइभलाई बताए। 

‘हामी संसदीय दलको बैठकमा सहभागी भएर आफ्ना कुरा राखेका छौं। एकताका लागि आफ्नो तर्फबाट अधिकतम भूमिका निर्वाह गर्‍यौं’, पन्तले भने, ‘अब अध्यक्षले कस्तो भूमिका खेल्नुहुन्छ त्यसैमा निर्भर हुन्छ। अध्यक्षले जस्तो एक्सन गर्नुहुन्छ त्यसैका आधारमा चल्नेछौं।’

नेपाल–खनाल पक्षलाई ओलीले पेलरै ठेगान लगाउने राणनीति बनाएपछि उनीहरूलाई एउटै पार्टीमा बस्न सकसपूर्ण हुने देखिएको छ। यसो हुँदा नेपाल–खनाल पक्षलाई नयाँ पार्टी बनाएर जाने वा माओवादी केन्द्रसँग एकता गरेर जाने विकल्प हुनेछ।

संसदीय दलको बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावल उपस्थित नभएपनि यो पक्षका प्रायः सांसदहरू उपस्थित भएका थिए। पार्टीमा देखिएका विवाद समाधानका लागि सहमतिको विन्दु फेला पर्ने उनीहरूको अपेक्षा थियो। तर, ओली आफ्नो अडानबाट टसमस नहुने संकेत देखाएपछि एमाले लगभग विभाजनको संघारमा पुगेको कतिपय नेताहरुको भनाई छ। कतिपय नेता/कार्यकर्ताले शुक्रबारको संसदीय दलको बैठकलाई 'अन्तिम बैठक'को रुपमा समेत व्याख्या गरेका छन्। 

नेपाल–खनाल पक्षको जोड- 'जेठ २ मै फर्कौं'
नेपाल–खनाल पक्षबाट नेतृत्व गर्दै बैठकमा पुगेका खनालले फागुन २८ गतेको निर्णय खारेज गर्न र त्यसयता संसदीय दल र केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय पुनर्विचार गर्न आग्रह गरेका थिए। बैठकको सुरुमै समय लिएर खनालले पार्टीको विधि र विधानअनुसार बैठक बोलाउन अध्यक्ष ओलीसँग आग्रह गरेको सांसद जीवनराम श्रेष्ठले बताए। 

बैठकमा खनालले केन्द्रीय कमिटीदेखि सबै बैठक बोलाउनुपर्नेे माग गरेका थिए। ‘हाम्रो भावना यो हो कि पार्टीलाई एकतावद्ध बनाएर लानुपर्छ। सरकारलाई पनि प्रभावकारी बनाउनुपर्छ’, खनालको भनाई उद्धृत गर्दै श्रेष्ठले भने, ‘सर्वोच्च अदालतको फागुन २३ को फैसला अनुसार पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किनु पर्छ।’ 

खनालले पार्टी पुनःस्थापना भएकाले सोही समयमा रहेका संरचनाहरू पहिला पुनःस्थापना हुनुपर्ने बताएका थिए। खनालले यो बीचमा भएका विधि र विधान बाहिरका कुरा खारेज हुनुपर्ने तर्क पेश गरेको श्रेष्ठले बताए। 

nimb
nimb
Ncell 2
Ncell 2

‘जेठ २ गते फर्कनुस्, हामी पार्टीमा फर्केर सक्रिय हुन तयार छौं’, खनालले भने, ‘संसदीय दलको विधान बनाएको कुरा मान्य छैन। नयाँ बनाउनुपर्छ। विधान बनाउने प्रक्रिया अनुसार बनाउनुपर्छ।’ 

खनालकै भनाइलाई साथ दिँदै योगेश भट्टराईले फागुन २३ गतेको अदालतको फैसलाले पूर्ववत् रुपमा पुरानै पार्टीमा रहनुपर्ने स्थिति बनाएपछि पार्टी र दल पनि त्यही अवस्थामा हुनुपर्ने बताए। 

‘फागुन २३ गतेको फैसलाबाट एमाले–माओवादी केन्द्र ब्युँताउनुपर्ने अवस्थामा पुग्यौं। संसदीय दल पूर्ववत् अवस्थामा अघि बढ्यो।  पार्टीका सम्पूर्ण कमिटीहरू जेठ २ गतेमा फर्किनुपर्छ भन्यौं', सञ्चारकर्मीसँग कुरा गर्दै भट्टराईले भने, ‘त्यहाँबाट पार्टीलाई नयाँ ढंगले एकतावद्ध गराएर लैजाऔँ। यसमा मुलुकको प्रधानमन्त्री हुनुको नाताले, पार्टी अध्यक्ष भएको नाताले तपाईंले पहलकदमी लिनुस् भन्यौं।’ 

हिजो अन्तरसंघर्षका बेला भएका तितामिठा कुरालाई बिर्सेर पार्टी एकतावद्ध बनाएर लैजानुपर्ने सुझाव राखेको भट्टराईले बताए। ‘अहिले परिस्थिति निकै खतरापूर्ण छ। चुनौतिपूर्ण छ। यो मुलुकले एमालेको एकता चाहेको छ। सिंगो वामपन्थी एकता चाहेको छ’, भट्टराईले बैठकमा राखेको  विषयमा व्याख्या गर्दै भने, ‘सरकारको स्थायीत्व खोजेको छ। त्यसका लागि पार्टी अध्यक्ष र प्रधानमन्त्री तपाईंले भूमिका खेलिदिनुस्।’

पार्टी निर्णयबाट पछाडि हट्न सकिँदैन, गुटगत ‘डिल’ गरिँदैन : ओली
संसदीय दलको बैठकमा नेपाल–खनाल पक्षका नेताहरूको धारणा सुनेपछि प्रधानमन्त्री ओलीले पार्टी निर्णयबाट पछाडि हट्न नसकिने र गुटगत ‘डिल’ नगर्ने चेतावनी दिए। आफूहरू फागुन २८ गते गरेको निर्णयबाट ‘ब्याक’ हुन नसकिने प्रष्ट पारे। 

ओलीले संसदीय दलको चैत ५ र ७ गतेको बैठकले गरेको निर्णयबाट समेत पछाडि हट्न नसकिने बताएको प्रमुख सचेतक विशाल भट्टराईले बताए। ‘प्रधानमन्त्रीज्यूले २८ गते गरेका निर्णयहरू, त्यसपछिका संसदीय दलका बैठकहरू चैत ५ र ७ गते भएका निर्णयबाट ब्याक हुन सकिँदैन भन्नुभयो’, भट्टराईले भने, ‘केही साथीहरू अनुपस्थित हुनुभयो। पार्टीले विधिसम्मत तरिकाले निर्णय गरेका कारणले गर्दा फिर्ता हुन सकिँदैन भन्नुभयो।’ 

संसदीय दलको विधान केन्द्रीय कमिटीले अनुमोदन गरिसकेकाले फिर्ता नहुने ओलीले बताएका थिए। ‘हामीले पारित गरेको जुन दलको विधान छ, त्यो केन्द्रीय कमिटीले अनुमोदन गरिसकेको छ। त्यो दलको विधान भइसकेको छ’, उनले भने, ‘समयक्रमसँगै परिमार्जन गर्न सकिन्छ। अपरिवर्तनीय र असंशोधनीय छैन। अहिले नै यो विधानमा तलमाथि गर्न सकिँदैन’, ओलीले भनेका थिए।  

एमालेमा गुट नै नभएको बताउँदै ओलीले अब पार्टी मात्रै भएको प्रष्ट पारे। ‘हाम्रो पार्टीमा समूहगत वा गुटगत तरिकाले कसैसँग ‘डिलिङ’ गर्दैनौं। एमालेमा गुटगत वा अन्य कुनै समूह छैन। यदि छ भने पार्टी मात्रै छ’, ओलीको भनाई उदृत गर्दै भट्टराईले भने, ‘व्यक्तिगत रुपमा प्रत्येकका आलोचनाहरू वा गुनासाहरू, पार्टीप्रतिका भनाइरू हमेसा सुन्न तयार छौं।’ अब संसदीय दलको बैठक समेत नियमित बस्ने ओलीले बैठकमा जानकारी गराए। 

नेपाल र रावलको स्पष्टीकरण 'कारबाहीको भागिदार'
ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावलको स्पष्टीकरण-पत्र कारबाहीयोग्य भएको बताए। उनीहरूको जवाफ चित्तबुझ्दो नभएको भन्दै ओलीले उल्टै दुवै नेता कारबाहीको भागिदार भएको बताए।

‘पार्टी विधान विपरीत काम गर्ने र सडकमा बसेर पार्टी अध्यक्ष हटाउने, दलको नेताबाट हटाउनेसम्म काम गर्नुभयो’, ओलीको भनाइ सुनाउँदै भट्टराईले भने, ‘हामीले कम्तीमा त्यति गरेनौं। २ जनाको स्पष्टीकरण आएको छ। यो स्पष्टीकरण नकारात्मक छ। त्यो कारबाहीको भागिदार छ।’

अब आउने दुई जनाको स्पष्टीकरणको जवाफ पार्टी एकता गर्ने कोणबाट आउने आफूले अपेक्षा गरेको ओलीले बताए। नेपालनिकट एक नेताले भने अब ओलीले चाल्ने कदमअनुसार नै आफ्नो रणनीति तय गरिने बताए।

प्रकाशित मिति: शुक्रबार, चैत १३, २०७७  २२:३२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
चुनौतीबीच जिम्मेवारी निर्वाह गर्न कानुन अधिकृतलाई मन्त्री गौतमको निर्देशन उनले सार्वजनिक नीति, कानुन निर्माण तथा संस्थागत निर्णय प्रक्रियामा कानुन समूहका जनशक्तिको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गरि... शुक्रबार, जेठ २२, २०८३
सीमा विषय कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्छ : रवि लामिछाने पाँच दिने भारत भ्रमण सकेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीसँग बोल्दै उनले सीमा समस्या संवेदनशील विषय भएकाले यसलाई कूटनी... शुक्रबार, जेठ २२, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा ५ दिने भ्रमण सकेर नयाँ दिल्लीबाट उनी आज केही समय अघि नेपाल आइपुगेको लामिछानेको सचिवालयले... शुक्रबार, जेठ २२, २०८३
ताजा समाचारसबै
पुटिनले अस्वीकार गरे जेलेन्स्कीको वार्ता प्रस्ताव शनिबार, जेठ २३, २०८३
नेपाल-पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड शनिबार, जेठ २३, २०८३
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले शनिबार, जेठ २३, २०८३
ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन शनिबार, जेठ २३, २०८३
रास्वपाका जिल्ला अधिवेशन आजदेखि सुरु हुँदै शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
निर्वाचन कानुन संशोधन मस्यौदा पुनः गृह मन्त्रालयमा पठाइयो, यस्तो छ पुर्णपाठ शुक्रबार, जेठ २२, २०८३
नेपालमा आधिकारिक रूपमा सुरु भयो उबरको सेवा शुक्रबार, जेठ २२, २०८३
आजदेखि नयाँ दिल्लीको सडकमा उत्रिँदै कक्रोच जनता पार्टी शनिबार, जेठ २३, २०८३
भारतको पाँच दिने भ्रमण सकेर रास्वपा सभापति लामिछाने नेपाल फर्किए शुक्रबार, जेठ २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सन्दीप, दीपेन्द्र र कुशल लंका प्रिमियर लिगमा अनुबन्धित सोमबार, जेठ १८, २०८३
टिकटकर तुलसा पुर्पक्षका लागि जेल चलान बिहीबार, जेठ २१, २०८३
अर्थमन्त्रीले पनि भने– सबैले इन्डक्सन चुलो बाल्ने र इलेक्ट्रिक गाडी चढ्ने हो भने देशभर विस्फोट हुन्छ आइतबार, जेठ १७, २०८३
नेकपा संयोजक प्रचण्ड अस्पताल भर्ना शनिबार, जेठ १६, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्