• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज २७, २०८३ Tue, Oct 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अन्तर्वार्ता

‘केपी ओलीलाई हाम्रो र हामीलाई केपी ओलीको सहयोग चाहिएको छ’ [अन्तर्वार्ता]

64x64
नेपाल लाइभ शनिबार, चैत १४, २०७७  ०९:४५
1140x725

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेकपा (माओवादी केन्द्र)ले दिएको समर्थन फिर्ता लिनसाथ सरकार ढल्ने निश्चित छ। माओवादीले समर्थन फिर्ता लिएमा प्रधानमन्त्रीले प्रतिनिधि सभामा ३० दिनभित्र विश्वासको मत लिनुपर्छ। यस्तो अंकगणितमा प्रतिनिधि सभाको चौंथो ठूलो दल, जनता समाजवादी पार्टी (जसपा) निर्णायक ठाउँमा छ। ओली सरकारको निरन्तरता वा नयाँ सरकार गठनका विषयमा जसपा नै निर्णायक देखिन्छ, यतिखेर। पछिल्लो समय जसपा यसबारे अनिर्णित बन्दा सरकार फेरबदलको विषय पनि ठप्प छ। जसपाले प्रधानमन्त्रीसँग गरिरहेको छलफल, सरकारमा जाने विषयमा त्यहाँभित्र भइरहेको विवाद र उठाएका मुद्दा-मागबारे जसपाका वरिष्ठ नेता राजेन्द्र महतोसँग नेपाल लाइभका लागि वीरेन्द्र ओली र लिलु डुम्रेले गरेको कुराकानीको सारसंक्षेप :

पछिल्लो समय दलहरूबीच संवाद रोकिएको छ। नेताहरूबीच भेटघाट र छलफल किन पातलियो? 
दलहरुबीच संवाद चलिरहेको छ। आवश्यकता अनुसार छलफल हुने हो। कुन दलले कोसँग आवश्यकता महशुस गर्छ, त्यसपछि संवाद हुने हो। अहिले पनि संवाद रोकिइहालेको छैन। हामीले कांग्रेस, एमाले, माओवादी सबै दलसँग भेटेर छलफल गर्‍याैं। र, प्रधानमन्त्रीलाई पनि भेट्यौं। जुन दललाई भेट्ने आवश्यकता हुन्छ, त्यो दलका नेताहरू गएर भेटिरहेका छन्।

तपाईंहरु पनि बालुवाटार गइरहनु भएको छ। त्यहाँ के पाक्दैछ?
अधिकार र पहिचानको मधेश, थरुहट आन्दोलन हुँदा सयौंलाई झुटा मुद्दा लगाइएको छ। कतिपय साथीहरु अझै जेलमा छन्। कतिलाई मुद्दा लगाएर तारेख धाइरहेका छन्। कतिपय लुकेर भाग्नु परेको छ। त्यो मुद्दामामिला सरकारले फिर्ता लिनुपर्‍यो। हामीले पहिलेदेखि भन्दै आएका छौं। त्यही सम्बन्धमा प्रधानमन्त्रीसँग भेटेर कुरा राखेको हो। त्यसका लागि कार्यदल समेत बनाएका छौं। दुईपक्षका कार्यदलले देशभर मधेश, थरुहट आन्दोलनमा कति जनालाई मुद्दा लगाइएको छ,  मुद्दाको अवस्था कस्तो छ, ती सबै मुद्दालाई राज्यले कसरी हेर्ने हो, सरकारले कसरी सम्बोधन गर्ने हो, भन्नेबारे तय गर्नका लागि पहिले छलफल गर्न हामीले प्रधानमन्त्रीलाई भेटेका हौं। 

तर, यो कार्यदलबारे तपाईंकै पार्टीका उपेन्द्र यादव र बाबुराम भट्टराईले पार्टीलाई थाहै छैन भनिरहनुभएको छ नि? 
हामीले कार्यदलमा अनौपचारिक रुपमा छलफल गरिरहेका छौं। संवाद एउटा निचोडमा पुगेपछि त्यसलाई औपचारिक रुप दिन्छौं। यो मुद्दा जसपा बन्नुभन्दा अघिदेखिको हो। यसको अरुभन्दा पीडा हामीले भोगेका छौं। पार्टीलाई थाहा नहुने भन्ने कुरा हुँदैन, सबैलाई थाहा छ। जब औपचारिक रुपमा निर्णय हुन्छ, त्यसपछि पार्टीलाई जानकारी भइहाल्छ।

उपेन्द्र यादव र बाबुराम भट्टराईले त ओली नेतृत्वको सरकारमा जानुहुन्न भनिरहनुभएको छ नि? तपाईंहरु भने यही सरकारमा जानेगरी छलफल चलाइरहनु भएको छ। एउटै पार्टीमा दुई धार किन? 
दुई धार मिडियाले बनाएको हो। पार्टीमा एउटै धार छ। मुख्य कुरा रेशम चौधरीको रिहाई, मधेश/थरुहट आन्दोलनमा मुद्दा लगाइएका तीन/चारसय जनाको मुद्दा फिर्ता हो। लाल आयोगको प्रतिवेदन सार्वजनिक र संविधान संशोधनको मुद्दा पनि छ। हाम्रो प्रमुख माग मुद्दाको सम्बोधन हो। सरकार र  सत्ता हाम्रो अजेण्डा बनिसकेको छैन।

तत्कालीन राजपाले संविधान संशोधन गर्ने शर्तमा ओली सरकारलाई समर्थन दिएको थियो। संशोधन प्रक्रिया अघि नबढाएपछि समर्थन फिर्ता लिएको थियो। समाजवादी पार्टी त सरकारबाटै अपमानपूर्वक निकालियो। यही सरकारले मुद्दा सम्बोधन गर्छ भन्ने तपाईंलाई लाग्छ? 
त्यो अपमान कति भयो, उपेन्द्रजीलाई सोध्नुहोला। हामीले त्यतिबेला पनि भनेका थियौं, माग पूरा गरेपछि मात्रै सरकारमा जानुस् है भनेर। मधेश आन्दोलनको मञ्चबाटै, सात दलको मोर्चाको कार्यक्रमबाटै त्यसो भनिएको हो। त्यहाँ उपेन्द्रजी पनि हुनुहुन्थ्यो। प्रधानमन्त्रीले सरकारमा आउन आह्वान गर्नुभएको थियो, त्यतिबेला राजपालाई पनि आह्वान गरिएको थियो। हामीले पहिला मुद्दा सम्बोधन गर्नुस्, त्यसपछि सरकारको कुरा गरौंला भन्यौं। त्यसपछि हामी सरकारमा गएनौं।

उपेन्द्रजीहरु दुईबुँदे सहमति गरेर सरकारमा जानुभयो। अखिरमा के पाउँनुभयो? जनताले के पाए? त्यो सबै हामीले हेरिरहेका छौं। त्यसकारण यो सरकार र सत्ताको कुरा होइन। हामीले तीन वर्ष पहिले भनेको कुरा नै उठाइरहेका छौं, कुनै नयाँ माग ल्याएका छैनौं। पछिल्लो पटक प्रधानमन्त्रीलाई त्यही भन्यौं। अहिले पनि त्यो मुद्दा सम्बोधन गरेको खोइ? भनेर सोध्दै छौं। यी सबै सवाल सम्बोधन नभएर सरकारमा जाने कुरा बेकार छ।

Ncell 2
Ncell 2
nimb
nimb

उपेन्द्रजी दुईबुँदे सहमति गरेर जसरी सरकारमा जानुभो, अब जसपाले त्यस्तो अपरिपक्व खेल खेल्दैन। मुद्दा सम्बोधन भएपछि मात्र सरकारलाई भित्रै गएर सहयोग गर्ने कि बाहिर बसेर समर्थन गर्ने भन्ने कुरा टुंगो लाग्छ। त्यो निर्णय पार्टीले गर्छ। त्यसैले अहिलेको सरकार र सत्तासमीकरणको खेलमा जसपा छैन। त्योभन्दा बाहिर छ।

तीन वर्ष पहिलेका केपी ओली र अहिलेका केपी ओलीमा के फरक पाउनुभो त? 
फरक छ नि। अहिले केपी ओलीकै अवस्था फरक छ भनेर हेर्नुभएको छैन? सत्ताको गणितको खेल भइरहेको छ। उहाँ (केपी ओली)लाई हामी आवश्यक भएका छौं। हामीलाई उनी (केपी ओली) आवश्यक भएको छ। दुवैलाई एकअर्काको सहयोग चाहिएको छ। त्यतिबेला त दुईतिहाइको सरकार थियो, हामीलाई के टेर्नू! अहिले सत्तासमीकरण कहाँ जाने हो टुंगो छैन। त्यसैले तीन वर्ष पहिलेका ओली र अहिलेका ओलीमा ठूलो फरक छ।

तीन वर्ष पहिले दुईतिहाइको प्रधानमन्त्री थिए, अहिले छैनन्। आज जसपाले कुनै निर्णय लिँदा अर्थपूर्ण हुने अवस्था छ। जसपाले कुनै निर्णय लिँदा अर्थ हुने भएकाले आज केपी ओलीलाई केही भन्नुको पनि अर्थ छ। त्यसैले हामीले राखेको कुरालाई गम्भीरतापूर्वक लिनुपर्छ। हामीसँगको भेटमा प्रधानमन्त्रीले झुटा मुद्दा फिर्ता लिन्छु, बन्दी रिहाईको विषयलाई गम्भीरतापूर्वक लिएको छु भन्नुभएको छ। 

तर, अहिलेसम्म झुटको खेती मात्र भयो। जहिल्यै गर्छु भन्ने, तर कहिल्यै नगर्ने भयो। अहिले पनि गर्छन् गर्दैनन् भन्ने केही ठेगान छैन। ओली दबाबमा भएकाले गर्न सक्छन् भन्ने हो। किनभने यसबेला हामी पनि काम लाग्ने भएका छौं के!

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

अरुले आन्दोलन गर्दा राजनीतिक आन्दोलन हुने, मधेशी र थारुले आन्दोलन गर्दा आपराधिक आन्दोलन हुने हो र? के हो त्यो भनेको? कसको शासनमा यस्तो हुन्छ? यो सबै नेपाली जनताको देश हो कि होइन? सबै नेपालीका लागि शासन हुनुपर्ने हो कि होइन? अरु हत्या गरेर आएकाहरु प्रधानमन्त्री बन्न हुने, मधेश र थरुहट आन्दोलन गर्नेहरु जेलमा बस्ने भन्ने पनि हुन्छ?  यो सबैको देश हुनुपर्‍यो, सबै समान हुनुपर्‍यो। यो सबै मुद्दा प्रधानमन्त्री आफैंले सम्बोधन गर्नुपर्ने हो कि होइन? यो नश्लवादी सोच र चिन्तन कहिलेसम्म? यस्तो मानसिकता कहिलेसम्म राख्ने? देश रसातलमा गइसक्यो, नेपाल सम्पन्न राष्ट्र हुनुपर्ने हो कि होइन? यहाँ कतिपय नारा लगाउँछन्- ‘समृद्ध नेपाल सुखी नेपाली’।  अनि हालत चाहिँ ‘दुःखी नेपाली विपन्न नेपाल’ को छ। यसको कारण के हो भनेर किन विश्लेषण हुँदैन? किनभने नेपाललाई सबै नेपालीको बनाइएन। यो देश हिमाल, पहाड र तराईमा बस्ने सबैको बनाइएन।

आन्दोलन मधेशी र थारुले मात्र गरेको हो? यो देशमा सबैले आन्दोलन गरेका छन्, तर एउटा समुदायलाई मात्र कारावास ठोक्ने? देशमा सातौं संविधान बने पनि जनताले पहिचान र अधिकार पाएका छैनन्। संविधान पटक-पटक परिवर्तन भयो तर, मानसिकता, विचार र व्यवहार परिवर्तन भएन।

तपाईंले प्रधानमन्त्री ओलीमा नश्लवादी चिन्तन छ भन्नुभयो। उहाँले संविधान नै कुल्चेर प्रतिनिधि सभा विघटन गर्नुभयो। यो सबै बुझ्दाबुझ्दै उहाँकै पक्षमा लागेर साथ दिन किन खोजिरहनुभएको छ त? 
त्यसो भए कहाँ जाने, अमेरिका जाने त? कोसँग कुरा गर्ने त? मोदीसँग कुरा गर्ने कि जो वाइडेनसँग? कि चीनका राष्ट्रपति सि चिनफिङसँग? आफ्नो देशको समस्याबारे आफ्नो देशको प्रधानमन्त्री र सरकारसँगै कुरा गर्ने न हो। मुख्य कुरा यिनीहरुको मानसिकतामा परिवर्तन हुन पर्‍यो के। नश्लवादी चिन्तन बोकेका कांग्रेस, एमाले र माओवादीको मानसिकतामा परिवर्तन हुन पर्‍यो। अहिले पनि देशको राजनीति यिनीहरुको हातमा न हो।

तपाईंहरुसँग अहिले सत्ताको चाबी छ। तपाईंहरुले चाहेअनुसार खोल्न सक्ने बेला छ नि?
त्यही त। जसले गर्छ, त्यसका लागि साँचो खुल्छ त भनिरहेका छौं नि। जुन तालाले काम गर्छ, उसैमा चाबी घुम्छ।

चाबी हातमा लिएर मात्र बस्ने कि, निकास दिनेतिर पनि लाग्ने?
केपी ओलीको ताला खोल्ने हो भने हाम्रा मागमा काम गर त भनिरहेकै छौं नि! जसले काम गर्छ, उसको ताला खुल्छ। जहाँ जनताको समस्या हल हुन्छ, त्यहीँ यो चाबी प्रयोग हुन्छ। पार्टीले उठाएका यावत कुरा जसले समाधान गर्छ, त्यसलाई हामीले सहयोग गर्ने हो। उधारोमा समर्थन गरेर केही हुनेवाला छैन। हाम्रा सवाल समाधान गर्नेले हामी सरकारमा रहेर/नरहेर दुवै तरिकाले समर्थन र सहयोग पाउन सक्छ।

तपाईंको पार्टीभित्रको एउटा पक्ष प्रधानमन्त्री ओलीको चर्को आलोचना गरिरहेको छ। पुस ५ गतेपछि प्रतिनिधि सभा विघटनविरुद्ध निरन्तर विरोधमा रहेकाले ओलीइतरको सरकारमा जसपाले बल गर्छ भन्ने थियो नि?
(लामो हाँसो) विकल्पका लागि कहाँ जाने? जसपाको अगाडि कांग्रेस, एमाले र माओवादी छन्। यी तिनवटै पार्टीले मधेशीमाथि गोली ठोकेर संविधान जारी गरेका हुन्। अन्तरिम संविधान भन्दा पनि पछि हटेर, पाएको अधिकार पनि खोसेर संविधान जारी गरेका हुन्। आदिवासी, जनजाति, थारु, मधेशीसँग गरेका सम्झौतालाई च्यातेर संविधान एकतर्फी जारी गरिएको हो। 

हामीसँग उस्तै व्यवहार गर्ने उही माओवादी, कांग्रेस, एमाले त हुन्। देशलाई रसातलमा पुर्‍याउने, ७ पटक संविधान बनाउने यिनीहरु नै हो। जनताको अधिकार र पहिचान नदिने यिनीहरु नै हो। जनतालाई गोली ठोक्ने पनि यिनीहरु नै हो। दूधले धोएको कुन छ र, सबै बराबर छन्।

एउटै डालोमा राख्ने काम उनीहरुले नै गरेका हुन्। पहिले यी तिनै दलले प्रतिगमन गरेका हुन्। प्रतिगमनमाथि प्रतिगमन ओलीले गरेको हामीले भन्यौं। दोहोरो प्रतिगमनलाई त हामी सबै मिलेर परास्त गर्‍यौं। अब त संविधान ट्रयाकमा आयो।

जो सरकारमा छ, उसैसँग कुरा गर्ने हो अब। अर्को सरकार आयो भने ऊसँग पनि कुरा गरौंला। हामी सरकार बनाउने काममा छैनौं भने जो सरकारमा आउँछ, उसैसँग कुरा गर्ने हो। अनुहार हेरेर आग्रह/पूर्वाग्रहमा कुरा गर्ने होइन। पुरानो रिसइबी साँध्ने होइन नि। हाम्रो काम अहिले पनि तिनै दल मिलेर गर्नुपर्छ।

सरकारबाट हुने काम ओलीबाट होला। संविधान संशोधनको काममा कांग्रेस र माओवादीले पनि गर्नुपर्छ। हिजो संविधान संशोधनका लागि कांग्रेस र माओवादी तयार थिए, ओली तयार थिएनन्। एमालेलाई तयार गरेपछि पहिलेदेखि तयार भएका उनीहरुलाई पनि साथमा लिएपछि संशोधन हुन्छ। दुश्मनलाई दुश्मन नै बनाएर राख्यो भने त्यसले काम गर्दैन। मुद्दा/मामिला सरकारले समाधान गर्न सक्छ। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने काम सरकारको हो। संशोधनलाई संसदमा टेबल गर्नसक्छ। संशोधनका लागि भने तीनै दल चाहिन्छ।

सरकार र सत्ताको हामीलाई मतलव छैन। हाम्रो सवालका लागि तीनै दलसँग कुरा गरिरहेका हौं। सरकार बनाउने टिकाउने उनीहरुको अजेण्डा होला, हाम्रो अजेण्डा होइन।

संविधान संशोधन हुने सम्भावना छैन भनिन्छ। अहिले तपाईंहरु प्रधानमन्त्रीतिर नजिकिनुको कारण चाहिँ सत्तामा भागबण्डा गर्न बलियो हिस्सेदारीका लागि भन्ने छ। त्यसो हो?
समस्या समाधान गर्नतिर अहिले पनि सोच, चिन्तन भएन के त? हामीले बनाएको सोच त नेपाल कसरी बनाउने भन्ने हो। तराजुबाट बढी लिने, कम लिने काम जसपाले गर्ने हो र? वैकल्पिक शक्ति निर्माणका लागि पार्टी खडा भएको हो। कांग्रेस, कम्युनिस्टको परीक्षण नेपालमा भइसकेको छ। ७० वर्षमा पटक–पटक परीक्षण भएर असफल भएपछि जसपा जन्मेको हो। जसपा पनि अरु जस्तै बन्ने? त्यस्तो बन्न हुँदैन। अधिकार, पहिचान, सुशासन र समृद्धिको अजेण्डा लिएर अगाडि बढ्न खोजेको हो।

कता घटी, कता बढी भनेर ढक र पोइन्टमा लाग्ने होइन। कुनैबेला सरकारको 'पार्ट' बनिएला, त्यो अर्को कुरा हो। परिस्थिति त्यो बन्यो भने देखा जाला। अहिले हाम्रो सरकार बनाउने अजेण्डा होइन। नेपाल सबै नेपालीको बनोस् भन्ने हाम्रो अजेण्डा हो। सबैको नेपाल नबनेसम्म देशको अवस्था यस्तै हो। संविधानमा देशका सबैको अनुहार देखिन पर्‍यो। त्यसको लागि संविधान संशोधन गर्न पर्‍यो। हाम्रो लागि संविधान संशोधन होइन, देशका लागि गर्नपर्‍यो। मधेशी, जसपाको लागि मात्रै होइन के संविधान संशोधन।

गणतन्त्रको अनुभूति गर्न नसक्ने कस्तो शासन व्यवस्था ल्यायौं हामीले? सबैले अनुभूति गर्न सक्ने पद्धति निर्माण गर्न पर्‍यो। एकल राष्ट्रिय राजनीति गरेर भएन के। एउटैको हालीमुहालीले देश बिग्रियो। संविधान र शासन सबै जनताका लागि हुनुपर्छ।

अहिलेको गतिरोध अन्त्यका लागि तपाईंले देखेको समाधान के हो?
वर्तमान संकटको निकास एउटा कुरा हो। देशलाई समृद्ध बनाउने अर्को कुरा हो। अहिलेको चिन्ता भनेकै कुन व्यक्ति सत्तामा बस्ने भन्ने छ। कांग्रेस, माओवादी, एमालेका जति नेताको नाम अहिले लिनुस्, ओली, प्रचण्ड, देउवा, भट्टराई सबै कुर्सीमा बसेर शासन गरिसकेका हुन्। प्रधानमन्त्री फेरेर समस्याको समाधान हुने होइन। प्रधानमन्त्री फेर्ने/नफेर्ने हाम्रो अजेण्डा नै होइन। शासनको कुरा कांग्रेस, एमाले र माओवादीलाई गएर सोध्नुस्। हामीले देशको समस्याको समाधान कसरी हुन्छ, त्यो बताउने हो। हाम्रो शक्तिको प्रयोग पनि देशका समस्या समाधानका लागि गर्ने हो। समस्या समाधान भइसकेपछि मात्रै शासनको कुरा आउँछ।

प्रकाशित मिति: शनिबार, चैत १४, २०७७  ०९:४५
  • #जसपा
  • #संविधान_संशोधन
  • #राजेन्द्र_महतो
  • #सत्ता_गठबन्धन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो
सम्बन्धित सामग्री
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ अहिले नेपालको क्यासिनो व्यवसाय उतारचढावको अवस्थामा छ। यसलाई केही हदसम्म स्थिर बनाउन राज्यले भूमिका खेल्नुपर्छ। त्यसका लागि क्यासिनो... शुक्रबार, असोज २, २०८३
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी उनका अनुसार जनताले सरकारबाट अपेक्षित सुशासन र सेवा प्रवाहको अनुभूति गर्न सकेका छैनन् । त्रिपाठीले जेन्जी आन्दोलनको महत्वपूर्ण एजेन्ड... मंगलबार, भदौ २३, २०८३
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल ‘हामीलाई विश्वास छ, सर्वोच्च अदालतले १४ औँ महाधिवेशनलाई नै वैधानिकता दिएर १५ औँ महाधिवेशनतर्फ अघि बढ्ने बाटो खोल्नेछ,‘ उनले भने । बर... मंगलबार, भदौ १६, २०८३
ताजा समाचारसबै
कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित मंगलबार, असोज २७, २०८३
ऊर्जा पूर्वाधारमा रुसको आक्रमण जारी रहेको जेलेन्स्कीको आरोप मंगलबार, असोज २७, २०८३
विवादित अडियोपछि सुनारको प्रतिक्रिया : छानबिनमा सघाउँछु, अडियो बनावटी हो मंगलबार, असोज २७, २०८३
संसदीय सुनुवाइमा नेपाली भाषामा बोल्न सभापतिको रूलिङ मंगलबार, असोज २७, २०८३
प्रदेशको खुट्टा बाँधेर दोष मात्रै लगाइन्छ : मुख्यमन्त्री पाण्डे मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
नेपाल कानुन आयोग संशोधन विधेयकमा परेका २३ वटै संशोधन प्रस्ताव सभामुखद्वारा अस्वीकृत सोमबार, असोज २६, २०८३
पूर्वसांसद डा. विजय पौडेलको निधन सोमबार, असोज २६, २०८३
काग्रे‌स महाधिवेशनस्थलवाट पक्राउ परेकी विनिता खड्कालाई थुनामुक्त गर्न अदालतको आदेश सोमबार, असोज २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
विवादास्पद अडियोले तानिए सांसद खगेन्द्र सुनार, रास्वपा मौन सोमबार, असोज २६, २०८३
एआईजी बर्खास्त प्रकरणमा गृहमन्त्रीले दिए चारबुँदे प्रस्टीकरण शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्