काठमाडाैं–नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश आचार्यले राजनीतिक अवस्था गम्भीर मोडमा पुगेको बताएका छन्।
गिरिजाप्रसाद कोइरालाको ११ औँ स्मृति दिवसका अवसरमा शनिबार जिपी फाउन्डेसन भक्तपुरले आयोजना गरेको कार्यक्रममा उनले अहिले गिरिजाप्रसाद कोइराला जस्तै देशलाई निकास दिने राजनेताको खाँचो भएको बताए।
सशस्त्र द्वन्द्वमा फसेको देशलाई कोइरालाले १२ बुँदे सम्झौता गरी तत्कालीन माओवादी पार्टीलाई शान्ति प्रक्रियामा ल्याएर निकास दिएको भन्दै उनले अहिले पनि त्यस्तै नेतृत्वको खाँचो रहेकोमा जोड दिए।
कांग्रेस पार्टी सभापति शेरबहादुर देउवाले सबै विपक्षी दलहरुलाई एक ठाउँमा ल्याएर नयाँ सरकार बनाउनुपर्ने उनको भनाइ थियो।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्बाट तत्काल विश्वासको मत लिनुपर्ने उल्लेख गर्दै उनले देशको अवस्था बिग्रनुमा प्रधानमन्त्री ओली मात्र नभई माधव नेपाल र ‘प्रचण्ड’ पनि दोषी रहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।