• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शुक्रबार, असोज २३, २०८३ Fri, Oct 9, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

सिरियाली गृहयुद्धका दश वर्ष, शान्तिको आशा अझै धुमिल

64x64
रासस शनिबार, फागुन २९, २०७७  १४:२२
1140x725

काठमाडौं– सेहम हामुले सन् २०१६ मा इराकको डोउमास्थित घरमा क्षेप्यास्त्र आक्रमण हुँदा आफ्ना पति, छोरा र नातिनी गुमाइन्। सिरियाली राजधानी नजिक विद्रोहीको बलियो उपस्थिति रहेको डोउमामा विगत दश वर्षको अवधिमा भीषण लडाईं भएका छन्।

अहिले ७४ वर्ष पुगिसकेकी सेहमले छोराका चार बालबच्चा, एउटी बिधवा छोरी र माहिली छोरी ज्वाइँ र उनीहरुका बालबच्चाको हेरचाह गर्ने जिम्मेवारी छ। सिरिया गृहयुद्धको १० वर्षका बारेमा रोयटर्समा छापिएको यो एउटा प्रतिनिधि घटना मात्र हो। 

लोकतन्त्र र उदार शासन प्रणालीका निम्ति खाडी राष्ट्रका नागरिकले सन् २०११ मा शुरु गरेको बहुचर्चित‘अरब स्प्रिङ’का नामले परिचित अरब क्रान्तिले खाडी मुलुकहरुमा केही सुधार त ल्यायो, तर सिरिया, लिबिया जस्ता मुलुक गृहयुद्धको दलदलमा दशौं वर्षदेखि नराम्रोसँग फसेका छन्।

सिरियामा मार्च १५, २०११ मा शुरु भएको जनताको स्वाभाविक विरोध प्रदर्शन सिरियाली राष्ट्रपति बसार अल असदको क्रुर दमनको चपेटामा परेको थियो, र त्यो आज पर्यन्त जारी छ। देशी, विदेशी शक्तिकेन्द्रको क्रिडाभूमिमा परिणत भएको यो गृहयुद्ध बहुआयामिक छ, र अरब क्षेत्रमै सैनिक र सामरिक दृष्टिबाट निकै शक्तिशाली मानिने सिरियालाई अहिले छिन्नभिन्न पारेको छ।

कसरी शुरु भयो गृहयुद्ध ?

लामो समय शासन गरिसकेका सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै आमजनताले शान्तिपूर्ण विरोध प्रदर्शन शुरु गरेका थिए। देशव्यापी यी प्रदर्शनमा लाखौं जनता सहभागी भएका थिए। केही प्रदर्शनले हिंसात्मक रुप लिएको थियो।

सिरियाली जनताको प्रदर्शनमा छिमेकी मुलुक र अन्य शक्तिराष्ट्रले समर्थन गरेका थिए। विरोध प्रदर्शनलाई दबाउने नाममा सरकारले निर्मम शक्ति प्रयोग गर्न थालेपछि शसस्त्र विद्रोह शुरु भएको थियो। गृहयुद्धको रुप लिएको राष्ट्रपति असद विरुद्धको यस युद्धमा मुख्यतः चार पक्ष सहभागी थिएः सिरियाली सेना र यसको गठबन्धन (फ्रि सिरियन आर्मी), सलाफी जिहादी समूह (अल नुस्रा र तहरिर अल–शाम समूह समेत), कुर्दिस–अरब सिरियन डेमोक्रेटिक फोर्सेस (एसडिएफ) र इराकी इस्लामिक स्टेट समूह। यी विभिन्न समूहलाई इरान, इजरायल, रसिया, टर्की, संयुक्तराज्य अमेरिका समेतका मुलुकले प्रत्यक्ष वा परोक्ष सहायता उपलब्ध गराएका छन्। 

इरान, रसिया र हेज्बोल्लाह राष्ट्रपति असदको पक्षमा लडिरहेका छन् जहाँ रसियाले सन् २०१५ देखि विद्रोहीका अखडाहरुमा भिषण हवाई कारबाही गरिरहेको छ। इस्लामिक स्टेट विरुद्धको कारबाहीको नाममा संयुक्तराज्य अमेरिकाले सन् २०१४ देखि गठबन्धन बनाएर इस्लामिक स्टेट समूहका साथै सिरियाली सेना र सिरियाली सेना समर्थित लडाकू समूहमाथि लक्षित गरी आक्रमण गरिरहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

सन् २०१५ देखि सिरियाको उत्तर र पूर्वी भागमा स्वायत्त क्षेत्र स्थापना गरी एसडिएफलाई आर्थिक, प्राविधिक, सैनिक समेतका सबै सुविधा उपलब्ध गराएको छ। टर्कीले भने एसडिएफ, इस्लामिक स्टेट र सिरियाली सेना विरुद्ध आफ्नो सीमाक्षेत्रमा आक्रमण गरिरहेको छ। टर्कीले सिरियाली विपक्षीलाई पनि मद्दत गरी सिरियाको उत्तरपश्चिम क्षेत्रको ठूलो भूभागमा परोक्ष नियन्त्रण कायम गरेको छ।

पछिल्लो विवरण अनुसार सिरियाली सेनाको नियन्त्रणमा देशको करिब ६४ प्रतिशत भूभाग मात्र छ भने एसडिएफको करिब २६ प्रतिशत, अन्य विद्रोही र टर्कीको नियन्त्रणमा १० प्रतिशत भूभाग छ। इजरायलले पनि सिरियाभित्र सक्रिय इरानी र हेज्बोल्लाह लडाकूमाथि कारबाही गर्ने नाममा हवाई आक्रमण गर्ने गरेको छ। 

मानवीय र भौतिक क्षति

सिरियाली भूमिमा सक्रिय विभिन्न सशस्त्र समूह, रसिया र अन्य राष्ट्रका सेनाले गर्ने हवाई कारबाही तथा सरकारी फौजको व्यापक परिचालनले सिरियाभित्र चरम मानवीय र भौतिक क्षति भइसकेको छ। राष्ट्रसंघ र सिरियाली अब्जरभेटरी फर ह्युमन राइट्सका अनुसार यहाँ मानव अधिकारको चरम उल्लंघन हुनुका साथै आममानिसको कत्लेआम गरिएको छ।

Xtrem

Xtrem

राष्ट्रसंघका अनुसार सिरिया युद्धमा हालसम्म करिब चार लाखको ज्यान गइसकेको छ भने सन् २०१५ सम्ममा कूल जनसंख्याको झण्डै आधा हिस्सा अर्थात करिब एक करोड ९ लाख मानिस विस्थापित भएका छन्। यी मानिसहरु लेबनान, जोर्डन, टर्की र इराकतिर भागेका थिए। टर्कीमा मात्र १७ लाख मानिसले आश्रय लिएका छन्।

क्लस्टर बम, विशाल सैन्य कारबाही, अन्धाधुन्ध क्षेप्यास्त्र प्रहार र गोली समेत सबै किसिमका परम्परागत तथा सिरियाली सेनाले नै चलाएको तथाकथित रासायनिक हतियारले यी मानिसको ज्यान गएको हो। लाखौं शरणार्थी विभिन्न युरोपेली मुलुकमा पुगेका छन् र युरोपका कैयौं देशलाई सिरियाली शरणार्थी टाउको दुखाईको विषय बनेका छन्। 

सिरियामा गृहयुद्ध सक्रिय अवस्थामै रहेका कारण कति भौतिक क्षति पुगेको छ भन्ने स्पष्ट विवरण सङ्कलन निकै कठिन र चुनौतीपूर्ण छ। तैपनि, राष्ट्रसंघले गरेको अनुमान अनुसार करिब चार खर्ब अमेरिकी डलर बराबरको भौतिक सम्पत्ति नष्ट भएको छ।

पुनर्निर्माणका लागि आवश्यक स्रोत, साधन जुटाउन अहिलेकै अवस्थामा सिरियालाई निकै कठिन छ। आर्थिक रुपमा तुलनात्मक रुपमा कमजोर अवस्थामा रहेका सिरियाका मित्रराष्ट्रहरु इरान र रसियाले पुनर्निर्माणका लागि गर्ने सहयोग पक्कै पनि सिरियालाई अपर्याप्त हुनेछ। तर अन्य राष्ट्रको सहयोग प्राप्त गर्न असदको सत्ता बाधक हुने स्वतः देखिन्छ। 

अबको निकास ?

फेब्रुअरी २०११ मा अमेरिकाका तत्कालीन उपराष्ट्रपति जो बाइडेनले एउटा समारोहमा सम्बोधन गर्दैआधारभूत स्वतन्त्रता र सम्मानको चाहना राख्ने जनतालाई अमेरिकाले सदैब समर्थन गर्ने प्रतिज्ञा गर्नु भएको थियो। त्यो सम्बोधनको एक महिनापछि नै सिरियाका जनता राष्ट्रपति असदको विरोधमा सडकमा उत्रिए। तर सिरियाली सरकारको चरम दमनमा त्यहींका जनता परे। 

अमेरिकाको एउटा समूहको विचारमा असदले सिरियामा विजय हासिल गरेका छन् र त्यहाँ अमेरिकाले गर्नुपर्ने केही छैन। तर सिरियाभित्र जनताको विद्रोह र क्रान्ति अझै नसकिएको तथा जनताका दुःखपीडा अझै यथावत् रहेको वासिङ्टन पोष्टमा स्तम्भकार जस रोजिन लेख्छन्। असदको शासन विरुद्ध सङ्घर्षरत पक्षहरुको विचारमा अझै पनि असदबाट मुक्तिको अभियान जारी छ। 

सिरिया मामिलामा पूर्व राष्ट्रपति बाराक ओबामालाई समेत परामर्श दिने पूर्व राजदूत फ्रेडरिक सी. हफको विचारमा यदि राष्ट्रपति बाइडेनले कुनै ठोस कदम नचाले सिरियाको अवस्था उत्तर कोरियाको झैं हुनेछ। उनी भन्छन्, सिरिया मध्यपूर्व मात्र नभई विश्वकै लागि खतराको रुपमा उपस्थित हुनेछ।

स्तम्भकार रोजिन लेख्छन्,‘अमेरिकी जनता सिरियाली सङ्कटबाट थकित भइसकेका हुन सक्छन्, तर सिरियाली जनता अझै पनि प्रतिबद्ध छन्। उनीहरुलाई थाहा छ, दशक लामो सङ्घर्ष अहिल्यै सकिने स्थितिमा छैन, चाहे विश्वले उनीहरुलाई समर्थन गरुन् वा नगरुन्।’ 

प्रकाशित मिति: शनिबार, फागुन २९, २०७७  १४:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रासस
लेखकबाट थप
दूधमा आत्मनिर्भर काभ्रेः ७० प्रतिशत आपूर्ति अन्यत्र जिल्लामा
पर्याप्त सिचाइँ सुविधा नहुँदा गण्डकीमा अपेक्षित रोपाइँ हुन सकेन
सशस्त्र प्रहरीद्वारा ३८ करोड मूल्य बराबरका भन्सार छलीका सामान बरामद
सम्बन्धित सामग्री
मध्यावधि चुनावअघि इरानमाथि आक्रमण नगर्ने ट्रम्पको घोषणा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनअघि इरानमाथि पुनः सैन्य आक्रमण नगर्ने घोषणा गरेका छन्। शुक्रबार, असोज २३, २०८३
यमनमा बढ्दो असुरक्षाबीच विस्थापन तीव्र, एक सातामै २१ हजारभन्दा बढी प्रभावित संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयका अनुसार, अन्तर्राष्ट्रिय आप्रवासन संगठनलाई उद्धृत गर्दै अगस्ट १ यता यमनभर १ लाख... बिहीबार, असोज २२, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु इरानको सरकारी सञ्चारमाध्यमका अनुसार बिहीबार इराकको राष्ट्रिय ध्वजावाहक वायुसेवाको विमान राजधानी तेहरान पुगेको हो । बिहीबार, असोज २२, २०८३
ताजा समाचारसबै
सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढ्याे शुक्रबार, असोज २३, २०८३
कोरलानाकाबाट ५४३ टन फलफूल आयात शुक्रबार, असोज २३, २०८३
कांग्रेस सचेतक राईले गराए एपेन्डिसाइटिसको शल्यक्रिया शुक्रबार, असोज २३, २०८३
कांग्रेस महाधिवेशन : दुई घण्टामा १ हजार २९३ मत खस्यो शुक्रबार, असोज २३, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह शुक्रबार, असोज २३, २०८३
सशस्त्र प्रहरीका निलम्बित एआईजी दाहाललाई सेवाबाट हटाउन सिफारिस शुक्रबार, असोज २३, २०८३
मध्यपूर्व युद्धपछि इरानमा विदेशी वायुसेवाको उडान पुनः सुरु बिहीबार, असोज २२, २०८३
बूढानीलकण्ठबाट २१ किलो बराबर सुन बरामद बिहीबार, असोज २२, २०८३
पोखरामा स्कुल बस दुर्घटना: पाँच जनाको मृत्यु, १४ जना घाइते शुक्रबार, असोज २३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्