काठमाडौं- प्रतिनिधि सभा बैठकमा नेकपा (एमाले)को ओली पक्षीय सांसद खगराज अधिकारीलाई माओवादी केन्द्रकी सांसद चाँदतारा कुमारीले कटाक्ष गरेकी छिन्।
प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका अधिकारीले उल्टै नैतिकताको पाठ पढाएको भन्दै उनले जवाफ फर्काएकी हुन्।
उनले भनिन्, ‘प्रतिनिधि सभा विघटन निन्दनीय कार्य थियो। प्रतिनिधि सभा विघटन गर्ने पक्षकै सांसद पुनःस्थापित प्रतिनिधि सभामा आएर नैतिकताको पाठ सिकाउनु अझै निन्दनीय कार्य हो।’
अधिकारीले उनीअघि बोल्दै प्रधानमन्त्रीमाथि उठाइएको नैतिकताको प्रश्नप्रति खण्डन गरेका थिए। उनले भनेका थिए, ‘नैतिकता त गजबको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिन डराउने। प्रधानमन्त्रीलाई नैतिकता सिकाउने। अविश्वासको प्रस्ताव ल्याउँछौं भनेर, फेल हुन्छ भनेर डराउने। अनि, प्रधानमन्त्रीलाई नैतिकता सिकाउने। ठाउँठाउँमा गएर नेकपाको मलामी जाने कोही भएनन् भन्ने?’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।