काठमाडाैं- वामपन्थी बुद्धिजिवी एवं प्राध्यापक डा माणिकलाल श्रेष्ठको निधनमा प्रधानमन्त्री तथा दलका नेताहरुले दु: ख व्यक्त गरेका छन्।
मार्क्सवादका अध्येतासमेत रहेका श्रेष्ठको मंगलबार बिहान ८९ वर्षको उमेरमा निधन भएको हो। २०१४ सालमा काठमाडौं नगरपालिकामा उनी निर्वाचित भएका थिए। प्राध्यापन पेशामा लामो समय बिताएका उनले वामपन्थी आन्दोलनका सहभागी भएको आरोपमा जागिर गुमाएका थिए।
श्रेष्ठको निधनले प्रगतिशील आन्दोलनलाई क्षति पुगेको प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञप्ति उल्लेख गरेका छन्।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले श्रेष्ठको निधनले नेपालको सिंगो वामपन्थी आन्दोलनमा अपूरणीय क्षति पुगेको जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।