• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ९, २०८३ Sat, May 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

ओलीतिर लागेका माओवादीका मन्त्री अलमलमा 

64x64
वीरेन्द्र ओली मंगलबार, फागुन २५, २०७७  २२:०६
1140x725

काठमाडौं- एमाले र माओवादी केन्द्रको एकीकरणबाट बनेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) औपचारिक रुपमै खारेज भएपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरु अलमलमा परेका छन्।

नेकपा नरहेसँगै यसका पूर्वघटक एमाले र माओवादी केन्द्रका नेताहरु त्यतै लागेपछि सरकारमा सहभागी मन्त्रीहरु अन्योलमा परेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष हुन्। माओवादी केन्द्र ओली सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने निचोडमा पुगेको छ। 

फागुन २३ गते, आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेल नेतृत्वको नेकपालाई वैधानिकता दिँदै तत्कालीन एमाले र माओवादी ब्युँताउने फैसला गरेपछि यी दुवै पार्टीले आफ्ना गतिविधि सुरु गरिसकेका छन्। तत्कालीन नेकपाको प्रचण्ड-माधव पक्षमा रहेका एमालेका नेताहरुले एमालेमै सक्रिय रहने निर्णय गरिसके पनि सरकारमा रहेका र प्रधानमन्त्री ओली नेतृत्वको तत्कालीन नेकपामा पुगेका माओवादी नेताहरु भने अब ओली नेतृत्वको एमालेमै रहने वा माओवादीमा फर्कने भन्नेबारे अनिर्णित छन्।

थापा र तामाङ ओलीतिर, अरु पाँच जना परामर्शमा 
ओली सरकारमा रहेका खानेपानीमन्त्री मणि थापा र खेलकुदमन्त्री दावा तामाङले अब माओवादीमा नफर्किने संकेत देखाइसकेका छन्। उनीहरु दुवै जना संसद सदस्य होइनन्। संघीय संसदको सदस्य रहेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, सहरी विकासमन्त्री प्रभु साह र श्रममन्त्री गौरीशंकर चौधरी भने यसबारे कुनै निर्णयमा पुगेका छैनन्। उनीहरु मंगलबार दिनभर यसबारे आन्तरिक परामर्शमै थिए।

प्रधानमन्त्री ओली नेतृत्वको एमालेमै रहँदा सांसद पद नरहने भएपछि सांसद पद माया मारेर एमालेमै रहने वा मन्त्री छाडेर माओवादीमा फर्कने भन्नेबारे उनीहरुले छलफल गरिरहेका छन्। मंगलबार दिउँसो गृहमन्त्री थापासहित तत्कालीन माओवादीमा रहेका मन्त्रीहरुले प्रधानमन्त्री ओलीसँग छलफल गरेका छन्। उनीहरुले करिब २ घण्टा प्रधानमन्त्रीसँग छलफल गरेका थिए। 

प्रधानमन्त्रीलाई भेटेर बालुवाटारबाट फर्केपछि उनीहरुले गृह मन्त्रालयमा बसेर छलफल गरे। माओवादीबाट सहभागी मन्त्रीहरु एमाले वा माओवादी कता रहने भन्नेबारे बुधबारसम्म निर्णय भइसक्ने एक नेताले बताए। लामो समय अलमलमा बस्ने अवस्था नभएकाले तत्काल निर्णय गर्नुपर्ने अवस्था आएको ती नेताको भनाइ छ। 

‘हामी एमालेमै रहने कि माओवादीमा फर्कने भन्ने विषयमा फाइनल निर्णय गरेका छैनौं। माओवादी पक्षबाट मन्त्री भएका साथीहरुबीचमा छलफल हुँदैछ। जहाँ गए पनि एउटै ठाउँमा रहनुपर्छ भन्ने बुझाइ छ’, श्रममन्त्री गौरीशंकर चौधरीले नेपाल लाइभसँग भने। 

खानेपानीमन्त्री मणि थापाले माओवादीमै फर्कने सम्भावना कम देखिएको बताए। पुरानो पार्टी भत्काइसकेपछि फेरि त्यहीँ फर्कनुपर्छ भन्ने अवस्था नरहेको उनले उल्लेख गरे। 

nimb
nimb
Ncell 2
Ncell 2

ओली नेतृत्वको सरकारमा रहेका माओवादी नेताहरूलाई ‘मुलघरमा’ फर्किन त्यति सझिलो भने नरहेको नेताहरुले बताएका छन्। ‘अप्ठ्यारो पर्दा प्रतिगमनकारी ओलीलाई साथ दिने, सजिलो हुँदामात्र घर रोज्न अब सजिलो छैन’, एक नेताले भने, ‘त्यसकारण यो उहाँहरुले नै सोच्ने कुरा हो।’ मंगलबार बसेको माओवादी केन्द्रको स्थायी समिति बैठकमा यो विषयमा छलफल नै नहुनुले पनि अवस्था सहज नरहेको देखिन्छ।

नेकपामा गृहमन्त्री थापा सचिवालय सदस्य थिए। उनी राष्ट्रिय सभा सदस्य पनि बनेका थिए। रायमाझी, भट्ट, साह र चौधरी प्रतिनिधि सभामा निर्वाचित सदस्य हुन्। रायमाझी र भट्ट स्थायी समिति सदस्य थिए भने साह र चौधरी केन्द्रीय कमिटी सदस्य थिए। मणि थापा र तामाङ दुवै सांसद होइनन्। पार्टीमा भने थापा स्थायी कमिटी सदस्य थिए, तामाङ केन्द्रीय सदस्य थिए। 

नेकपा विवाद उत्कर्षमा पुगेपछि पार्टी दुई चिरामा विभाजित हुँदा एकातिर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले नेतृत्व गरे भने अर्कोतर्फ प्रधानमन्त्री ओलीले नेतृत्व गरे। प्रचण्ड–माधवले नेतृत्व गरेको नेकपामा ठूलो हिस्सा माओवादी केन्द्र र नेपालसहित झलनाथ खनाल लगायतका एमालेका नेता कार्यकर्ताको थियो। सोमबारदेखि प्रचण्ड–माधव पक्षका नेताहरु एमालेमै लागेका छन्। 

मन्त्री पदको आश्वासनले भित्रिएका पाँच नेता
प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गरेपछि उनको नेतृत्वको सरकारमा रहेका पूर्वमाओवादीका मन्त्रीसँगै प्रचण्ड-माधव पक्षका सबै मन्त्रीले राजीनामा गरेका थिए। तर, रामबहादुर थापा ‘बादल’ र लेखराज भट्टले भने राजीनामा गरेनन्।  

प्रचण्डले माओवादी समूहका नेता थापालाई आफ्नो पक्षमा पार्न निकै मिहिनेत गरेपनि सफल भएनन्। थापा ओलीतिर लागेरै छाडे। भट्टलाई फर्काउन भने प्रचण्डले उतिसारो मिहिनेत गरेनन्। प्रचण्डले जति मिहिनेत गरेपनि फर्कन नमानेपछि बादल र भट्ट ओली पक्षमा खुलेर लागेका थिए।

प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेपछि प्रचण्ड-माधव पक्षका सात मन्त्रीले राजीनामा दिएका थिए। त्यसलाई पुरा गर्न उनले पुस १० गते १३औं पटक मन्त्रिपरिषद् पुर्नगठन गरे। अनि माओवादीतर्फका टोपबहादुर रायमाझी ऊर्जामन्त्री, प्रभु साह सहरी विकासमन्त्री, गौरीशंकर चौधरी श्रममन्त्री, दावा तामाङ खेलकुद्‌मन्त्री र मणि थापा खानेपानीमन्त्री बनाइए। मन्त्री बन्ने भएपछि उनीहरु प्रचण्डलाई छाडेर सजिलै ओलीको समूहमा लागे। 

प्रकाशित मिति: मंगलबार, फागुन २५, २०७७  २२:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
वीरेन्द्र ओली
नेपाल लाइभका वरिष्ठ संवाददाता ओली राजनीतिक विषयमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
सत्तारुढ दलबीच गठबन्धन हुँदा ६ महानगरमा कहाँ कसको सम्भावना?
सरकार र चुनावी गठबन्धनमा लोसपा जोडिने सम्भावना कति?
चुनावी तालमेलबाट कांग्रेस तर्किँदै, अलमलमा माओवादी र एकीकृत समाजवादी
सम्बन्धित सामग्री
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज न्यायाधीशद्वय विनोद शर्मा र नित्यानन्द पाण्डेको संयुक्त इजलासले शुक्रबार बन्दीप्रत्यक्षीकरण रिट खारेज गर्दै थपिएको म्यादभित्र अनुसन्... शुक्रबार, जेठ ८, २०८३
मधेसका मुख्यमन्त्री यादवले पाए विश्वासको मत सत्ता गठबन्धनमा रहेको जनमत पार्टीले समर्थन फिर्ता लिएपछि संवैधानिक व्यवस्थाअनुसार उनले दोस्रोपटक प्रदेशसभामा विश्वासको मत लिएका हुन्... शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो तत्कालीन महान्यायाधिवक्ता सबिता भण्डारीले स्वीकृति दिएपछि जिल्ला सरकारी वकिल कार्यालयले रविको दुई वटा कसुर झिक्ने र सहकारी ठगी सम्बन... शुक्रबार, जेठ ८, २०८३
ताजा समाचारसबै
तातो हावाको लहरसम्बन्धी विशेष बुलेटिन : लुम्बिनी र सुदूरपश्चिमका यी जिल्लाहरूमा सावधानी अपनाउन आग्रह शनिबार, जेठ ९, २०८३
सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वान शनिबार, जेठ ९, २०८३
एमाले सचिवालय बैठक आज पनि बस्दै शनिबार, जेठ ९, २०८३
आज यी दुई प्रदेशमा भारी वर्षाको सम्भावना शनिबार, जेठ ९, २०८३
दक्षिण-पूर्वी एसियाका ‘स्क्याम सेन्टर’ बाट ६८७ नेपालीको उद्धार शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको कसुर कास्की अदालतले फिर्ता गर्‍यो शुक्रबार, जेठ ८, २०८३
शीर्षस्थानमा रहेको अमेरिकामाथि नेपालको सहज जित शुक्रबार, जेठ ८, २०८३
ईशान र दीपेन्द्रको दमदार ब्याटिङ, अमेरिकासामु ३१८ रनको विशाल लक्ष्य शुक्रबार, जेठ ८, २०८३
जेठ १४ गते सार्वजनिक बिदा शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
दुर्गा प्रसाईँको बन्दीप्रत्यक्षीकरण रिट खारेज शुक्रबार, जेठ ८, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्