• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

जुद्ध म्याच फ्याक्ट्रीको १५ करोडको जग्गा लिलामीबारे फैसला सुनाउँदै प्रधानन्यायाधीश

64x64
दुर्गा दुलाल सोमबार, चैत ९, २०७७  १४:४१
1140x725

काठमाडौ- सर्वोच्च अदालतले नेपालकै पहिलो सलाई उद्योग ‘जुद्ध म्याच फ्याक्ट्री’को सात बिगाह १६ कठ्ठा १३ धुर जग्गा बैंकसँगको मिलेमतोमा ‘कौडीको मूल्य’मा खरिद गर्न पाउनुपर्ने दाबीसहित दायर मुद्दाको फैसला सुनाउने तयारी गरेको छ।

सोमबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश बमकुमार श्रेष्ठको इजलासमा यो मुद्दाको पेसी रहेको छ। उक्त मुद्दामा जबराको इजलासले २०७६ फागुन ८ गतेदेखि अन्तिम सुनुवाइ गर्दै २०७७ पुस १९ गते निसु (निर्णय सुनाउने) तोकेको थियो। त्यस दिन फैसला हुन नसकेपछि सोमबारका लागि सरेको थियो।

विराटनगरमा व्यवसाय गर्दै आएको सारडा ग्रुपले बैंकको मिलेमतोमा उक्त फ्याक्ट्रीको जग्गा लिलाम गर्दै सरकारले तोकेको न्यूनतम दरभन्दा पनि सस्तोमा खरिद गरेको थियो।

१९९५ सालमा स्थापना भएको उक्त कम्पनीको जग्गा र टहरा एक मात्र बोलपत्र हाल्ने व्यक्ति खडा गरी सारडा ग्रुपलाई न्यूनतम सरकारी मूल्यांकनको आधाभन्दा पनि निकै कम रकममा बिक्री गरिएको थियो। फ्याक्ट्रीले सो जग्गा नेपाल बैंकमा राखेर ऋण निकालेको थियो। बैंकमा राखिएको फ्याक्ट्रीको सोही जग्गा अनिल सारडाले चलखेल गरी आफ्नो नाममा लिलाममार्फत् सकारेका थिए। त्यसबेला प्रचलित मूल्यभन्दा निकै कम र सरकारी मूल्यांकनअनुसार नै पनि १५ करोडभन्दा बढी पर्ने जग्गा जम्मा चार करोड रूपैयाँमा सारडाले खरिद गरेको थियो।

२०६१ सालमा बन्द भयो फ्याक्ट्री
कर्मचारीहरूको हड्ताल, राजनीतिक दबाब र अस्थिरतालाई कारण देखाउँदै २०६१ साल भदौ २३ गते सलाई उद्योग (म्याच फ्याक्ट्री) बन्द भयो। उद्योग बन्द भएपछि उक्त कम्पनीको सेयर कर्मचारीलाई बिक्री गरियो। कम्पनीको करिब आधा सेयर कर्मचारी र बाँकी ५१.३७ प्रतिशत सेयर कम्पनीका अध्यक्ष सुरेन्द्रलाल सुवाललाई बिक्री गर्ने निर्णय भयो। २०६२ जेठ २३ गते नयाँ सेयरधनीसहितका  कर्मचारीहरूले फ्याक्ट्री पुनः सञ्‍चालनमा ल्याए।

फ्याक्ट्रीले २०४७/४८ मा संस्था सञ्‍चालनका लागि नेपाल बैंकसँग लिएको ऋणको विषय कर्मचारीले कम्पनी सञ्‍चालनमा ल्याएपछि सार्वजनिक भयो। त्यसपछि यही मुद्दामा विवाद सुरू भयो। तत्कालीन व्यवस्थापनले नेपाल बैंकबाट २५ लाख रूपैयाँ ऋण लिएको थियो। पटक-पटक गरी उनीहरूले साँवा र ब्याजसमेत बैंकलाई २८ लाख ९५ हजार ६ रूपैयाँ भुक्तानी गरेको दाबी गर्दै आएका छन्। यो विवाद चलिरहेकै समयमा २०६६ साउन २७ गते कम्पनी पुनः पूर्णरूपमा बन्द भयो।

यो पनि पढ्नुहोस्

१० वर्षदेखि तलबको पर्खाइमा ‘जुद्ध म्याच फ्याक्ट्री’ का मजदूर बिहीबार, फागुन २२, २०७६

कम्पनी सञ्‍चालन गर्न नसक्ने अवस्था सिर्जना भएको कारण देखाएर बन्द भएको उद्योग खोल्ने भन्दै २०६६ भदौ १ गते रूग्ण उद्योगको सुविधा माग गर्दै सो फ्याक्ट्रीले उद्योग मन्त्रालयमा निवेदन दियो। तर, मन्त्रालयले कुनै सुविधा दिन निर्णय नहुने भन्दै अस्वीकार गर्‍यो।

Ncell 2
Ncell 2
nimb
nimb

४८ लाखको विवाद
उद्योग बन्द र कर्मचारीले तलब नपाएको अवस्थामा गुज्रिरहेको कम्पनी र नेपाल बैंक लिमिटेडबीच नयाँ विवाद सुरू भयो। बैंकसँग २०५५ पुस २३ मा पुरानो ऋणको साँवा-ब्याज र सोको ब्याजसमेत गरी ४८ लाख ४९ हजार २९४ रूपैयाँ पुगेको विषयमा विवाद सुरू भयो। सो नयाँ कर्जामा १४.२५ प्रतिशत ब्याज लाग्ने दाबी बैंकले गर्‍यो।

लामो समयसम्म फ्याक्ट्रीले ऋण चुक्ता नसकेपछि नेपाल बैंक ऋण असुली न्यायाधिकरण पुगेको थियो। न्यायाधिकरणले बैंकको ऋण असुल उपर गर्न कम्पनीको नाममा रहेको जग्गा लिलामी गर्नसक्ने फैसला सुनाएको थियो।

तर, बैंकको यो दाबी स्वीकार गर्न अध्यक्ष सुवाल तयार भएनन्। उक्त ऋण वास्तविक नभई बैंकले आफूखुसी खडा गरेको दाबी सुवालको छ। बैंकले यसरी दाबी गरेको कर्जा खोज्दै जाँदा फ्याक्ट्रीले विभिन्‍न समयमा लिएका सानातिना कर्जा २३ लाख ४९ हजार २९४ रूपैयाँ मात्र भएको र सोको ब्याजमाथि ब्याज थपेर बैंकले आफैं सिर्जना गरी ४८ लाख रूपैयाँभन्दा बढी बनाएको दाबी फ्याक्ट्रीले सर्वोच्चमा दायर गरेको रिटमा उल्लेख गरेको छ।

२०४७ सालमा ऋण लिँदा कम्पनीले आफ्नो नाममा रहेको जग्गा दृष्टिबन्धक रोक्कामा राखेको थियो। उक्त रोक्कामा रकम तिर्न नसकेमा ब्याजको ब्याज र पेनाल्टीसमेत असुल गरिने र त्यसलाई पनि असुल गर्न नसकिए चल/अचल सम्पत्ति लिलाम गरी असुल गरिने उल्लेख थियो। सोही लिखतका आधारमा बैंकले लिलामी प्रक्रिया सुरू गरेको थियो।

लामो समयसम्म फ्याक्ट्रीले बैंकको ऋण चुक्ता गर्न सकेन। ऋण असुली हुन नसकेपछि नेपाल बैंक ऋण असुली न्यायाधिकरण पुगेको थियो। न्यायाधिकरणले बैंकको ऋण असुल उपर गर्न कम्पनीको नाममा रहेको जग्गा लिलामी गर्नसक्ने फैसला सुनाएको थियो। २०६९ वैशाख ७ गते न्यायाधिकरणको उक्त फैसलापछि बैंकले जग्गा लिलामीको प्रक्रिया सुरू गरेको हो।

सुवालको दाबी १५ करोड, लिलामी भयो ४ करोडमै
बैंकले आफ्नो ऋण उठाउन लिलामी प्रक्रियामा जाँदा कम्पनीलाई कुनै पनि सूचना नदिएको अध्यक्ष सुवालको तर्क छ। २०६९ सालमा भएको ऋण असुली न्यायाधिकरणको फैसलाका आधारमा २०७० जेठ १३ गतेसम्म तिर्न पाउनुपर्नेमा त्यसअघि नै सुटुक्क बैंकले लिलामी गरेको सुवालको भनाइ छ।

न्यायाधिकरणको फैसलालाई आधार मान्दै बैंकले फ्याक्ट्रीका मेसिनरी सामानको मूल्यांकन ४८ लाख ४२ हजार ९९५ रूपैयाँ र जग्गाको मूल्य चार करोड रूपैयाँ निर्धारण गर्दै कम्पनी र सो कम्पनीको जग्गा लिलामी गर्‍यो। तर, न्यायाधिकरणको सो फैसलाले आफूलाई अन्याय गरेको भन्दै सुवाल सर्वोच्च पुगे। कम्पनीको नाममा रहेको सात बिगाह १६ कठ्ठा १३ धुर जग्गा मालपोतको न्यूनतम मूल्यांकनअनुसार पनि १० करोड १८ लाख २२ हजार ५०० रूपैयाँ पाउनुपर्ने दाबी सुवालले गरेका छन्। त्यस्तै कम्पनीको मेसिनलगायतका चल सम्पत्तिको मूल्य पाँच करोड रूपैयाँ पर्ने दाबी गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए। 

बैंक तथा वित्तीय संस्थाको ऋण असुली नियमावलीविपरीत सात दिनको म्यादसमेत आफूले नपाएको जिकिर सुवालले रिटमा गरेका छन्। न्यायाधिकरणले २०७१ वैशाख ५ गते लिलाम हुने म्याद जारी गर्ने निर्णय गरेको र उक्त निर्णय हुनुभन्दा अघिल्लो दिन, वैशाख ४ गते म्याद विराटनगर पठाइएको थियो। वैशाख ९ गते उक्त म्याद तामेल भएको पत्र न्यायाधिकरण पुगेको थियो। 

के गर्ला प्रधानन्यायाधीशको इजलासले
सर्वोच्चमा दायर रिटमा बैंकले एक मात्र बोलपत्रवाला खडा गरेर आफ्नो सम्पत्ति जबरजस्ती लिलामी गरेको दाबी सुवालले गरेका छन्। २०७० वैशाख ११ गते बोलपत्रदाता र बोलपत्रदाताको प्रतिनिधि नै उपस्थित नभई जग्गा लिलामी गराएको सर्वोच्चमा हाल विचाराधीन रहेको मुद्दामा उल्लेख छ। एउटा मात्र बोलपत्र परेको अवस्थामा अमान्य हुने कानुनी व्यवस्था भएकाले यो खरिद गैरकानुनी भएको उनको दाबी छ।

६ वर्षदेखि सर्वोच्च अदालतमा यो विवाद विचाराधीन छ। ऋण असुली न्यायाधिकरणको फैसलाका आधारमा नेपाल बैंकले फ्याक्ट्रीको जग्गा र चल सम्पत्तिसमेत लिलामी गरेपछि कम्पनीका तर्फबाट सञ्‍चालक समितिका अध्यक्ष सुवाल सर्वोच्च आएका थिए।

२०७० असार ३१ गते सुवालले सर्वोच्चमा रिट दायर गरेका थिए। सुवालको रिट दायर भएपछि सारडा ग्रुप पनि २०७० पुस ४ गते सर्वोच्च पुगेको थियो। उनीहरू दुवैको रिटमा अन्तिम सुनुवाइ प्रधानन्यायाधीश जबराले आफ्नै इजलासमा राखेर थालेका थिए। गत फागुन ८ गते राणा र न्यायाधीश श्रेष्ठको इजलासले  दुवैतर्फको बहस समाप्त गर्दै निसुमा राखेको थियो। तर, पहिलो निसु हेर्न नभ्याउने हुँदै सरेको थियो।

जबराको इजलासले उक्त विवादमा सुवाल वा सारडा कसको पक्षमा फैसला सुनाउला भन्‍ने चासो छ। सर्वोच्चले सुवालको पक्षमा फैसला सुनाएमा यो जग्गा पुनः लिलामी गर्नुपर्ने हुन्छ। सारडाको पक्षमा फैसला गरेको खण्ड करिब १५ करोडको जग्गा चार करोड रूपैयाँमा सकार्नुपर्ने छ।

प्रकाशित मिति: सोमबार, चैत ९, २०७७  १४:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दुर्गा दुलाल
नेपाल लाइभका चिफ रिपोर्टर दुलाल कानुन तथा सुशासन बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सुन तस्करी प्रकरण : उच्च तहका राजनीतिक व्यक्तिहरु तस्करसँग पटक–पटक सम्पर्कदेखि केहीलाई पुन: अभियोगपत्र दर्ता गर्नसम्म सिफारिस 
अब्बल न्यायाधीशको बहिर्गमन : सबै फाँटमा खरो उत्रेका न्यायाधीश खतिवडाको अवकाश
गिरिबन्धु टि-स्टेटको जग्गा विवाद : केपी ओलीको समयमा भएकाे  ‘नीतिगत भ्रष्टाचार’ मा न्यायाधीश खतिवडाको अन्तिम फैसला
सम्बन्धित सामग्री
सुनचाँदीको मूल्य घट्यो नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ३ हजार ९... मंगलबार, असोज ६, २०८३
यस्तो छ विदेशी मुद्राको विनिमय दर राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ६१ पैसा निर्धारण गरिएको छ । मंगलबार, असोज ६, २०८३
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व मन्त्रालयले सुमन दाहाललाई राजस्व व्यवस्थापन महाशाखाको जिम्मेवारी दिएको छ । दाहाल यसअघि बजेट महाशाखामा कार्यरत थिए । लुम्बिनी प्रदेशब... सोमबार, असोज ५, २०८३
ताजा समाचारसबै
सचिव-सहसचिव र बाल अधिकार परिषद्का सदस्य-सचिवसँग कार्यसम्पादन सम्झौता मंगलबार, असोज ६, २०८३
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, सरकारसँग लिखित जवाफ माग मंगलबार, असोज ६, २०८३
‘छोराको लाससँग सांसद पद साटेको होइन, न्याय खोज्न संसद् आएकी हुँ’ : रचना खतिवडा मंगलबार, असोज ६, २०८३
कम्युनिस्ट पार्टीबीच एकताको पहल गर्न नेकपाले बनायो वार्ता समिति मंगलबार, असोज ६, २०८३
‘युवा मर्छ कि मर्दैन भनेर राज्य कुरेर बस्यो’ : बस आगलागीमा दुलालको आरोप मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
योगेशको राजीनामा मागप्रति ओलीको कडा टिप्पणी : ‘कमिटीमा छलफल गर्नुस्, मिडियामा होइन’ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्